ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.42

2021.01.14[Thu] 09:00

आवास(住宅)

【Daikan】

Daikan जनवरी २० को वरपर, वर्षको सबैभन्दा जाडो समय हो।

जापानको विभिन्न भागमा यो समयमा वर्षको सबैभन्दा न्यूनतम तापक्रम हुन्छ।
मार्शल आर्टमा, यस समयतिर ‘खान्गेईको’को आयोजना हुन्छ। समुद्री किनारमा डोजो लगाएका केटाकेटिहरुले, जाडोलाई जित्न, कसरी आफ्नो शरीर र दिमागलाई प्रशिक्षण दिन्छन् भनी समाचार आदिमा देखाईन्छ। त्यस्तै, जापानी रक्सी वा मिसो आदि बनाउने समय पनि हो। Daikan सकेपछि वसन्त ऋतु आउँछ।

नेपालमा चै पुस महिना सवैभन्दा जाडो हुने भएकोले, त्यस समयतिरलाई Daikan भन्न मिल्छ कि! यस महिनामा, नेवारी समुदायमा योमरी खाएर जाडोलाई भगाउने चलन छ। अरु समुदायको पनि आफ्नै चलन पक्कै हुनुपर्छ।

खैर, जापानको यस सबैभन्दा जाडो समयमा स्वस्थ्य भई, बिमारी र चोटपटकबाट सावधान भई बसौं!

 

【जाडोको बेलामा प्रयोग हुने बिजुलीको बचत गर्ने उपाय】

फुकुओका शहरमा, ग्लोबल वार्मिंगलाई मध्यनजर गरि कार्बन-मुक्त समाजको लक्ष्य राख्दै

कार्य भईरहेको छ। प्रत्येक व्यक्तिले बिजुली बचत गर्नु आवश्यक छ। बिभिन्न सरल तरिका र विचारबाट बिजुलीको बिल पनि बचत गर्न सक्नुहुन्छ।

सबैभन्दा पहिले, न्यानो पार्न प्रयोग हुने बिजुलीको बचतको बारेमा जानकारी दिनेछु।

बाक्लो लुगा वा एकदम न्यानो दिने लुगा लगाउने र एयर कन्डिशनरको तापक्रमलाई २० डिग्री सेल्सियस सेट गर्ने गरौं। तातो हावा माथि जाने भएकोले एयर कन्डिशनरबाट आएको तातो हावा कोठाको सिलिंगको नजिक संकलन हुन्छ। तसर्थ, फ्यान वा सर्कुलेटर माथिल्तिर फर्काउनु भयो भने, पूरा कोठा समान रूपमा न्यानो हुन्छ। साथै, एयर कन्डिशनरको फिल्टरमा धुलो जम्मा हुँदा, बिजली खेर जान्छ भनिन्छ। भ्याकुम क्लीनर प्रयोग गरि फिल्टरबाट धुलो हटाऔं।

एयर कन्डिशनरको बाहिरी पंखाको वरिपरि केहि नराख्नु पनि महत्वपूर्ण छ।

Kotatsu र Electric Blanket, एयर कन्डिशनरको तुलनामा पर्याप्त कम बिजुली बिलमा प्रयोग गर्न सकिन्छ। सुत्ने समयमा, बिजुलीको उपयोग नगरी न्यानो बनाउने ‘युतान्पो’ अर्थात् ‘तातो पानी राख्ने बोतल’को प्रयोग गर्नु पनि राम्रो हुन्छ। त्यस्तै, तातो सामग्रीबाट बनेको ओछ्यान राखेर, राति तताउनलाई लाग्ने बिजुली बचत गर्न सक्नुहुन्छ। फ्रिजले, तापमानलाई "उच्च" बाट "मध्यम" मा परिवर्तन गरेर मात्र, १ वर्षमा करिब १,५०० येन बचत हुन्छ भनिन्छ।

जाडोमा, फ्रिजले "मध्यम" वा "न्यून" मा मात्र पनि, पर्याप्त चिसो पार्ने भएकोले, मौसम अनुसार सेटिंग्स परिवर्तन गरौं।

तातो पानीले धुने टोइलेट सिटमा लाग्ने बिजली बिल पनि सजिलै बचत गर्न सक्नुहुन्छ।

प्रयोगमा नहुँदा, टोइलेटको सिटको ढक्कन बन्द गरि, सिटको तातोपनलाई उम्कनबाट जोगाऔं।

यसो गर्नाले, एक वर्षमा १,००० येन जतिको बचत गर्न सक्नुहुन्छ।

थोरै ध्यान दिई अनावश्यक बिजुली बचत गरेर मात्र पनि, यसको प्रभाव हेर्न सक्नुहुन्छ।

जीवनयापन वा स्वास्थ्यमा असर नपारि दायरा भित्र बिजलीको बचत गर्ने प्रयास गरौं।

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

आजकल, कोरोनाभाइरस संक्रमण बिरूद्ध कदम चाले पछि, मानिसहरुको सम्पर्कमा आउने गतिबिधि अलि बढेर आएको छ। मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI प्रत्येक व्यक्तिले, आधारभूत संक्रमण रोकथामका उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI

 

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ