福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2025.05.22[Thu] 09:00
जापानी भाषा(日本語) , चिकित्सा तथा स्वास्थ्य(医療・保健)
【Hakata Machiya Furusatokan】
के तपाईंहरूले हाकातामा अवस्थित एक प्रमुख पर्यटकीय स्थल Hakata Machiya Furusatokan को भ्रमण गर्नुभएको छ?
यो संग्रहालय फुकुओका शहरको हाकाता वार्डमा पर्ने रेइसेनमाची भन्ने स्थानमा, प्रसिद्ध कुशिदा मन्दिरको नजिकै अवस्थित छ। यहाँबाट पुरानो हाकाताको जीवनशैली र परम्परागत संस्कृति हेर्न र अनुभव गर्न सकिन्छ।
Hakata Machiya Furusatokan फुकुओका शहरको सांस्कृतिक सम्पदामा सूचीकृत भवनहरू, हाकाता र फुकुओकासँग सम्बन्धित सामग्रीहरू पाइने उपहार पसल, र हाकाताको इतिहास तथा संस्कृतिका विषयमा जानकारी दिने प्रदर्शनीहरूले भरिपूर्ण छ। साथै, यहाँ परम्परागत शिल्पकला निर्माण गर्ने शिल्पकारहरूको कार्य हेर्न सकिन्छ र उनीहरूसँगै मिलेर शिल्पकला सिक्न र अभ्यास गर्न सकिने अवसर पनि उपलब्ध छ।
यस वर्ष, संग्रहालयको स्थापना भएको ३० वर्ष पुगेको अवसरमा, यहाँ रहेको उपहार पसलमा नयाँ क्याफे थपेर अप्रिल महिनामा पुनः खोलिएको छ।
नयाँ नाममा खुलेको यो क्याफे र पसल "हाकाताकारा (Hakatakara)" मा, हाकाताको परम्परागत शिल्पकला, फुकुओकाका लोकप्रिय सामग्रीहरू, स्थानिय मिठाइहरू र केवल यहीँ मात्र पाइने विशेष वस्तुहरू बिक्रीमा राखिएका छन्, जसले उपहारको रूपमा लैजानका लागि उपयुक्त बनाउँछ। क्याफेमा तपाईंले जापानी चिया र परम्परागत मिठाइहरूको स्वाद लिन सक्नुहुन्छ।
हाकाताको परम्परा र संस्कृतिलाई नजिकबाट जान्न र अनुभव गर्न सकिने यो नयाँ स्थल हो, अवश्य जानुहोला।
【फुकुओका शहरको सूचना】
यासासीई निहोन्गो राजीओ कोउजा अर्थात् सरल जापानी भाषा रेडियो कोर्सको परिचय
तपाईहरुले “यासासीई निहोन्गो राजीओ कोउजा” अर्थात् सरल जापानी भाषा रेडियो कोर्स को प्रसारण सुन्नुभएको छ?
यो कार्यक्रम, जापानी भाषा राम्ररी नबुझ्ने विदेशीहरू सबैका लागि हो, र यस कार्यक्रममा “सरल जापानी भाषा”मा बिस्तारै बोलिन्छ।
विदेशीहरुले जापानमा बसोबास गर्दा थाहा पाउनु पर्ने सूचनाहरुको बारेमा जानकारी दिईनेछ।
यो कार्यक्रम प्रत्येक शुक्रवार ९:५४ बाट प्रसारण हुँदै आईरहेको छ।
बुझ्न गाह्रो भएमा, वा सुन्न छुटेको भएमा पनि ठिकै छ!
Love FM को होमपेजमा पोष्ट गरिएको स्क्रिप्टमा हेरेर Podcast मा बारम्बार सुन्न सक्नुहुन्छ।
कृपया सुनिदिनु होला।
HIV परिक्षण सप्ताहको बारेमा
जुन १ देखि जुन ७ सम्मको १ हप्ता "HIV परिक्षण सप्ताह" हो।
रेइवा ६ मा, फुकुओका शहर भित्रको चिकित्सा संस्थानहरूले दिएको नयाँ रिपोर्ट अनुसार HIV संक्रमित व्यक्तिहरु २७
जना र एड्सका बिरामीहरू १५ जना थिए। HIV संक्रमणको रोकथाम, प्रारम्भिक पहिचान र प्रारम्भिक उपचार महत्त्वपूर्ण छ। HIV संक्रमण हुँदैमा, धेरैजसो लक्षणहरू नदेखिने भएकोले, संक्रमण छ कि छैन भनेर पत्ता लगाउन परिक्षण गर्न आवश्यक छ।
प्रत्येक वार्डको Health and Welfare Center मा, निःशुल्क र गोप्य रूपमा HIV परिक्षण गराउन सक्नुहुन्छ। यो केवल रगत लिएर गरिने सजिलो परीक्षण हो।
परिक्षण गर्न मिल्ने दिन तोकिएको हुनाले, कृपया जानुअघि फुकुओका सिटीको होमपेज आदिबाट अग्रिम जानकारी लिनुहोला।
HIV संक्रमणको प्रारम्भिक पहिचान र उचित स्वास्थ्य सेवा र उपचार प्राप्त गर्नाले एड्स फैलिने गतिलाई ढिलाइ गर्न सक्दछ। त्यसैले, आफुलाई शंका लाग्ने बित्तिकै, प्रारम्भिक परिक्षण गर्ने गरौँ।