福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2025.10.30[Thu] 09:00
【BOOKUOKA】
हरेक वर्ष अक्टोबर २७ देखि नोभेम्बर ९ तारिकसम्मको दुई हप्तालाई "पठन सप्ताह" को रूपमामनाइन्छ।
यसको उद्देश्य मानिसहरूलाई किताबसँग नजिक हुनेअवसर प्रदान गर्नुहो। शरद ऋतुको मौसम, जहाँ हावा स्वच्छ रमनोरमहुन्छ, पढ्नको लागिएकदमै उपयुक्त मानिन्छ। यस समयमा ध्यान केन्द्रित गर्ने क्षमता पनि बढ्ने भएकाले पढाइको आनन्द लिनको लागि योउत्कृष्टअवधि हो।
र, यही समयमाहरेक वर्ष आयोजना हुने लोकप्रिय कार्यक्रम हो, "BOOKUOKA(बुकुओका)"।
"फुकुओकालाई किताबको सहर बनाऔं" भन्ने सोचका साथ सुरु भएको यो कार्यक्रम, यस वर्ष२०औं पटकआयोजना हुँदैछ। किताब पसलहरू, प्रकाशन गृहहरू, सम्पादकहरू लगायत किताबसँग सम्बन्धित व्यक्तिहरूले आयोजक समितिमा रहेर, फुकुओका सहरभरिपुरानो किताबको बजाररगोष्ठीजस्ताविभिन्न कार्यक्रमहरूआयोजना गर्नेछन्। कार्यक्रम अवधिभरिसहरभरि नै किताब प्रेमीहरूकोभीडभाडदेखिनेछ।
तीमध्ये, मुख्य कार्यक्रमहो, "खुला आकाशमुनि प्रयोग गरिएका पुस्तक बजार"।
यो कार्यक्रम, यस वर्ष नोभेम्बर २ तारिक आइतबारका दिनआयोजना हुनेछ। कार्यक्रमस्थल, तेन्जिनबाटगोकोकु जिन्जासम्म जाने "खेयाकी डोरी" सडक हो। यो सडकमा पुरानो किताबको खुला बजारसजिएको हुनेछ। प्रकाशन गृहहरू, किताब पसलहरू, र साधारण किताब मन पराउने व्यक्तिहरूलेआफ्नै तरिकालेछानेका पुरानो किताबहरू राखेरएक दिनका लागिसानो किताब पसलखोल्नेछन्। तपाईंले खोजिरहनुभएकोलोप भइसकेकोवामूल्यवान्किताबहरू पनि यहाँभेटिन सक्छन्। अवश्य पनि, नयाँ किताबहरूपनि भेट्टाउनुहोला! पसलवालाहरूसँग कुराकानी गर्नु रव्यक्तिगत विशेषताभएका स्टलहरूघुमेर हेर्नुपनिरमाइलो हुन्छ। यो हरेक वर्ष धेरै मानिसहरूकोसहभागितामाआयोजना हुने,एक लोकप्रिय कार्यक्रम हो।घुम्दै जाँदाएकपटकअवश्य हेर्नुहोला।
त्यस्तै, अर्को एउटा कार्यक्रम जुनगत वर्षको शरद ऋतुमापहिलो पटक आयोजना भईअत्यन्तै सफलभएको थियो, त्यो यस वर्ष पनिआयोजना हुँदैछ! त्यो हो, तेन्जिनको Fukuoka PARCO मा सीमित अवधिको लागि आयोजना हुने कार्यक्रम, "BOOK MEETS FUKUOKA"।
यसमादेशभरिका प्रकाशन गृहहरू र किताब पसलहरूभेला हुनेछन्रविभिन्न प्रकारका किताबहरूप्रदर्शित हुनेछन्। जापानभरिका ३४ वटासाना र मध्यम आकारकाप्रकाशन गृहहरू रआफ्नै शैलीकाकारण लोकप्रिय बनेका प्रिफेक्चर भित्रका ६ वटास्वतन्त्रकिताब पसलहरूआ-आफ्नोउत्कृष्टकिताबहरूलिएर सहभागी हुनेछन्।किताबका विशेषज्ञहरूलेसिफारिस गरेका किताबहरू राखिएको कर्नर, पुरानो किताब बजार घुम्ती, साथैप्रदर्शनी कर्नररमौलिक सामानको बिक्री पनिगरिनेछ।
यसका अतिरिक्त, फुकुओकाका विभिन्न किताब पसलहरूमा पनिकार्यक्रम अवधिभरिविभिन्न योजनाहरूआयोजना हुनेछन्।
स्थानीयउच्च विद्यालयका विद्यार्थीहरूरकिताब पसलका कर्मचारीहरूलेसिफारिस गरेका किताबहरू राखिएकोविशेष कर्नर,हरेक पसलमाफरक-फरक हुनेछन्। साथै, केही किताब पसलहरूमालेखकहरूद्वारागोष्ठीपनिआयोजना हुनेछन्, र यस वर्षकोरियाबाटपनिएक लोकप्रिय निबन्धकारआमन्त्रित हुनेखबर छ।
केही किताब पसलहरूमा त काम गरिरहेका किताब पसलकर्मीहरूको एक जुट हुने कार्यक्रमहरू समेत आयोजना गरिन्छ। त्यसमै, भूत-प्रेतको कथा सुनाउने विशिष्ट कथावाचन कार्यक्रम, नाटकको मज़ा लिने योजना, र सृजनात्मक कार्यशाला जस्ता विभिन्न गतिविधिहरू पनि हुनेछन्। यो समयको विशेष अवसरमा, किताबसँग सम्बन्धित अनौठा र रोचक अनुभवहरू थुप्रै छन्!
यदि तपाईंलाईयसमाचासो छभने, कृपया "BOOKUOKA (बुकुओका)"भनेर खोजीगर्नुहोला।
किताबको बीचमा बसेर रमाइलो किसिमका अनौठा भेटघाटको अनुभव लिन सक्नुहुन्छ।
पढाइको यो शरद ऋतु, दिल खोलेर रमाइलो गर्नुहोस् है♪