福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2024.10.17[Thu] 09:00
जापानी भाषा(日本語) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)
【नाकासु महोत्सव】
क्युसु क्षेत्रको सबैभन्दा ठूलो मनोरञ्जन क्षेत्र, नाकासुमा आयोजना हुने रंगीन उत्सव 【नाकासु महोत्सव】 बारे थाहा छ? यो महोत्सव नाकासुमा आउने पाहुनाहरूलाई १ वर्षभरि दिएको साथ र समर्थनको लागि धन्यवाद दिन मनाइन्छ।
यस वर्ष, महोत्सव अक्टोबर २५ र २६, अर्को हप्ता शुक्रबार र शनिबार राति आयोजना हुन गईरहेको छ।
नाकासु ओडोरी सडक पैदलयात्रीहरूको लागि खुला गरिनेछ, जहाँ करिब ६० वटा रेस्टुरेन्टहरुको गाडी हुनेछन्। यस महोत्सवको मुख्य आकर्षण भनेको ५०० जना महिलाहरूले "मिकोशी" (धार्मिक खत) उठाएर नाकासुमा परेड गर्ने "नाकासु कुनिहिरो ओन्ना मिकोशी" हो। त्यस्तै, रंगीचंगी उज्याला पहिरन लगाएका "ओइरान्" (पारम्परिक जापानी दरबारका महिला) हरूले बिस्तारै शहरभरि गरिने परेड "ओइरान् डोच्यु" पनि हो। यी दृश्यहरू यस महोत्सवमा मात्र हेर्न पाइन्छ।
त्यसका साथै, शो र लाइभ स्टेज कार्यक्रमहरूको पनि मनोरञ्जन लिन सक्नुहुन्छ।
वर्षमा एक पटक मात्र देख्न पाइने नाकासुको रातको रमाइलोमा सहभागी भएर हेर्दा कसो होला।
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
"निहोन्गो स्याबेरी बा (にほんごしゃべり場 )In Tenjin को परिचय"
जापानी व्यक्तिहरूसँग "जापानी भाषा" मा कुराकानी गरेर रमाइलो गर्न चाहनुहुन्छ?
विदेशी र जापानीहरूबीच कुराकानी गर्न सकिने रमाइलो कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रम नोभेम्बर २३ मा, दिउँसो २ बजेदेखि ४ बजेसम्म, च्युओउ वार्ड, तेन्जिनस्थित ACROS Fukuoka मा हुनेछ।
कार्यक्रममा, विदेशी र जापानी सहभागीहरूले एकअर्कासँग आमने-सामने भएर दुईवटा घेरा बनाउनेछन्। हरेक १ मिनेटमा, विभिन्न विषयमा एक-एकजनासँग कुरा गर्नेछन्, त्यसपछि सीट परिवर्तन गरेर अर्को व्यक्तिसँग कुराकानी गर्नेछन्।
यस कार्यक्रमलाई संस्कृति विभागका क्षेत्रीय जापानी शिक्षा सल्लाहकार, शिनतारो फुकाएले सञ्चालन गर्नेछन्। सहभागीहरूले पालैपालो नयाँ व्यक्तिहरूसँग कुरा गर्ने अवसर पाउनेछन्।
सहभागिता निःशुल्क छ, तर अग्रिम आवेदन आवश्यक छ। सहभागी संख्या ३० जनामा सीमित छ, र पहिलो ३० जनाले मौका पाउनेछन्। आवेदनका लागि "にほんごしゃべり場 In Tenjin" भनेर खोज्नुहोस्।
कुराकानी गर्दै रमाइलो गर्नुहोस् र सीमापारीका नयाँ सम्बन्धहरू बनाउनुहोस्!
"२२औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" सुन्न जानुहुन्न?
अक्टोबर २७ आइतबार दिउँसो १२:३० बजे देखि "२२ औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता” आयोजना हुन गईरहेको छ। यस प्रतियोगितामा, फुकुओका सहर क्षेत्रमा रहेका कक्षाहरू वा स्कूलहरूमा जापानी भाषा सिकिरहेका विदेशीहरू र सीपमूलक तालिम विद्यार्थीहरूले फुकुओकामा बस्दा अनुभव गरेका कुराहरू वा आफ्नो भविष्यका सपना जस्ता विभिन्न विषयहरूमा जापानी भाषामा वक्तव्य दिनेछन्।
कार्यक्रम स्थल फुकुओका सहरको चुओ वार्ड रोप्पोनमाचुमा रहेको फुकुओका सिटी साइन्स म्युजियमको साइन्स हलमा हुनेछ। प्रवेश शुल्क निःशुल्क छ, र आउने व्यक्तिहरूलाई कुनै अग्रिम बुकिङको आवश्यकता छैन।
प्रतियोगीहरूले दैनिक रुपमा सिकेका कुराहरूको उपलब्धि अवश्य आउनुहोला!
अधिक जानकारीको लागि, सार्वजनिक हित समावेशी फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, जापानी भाषामा वक्तित्व प्रतियोगिता कार्यान्वयन समितिको फोन नम्बर (०९२-२६२-१७४४) मा सम्पर्क गर्नुहोस्।