福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2025.06.19[Thu] 09:00
【पोषण शिक्षाको महिना】
हरेक वर्षको जुन महिना "पोषण शिक्षाको महिना" हो र जुन १९ तारिख "पोषण शिक्षाको दिन" मानिन्छ।
स्वस्थ शरीर सही खानपानबाट निर्माण हुने भएकोले हामीले दैनिक खाने खानाको पोषण सन्तुलनलाई पुनः जाँच गर्दै, सही र सन्तुलित भोजन गर्ने बानी बसाल्न जरुरी छ।
साथै, अहिलेको समयमा मनसुन सुरु हुने हुँदा भारी वर्षाका कारण विपद् आउने सम्भावना पनि बढ्दो छ।
विपद् आएमा, सुपरमार्केट वा कन्भिनिमा खाद्यान्न पाउन गाह्रो हुन सक्छ, र पानी तथा ग्यास सेवा रोकिन सक्छ। त्यसकारण, आपतकालीन अवस्थाको तयारी स्वरूप खाद्य सामग्री सञ्चित गरेर राख्नु महत्त्वपूर्ण हुन्छ। जब जीवनयापनका साधनहरु (लजिस्टिक वा लाइफलाइन) रोकिन्छन्, पुनः सञ्चालनमा आउन कम्तीमा ३ दिन लाग्न सक्छ। त्यसैले "परिवारका सदस्यहरूको संख्यालाई ३ दिनले गुणा गरेर" खाद्यान्न सञ्चय गर्नु उपयुक्त हुन्छ।
सञ्चयको सजिलो उपायहरुमा; दैनिक रूपमा प्रयोग हुने सामानहरू थोरै बढी किनेर राख्ने, म्याद सकिन लागेका खाद्य वस्तुहरू पहिला उपभोग गर्ने, र उपभोग गरेको परिमाण अनुसार पुनः किनेर राख्ने अभ्यास (रोटेशन स्टक विधि)अपनाउनु सरल र सस्तो विकल्प हो।
त्यस्तै, विपद् बेला खानपानमा ध्यान दिनुपर्ने कुराहरु जस्तै कि, भात वा पाउरोटीजस्ता कार्बोहाइड्रेटमा मात्र भर पर्ने सम्भावना हुनाले प्रोटिन, भिटामिन, र फाइबरको कमी हुनसक्छ। त्यसैले, माछा, मासु, सिमीजन्य क्यान खाद्य, गाजर, प्याजजस्ता लामो समय टिक्ने तरकारीहरू पनि सञ्चय गर्न उपयुक्त हुन्छ। लामो समय टिक्ने, कोठाको तापक्रममा राख्न मिल्ने र पोषण सन्तुलन मिल्ने खाद्य वस्तुहरूरोजौं।
दैनिक जीवनमै विपद् सचेतना राखौं र आफ्नै क्षमताभित्र रहेर तयारी गरौं।
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा “याराना हिरोबा
तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,
हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, हरेक महिना आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।
जुन महिनामा यो कार्यक्रम२४ तारिक मंगलबारहुनेछ।
समय बिहान१०:३० देखि ११:३० सम्महो।
कार्यक्रमको विषयबस्तु "अभिभावक-बच्चाखेल!"रहेको छ। शिशुलाई काखमा राखेर गीत गाउने, चित्रकथा पढ्ने जस्ता गतिविधिहरू गर्दै, अभिभावक र बच्चाबीचको आत्मीय सम्बन्ध बढाउने खेल खेलिन्छ। खुला र फराकिलो ठाउँमा, घरभन्दा फरक प्रकारका रमाइला खेलहरू खेल्ने अवसर प्रदान गरिन्छ।
आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको फेसबुकमा हेर्नुहोस्।
विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्श कार्यक्रम २०२५
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेनमा, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर”, “फुकुओका YWCA”,“Fukuoka International Residents Association” सँगको सहकार्यमा, "विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्श कार्यक्रम २०२५" आयोजना हुने भएको छ।
यस परामर्श कार्यक्रममा, विदेशी मूलका बालबालिकाहरूका लागि प्रिस्कूलरदेखि हाई स्कूल सम्मको शैक्षिक परामर्श दिईन्छ। यस अतिरिक्त, अध्यागमन ब्यूरो र प्रशासनिक कानूनी सल्लाहकारहरूद्वारा बसोबास सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ।
परामर्श नि:शुल्क छ, तर अग्रिम बुकिङ आवश्यक छ।
जापानी, अंग्रेजी र चाइनिज, भियतनामी, नेपाली भाषामा परामर्श उपलब्ध छन्।
कार्यक्रम हुने दिन: जुलाई १२, शनिबार दिउँसो १:०० देखि।
आयोजना स्थल: हाकाता वार्डको तेन्यामाचीमा स्थित फुकुओका सिटी इन्टरनेशनल सेन्टर
बुकिङ तथा सोधपुछको लागि, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर” को वेबसाइटमा हेर्नुहोला।