福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2026.07.30[Thu] 09:00
【किताजाकी सुइखा】
फुकुओका सहरभित्रकै एक मात्र सुइखा अर्थात् खरबुजा उत्पादन हुने क्षेत्र— निसि वार्डको किताजाकी क्षेत्रमा उब्जाइएको, असाध्यै गुलियो र स्वादिलो 'किताजाकी सुइखा' को यतिबेला मुख्य सिजन चलिरहेको छ।
यो 'किताजाकी सुइखा ' फुकुओकाका मात्र ३ वटा किसान परिवारले मात्र उत्पादन गर्ने गर्दछन्। यसको धेरैजसो हिस्सा फुकुओका प्रान्तभित्रै खपत हुने भएकाले प्रान्त बाहिर यो पाउन निकै गाह्रो छ। सामान्य खरबुजाको गुलियोपन १० देखि १२ डिग्री जति हुने गर्दछ, तर यो 'किताजाकी सुइखा ' को गुलियोपन १३ डिग्रीभन्दा बढी हुन्छ। यसलाई एकचोटि टोक्ने बित्तिकै यसको कुरुम-कुरुम हुने बनोटसँगै एउटा छुट्टै र बाक्लो गुलियोपन मुखभरि फैलिन्छ। यसको अर्को विशेषता भनेको यसको बोक्राको फेदसम्मै उत्तिकै गुलियो हुन्छ, जसले गर्दा धेरै भाग खान मिल्छ। "एकपटक खाएपछि यसको स्वाद कहिल्यै बिर्सिन सकिन्न" भन्दै हरेक वर्ष यो सिजनलाई पर्खिएर बस्ने यसका थुप्रै प्रशंसकहरू छन्। यो साँच्चै नै पारखीहरूले मात्र थाहा पाएको एउटा उत्कृष्ट उत्पादन हो।
स्वादिलो खरबुजा कसरी छान्ने? यदि सिङ्गो खरबुजा किन्दै हुनुहुन्छ भने, बाहिरको हरियो रङ गाढा भएको छान्नुहोला। र यदि काटिएको खरबुजा किन्दै हुनुहुन्छ भने, भित्रको बीउको रङ एकदमै गाढा रातो भएको छान्नु राम्रो मानिन्छ।
यस वर्ष मौसमले राम्रो साथ दिएकाले खरबुजाको उत्पादन निकै राम्रो भएको छ। यो खरबुजा अगस्टको मध्यतिरसम्म JA को प्रत्यक्ष बिक्री केन्द्र र स्थानीय सुपरमार्केटहरूमा किन्न पाइन्छ। खरबुजा मन पराउने श्रोताहरूले फुकुओकाको यो रैथाने र असाध्यै गुलियो 'किताजाकी सुइखा' लाई एकचोटि पक्कै पनि चाखेर हेर्नुहोला है!
【MLB Breakfast Club】
फुकुओकाको तेन्जिनमा 'एमएलबी ब्रेकफास्ट क्लब @ फुकुओका' (MLB Breakfast Club @ Fukuoka) सुरु भएको छ, जहाँ तपाईं ठूलो मनिटरमा अमेरिकी मेजर लिग बेसबल (MLB) को खेल हेर्दै हटडग र क्रोसाँ (Croissant) जस्ता स्वादिला ब्रेकफास्टको मज्जा लिन सक्नुहुन्छ। मेजर लिगका धेरैजसो खेलहरू जापानको समय अनुसार बिहान खेलिने हुनाले, यसै अवसरलाई सदुपयोग गर्दै यो कार्यक्रम आयोजना गरिएको हो। मेजर लिगमा तहल्का मच्चाइरहेका जापानी खेलाडीहरूको खेल र मीठो बिहानी खाजाका साथ मानिसहरूले आफ्नो दिनको सुरुवात ऊर्जावान् रूपमा गर्न सकून् भनेर यसै वर्षदेखि यो नयाँ अभियान सुरु गरिएको हो।
यो कार्यक्रम मार्चदेखि मे महिनासम्म टोकियोमा र जुन महिनामा ओओतानी शोहेई, किकुची युउसेई र सासाकी रोउकी जस्ता चर्चित खेलाडीहरूको गृहप्रान्त इवातेमा आयोजना भइसकेको छ। र, टोकियो र इवातेपछि फुकुओका सहर यो कार्यक्रम आयोजना हुने तेस्रो स्थान बनेको छ।
कार्यक्रम स्थलमा राखिएका मनिटरहरूमा विशेषगरी जापानी खेलाडीहरू आबद्ध रहेका टोलीहरूको खेल प्रसारण गरिनेछ। त्यहाँ राखिएका फूड ट्रक (Kitchen Cars) हरूमा अमेरिकी बेसबल रंगशालामा लोकप्रिय रहेका स्वादहरूलाई नयाँ रूप दिइएका ४ प्रकारका हटडगहरू, क्रोसाँ र बेकन समावेश भएको "मर्निङ प्लेट" (Morning Plate) का साथै अमेरिकाको प्रख्यात मेनु "केजन चिकन ओभर राइस" लगायतका परिकारहरू बिक्री गरिनेछ। मेनुमा फुकुओकाको आफ्नै विशेषता झल्किने "मेन्ताई डग" पनि उपलब्ध हुनेछ।
यो कार्यक्रमयही हप्ताको २७ तारिख (सोमबार) देखि अगस्ट १६ तारिखसम्मतेन्जिनमा रहेको "फुकुओका मिचुकोशी लायन हिरोबा" (Fukuoka Mitsukoshi Lion Hiroba) को "फुकुओका सहर पर्यटक सूचना केन्द्र" अगाडि आयोजना हुनेछ। कार्यक्रमको समयसोमबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मरशनिबार, आइतबार तथा सार्वजनिक बिदाका दिन बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मरहनेछ।
विश्वकै सर्वोत्कृष्ट खेल हेर्दै नयाँ शैलीमा दिनको सुरुवात गर्नका लागि यो 'एमएलबी ब्रेकफास्ट क्लब' मा एकचोटि पक्कै जानुहोला है! ♪