福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2024.09.05[Thu] 09:00
प्राकृतिक प्रकोप(災害)
【SUNSET LIVE 2024】
फुकुओकामा सेप्टेम्बर महिनालाई "म्यूजिक मन्थ" को रूपमा मनाइन्छ। सेप्टेम्बरभरि फुकुओका संगीतले भरिपूर्ण हुन्छ।
सेप्टेम्बरको पहिलो हप्तामा हुने वार्षिक संगीत कार्यक्रमको कुरा गर्दा, " SUNSET LIVE 2024" यस वर्ष ३० औं र अन्तिम पटक आयोजना हुँदैछ।
यो हप्ताको अन्त्यमा, शनिबार र आइतबार, अर्थात् ७ र ८ तारिकमा, इटोसिमा शहरको खेया समुद्र किनार र क्याम्पिङ स्थलमा विशेष स्टेजमा बाहिरी संगीत कार्यक्रम आयोजना हुँदैछ।
समुद्र र पहाडको नजिकको प्राकृतिक वातावरणमा, उत्कृष्ट स्थानको पृष्ठभूमिमा चर्चित कलाकारहरूको प्रदर्शनको आनन्द लिन सकिन्छ। थप रूपमा, फुकुओकाका लोकप्रिय रेस्टुरेन्टहरूको स्वादिष्ट परिकार पनि मज्जासँग स्वाद लिन सकिन्छ। साथै, समुद्र किनारमा समुद्री खेलकुदको मज्जा पनि लिन सकिन्छ।
समुद्र किनार सफा गर्ने काम र बालबच्चाको हेरचाहको सुविधा सहित, मानिस र वातावरण दुबैको लागि आतिथ्यताले भरिपूर्ण "सनसेट लाइभ" विशेष कार्यक्रम हो। सबै उमेरका मानिसहरूले यसलाई रमाइलोका साथ मनाउन सक्छन्।
"फुकुओकाको गर्मी सिजन सनसेटले समाप्त हुन्छ" भन्ने भनाइ जत्तिकै, फुकुओकाको सेप्टेम्बर महिनामा यो कार्यक्रम एक महत्वपूर्ण परम्परा रहँदै आएको छ। यस अन्तिम विशेष स्टेजलाई अवश्य हेर्नुहोस्।
【फुकुओका शहरको सूचना】
विपद् रोकथाम दिवस र भण्डारण प्रोत्साहन सप्ताहको बारेमा
यो फुकुओका शहरको सूचना हो।
हरेक वर्ष सेप्टेम्बर १ "विपद् रोकथाम दिवस" हो।
फुकुओका शहरमा, सेप्टेम्बर १ को "विपद् रोकथाम दिवस" देखि सेप्टेम्बर ७ सम्मको एक हप्तालाई "फुकुओका शहर भण्डारण प्रोत्साहन सप्ताह" भनेर तोकिएको छ।
भण्डारण वा जापानी भाषामा "बिचीकु" भन्नाले आपतकालीन समयका लागि, खाद्य सामग्री आदि संचित गरेर राख्नु हो। घर वा कार्यस्थलहरुमा "भण्डारण" को शुरु लगायत नागरिकहरुमा विपद् रोकथामको बारेमा जनचेतना जगाउने प्रयासहरू भइरहेका छन्।
किन भण्डारको आवश्यकता भएको होला?
यदि भूकम्प वा आंधी आयो र सुरक्षित भयो भने पनि, हामी पानी र खानाबिना बाँच्न सक्दैनौं।
पसल बन्द भएमा, खाना वा पेय पदार्थ किन्न सक्दैनौं।
यदि पानी आपूर्ति बन्द भयो भने, पिउने पानी पाउन सक्दैनौं।
यदि बिजुली वा ग्यासको लाईन काटिएको छ भने, खाना पकाउन सक्दैनौं।
त्यसैले, बाँच्न सफल भएको ‘जीवनको सुचारुक्ता’ को लागी, दैनिक रुपमा भण्डार गर्न आवश्यक छ।
के र कसरी भण्डार गर्दा राम्रो होला त?
पिउन मिल्ने पानी र ३ दिनको लागि पुग्ने गरि खानेकुरा तयारी गरि राखौं।
प्रति दिन १ जनालाई करीव ३ लिटर पानी आवश्यक पर्छ।
आपतकालिन खाना जस्तै भात (अल्फा चामल आदिको), क्यान् खाना, बिस्कुट, चकलेट बार, र सुख्खा रोटी आदि जस्ता नपकाईकन खान सक्ने खानेकुराहरु तयारी गरि राखौं।
रेडियो वा फ्ल्यासलाइटमा ब्याट्री छ छैन जाँच गरि राखौं।
सँधै खाई रहनु भएको औषधि र टास्ने पट्टि जस्ता प्राथमिक उपचार सामग्रीहरू पनि तयार गरि राखौं।
यदि परिवारमा बच्चा छ भने, डायपर जस्ता आवश्यक सामग्रीहरू तयार गरि राखौं।
पिउने पानी बाहेक,शौचालय फ्लश गर्नका लागि घरेलु पानी पनि आवश्यक पर्छ। दैनिक रुपमा, पोलीट्यांकमा धाराको पानी भरेर राख्ने, ओफुरोमा पानी भरेर राख्ने आदि जस्ता तयारीहरु गरि राखौं।
यसका साथै, सामान्य रूपमा खाने भन्दा अलि धेरै किनेर राखी, खाएर सक्यो भने पनि, सकेको भाग मात्र किनेर थपी, घरमा खानेकुराको एक निश्चित संचय गर्ने विधिलाई "रोलिंग स्टक" भनिन्छ।
खानेकुराको म्याद सकिने मितिबारे चिन्ता बिना, आपतकालिनको लागि तयारी गर्न सक्ने भएकोले यो बिधि अपनाउन प्रेरित गरिन्छ।
वर्षेनी, यस समयतिर समुन्द्रि आँधी आउने सम्भावना धेरै हुने भएकोले, विपद्को लागि पुनः तयारी गरि राखौं।