福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2024.07.11[Thu] 09:00
अन्य(その他)
【समुद्री तट】
अब चाँडै नै गर्मीको चरम समय आउन लागेको छ! यसै मौका पारेर, फुकुओका शहर भित्रका सिफारिस गरिएका समुद्री तटहरूको जानकारी लिएर आएकी छु।
पहिलो छ, सावारा वार्डमा अवस्थित Momochi Seaside Park।
सुरक्षित र आरामदायक समुद्रीतटको रुपमा रहेको यस समुद्रमा पौडी खेल्नुका साथै समुद्री खेलहरू पनि खेल्न सक्नुहुन्छ। समुद्रीतटको वरपरको क्षेत्रमा रेस्टुरेन्ट र पसलहरू पनि छन्। जिग्योहामा क्षेत्रमा सांगीतिक महोत्सव जस्ता कार्यक्रम पनि आयोजना गरिएको छ।
दोस्रो, हिगाशी वार्डमा रहेको शिखानोशिमा समुद्रीतट।
शिखानोशिमा जमिनसँग जोडिएको हुनाले कारमा जानुभयो भने स्थानीय दृश्यको आनन्द लिन सक्नुहुन्छ। त्यसैले ड्राइभ कोर्समा जान पनि उत्तम हुन्छ। यहाँको समुद्र अत्यन्त पारदर्शी हुने भएकोले, सेतो बलौटे समुद्र तट सुन्दर देखिन्छ। उत्तरी छेउमा [शिरोसे] नामको फुकुओका शहरको एक मात्र डाइभिङ स्पट रहको छ, त्यहाँबाट देखिने दृश्य पनि अत्यन्तै मनमोहक छ।
त्यस्तै अर्को छ, निशी वार्डमा रहेको नोकोनोशिमा क्याम्प समुद्रीतट।
प्रकृतिले भरिपूर्ण यस टापुमा पाल्म रूखहरूले घेरिएको समुद्री तटमा अवस्थित, क्याम्पिङ क्षेत्रमा विश्रामगृह, होटेल, रेस्टुरेन्टर पसलहरू स्थापित छन्। सोही टापुमा नोकोनोशिमा आइल्याण्ड पार्क पनि छ, जहाँ आगन्तुकहरूले मौसमी फूलहरूको मजा लिन सक्नुहुन्छ र समुद्रमा पौडी खेल्ने बाहेक, अन्य धेरै गतिविधिहरूको मनोरञ्जन लिन सक्नुहुन्छ।
साथै, निशी वार्डमा रहेको ओहारा समुद्री तट पनि घुमफिरको लागि राम्रो छ।
फुकुओकाको सबैभन्दा लामो समुद्री तटमा बिना कुनै अवरोधपौडी खेल्न सक्नुहुन्छ। समुद्र किनारमा विश्रामगृहको राम्रोव्यवस्था छ, जहाँ तपाईँले BBQ र Banana boat जस्ता समुद्री मनोरञ्जनहरुको आनन्द लिन सक्नुहुन्छ।
फुकुओका शहरमा प्रकृति र रिसोर्टको आनन्द लिन सकिने थप्रै समुद्री तटहरु छन्। यस गर्मीमा पक्कै त्यहाँको मज्जा लिनुहोस्♪ बरु बाहिर जानुहुँदा, लू लाग्नबाट बच्न सावधानीहरु अपनाउनुहोस्!
【फुकुओका शहरको सूचना 】
“नेच्च्युस्योउ अर्थात् लू लाग्नुबाट सावधान हुनुहोस् !”
अत्याधिक गर्मीको बेला, गाह्रो ब्यायाम वा तीव्र शारीरिक क्रियाकलापका कारण शरीरले आफ्नो तापक्रम ठीकसँग नियन्त्रण गर्न सक्दैन, जसले गर्दा शरीरमा पानी र नुनको मात्रामा असन्तुलन पैदा भई नेच्च्युस्योउ अर्थात् लू लाग्छ। नेच्च्युस्योउका लक्षणहरूमा टाउको दुख्ने, चक्कर आउने, वाकवाकी लाग्ने र झाडापखाला लाग्ने जस्ता हुन्।
यस्तो बेलामा शरीरलाई चिसो पार्ने तथा नुन पानी पिउने गर्नुपर्दछ। यदि यस्तो गर्दा पनि निको नभएमा, ११९ मा फोन गरेर एम्बुलेन्स बोलाउनुपर्छ।
विशेष गरी, भारी वर्षा समाप्त भएपछि, जुलाईबाट अधिकतम तापमान बढ्ने समयमा आकस्मिक कक्षमा ल्याउनेहरुको सङ्ख्या ह्वात्तै बढ्छ। यस समयमा, उच्च आर्द्रता हुने र शरीरलाई अधिकतम गर्मीको बानि नहुने हुनाले धेरै ध्यान दिनु आवश्यक छ। लू, घर बाहिर मात्र होइन घर भित्र पनि हुन सक्छ।
अब केही नेच्च्युस्योउबाट बच्ने उपायहरु बताउन गईरहेकी छु।
तरल पदार्थ बारम्बार पिउने गर्नुहोस्।
नियमित रूपमा जौको चिया र पानी पिउने, व्यायाम गर्दा Sports drinks पिउनु पनि उपयुक्त मानिन्छ। पसिना आउँदा, नुनपानी पिएर शरीरमा पानीको मात्रा कायम राखौं।
टोपी वा छाताको प्रयोग गरेर प्रत्यक्ष घामबाट जोगौं।
कोठाको तापक्रम २८ डिग्री सेल्सियसभन्दा कम राख्न, बुद्धिमानीपूर्वक air conditioner र फ्यानको प्रयोग गरौँ।
Cooling sheet र Ice pillow जस्ता चिसो पार्ने सामानहरूको प्रयोग गरौं।
सन्तुलित आहार र पर्याप्त निद्रा लिएर, स्वास्थ्यको ख्याल गरौं।