ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.259

2025.03.13[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー) , प्राकृतिक प्रकोप(災害)

【फुकुओका एयरपोर्ट अन्तर्राष्ट्रिय उडानको ग्राण्ड ओपनिङ】

२०२२ देखि नवीकरण हुँदै आएको फुकुओका अन्तर्राष्ट्रिय एयरपोर्ट अब अझ बढी सुविधाजनक र आरामदायक रूपमा पुनर्निर्माण हुने भएको छ। फुकुओका एयरपोर्टको अन्तर्राष्ट्रिय उडान टर्मिनल भवन यस महिना २८मा ग्राण्ड ओपन हुन गईरहेको छ! सहज, छिटो, रमाइलो भन्ने अवधारणामा आधारित, यो अझै आरामदायक स्थानको रूपमा रूपान्तरण हुनेछ।

सुगम प्रस्थान प्रक्रियालाई सुनिश्चित गर्न, सुरक्षा जाँच क्षेत्र र आवगमन जाँच क्षेत्रको विस्तार र स्थानान्तरण गरिएको छ। यहाँ अधिकतम ४जनाले एकसाथ तयारी गर्न सक्ने र तयार भएका व्यक्तिहरूलाई सुरक्षा जाँचमा अघि बढ्न अनुमति दिने स्मार्ट लेन प्रणालीको प्रयोग गरिएको छ। साथै, कुनै लामो लाइन बिना, प्राथमिकताका आधारमा सुरक्षा जाँच लिने प्रायोरिटी लेन प्रणाली, जुन क्युशु क्षेत्रमा पहिलो पटक लागू गरिएको छ।

त्यसै गरी, प्रस्थान अघि आनन्द लिन सकिने स्थान पनि थप सुसज्जित गरिएको छ! ड्यूटी-फ्री स्टोरको क्षेत्र चार गुणा बढाइएको छ र फुकुओका र क्युशुको खाद्य संस्कृतिलाई अनुभव गर्न सकिने फूड कोर्ट पनि खुल्ला हुनेछ। विभिन्न प्रकारका स्टोरहरू यस स्थानमा छन्, र प्रस्थानको समयमा फुकुओका र क्युशुको स्वाद र वातावरणको आनन्द लिन सकिने यस स्थानमा परिणत भएको छ।

फुकुओका, क्युशु र पश्चिमी जापानको प्रवेशद्वारको रूपमा, यो नवीनीकरण पछि अझ बढी सुविधाजनक र आरामदायक बनाइएको, फुकुओका एयरपोर्ट अन्तर्राष्ट्रिय उडान टर्मिनललाई अवश्य चेक गरि हेर्नुहोस्!

 

 

फुकुओका शहरको सूचना

बसाईसराई फोहर सम्बन्धि

वसन्त ऋतुमा स्थान परिवर्तनको कारण फर्निचर र घरेलू उपकरण जस्ता ठूला आकारको फोहर बढ्ने समय हो।

यस पटक, ठूला आकारको फोहोर फाल्ने तरिका सम्बन्धि जानकारी दिनेछु।

ठूला आकारको फोहोर फाल्न, फोन, इन्टरनेट वा फुकुओका सिटीको LINE मार्फत अग्रिम आवेदन दिई, कन्भिनीयन्स स्टोर आदिमा प्रशोधन टिकट खरीद गर्नुहोस्।

फोहर संकलन, आवेदन दिएको मितिबाट एक हप्ता लाग्नेछ।

संकलनको दिनमा बिहान ८:३० सम्म तोकिएको ठाउँमा राख्नुहोस्।

ठूला आकारको फोहोर रिसेप्शन सेन्टरको फोन नम्बर ०९२-७३१-११५३ ।

इन्टरनेट वा LINE मार्फत २४ घण्टा जहिलेपनि आवेदन दिन सकिने भएकोले सुविधाजनक छ।

फुकुओका शहरको होमपेजमा खोजि हेर्नुहोला

यद्यपि टिभी, फ्रिज, फ्रिजर, वाशिंग मेशिन, कपडा ड्रायर र एयर कन्डिशनरहरूको हकमा घरायसी सामान प्रशोधन कानुन बमोजिम फोहर फाल्ने विधि तोकिएको छ। 

नयाँ खरिद गर्नु हुँदा भएको पुरानो झिकेर लैजाने वा खरिद गर्नुभएको पसलबाट नै पुरानो झिकिदिने गर्नुहोस्। खरिद गर्नुभएको पसल थाहा नभएमा, नजिकैको Yamada Denki मा सङ्कलन बारे सोधपुछ गर्नुहोस्।संकलनगर्न लगाउँदा, रिसाइकल शुल्क, संकलन र यातायात शुल्क तिर्नु पर्छ।




नागरिक विपद् रोकथामदिवस

यस वर्ष, सन् २००५ मार्च २० मा गएको फुकुओका प्रान्त पश्चिम तट भूकम्प गएको २० वर्ष भएको छ। फुकुओका शहरले यस भूकम्पको अनुभवलाई नबिर्सन मार्च २० लाई "नागरिक विपद् रोकथाम दिवस" को रूपमा तोकिएको छ।

पछिल्ला वर्षहरूमा विभिन्न ठाउँहरुमा भूकम्प, भारी वर्षा जस्ता ठूला प्रकोपहरू भएका छन्। विपद् कहिले आउँछ भनेर थाहा हुँदैन। 

विपद् आईपर्दा, प्रत्येक व्यक्तिले उपयुक्त कदम चाल्नको लागि, दैनिक आधारमा तयारी गर्न महत्त्वपूर्ण छ।

फुकुओका शहरको वेबसाइटबाट HazardMap वा विपद् सम्बन्धि जानकारी लिने, आश्रय लिने स्थानमा जाँदा लिएर जानुपर्ने सामान पहिलेदेखि तयारी र जाँच गरि राख्ने गर्नुहोस्।

"नागरिक विपद् रोकथाम दिवस" को अवसरमा, आफ्नो, आफ्नो परिवार र समुदायको सुरक्षाको लागि विपद् रोकथामको बारेमा सोचौं।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ