ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.31

2020.10.29[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【Halloween】

जापानमा Halloween राम्रोसँग स्थापित भैईसकेको छ।

यस वर्षको Halloween अक्टोबर ३१ आउने शनिबारमा परेको छI

जापानमा, अक्टुबरको अन्तिम हप्तातिर Halloweenको कार्यक्रमहरु धेरै आयोजना हुन्छ।

फुकुओकामा पनि विभिन्न ठाउँहरुमा कार्यक्रमहरुको आयोजना हुँदै आएकोले, Halloween शुरु नै भैसकेको जस्तो देखिन्छI यो पर्व विगतका केही वर्षदेखि अत्यन्त उत्साहित बन्दै आईरहेको छ।

जापानमा,  विभिन्न पात्रहरूको भेष बदल्ने महोत्सवको रुपमा Halloween को मनोरञ्जन लिंदै आईरहे पनि, मूल रूपमा, यो क्रिश्चियन धर्मको "All Hallow’s Day" को रुपमा, नोभेम्बर १ को पूर्व सन्ध्यामा,  "All Hallow’s Eve" नामले  Halloweenको कार्यक्रमहरु रहि आएको छI त्यसैले धार्मिक रुपमा यसको महत्वपूर्ण अर्थ रहेको देखिन्छI

Tokyo, Shibuya को Scramble intersection, हरेक वर्ष Halloween को लागि लोकप्रिय ठाउँ हो, तर यस वर्ष नयाँ कोरोना भाइरसको प्रकोपका कारण, ३ मुख्य कुराहरु; हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाउने जस्ता अभ्यासको अपरिहार्य आवश्यक्ता भएकोले Halloween को दिनमा, Shibuya मा भेला नहुन  आग्रह गरिएको छI

यस बर्षको Halloween, अरु बेलाको भन्दा भिन्न तरिकाले, अनलाइनमार्फत रमाईलो गर्ने Halloween बन्छ होला कि है!

 

【नयाँ कोरोना भाइरस र इन्फ्लुएन्जा रोकथाम】

प्रत्येक वर्ष जाडो शुरु भयो कि, इन्फ्लूएन्जाको संक्रमण देखा पर्दछ।

यस वर्ष, नयाँ कोरोना भाइरससँगै दुवै रोगहरू एकै समयमा हुने सम्भावना छ।

यदि कोरोना भाइरस र इन्फ्लुएन्जा दुबै एकै साथ लाग्यो भने, त्यसको असर गम्भीर हुन सक्छ भनिएको छI

साथै, यी दुबै रोगहरूमा, ज्वरो र शारीरिक कमजोरी जस्ता समान लक्षणहरू पनि भएकोले,  यदि तपाईंले परीक्षण गर्नुभएन भने, सही उपचार प्राप्त गर्न सक्नुहुन्न।

त्यसकारण, सकेसम्म ईन्फ्लुएन्जा हुनबाट जोगौं।

सबैजना कोरोना भाइरसको रोकथाम बारे सावधान छन्I हात धुने र मास्क लगाउने, कुनै व्यक्तिको सम्पर्कमा आउँदा पर्याप्त दूरी बनाएर बस्ने आदि जस्ता अभ्यास जारी राख्नुहोस्।

इन्फ्लूएन्जाले छोएको बेला, गम्भीर बिरामी हुनबाट बच्नको लागि, इन्फ्लूएन्जा खोपको पनि सल्लाह दिने गरिन्छI

फुकुओका शहरमा, यस बर्ष, ६ महिनादेखि १८ वर्ष उमेरका बच्चाहरूलाई, एक जनालाई १ पटक, १००० येनमा इन्फ्लूएन्जाको खोप लगाउन सकिन्छ।

खोप लिएका बच्चाहरू र उनीहरूका अभिभावकहरुसँग स्मार्टफोन छ भने, खोप लिनु अगाडि, नयाँ कोरोना भाइरस संक्रमण app COCOA(कोकोआ) राख्न अनुरोध गरिन्छI

यस अतिरिक्त, फुकुओका प्रान्तको support system ले, ६५ बर्ष वा माथिका मानिसहरूलाई नि:शुल्क खोप दिईन्छ।

नि:शुल्क खोपका लागि अन्तिम मिति, २०२१ जनवरी ३१ होI

यसका लागि, निश्चित चिकित्सा संस्थाहरु तोकिएको छI

कृपया, चिकित्सा संस्थामा फोन मार्फत अग्रिम बुकिंग गर्नु होलाI

 

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ