福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2023.11.16[Thu] 09:00
अन्य(その他)
【ओओजुमो ज्युउइची गाचु बास्यो अर्थात् नोभेम्बर ग्रान्ड सुमो टूर्नामेंट】
आजकल टप-नट हेयरस्टाइलहरूमा सुमो रेस्लरहरूलाई शहरको वरिपरि देख्नुभएको छ कि?
किनभने "ओओजुमो ज्युउइची गाचु बास्यो" भनिने जापानको राष्ट्रिय खेल, सुमोको आयोजना भईरहेको छ। वर्षभरि ६ पटक ग्रान्ड सुमो प्रतियोगिताहरू आयोजना हुने भए पनि नोभेम्बरमा हुने प्रतियोगितालाई "क्युशु बास्यो" भनिन्छ जुन फुकुओकामा आयोजना गरिन्छ।
यस वर्ष, प्रतियोगिता नोभेम्बर १२ देखि २६ तारिकसम्म, फुकुओका ईन्टरनेसनल सेन्टरमा हुनेछ। यस अवधिमा, रङ्गीन ब्यानरहरू (नोबोरी) कार्यक्रम स्थलको वरिपरि धेरै देख्नुहुनेछ, र क्युशुभरका सुमो फ्यानहरू फुकुओकामा जम्मा हुनेछन्, दिनहुँ चहलपहलको वातावरण महसुस गर्नुहुनेछ। यसबाहेक, टूर्नामेंटको समयमा, फुकुओका शहरभित्र र वरिपरि विभिन्न स्थानहरूमा सुमो रेस्लरहरूका लागि ठाउँ बनाईएका छन्, जसले गर्दा अवलोकन तथा स्थानीय समुदायसँग अन्तरक्रिया गर्न पनि मिल्छ।
टेलिभिजनमा पनि सुमो हेर्न सक्नुहुन्छ, तर प्रत्यक्ष सुमो खेल हेर्दा जस्तोको अनुभव गर्न सकिंदैन! खेल मैदानमा सुमो खेलाडीहरूको जोश देख्ने मात्र नभई, खेललाई समर्थन गर्ने असंख्य फ्यानहरू, पर्दा पछाडि के भइरहेको छ भन्ने कुराहरुको झलक आदि हेर्न पनि अति रमाइलो हुन्छ।
फुकुओकामा आयोजना भई रहेको यस अवसरमा, तपाईंहरु पनि जापानको राष्ट्रिय खेल सुमो हेर्नु भए कसो होला?
https://www.sumo.or.jp/Admission/isolate/620/
【फुकुओका शहरको सूचना】
Fukuoka City Consultation Support Center for Foreign Residents को पुनःनिर्माण
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनद्वारा विदेशीहरुका लागि सञ्चालित Fukuoka City Consultation Support Center अझ धेरै प्रयोगकर्ता-मैत्री केन्द्र बनाउनको लागि पुनःनिर्माण गरिएको छ। यी सुधारहरूमा गोपनीयताको रक्षा गर्न डिजाइन गरिएका सिटहरु र निजी परामर्श स्थानहरू थपिएका छन्। यस परामर्श केन्द्रमा, विदेशी बासिन्दाहरूको प्रश्न र सरोकारलाई सम्बोधन गर्दै आइरहेको छ। आवास प्रक्रिया, रोजगारी, स्वास्थ्य सेवा, कल्याण, बच्चा जन्माउने, बाल-पालन, र बालबालिकाको शिक्षा आदि जिवनयापनका विभिन्न पक्षहरूमा सहायता प्रदान गर्छन्। परामर्श व्यक्तिगत रूपमा, फोनमा, वा इमेल मार्फत प्राप्त गर्न सकिन्छ, र सम्बन्धित अधिकारी वा निकायहरुको जानकारी र मार्गदर्शन प्रदान गरिनेछ।
सामान्य परामर्शहरू, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म उपलब्ध छन्। नेपाली लगायत अन्य २२ वटा भाषाहरूमा परामर्श सेवा उपलब्ध छ। फोन अनुवादक सेवा र ट्याब्लेट अनुवाद उपकरणहरू प्रयोग गर्न पनि सकिन्छ।
विस्तृत जानकारीका लागि, होमपेज हेर्नुहोला।
सम्पर्कका लागि, फोन नम्बर ०१२०-६६-१७९९ ।
विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श’ को बारेमा जानकारी
आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।
हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ। परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।
अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।
अन्य भाषाहरुमा परामर्शका लागि, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।
गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।
सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छ।
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना थियो।
https://www.fcif.or.jp