ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.293

2025.11.13[Thu] 09:00

【Christmas Advent】

यस वर्ष पनि फुकुओकाको जाडोलाई सिँगार्ने "क्रिसमस एड्भेन्ट (Christmas Advent)" सुरु भएको छ!

यस वर्ष १२ औं वर्षमा प्रवेश गरेको यो कार्यक्रममा अहिलेसम्म करिब १ करोड २० लाख दर्शकहरू आइसकेका छन्।जापानमै सबैभन्दा धेरै दर्शकहुने यो क्रिसमस कार्यक्रमप्रकाश, संगीत र कलालाई संयोजनगरी "पाँच इन्द्रियले आनन्द लिने क्रिसमस" को रूपमा हरेक वर्ष धेरैले मन पराएका छन्। क्रिसमसको दिनसम्म, सहरलाई झिलिमिली सँगै, क्रिसमस विशेष परिकार, संगीत र स्टेज कार्यक्रमहरू यस वर्ष पनि हरेक स्थानमा भरिपूर्ण हुनेछन्!

मुख्य स्थानहरू, JR हाकाता स्टेशन अगाडिको हिरोबा, किहिनकान अगाडिको हिरोबा, तेन्जिन च्युओ पार्क, फुकुओका सिटी हल पश्चिम फु्रेआई हिरोबा, र फुकुओका डाइम्यो गार्डेन सिटी हुन्। हाकाताबाट नाकासु हुँदै तेन्जिनसम्म विभिन्न किसिमका झिलिमिली बत्ती र क्रिसमस बजारहरू आयोजना हुनेछन्।

प्रत्येक स्थानमा राखिएकाहुट्टे (काठका साना घरहरू)मा हट वाइन, हट चकलेट रयूरोपका मौलिक क्रिसमस सामग्रीहरूबिक्री गरिनेछ।

हरेक वर्ष चाँडै सकिने, प्रत्येक स्थानको लागि मात्र उपलब्धविशेष मगहरूलोकप्रिय वस्तु हुन्, जसलाई धेरै मानिसहरूले हरेक वर्ष सङ्कलन गर्ने गरेका छन्। यदि तपाईं पनि कुनै मग किन्ने सोचमा हुनुहुन्छ भने, चाँडै जानुहोला!

यसका साथै, संगीत स्टेज र कार्यशालाहरू जस्तासबै पुस्ताले रमाइलो गर्न सक्नेकार्यक्रमहरू पनि छन्, त्यसैले परिवारसँग घुम्नको लागि पनि यो उपयुक्त छ।

 त्यस्तै, नोभेम्बर २० देखि डिसेम्बर २१ सम्म, "क्रिसमस एड्भेन्ट" का स्थानहरू र फुकुओका सहरका कन्सर्ट हलहरूमा "फुकुओका क्लासिक संगीत महोत्सव" पनि सँगै आयोजना हुनेछ। यो कार्यक्रम विश्व-स्तरीय वादकहरू र शीर्ष कलाकारहरू द्वारा सामान्यतया अनुभव गर्न नपाइने प्रत्यक्ष वादन र गायन सुन्ने एक बहुमूल्य अवसर हो। पक्कै पनि नछुटाउनुहोला।

फुकुओका सहर हिँड्न र घुम्नको लागि रमाइलो क्रिसमसको सहर बन्नेछ। झिलिमिली बत्ती हेर्दै, संगीत र परिकारहरूको आनन्द लिँदै, कृपया फुकुओकाको क्रिसमसको भरपुर मज्जा लिनुहोस्।

 


【फुकुओका शहरको सूचना】

“Autumn National Fire Prevention Campaign सप्ताह”

नोभेम्बर ९ देखि नोभेम्बर १५ सम्म "Autumn National Fire Prevention Campaign" सप्ताह हो।

शरद ऋतुबाट जाडोमा सर्दै गर्दा, हावा सुक्खा हुने र आगलागीका घटना बढ्ने मौसम आउँछ।

फुकुओका शहरमा गत वर्ष २७९ वटा आगलागीका घटना भएका थिए।

आगलागीका मुख्य कारणहरूमाचुरोट, ग्याँस चुलो, र विद्युतीय उपकरणहरू आदि रहेका छन्।

चुरोट आगलागीको मुख्य कारण भएकाले सुतेर चुरोट नपिउने, ठुटाहरू जम्मा नगर्ने र चुरोटको आगोलाई पानीमा निभाएर मात्र फाल्ने कुरालाई कडाइका साथ पालना गर्नुहोस्।

ग्याँस चुलोबाट हुने आगलागीमा विशेष ध्यान दिन आवश्यक छ।जाडो बढ्दै आए पछि, नाबे आदिका लागि ग्याँस चुलोको प्रयोग बढी हुन्छ।तर आगो बालिरहेको बेला कहिल्यै पनि त्यस स्थानबाट टाढा नजानुहोस्।

विद्युतीय उपकरणहरूको प्लगमा धूलो जम्मा हुनु वा तारहरू टुट्नु/छिनिनु पनि आगलागीको कारण बन्न सक्छ। प्लग र त्यस वरपर नियमित रूपमा सफा गर्नुहोस्।

  • टिभी वा फ्रिज जस्ता दैनिक लुकेका ठाउँहरूपछाडि पनि सफा गर्नुहोस्।

  • तारहरू फर्निचर मुनि नपरुन्भनेर ध्यान दिनुहोस्।

स्मार्टफोन वा मोबाइल ब्याट्री जस्ता लिथियम आयोन ब्याट्री प्रयोग गरिएका विद्युतीय उपकरणहरूले बलियो चोट लाग्दा वा खसाल्दा जस्ताकडा धक्कापाएमा आगो लाग्न सक्छ।

साथै, ब्याट्रीफुलेको छ वाचार्ज गर्ने क्रममा असामान्य रूपमा धेरै तातोभएको छ भने पनि आगो लाग्ने सम्भावना भएकालेत्यसको प्रयोग नगर्नुहोस्।

ब्याट्री फाल्दा सार्वजनिक सुविधा केन्द्र वा विद्युतीय पसलहरूमा राखिएकासङ्कलन बक्समा लगेर फाल्नुहोस्।

दैनिक जीवनमा नै आगलागी रोकथामका उपायहरूमा ध्यान दिने गरौँ।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ