ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.33

2020.11.12[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【शिचिगोसान्  को परिचय】

नोभेम्बर १५ लाई “शिचिगोसान्” भनिन्छI जापानमा जन्मेका जो कोहीले पनि अनुभव लिने, पहिलेदेखि चलिआएको परम्परा “शिचिगोसान्”को आज केही कुरा गर्नेछुI

शिचिगोसान्, हुर्किंदै गरेका ७, ५, र ३ वर्ष उमेरका बच्चाहरूको लागि मनाउने उत्सव होI

सुन्दर पहिरन लगाई, मन्दिर वा उजीगामीमा प्राथर्ना गरेर, त्यस उमेरसम्म सुरक्षित रूपमा हुर्केकोमा धन्यवाद दिई, भविष्यमा खुशी र दीर्घायुको लागी प्रार्थना गर्दछन्I

आजकल, केटी बच्चाहरूको ३ र ७ बर्षको उमेर गरि दुई पटक, केटा बच्चाहरूको ५ बर्षको उमेरमा एक पटक गर्ने प्राय जसो चलन छ , तर केही स्थानहरुमा, तिनीहरूको वास्तविक उमेर नभई, १ वर्ष कम उमेरमा मनाउने पनि गर्दछन्। प्राथर्नाका लागि, मुख्य दिन नोभेम्बर १५ हो, तर नोभेम्बरको पहिलो हप्तादेखि मध्यसम्म जानेहरुको घुइँचो हुने, र यस समयमा मन्दिरहरूमा सुन्दर किमोनो लगाएका बच्चाहरु देख्न सक्नुहुन्छI यदि देख्नुभए, मुस्कान सहित “ओमेदेतोउ” भनिदिनु होला हैI

 

【Fukuoka Asian Culture Prize विशेष साइटको बारेमा】

एशियामा, विविध जातजाति, भाषा, र संस्कृतिका मानिसहरु एक आपसमा मिलेर बस्ने र विचारहरु आदानप्रदान गर्दछन्।

सन् १९९० मा स्थापना गरिएको “Fukuoka Asian Culture Prize” ले एशियाली शैक्षिक अनुसन्धान, कला र संस्कृतिमा उल्लेखनिय योगदान पुर्याउने व्यक्तिहरुको सम्मानमा, एशियाली संस्कृति विश्वभर चिनाउँदै आईरहेको छI

यस वर्षको कार्यक्रम, नयाँ कोरोना भाइरसको कारण रद्द गरिएको थियो, तर ३० वर्षको ईतिहासलाई फर्केर अवलोकन गर्न विशेष साइट बनाईएको छI

यस साइटमा भूतपूर्व पुरस्कार विजेताहरूद्वारा सन्देश र विगतका कार्यक्रमहरूका भिडियोहरू राखिएका छन्।

पुरस्कार विजेताको वक्तब्य, परम्परागत एशियाली बाजाहरुको प्रदर्शनी, बुतोउको प्रदर्शनी, पुरस्कार विजेता र विद्यार्थीहरुबीचको अन्तर्क्रिया आदि प्रस्तुत गरिएका छन्I

“Fukuoka Asian Culture Prize” भनि खोजि, यहाँ मात्र हेर्न पाईने विशेष भिडियोहरुको आनन्द लिनुहोलाI

 

Fukuoka City Museum स्थापनाको ३०औं वार्षिकोत्सव प्रदर्शनीको बारेमा

Fukuoka City Museum, यस वर्ष ३०औं वर्षमा प्रवेश गरेको छI

नोभेम्बर २९ आइतवारसम्म, स्थापनाको ३०औं वार्षिकोत्सव प्रदर्शनी "फुकुओका नो मेईहोउ" मा, संग्राहलयको संग्रहबाट राष्ट्रिय सम्पदा र महत्वपूर्ण सांस्कृतिक सम्पदा आदि प्रदर्शन भईरहेको छ।

मुख्य आकर्षण भनेको, दुई तरवारहरु हुन्।

“Heshikiri-hasebe”र “Nikko-ichimonji”, दुई राष्ट्रिय सम्पदा एकैसाथ सार्वजनिक गरिनेछ। कवच आदि पनि एकैसाथ प्रदर्शनीमा राखिनेछ। यस अतिरिक्त, परम्परागत शिल्पहरू जस्तै हाकाता पुतली, हाकाता पर्वको इतिहाससँग सम्बन्धित चित्रकला र पुरानो तस्बिरहरू, महत्वपूर्ण सांस्कृतिक सम्पत्तीको रुपमा रहँदै आएको ब्योउबु अर्थात् Folding screen आदि जस्ता कला र शिल्पहरू अवलोकनका लागि राखिएका छन्I शुल्क ७०० येन हो, माध्यमिक विद्यार्थीभन्दा मूनिका लागि निःशुल्क होI

यस शरद ऋतुमा, Fukuoka City Museumमा "फुकुओका नो मेईहोउ" हेर्न जानुहोलाI

यसका साथै,  Fukuoka City Museum को होमपेजमा, सिफारिशमा आएका ७वटा उत्कृष्ट, 3D दृश्यहरू सार्वजनिक गरिएका छन्I

माथि, तल, बाँया वा दाँया आफूले मनपरेको जुनसुकै ठाउँबाट हेर्न मिल्ने, जूम इन गरि नजिकबाट नियालेर हेर्न मिल्ने, घरमै पनि मनोरञ्जन लिन सकिने 3D म्यूजियम हेरी अवश्य मनोरञ्जन लिनुहोलाI

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ