福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2024.10.31[Thu] 09:00
जापानी भाषा(日本語) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)
【Pokemon GO Wild Area: फुकुओका】
तपाईंहरू सबैलाई 【पोकेमोन GO】 को बारेमा थाहा छ?
यो स्मार्टफोनका लागि बनेको एउटा गेम हो, जसमा तपाईंले आफ्नो स्मार्टफोनको स्क्रिनमा देखिने पोकेमोनहरूलाई समात्न र लडाइँ गराउन सक्नुहुन्छ। यो खेल जापान र विदेशमा धेरै लोकप्रिय छ, र १ अर्ब भन्दा बढी पटक डाउनलोड गरिएको छ। यो संसारभरका ठाउँहरूमा इभेन्टहरू आयोजना हुने हदसम्म लोकप्रिय छ।
त्यही 【पोकेमोन GO】 को क्युशूमा पहिलो पटक आयोजना हुन गईरहेको इभेन्ट "Pokemon GO Wild Area: फुकुओका" यस वर्ष नोभेम्बर १६ (शनिबार) र १७ (आइतबार) का दुई दिन फुकुओका सहरमा आयोजना हुन गईरहेको छ।
कार्यक्रमको मुख्य स्थल माइजुरु पार्क हो तर शहरका विभिन्न स्थानहरुमा पोकेमोनका लोकप्रिय पात्रहरू देखिनेछन्। पार्कभित्र दुर्लभ पोकेमोनसँग भेट हुन सक्छ, साथै सहरभरका १० वटा आधिकारिक पर्यटकीय स्थलहरूमा भ्रमण गर्दै पोकेमोन समात्न सक्नुहुन्छ। यसले पोकेमोन र फुकुओका सहर दुवैको आकर्षण पत्ता लगाउने रमाइलो अवसर प्रदान गर्नेछ।
यस इभेन्टमा सहभागी हुन टिकट आवश्यक छ।
विस्तृत जानकारीका लागि, कृपया 【पोकेमोन GO फुकुओका】 भनेर खोज्नुहोस्।
【फुकुओका शहर/ फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
"निहोन्गो स्याबेरी बा (にほんごしゃべり場 )In Tenjin को परिचय"
जापानीहरूसँग "जापानी भाषा" मा कुराकानी गरेर रमाइलो गर्न चाहनुहुन्छ?
विदेशी र जापानीहरूबीच कुराकानी गर्न सकिने रमाइलो कार्यक्रम आयोजना हुँदैछ। नोभेम्बर २३ मा, दिउँसो २ बजेदेखि ४ बजेसम्म, च्युओउ वार्ड, तेन्जिनस्थित ACROS Fukuoka मा आयोजना हुनेछ।
कार्यक्रममा, विदेशी र जापानी सहभागीहरूले एकअर्कासँग आमने-सामने भएर दुईवटा घेरा बनाउनेछन्। हरेक १ -१ मिनेटमा, विभिन्न विषयमा एक-एकजनासँग कुरा गर्नेछन्, त्यसपछि सीट परिवर्तन गरेर अर्को व्यक्तिसँग कुराकानी गर्नेछन्।
यस कार्यक्रमलाई संस्कृति विभागका क्षेत्रीय जापानी शिक्षा सल्लाहकार, शिनतारो फुकाएले सञ्चालन गर्नेछन्। सहभागीहरूले पालैपालो नयाँ व्यक्तिहरूसँग कुरा गर्ने अवसर पाउनेछन्।
सहभागिता निःशुल्क छ, तर अग्रिम दर्ता गर्न आवश्यक छ। सहभागी संख्या ३० जनामा सीमित छ, र पहिलो ३० जनाले मौका पाउनेछन्। आवेदनका लागि "にほんごしゃべり場 In Tenjin" भनेर खोज्नुहोस्।
कुराकानी गर्दै रमाइलो गर्नुहोस् र सीमापारीका नयाँ सम्बन्धहरू बनाउनुहोस्!
यो फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना थियो।
फुकुओका किबो च्युउ गाक्को सेइतोबोस्यु
"फुकुओका किबो च्युउ गाक्को" भन्ने स्कूलको बारेमा सुन्नुभएको छ?
यो स्कूल फुकुओका सिटीले स्थापना गरेको सरकारी रात्रीकालिन जुनियर हाई स्कूल हो, जसले विभिन्न कारणले अनिवार्य शिक्षा प्राप्त गर्न नसकेका वा स्कूल जान नसकेका व्यक्तिहरूको लागि अध्ययनको अवसर दिन्छ। यहाँ जुनसुकै देशको नागरिक पनि भर्ना हुन सक्नुहुन्छ।
यो स्कूलले दिउँसोको जुनियर हाईस्कुलमा भए जसरी ९ वटा बिषयहरु पढाउँछ। जापानी भाषामा कठिनाइ भएका व्यक्तिहरूले जापानी भाषामा मार्गदर्शन पनि पाउन सक्छन्। पढाई पूरा भएपछि, जुनियर हाईस्कुल स्नातकको प्रमाणपत्र प्राप्त हुन्छ।
कक्षाहरू सोमबारदेखि शुक्रबार साँझ ५:५० बजेदेखि राति ९:९:१५ बजे सम्म हुन्छ।
यो स्कूल सावारा वार्डकोमोमोचीमा स्थित छ। कक्षाको शुल्क र पाठ्यपुस्तकको मूल्य कुनै पनि लाग्दैन।
विस्तृत जानकारीको लागि, १० नोभेम्बरका दिन २ बजे स्कूलको जानकारी सत्र आयोजना हुन गईरहेको छ।
फोन वा अनलाइन मार्फत्, कृपया ११ नोभेम्बर ६ सम्ममा आवेदन दिनुहोला।
फोन नम्बर: ०९२-४००-०७५१ ।
सोमबारदेखि शुक्रबार, दिउँसो २ बजेदेखि ९:१५ बजे सम्म कल स्वीकार गरिन्छ।
अनलाइनमा "फुकुओका किबो च्युउ गाक्को सेइतोबोस्यु" भनेर खोज्नुहोला।
सोधपुछ तथा परामर्शको लागि, वेबसाइटमा दिइएको इमेल ठेगानाबाट तपाईंको भाषा प्रयोग गरेर सहजै सम्पर्क गर्न सक्नुहुन्छ।
HP https://sites.google.com/fuku-c.ed.jp/fukuokakibou/admissions/info