福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2021.11.04[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健)
【अपार्टमेन्टको वार्षिकोत्सव】
नोभेम्बर ६ अपार्टमेन्टको वार्षिकोत्सव हो। यसको कारण, सन् १९१० मा, यस दिन, टोकियोको उएनोमा जापानको पहिलो काठको अपार्टमेन्ट पूरा भएको थियो।
त्यस अपार्टमेन्टको नाम "उएनो क्लब" राखिएको थियो। पश्चिमी शैलीमा बनेको ५ तलाको यस रेंटल अपार्टमेन्टमा ७० वटा कोठाहरु थिए। उएनो पार्कको नजिकै बनेको यस अपार्टमेन्टमा, वाशरूम, बाथरुम, र टेलिफोन सेवा साझा थियो र बाहालमा बस्ने व्यक्तिले नुहाउँदा खेरि लागेको वास्तविक शुल्क तिर्थे।
वास्तवमा यस अपार्टमेन्टमा बस्ने मानिसहरुको पेशा मुख्यतयाः, निजामती कर्मचारी, कार्यालय कर्मचारी र शिक्षक भई, सबै विवाहित थिए। त्यहाँ जापानीहरु मात्र नभई रूसी र फ्रान्सेली विदेशीहरु पनि बस्ने गरेको देखिन्छ।
काठको अपार्टमेन्ट भएकोले उचित भाडामा बस्न त सकिन्छ, तर हल्ला चाहिं धेरै हुन्छ।
ढोका खोल्दाबन्द गर्दा र कोठाभित्र वरपर हिड्दा आउने आवाज, त्यस्तै, कुराकानी गर्दाको आवाजप्रति ध्यान दिऔं। आफू बाहेक अरू मानिसहरु पनि त्यहाँ बस्छन् भन्ने कुरा मनन गरि बसौं।
जापानमा otagai-sama भन्ने शब्द छ। यसको अर्थ, अर्को व्यक्ति र तपाईं एकै परिस्थितिमा हुनुहुन्छ । यदि तपाईं छिमेकिको आवाज सुन्न सक्नुहुन्छ भने, तपाईं पनि आफ्नो आवाज छिमेकिलाई सुनाउँदै हुनुहुन्छ । कृपया शिष्टाचारको पालना गरि जापानमा आफ्नो जीवनयापनको आनन्द लिनुहोस्।
【नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना】
फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।
खोप को लागी योग्य १२ वर्षका वा सोभन्दा माथिका फुकुओका शहरको नागरिकहरु सबैलाई , फुकुओका शहरले खोप कुपन, प्रारम्भिक चिकित्सा जाँच फाराम आदि जस्ता कागजपत्रहरु पठाइएको छ।
खोप लिन चाहाने व्यक्तिहरुमध्ये यदि अझै सम्म खोप लिनु भएको छैन भने, खोप लगाउन सकिने स्थानहरु आदिको बारेमा बुझ्न फुकुओका शहरको होमपेजमा हेर्नुहोला।
खोप निःशुल्क हो।
खोपको संख्या २ पटक हो, ३ हप्तादेखि ४ हप्ताको अन्तरालमा दिईन्छ।
खोप लगाउँदा खेरि, खोप कुपनको कागजमा टाँसीदिने सील, तपाईंले खोप लगाउन सकिएको हो भनेर देखाउने महत्वपूर्ण कागज हो।
यसलाई नहराउने गरि राख्नुहोला।
खोप सम्बन्धि परामर्श लिन र बुकिंग गर्न सकिने फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५
हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।
अंग्रेजी, चाइनिज, कोरियाली, नेपाली आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।
【नयाँ कोरोना भाइरस र इन्फ्लुएन्जा रोकथाम】
प्रत्येक वर्ष जाडो शुरु भयो कि, इन्फ्लूएन्जाको संक्रमण देखा पर्दछ।
नयाँ कोरोना भाइरससँगै दुवै रोगहरू एकै समयमा हुने सम्भावना हुन सक्छ।
यसकारण, अहिले, नयाँ कोरोना भाइरसको रोकथामबारे सावधान सबैजनाले, हात धुने र मास्क लगाउने, कुनै व्यक्तिको सम्पर्कमा आउँदा पर्याप्त दूरी बनाएर बस्ने जस्ता अभ्यासहरु, इन्फ्लूएन्जा हुनबाट बच्नको लागि पनि जारी राख्ने गर्नुहोस्I
यदि इन्फ्लूएन्जा लागि हालेमा, गम्भीर बिरामी हुनबाट बच्नका लागि पनि, इन्फ्लूएन्जाको खोप लगाउन सल्लाह दिन्छौंI
साथै, नयाँ कोरोना भाइरस र इन्फ्लूएन्जा दुबैको खोप लिने अवस्थामा, १३ दिन वा सो भन्दा बढी दिनको अन्तरालमा लगाउनुहोलाI