ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.331

2026.08.06[Thu] 09:00

【नयाँ रूपमा खुल्दै “मेइजी पार्क】

हाकाता स्टेसन अगाडिनयाँ पुनर्निर्माण भइरहेको 'मेइजी पार्क' (Meiji Park), यही आउँदो हप्ताकोशुक्रबार, अगस्ट ७ तारिखका दिनऔपचारिक रूपमा खुल्ने भएको छ।

नयाँ रूपमा फेरिएको यो 'मेइजी पार्क' अब केवल एउटा पार्क मात्र नभएर मानिसहरू आरामसँग बस्न र समय बिताउन सक्ने एउटा सुन्दर आधुनिक सहरी केन्द्र बन्नेछ। यहाँ हरियालीका बीचमा बनाइएका आधुनिक पैदल मार्ग र फरक-फरक विशेषता भएका ५ वटा खुला प्लाजहरू रहनेछन्, जसले मानिसहरूलाई शितलता र आराम दिनेछन्। यसका साथै, पार्कभित्र विभिन्न रेस्टुरेन्ट र आधुनिक स्पा गरी७ वटा विशेष पसलहरूखुल्ने भएकाले, यसले हाकाता स्टेसन क्षेत्रमा एक नयाँ चहलपहल र मानिसहरूको जमघट बढाउनेछ।

पार्कभित्र खुल्ने पसलहरूमा फुकुओकाको आफ्नै मौलिक स्वाद र विशेषतालाई जोड दिइएको छ। यहाँ फुकुओकाकै प्रख्यात ब्रान्डले रेखदेख गर्ने बेकरी तथा बिस्ट्रो, इटालियन डाइनिङ, मीठो संगीत र मिठाइको मज्जा लिन मिल्ने क्याफे तथा बार रहनेछन्। यति मात्र नभएर, ओकायामाबाट क्युशुमै पहिलोपटक भित्रिन लागेको प्रख्यात पिज्जेरिया, सागाको स्थानीय क्राफ्ट बियर बार, र नयाँ शैलीको साउना अनुभव गर्न पाइने आधुनिक सहरी स्पा जस्ता सुविधाहरू यहाँको मुख्य आकर्षण बन्नेछन्।

हाकाता स्टेसन अगाडि एउटा नयाँ ल्यान्डमार्कका रूपमा जन्मिएको यो 'नयाँ मेइजी पार्क' मा, यहाँहरू पनि फुर्सदको समयमा एकचोटि पक्कै घुम्न जानुहोला है! ♪

 

 

【फुकुओका शहरको सूचना】

LINE कल मार्फत परामर्श लिन सकिन्छ!

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको LINE आधिकारिक Account बाट प्रत्यक्ष कल गरी जीवनयापनसँग सम्बन्धित परामर्श वा निःशुल्क परामर्शको लागि बुकिंग आदि गर्नका लागि सम्पर्क गर्न सक्नुहुन्छ। फोन अनुवाद सेवाबाट बहुभाषी सहयोग पनि उपलब्ध छ।

थप रूपमा, फाउण्डेशनको कार्यक्रम र विदेशी बासिन्दाको लागि जानकारीहरू पनि प्राप्त गर्न सकिन्छ।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट अवश्य पनि "Friend Add" गर्नुहोला। छ

च्याट सेवा भने उपलब्ध छैन। लेखेर परामर्श गर्न चाहनुहुन्छ भने, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेशनको होमपेजमा रहेकोसम्पर्क फारमप्रयोग गर्नुहोला।




कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श

“फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन”मा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क “कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श” प्रदान गर्दैआईरहेको छ।

 “कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र 

तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, प्रदान गरिंदै आइरहेको छ। परामर्श अवधि ४५ मिनेट। 

बुकिंगको आधारमा Fukuoka Bar Association को प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ। 

यदि भाषा अनुवादक आवश्यक छ भने, कृपया अग्रिममा परामर्श गर्नुहोस्।

 “मानसिक परामर्श” अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ। चाहनुहुने महानुभावहरुले बुकिंग गर्नुहोला।

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

सम्पर्क काउन्टर खुल्ने समय, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म हो। 

फोन नम्बर ०१२०-६६-१७९९ हो।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ