ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.117

2022.06.23[Thu] 09:00

अन्य(その他)

【Asparagus अर्थात् कुरिलो】

स्वादिलो मौसमी तरकारीहरुमध्ये एक हो "एस्पारागस अर्थात् कुरिलो"। के तपाईंहरुलाई थाहा छ? वास्तवमा, कुरिलो एक औषधिजन्य वनस्पति पनि हो।

सामान्यतया कुरिलोलाई पातलो लामो हरियो तरकारीको रुपमा चिनिन्छ।

यसमा भिटामिन र मिनरल्स प्रशस्त मात्रामा पाइन्छ।

काँडा सहितको काण्ड, मसिना झुप्पादार पात हुने यस कुरिलो कडा त हुन्छ, तर सबै भागमा समान रुपले कडा नहुने भएकोले यसलाई पकाउँदा पनि ताप सबैमा बराबर पर्दैन। त्यसैले, यसलाई पकाउनु अगाडि सबैभन्दा पहिले कडा भागलाई हटाउनुपर्छ। काण्डको तल्लो भागलाई दुवै हातले समातेर बटार्नु भयो भने भाचिने भाग छ। यो भन्दा तलको भाग कडा हुने भएकोले हटाउनुहोस्।

यसो गर्नाले जरासम्म नरम पारेर उसिन्न सकिन्छ। यदि काण्ड सामान्य भन्दा बाक्लो छ भने, जराको छेउतिरको बोक्रालाई खुर्कनेले तास्नाले, सबै कडापन समान रूपमा उसिन्न सजिलो हुन्छ।

फुकुओका प्रिफेक्चरमा टिपेको कुरिलोलाई "हाकाता एस्पारागस" भनिन्छ र यो सुपरमार्केटहरूमा पङ्क्तिबद्ध राखिएको देख्न सक्नुहुन्छ।

खरिद गर्नुभएमा, यसलाई प्लास्टिकको र्यापमा बेरेर फ्रिजमा ठाडो पारेर राख्नुहोस्। साथै, उसिनेको कुरिलोलाई र्‍यापमा बेरेर फ्रिजरमा राख्न पनि खान पकाउँदा सजिलो हुन्छ। खरिद गर्नुभएको एक-दुई दिन जतिमा खाई सकाऔं।

 

 

【फुकुओका शहरको सूचना】

यसपटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुद्वारा पढाइने विदेशी भाषा कक्षाहरुको संचालन सम्बन्धि

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा अध्यनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरु शिक्षकको रुपमा,  आफ्नो देशको भाषा सिकाउने “अन्तर्राष्ट्रिय विद्यार्थीहरुद्वारा पढाइने विदेशी भाषा कक्षाहरु” को आयोजना हुँदै आईरहेको छ।

यस वर्ष १० थरि भाषाहरु, १२ वटा कक्षाहरुमा जुलाईदेखि अर्को वर्षको फेब्रुअरीसम्म संचालन हुनेछन्। यी कक्षाहरुमा, भाषा मात्र नभई, संस्कृति र खानाका परिकार आदिका बारेमा अनुभव गराउने पनि योजना रहेको छ।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, यस विदेशी भाषा कक्षाहरु बाहेक पनि, अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई इभेन्ट व्यवस्थापन स्टाफको रूपमा सक्रिय गराउने आदि जस्ता अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि सक्रिय भूमिका खेल्ने अवसरहरू सिर्जना गर्दै आईरहेको छ।

अबदेखि गतिविधिहरुमा सहभागी हुन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई ईमेल मार्फत जानकारी गराउने माध्यमको सिर्जना गर्ने योजना भएको हुनाले,

सम्पूर्ण अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विभिन्न गतिविधिहरूमा भाग लिई फुकुओका नागरिकहरूसँग अन्तरक्रियाको आनन्द लिनुहोस्।

 

प्रसाशनिक वकिलद्वारा परामर्श सम्बन्धि

आवासको स्थिति र आवास अवधिको बारेमा, तपाईहरुले केही कुरा नबुझेको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

 

हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।

 

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्श गर्न चाहने महानुभावहरुले, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

 

गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म कल स्वीकार गर्दछौं।

नयाँ कोरोनाभाइरस संक्रमण रोक्नको लागि, यहाँ आउनुहुँदा सकेसम्म मास्क लगाउन र हात धुनका लागि अनुरोध गर्दछौं।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ