福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2021.11.11[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健) , प्राकृतिक प्रकोप(災害)
【ओओजुमोउ क्युउश्यु बास्यो】
के तपाईंले कहिल्यै सुमो रेसलिंग लाइभ हेर्नुभएको छ?
नोभेम्बर १४ देखि २८ सम्म, फुकुओका ईन्टरनेसनल सेन्टरमा ओओजुमोउ क्युउश्यु बास्यो आयोजना हुन गईरहेको छ।
हरेक वर्ष नोभेम्बरमा, फुकुओका शहरमा युकाटा लगाएका सुमो रेस्लरहरू देख्न पाईन्छ, तर पछिल्ला दुई वर्ष नयाँ कोरोनाभाइरसको प्रभावका कारण, खेल रद्द गरिएको थियो।
शहर वरिपरि हिड्ने सुमो रेस्लरहरू भर्खरका भए पनि, भविष्यमा प्रसिद्ध हुनेहरुको गन्तिमा धेरै पर्छन्।
समाचार र पत्रपत्रिकामा नाम छापिएका सुमो रेस्लरहरू लोकप्रिय हुनेभएकाले उनीहरू सार्वजनिक रूपमा बाहिर देखा पर्दैनन्।
प्रवेश शुल्कको हकमा, यदि बिहानदेखि लाइनमा बस्नु भयो भने सबैभन्दा सस्तो बुकिंग नभएको सिट प्रति व्यक्ति २००० येनमा पाउन सक्नुहुन्छ।
तामारी भनिने सबैभन्दा राम्रो सिटको शुल्क प्रति व्यक्ति २०,००० येन पर्छ।
भनिन्छ कि, एक पटक तामारीमा बसेर खेल हेर्ने सुमो फ्यानहरुको सपना हुन्छ रे।
करिब दुई वर्षको अन्तरालमा हुन गईरहेको क्युउश्यु बास्यो, निकै रोमाञ्चक होला जस्तो छ नि है।
【Autumn National Fire Prevention Campaign】
नोभेम्बर ९ देखि नोभेम्बर १५ सम्म “Autumn National Fire Prevention Campaign”को अवधि होI
शरददेखि हिउँदसम्म, हावा सुक्खा भई आगलागि हुने यो मौसम होI
गत वर्ष, फुकुओका शहरमा २६१ वटा आगलागिको घटनाहरु घटेका थिए।
आगलागिको मुख्य कारणहरू चुरोट, ग्याँस चूलो, स्टोभ आदि हुन्।
दाहरणको रूपमा, धुने लुगा र पर्दा, स्टोभमा छोएर आगलागी भएको घटना छI
त्यस्तै, सुतिरहेको बेला सिरक वा ओछ्यान स्टोभमा छोएर आगलागी हुन सक्छI
त्यसैले, स्टोभ नजिक ज्वलनशील वस्तु राख्नु अत्यन्त खतराजनक हुन्छ।
स्टोभको स्विच अफ गर्न नबिर्सन सावधान हुनुहोस्I
साथै, ग्याँस चूलोको आगोबाट पनि सावधानी अपनाउनु जरुरी छ।
जाडो बढ्दै आए पछि, नाबे आदि, ग्याँस चूलोको धेरै प्रयोग हुन्छI यसको प्रयोग गर्दा, कहिल्यै त्यतिकै छोडेर नराख्नुहोस्।
त्यस्तै, चुरोट पनि आगोको एक कारण हो।
ओछ्यानमा बसेर कहिल्यै चुरोट नपिउनुहोस्, चुरोटको ठुत्ताहरु जम्मा गरि नराख्नुहोस् अनि चुरोटको आगोलाई पूर्ण रुपमा निभाउने गर्नुहोस्I
आफ्नो घरको फायर अलार्म र आगो निभाउने उपकरणहरूको मिति सकिएको छ-छैन नियमित रूपमा जाँच गराउने गरौँ।
हामी प्रत्येकले, हरेक दिन आगलागी हुनबाट रोक्न प्रयास गरौं।
【iina iiha दिवस अर्थात् राम्रो दाँत दिवस】
नोभेम्बर ७ र ८ “iina iiha दिवस अर्थात् राम्रो दाँत दिवस” हो।
राम्ररी चपाएर, मिठो खाएर, सधैं स्वस्थ भई बाँच्नको लागि दैनिक रुपमा आफ्नो दाँतको ख्याल राख्नु आवश्यक छ।
मुख स्वस्थ राख्नको लागी, दैनिक रुपमा दाँत माझि मुख सफा राख्नु जरुरी छ। दाँत ब्रश गर्नुको बाहेक, नियमित रुपमा दाँतको परिक्षण गर्दा, दाँतमा किरा लाग्ने तथा गिजा सम्बन्धि रोगको पनि जाँच गराउने गरौं।
फुकुओका शहरमा, उत्कृष्ट दन्त चिकित्सा परिक्षणहरु उपलब्ध छन्।
अप्रिल १ देखि अर्को बर्षको मार्च ३१ सम्म ३५, ४०, ५०, ६० बर्षमा लाग्ने फुकुओका बासिन्दाहरुले ७०० येनमा र ७० बर्षमा लाग्ने फुकुओका बासिन्दाहरुले नि: शुल्क दाँत र गिजाको परिक्षण गराउन सक्नुहुन्छ।
यस अतिरिक्त, गर्भावस्थाको समयमा एक पटक र बच्चा जन्मे पछि एक वर्षभित्रमा एक पटक नि: शुल्क दन्त परिक्षण गराउन सक्नुहुन्छ।
दाँतको जाँच गर्दा, दाँत माझ्ने तरिका र ब्रशले नछोएको तिर जाँच्न लगाई, ब्रशले नछुने भागहरु प्रति ध्यान दिई दाँत माझ्ने गरौं।
यसै मौकामा, आफ्नो खानपान र मुखको हेरचाहलाई यसो विचार गरि, स्वस्थ दाँत र मुखको बारेमा सोच्ने होइन त?