福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2025.04.24[Thu] 09:00
【कोइ नोबोरी】
यो समयमा देखिने विशेष परम्परा【कोइ नोबोरी】! मे ५ को दिन, "कोडोमोनो हि" (बाल दिवस) मा, बालबालिकाको वृद्धि र विकासलाई मनाउने उद्देश्यले यो झुन्ड्याइन्छ। विशेष गरेर, केटाकेटी भएका घरहरूमा, केटाहरू बलियो र साहसी भएर बढून् भन्ने शुभकामनासहित【कोइ नोबोरी】 झुन्ड्याउने परम्परा छ।
कोइ माछा कठिनाइ र समस्याहरू पार गर्दै उन्नति र सफलता प्राप्त गर्ने एक शुभ प्रतीक मानिन्छ। यसै गरी, दह र पोखरी जस्ता विभिन्न वातावरणमा जीवित रहन सक्ने यसको बलियो जीवनशक्ति पनि रहेको छ, जसबाट स्वस्थ र शक्तिशाली रूपमा वृद्धि होस् भन्ने शुभकामनासहित यो झुन्ड्याइन्छ।
सामान्य रूपमा,【कोइ नोबोरी】कौसी, बार्दली, आँगन वा ढोकाको छेउमा झुन्ड्याइन्छ। विभिन्न साइजका कार्पहरू यसमा समावेश हुन्छन्, जसमा सबैभन्दा ठूलो कालो कोइ माछा बुबालाई, दोस्रो ठूलो रातो कोइ माछा आमालाई र सबैभन्दा सानो निलो कोइ माछा छोरालाई प्रतीक गर्दछ। पछिल्लो केही वर्षहरूमा, हरियो, सुन्तला रङ, बैजनी र गुलाबी जस्ता अन्य रङहरू थपिएका छन्, र परिवारका सबै सदस्यहरूको लागि झुन्ड्याउने चलन बढेको छ।
फुकुओका शहरको सावारा वार्डमारहेको आबुरायामा नदीमा, हरेक वर्ष लगभग १५० वटा रंगीन र सुन्दर【कोइ नोबोरी】 आकाशमा फर्फराईएका हुन्छन्। नदी किनारमा फहराउँदै गर्ने यो दृश्यले सबैलाई मन्त्रमुग्ध पार्छ। हिँड्दाहिँड्दै पनि यो ठाउँको भ्रमण गर्न सक्नुहुन्छ।
त्यसैगरी, हाकाता क्षेत्रको JR हाकाता सिटीको कौसी "चुबामे नो मोरी हिरोबा" मा पनि ठूलो【कोइ नोबोरी】 देख्न पाइन्छ। यस वर्ष, अप्रिल २५ (शुक्रवार) देखि मे ६ (सोमबार) सम्म प्रदर्शनी हुनेछ, र प्रवेश निःशुल्क छ।
घुमघाम गर्ने क्रममा यी ठाउँहरूमा पनि अवश्य भ्रमण गर्नुहोस्!
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
“कानूनीपरामर्शरमानसिकपरामर्शअर्थात्व्यक्तिगतपरामर्शकोपरिचय”
फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क “कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श” प्रदान गर्दैआईरहेको छ।
“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र
तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, प्रदान गरिंदै आइरहेको छ।परामर्श अवधि ४५ मिनेट।
बुकिंगको आधारमा Fukuoka Bar Association को प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ।यदि भाषा अनुवादक आवश्यक छ भने, कृपया अग्रिममा परामर्श गर्नुहोस्।
मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ। चाहनुहुने महानुभावहरुले बुकिंग गर्नुहोला।
जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
सम्पर्क काउन्टर खुल्ने समय, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म हो।
फोन नम्बर ०१२०-६६-१७९९ हो।