ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.257

2025.02.27[Thu] 09:00

【एकिबेन】

तपाईहरुले कहिल्यै  【एकिबेन】 खानुभएको छ ? 【एकिबेन】 भनेको स्टेशन र ट्रेनको भित्र यात्रुहरूलाई बिक्री गर्ने बेंटो हो, जसमा प्रायः उक्त स्थानको प्रसिद्ध खाना र विशेष उत्पादनहरू राखिएका हुन्छन्। यसले जापानको खाद्य संस्कृति र उक्त स्थानको विशेषताहरूलाई दर्शाउँछ।

जापानका सबै स्टेशनहरूमा 【एकिबेन】 पाइन्छ र धेरै प्रकारमा उपलब्ध हुने गर्छ। केहि बेंटोहरूमा ताजा समुद्री खाना, केहिमा जापानी गाईको मासु हुन्छ भने केहि बेंटोहरूमा स्थानिय परिकार समावेश हुन्छ। अहिले, केहि बेंटोहरूमा धागो तान्दा तातो हुने प्रणाली छ, जसले गर्दा ट्रेनको भित्र पनि तातो बेंटो खान सक्नुहुन्छ!

तपाईं त्यस स्थानमा नगईकन पनि 【एकिबेन】 खाएर अनुभव गर्न सक्नुहुन्छ। यस हप्ताको फेब्रुअरी २६ देखि मार्च ४ सम्म, हाकाता हांक्यूमा स्थानीय प्रसिद्ध【एकिबेन】 को प्रदर्शनी आयोजना हुन गईरहेको छ। "जापानभरिका प्रसिद्ध 【एकिबेन】 र स्वादिष्ट खाना महोत्सव" भन्ने नामको यस प्रदर्शनीमा १०० भन्दा बढी किसिमका स्थानीय स्वादका 【एकिबेन】 हरू समाबेश हुनेछन्। साथै, 【एकिबेन】बाहेक, ग्रूमेट र मिठाईदेखि लिएर जापानका सबै स्थानीय विशेषताहरू र स्वादिष्ट खानेकुरा पनि उपलब्ध हुनेछन्। अवश्य जानुहोस्। जापानका विभिन्न स्थानका स्वादहरू यात्राको अनुभवमा मजा लिनुहोस्!

 

 

तेन्जिनको समाचार स्थान ”SOLARIA DAIGAMEN””HULIC SQUARE FUKUOKA TENJIN”】

पहिलो कुरा, तेन्जिनको प्रसिद्ध स्थान सोलारिया स्टेज भवनको पहिलो तलामा रहेको "स्टेज हिरोबा" मा स्थित ठूलो स्क्रीन अब नयाँ रूपमा पुनः सुरु गरिएको छ। यो स्क्रीनको आकार पहिलेको भन्दा ९ गुणा ठूलो भएको छ, यसको चौडाइ ८ मिटर र उचाइ ९ मिटर भएको छ।

यसको नवीकरणको अवसरमा, "मरीन वर्ल्ड मिचीनो नाखामिचि" नामक जलजीव संग्रहालयसँगको सहकार्यमा विशेष भिडियो चलाइएको छ। यो भिडियोमा, ठूलो स्क्रिनमा पेंग्विनहरू पानीको ट्यांकबाट निस्किरहेको जस्तो देखिने दृश्य प्रस्तुत गरिएको छ, जसले दर्शकलाई भ्रम उत्पन्न गर्छ। पर्खाइको समयमा पनि रमाइलो गर्न सकिने यो राम्रो स्थान हो भन्न मिल्छ। तेन्जिनको नजिक जानु हुँदा पक्कै पनि【SOLARIA DAIGAMEN】पनि चेक गर्नुहोला।

अब अर्को जानकारी छ, 【HULIC SQUARE FUKUOKA TENJIN】को बारेमा। यो नयाँ समाचार स्थान फुकुओका शहरको पुनर्विकास परियोजना "तेन्जिन बिग ब्यान" अन्तर्गत बनाइएको नयाँ भवन हो। यो तेन्जिनको मेइजी सडकको छेउमा र "फुकुओका पार्को"को नजिकै छ।

【HULIC SQUARE FUKUOKA TENJIN】, भूमिगत ३ तला र १९ तलाको एक बहुउद्देशीय भवन हो। यो मेट्रो स्टेशनसँग सिधै जोडिएको छ र यहाँ ८ नयाँ रेस्टुरेन्टहरूको संग्रह पनि छ। यहाँ बार्बेक्यु, चाइनिज र वाइन पब जस्ता विभिन्न प्रकारका रेस्टुरेन्टहरु छन। 

रेस्टुरेन्टहरू बाहेक, यहाँ ड्रगस्टोर, कपडा पसल र स्वास्थ्य क्लिनिक पनि छन्। माथिल्लो तल्लामा होटल पनि बनाइएको छ र यो अप्रिल महिनामा खोलिने योजना रहेको छ।

फुकुओका तेन्जिन अब अझै रमाइलो र व्यस्त स्थान बन्नेछ। यहाँ आगन्तुक र स्थानिय नागरिकहरूका लागि नयाँ र आकर्षक स्थानहरू खुल्नेछन्। साँच्चिकै रमाइलो हुनेछ! नयाँ स्थान र सुविधाहरूले फुकुओका टेन्जिनलाई अझ आकर्षक बनाउनेछन्। यहाँको यात्रा र अनुभवहरू निकै मनोरञ्जक हुनेछन्!

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ