ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.25

2020.09.17[Thu] 09:00

जापानी भाषा(日本語) , नियम तथा आचरण(ルール・マナー) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【बृद्ध सम्मान दिवस】

जापानमा सेप्टेम्बरको तेस्रो सोमबार “बृद्ध सम्मान दिवस” ​​हो।

लामो आयु बाच्नु भएका समाजका बृद्धहरुलाई सम्मान गरि, उहाँहरुको दीर्घायु मनाउने बिदाको दिनको रुपमा रहेको छ।

यो वर्ष, यो दिवस सेप्टेम्बर २१ सोमबारमा परेको छI

सामान्यतया यो दिन, हजुरबुबा हजुरआमासँग खाना खाने, यात्रा गर्ने गरिन्छ, तर यो वर्ष कोरोनाको प्रभावले गर्दा, अनलाइन मार्फत् मनाउने लोकप्रिय हुन सक्छ।

यस अतिरिक्त, दिन फरक भए पनि, परिवारका सदस्यहरू र चिनेका बृद्धहरुलाई सम्मान र राम्रो स्वास्थ्यको कामना गर्ने दिनको रूपमा, जापान मात्र नभई अमेरिका, क्यानाडा, चीन, र दक्षिण कोरिया जस्ता देशहरूमा पनि मनाईन्छI

 

【फुकुओका शहरले जारी गरेको जानकारीमुलक सूचनाहरु】

साइकल बीमाको बारेमा

यो साइकल चलाउनेहरूको लागि सूचना हो।

फुकुओका शहरले नियम संशोधित गरि, २०२० अक्टोबर १ देखि, फुकुओका शहरमा साइकल चालकहरूले साइकल बीमामा अनिवार्य सामेल हुनु पर्ने गरिएको छ।

काम, स्कूल वा किनमेल आदिमा जाँदा साइकल चलाउनेहरु, कम्पनीको काममा साइकल चलाउने व्यक्तिहरु वा साइकल भाँडामा लिने कम्पनिको व्यक्तिहरुले अवश्य पनि बीमामा सामेल हुनहोस्।

बच्चाले साइकल चलाउँदा, बुबा वा आमा जस्ता अभिभावकसँगै जाने गर्नुहोस्।

साइकल दुर्घटना भयो भने, तपाईंले दुर्घटनामा परेको व्यक्तिलाई धेरै पैसा तिर्नुपर्ने हुन्छ।

तर, यदि तपाईंसँग साइकल बीमा छ भने, उदाहरणका लागि, तपाईं साइकल चलाउँदै गर्दा, यदि कसैलाई चोटपटक लाग्न गएमा, तपाईंको पक्षबाट औषधि उपचारको लागि भुक्तानी गरिनेछ।

साइकल चलाउने व्यक्तिहरुले, हुन सक्ने दुर्घटनाको क्षतिपुर्तीबाट बच्न, साइकल बीमा लिनु पर्छ।

अवश्य पनि, हामी सबैले ट्राफिक नियमहरूको पालना गर्ने गरौँ!

 

"फुकुओका केन्तेइ" अर्थात् "फुकुओका टेस्ट" को बारेमा

तपाईंहरुलाई फुकुओकाको बारेमा कत्तिको जानकारी छ होला?

 

जस्तै "फुकुओका र हाकाता बीच के भिन्नता छ?" त्यस्तै "बारिखाटा भनेको के हो?"

 

फुकुओका शहरमा, फुकुओकालाई अझ व्यापक र गहिरो रुपमा जान्ने "फुकुओका डोरी" को संख्या बढाउनको लागि, फुकुओका केन्तेइ अर्थात् "फुकुओका टेस्ट" लिंदैछौँI

 

यदि तपाईंले "फुकुओका टेस्ट" पास गर्नुभयो भने, तपाईंले पर्यटक सुविधाहरूमा छुट पाउन सक्नुहुन्छ जस्तै बिभिन्न संग्रहालयहरू, साथै नि: शुल्क उपहार पनि पाउन सक्नु हुनेछI

 

"फुकुओका टेस्ट" को होमपेजमा, परीक्षाको बारेमा जानकारीको अतिरिक्त, फुकुओकाको ईतिहास र संस्कृति एक खेल जस्तै अध्ययन गर्ने, फुकुओकाको आकर्षण प्रस्तुत गर्ने भिडियो हेर्ने र रमाईलो गर्दै फुकुओकाको बारेमा जानकारी लिन सक्नुहुन्छI

 

अझै तपाईंलाई थाहा नभएको फुकुओकाको धेरै आकर्षणहरू छन्!

 

कृपया होमपेज हेर्नुहोला र फुकुओका-डोरी बन्नु होला।

 

होमपेज रहेको छ, fukuokakentei.com

 

त्यस्तै, बारिखाटा भनेको हाकाता रामेनको चाउचाउ हो,यो उमालेको हुन्छ!

 

यावा, खाटा, बारिखाटा, हारिगाने आदि, तपाईलाई मन पर्ने उमालिएको चाउचाउको कडापन अनुसार मगाउने शब्दहरु हुन्I

 

बारिखाटा सामान्य चाउचाउ भन्दा कडा हुन्छ।

 

के तपाईंलाई यो थाहा थियो?

 

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ