福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2025.03.27[Thu] 09:00
नियम तथा आचरण(ルール・マナー)
【फुकुओका टावरमा साकुरा इभेन्ट】
वसन्तको रमाइलो अनुभवगर्न सकिने इभेन्टको जानकारी छ। फुकुओका टावरमा अहिले जापानको वसन्तको अनुभूति गर्न सकिने साकुरा इभेन्ट भइरहेको छ।
टावरको शिखरमा साकुराको इल्युमिनेशन बत्तीले सजाइएको छ, जसले ३ प्रतिशतदेखि ५ प्रतिशत फुलेकोबाट पूर्ण रूपमा फुलेको साकुरालाई उज्यालोमा फुलाउँदै देखाउँछ। टावरको अगाडिको क्षेत्र पनि साकुराको रंगमा प्रकाशमय गरिएको छ, जसले वसन्तको रातको आकाशको जस्तो सुन्दर दृश्य प्रस्तुत गर्दछ। लाइट अपको समय हरेक रात ७ बजे देखि ११ बजे सम्म हो। यो वसन्तको रातको पैदल यात्रा गर्न उपयुक्त अवसर पनि हो।
त्यस्तै, टावरको तेस्रो तल्लामा रहेको अवलोकन कक्षमा, साकुराको सुगन्धको अनुभव गर्न सक्नुहुन्छ। लिफ्टको ढोका खोल्दा, साकुराको सुगन्ध फैलिन्छ र अवलोकन अनुभवलाई अझ विशेष बनाउँछ। यो साँच्चिकै पाँचौं इन्द्रियबाट वसन्तको अनुभव गर्न सकिने स्थान हो।
त्यसै गरी, दोस्रो तल्लामा रहेको " Refuge Sky Cafe & Dining" मा साकुरा विषयमा आधारित विशेष मेनुहरू उपलब्ध छन्। साकुराको स्वाद भएको माचो लाटे, गुलाबी रंगको आकर्षक चेरि लेमोन सोडा, र चेरि क्रीमसँग माचो प्यानकेकहरू समेत, वसन्तको स्वादका मिठाइ र पेय पदार्थहरू पाइन्छ।
यो इभेन्ट १३ अप्रिल, आइतबारसम्म चल्नेछ। पक्कै पनि फुकुओका टावरको साकुरा इभेन्टमा सहभागी भएर वसन्तको रमाइलो अनुभव गर्नुहोस्।
【फुकुओका शहरको सूचना】
फोहर फ्याँक्ने नियम सम्बन्धी
फुकुओकामा नयाँ जीवनयापन शुरु गर्नुहुने धेरै संख्यामा हुनुहुन्छ होला।
यसपटक, फोहर फ्याँक्ने नियम सम्बन्धी सूचना रहेको छ।
फुकुओकामा फोहरलाई "जल्ने फोहर", "नजल्ने फोहर", "खाली सिसाको बोतल/प्लास्टिकको बोतल", अनि "ठूला आकारको फोहर" मा विभाजन गरी फ्याँक्ने गरिन्छ। "ठूला आकारको फोहर" बाहेक अन्य सबै फोहरहरूका लागि, कन्भिनियन्स स्टोर वा सुपर मार्केटमा बेची राखेको, फुकुओका शहरको फोहर-फाल्ने-झोला प्रयोग गरेर फोहोर फाल्ने गर्नुहोस्।
जल्ने फोहरको लागि, रातो रंगको फोहर-फाल्ने-झोला हो।
कच्चा फोहोर, कागज, कपडा, प्लास्टिक आदि फाल्ने बेलामा, रातो झोला प्रयोग गर्नुहोस्।
खाली क्यान र गिलास जस्तालाई, नजल्ने फोहरको रुपमा, निलो फोहर-फाल्ने-झोलामा फाल्ने गर्नुहोस्।
खाली सिसाको बोतल र प्लास्टिकको बोतल फाल्नको लागि, पहेंलो रंगको फोहर-फाल्ने-झोला प्रयोग गर्नुहोस्।
बसोबास गर्ने ठाउँ अनुसार फाल्ने दिन तोकिएको हुन्छ।
जल्ने फोहर हप्तामा २ पटक, खाली सिसाको बोतल/प्लास्टिकको बोतल र नजल्ने फोहर चाहिँ महिनाको १ पटक संकलन हुन्छ।
फोहर मध्यरात संकलन हुनेभएकोले अँध्यारो भएदेखि रातिको १२ बजे सम्ममा, फोहर फाल्ने निश्चित ठाउँमा फाल्ने गर्नुहोस्।
फुकुओका शहरको आधिकारिक LINE ID मा Friendadd गरेर, तपाईंको ठेगाना सेट गर्नुभयो भने, फोहोर फाल्ने दिनमा सूचना प्राप्त गर्नुहुनेछ।
फाल्न चाहनुभएको फोहोरको नाम राख्नुभयो भने, फोहोरको किसिम पनि जान्न मिल्ने भएकोले यो एकदम उपयोगी छ।
एउटा झोलामा नअट्ने ठूला आकारको फोहर वा झोला नै च्यात्ने किसिमको भारी फोहरलाई, ठूला आकारको फोहरको रुपमा फाल्नुहोस्।
ठूला आकारको फोहरका लागि, फोन, इन्टरनेट, वा LINE द्वारा ‘फुकुओका शी सोदाई गोमी उकेचुके’ मा सम्पर्क गर्नुहोस्। शुल्क, फोहोर फाल्ने ठाउँ, फाल्ने दिन, इत्यादि जाँच गरेर फोहोर बाहिर राख्नुहोस्।
फोनमार्फत सम्पर्कका लागि, ठुलो आकारको फोहर फाल्ने सेन्टरको फोन नम्बर, ०९२-७३१-११५३ ।
टेलिफोन अनुवाद मार्फत् २३ वटा भाषाहरुमा सेवा उपलब्ध छ।
यस अतिरिक्त, QR कोड स्क्यान गरेर १० विभिन्न भाषाहरूमा फोहोर फाल्ने नियमहरूको बारेमा जानकारी प्रदान गर्ने सेवा पनि राखिएको छ। कृपया फुकुओका शहरको वेबसाइट हेर्नुहोस्।