福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2026.06.11[Thu] 09:00
【खाद्य शिक्षा दिवस】
फुकुओका प्रान्तले भन्ने नाराका साथ स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने अभियान चलाइरहेको छ। यसै अन्तर्गत हरेक महिनाको १९ तारिख अर्थात् 'खाद्य शिक्षा दिवस' का दिन हाकाता वार्डमा रहेको फुकुओका प्रान्तीय कार्यालय मा 'विशेष बजार' आयोजना गरिन्छ, जहाँ ताजा र मौसमी कृषि तथा समुद्री उत्पादनहरू बिक्रीका लागि राखिन्छन्।
यो बजार हरेक महिनाको १९ तारिख, बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म चल्नेछ (सामान सकिएमा समय अगावै बन्द हुन सक्छ)। यदि १९ तारिखका दिन सरकारी बिदा परेमा, त्यसको ठीक अघिल्लो कार्यदिनमा यो बजार लगाइन्छ।यस महिना भने यो बजार मे १८ (बिहीबार) र १९ (शुक्रबार) गरी दुई दिन लाग्नेछ।बजार प्रान्तीय कार्यालयको पहिलो तलाको लबीमा आयोजना हुनेछ।
फुकुओकाका स्थानीय उत्पादनहरू किनेर र खाएर यहाँका किसानहरूलाई प्रोत्साहन गर्ने गरौं।
【फुकुओका शहरको सूचना】
चुयु र भारी वर्षा
जापानमा जुनदेखि जुलाईसम्मलाई "चुयु" अर्थात् वर्षा ऋतु भनिन्छ र यस अवधिमा भारी वर्षा हुने गर्दछ। भारी वर्षाको कारण प्रकोपहरू हुने सम्भावना भएकोले ध्यान दिनुहोला।
हालैका वर्षहरूमा पनि, वर्षाको मौसममा रेकर्ड-ब्रेक भारी वर्षाको कारणले, फुकुओका प्रान्तमा पनि धेरै क्षति पुर्याएको थियो। भारी वर्षा हुँदा, नदी, तट वा पहाड नजिकको चट्टानहरू जस्ता खतराजनक ठाउँहरू नजिक नजानुहोस् र आफ्नो जीवन रक्षाको लागि कदम चाल्नुहोस्।
फुकुओका सिटिको होमपेजमा Hazard map र विपद् रोकथाम सम्बन्धि जानकारी प्राप्त गर्न सक्नुहुन्छ। आफू बस्ने क्षेत्रमा हुन सक्ने सम्भावित खतरा र आश्रय स्थलमा जाने सुरक्षित तरिका आदिको बारेमा अग्रिम जानकारी राख्ने गरौँ। बिस्तृत जानकारी, ‘Fukuoka City Multilingual Portal’ भनि खोजि, साईगाईको पेजमा हेर्नुहोला।
फुकुओका शहरको महत्वपूर्ण जानकारीहरु, फुकुओका सिटिको आधिकारिक Facebook ‘Global Community Fukuoka’ वा फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको Facebook ‘फुकुओका शी कोकुसाई खाईखान्/ आत्ताखा फुकुओका「福岡市国際会館/あったか福岡」बाट पनि बहुभाषामा प्राप्त गर्न सक्नुहुन्छI पेजलाई follow गरेर, सामान्यदेखि महत्वपूर्ण जानकारीहरु लिनु होला।
कर
जनवरी १ देखि फुकुओकामा बस्दै आउनुभएको व्यक्तिको यदि अघिल्लो वर्षको आय १० लाख नाघेको भएमा फुकुओका प्रान्तको कर तिर्नु पर्ने हुन सक्दछ।
जुन १५ तिर कर तिर्न सूचना आउन सक्ने भएकोले, अवश्य पनि खामभित्रको ध्यानपूर्वक पढ्नुहोला।
तिर्नुपर्ने म्याद र शुल्क लेखिएको हुन्छ। कोन्भिनी, बैंक वा हुलाक मार्फत तिर्नुहोला।
स्मार्टफोन भुक्तानी वा क्रेडिट कार्डबाट पनि तिर्न सकिन्छ।
त्यस्तै, कम्पनीमा कार्यरत व्यक्तिहरुको हकमा, कर सीधै तलबबाट कटौती हुन सक्छ।
शहरी कर तिर्नु भएन भने, तपाईंको निवास कार्डको नविकरण गर्नमा समस्या पर्नुका साथै तपाईंको सम्पत्ति फुकुओका शहरले जफत गर्ने सम्भावना हुन सक्दछ।
नबुझेको कुरा भएमा वा कर तिर्न गाह्रो भएमा, वार्ड अफिसको काउन्टरमा परामर्श लिनु होला।
२३ वटा भाषाहरुमा, फोनमार्फत् परामर्श लिन सक्नुहुन्छ।
फोन नम्बर, ०९२-७५३-६११३ हो।
यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।
तपाईंले कुरा गर्ने भाषा, बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।