福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2024.06.20[Thu] 09:00
नियम तथा आचरण(ルール・マナー)
【हाकाता ओरी】
फुकुओका हाकाताको परम्परागत शिल्पकला उत्पादन "हाकाता ओरी" को बारेमा थाहा छ ?
"हाकाता ओरी" भनेको, फुकुओका शहरको मुख्यतया हाकाता क्षेत्रमा विशेष उत्पादन गरिएको रेशमी कपडा हो।
धेरै चरणहरू र कुशल कालिगरहरूको मेहनतबाट, कयौ महिना देखि आधा वर्षसम्मको लामो समय लिएर तयार गरिने, यो जापानको परम्परागत शिल्पकला उत्पादनहरू मध्ये एक हो।
"हाकाता ओरी" भन्ने बित्तिकै, हाकाता ओबीको नाम आई हाल्छ। यो बलियो अनि टिकाउ कपडाले बनेको हुन्छ, जसलाई कडा तान्दा पनि चाँडै बिग्रँदैन, त्यसैले यो किमोनोको ओबीको रूपमा अत्यन्त लोकप्रिय छ। वास्तवमा, यो ओबीलाई सुमो पहलवानहरूले पनि धेरै प्रयोग गर्छन्। ओबी सजिलै खुकुलो हुँदैन, र कस्सिने गरि बाँध्न सकिन्छ। ओबीलाई कसाउँदा आउने "क्युचु" आवाज, यसको विशेषता मानिन्छ।
"हाकाता ओरी" का ढाँचाहरूमा केही प्रकारहरू छन्, तर प्रमुख "खेन्ज्योउ गारा" भनेको फुकुओका सहरको प्रतीकको रूपमा JR हाकाता स्टेशन र फुकुओका एयरपोर्ट जस्ता ठाउँहरूमा प्रयोग गरिएको देख्न सकिन्छ।
हाल, दैनिक जीवनमा प्रयोग गर्न मिल्ने किसिमका हाकाता ओरीको प्रदर्शनी सावारा वार्डकोमोमोचीहामा स्थित "Hakata Traditional Craft and Design Museum"मा भइरहेको छ। यस प्रदर्शनीमा बलपेन, पेनकेस जस्ता लेखन सामग्रीहरू, वालेट, पाउच, नेमकार्ड राख्ने केशहरू जस्ता साना सामानहरू, व्यापारिक प्रयोजनका सामानहरु लगायत उपहारको रूपमा दिन मिल्ने करीब २०० थरि वस्तुहरूको प्रदर्शनी र बिक्री भइरहेको छ। यो प्रदर्शनी यस हप्ताको आइतबार, २३ तारिखसम्म सञ्चालन हुनेछ।
"Hakata Traditional Craft and Design Museum", फुकुओका हाकाता क्षेत्रसँग सम्बन्धित परम्परागत शिल्पकला उत्पादनहरूको उत्कृष्ट सिर्जनाहरूको प्रदर्शनी र परिचय गराउने निःशुल्क थलो हो। प्रत्येक महिनाको पहिलो, दोस्रो, र तेस्रो आइतबार परम्परागत शिल्पकला कार्यशाला कक्षाहरू पनि सञ्चालन गरिन्छ।
सजिलैसँग हाकाताको संस्कृति अनुभव गर्न सकिने भएकाले, अवश्य पनि यस संग्राहलयको भ्रमण गर्नुहोस्। विस्तृत जानकारीका लागि, Hakata Traditional Craft and Design Museumको होमपेज हेर्नुहोस्।
【फुकुओका शहरको सूचना】
“कर सम्बन्धि”
जनवरी १ देखि फुकुओकामा बस्दै आउनुभएको व्यक्तिको यदि अघिल्लो वर्षको आय १० लाख नाघेको भएमा फुकुओका प्रान्तको कर तिर्नु पर्ने हुन सक्दछ।
जुन १५ तिर कर तिर्न सूचना आउन सक्ने भएकोले, अवश्य पनि खामभित्रको ध्यानपूर्वक पढ्नुहोला।
तिर्नुपर्ने म्याद र शुल्क लेखिएको हुन्छ। कोन्भिनी, बैंक वा हुलाक मार्फत तिर्नुहोला।
त्यस्तै, कम्पनीमा कार्यरत व्यक्तिहरुको हकमा, कर सीधै तलबबाट कटौती हुन सक्छ।
शहरी कर तिर्नु भएन भने, तपाईंको निवास कार्डको नविकरण गर्नमा समस्या पर्नुका साथै तपाईंको सम्पत्ति फुकुओका शहरले जफत गर्ने सम्भावना हुन सक्दछ।
नबुझेको कुरा भएमा वा कर तिर्न गाह्रो भएमा, वार्ड अफिसको काउन्टरमा परामर्श लिनु होला।
१८ वटा भाषाहरुमा, फोनमार्फत् परामर्श लिन सक्नुहुन्छ।
फोन नम्बर, (०९२-७५३-६११३) हो।
यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।
तपाईंले कुरा गर्ने भाषा, बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।