ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.332

2026.08.13[Thu] 09:00

【तेन्जिन नाचु माचुरी】

हरेक वर्ष फुकुओकाको गर्मीलाई अझ बढी जोसिलो र रमाइलो बनाउने '‘तेन्जिन नाचु माचुरी' यतिबेला धुमधामका साथ चलिरहेको छ! फुकुओका सिटी हलको पश्चिमतर्फ रहेको 'फुरेआई हिराबा' मा करिब एक महिनासम्म चल्ने यो महोत्सव तेन्जिनको गर्मी सिजनको एउटा निकै प्रख्यात र परम्परागत बार्षिक उत्सव हो।

जापानको समर फेस्टिभल भन्ने बित्तिकै 'बोन ओदोरी' (परम्परागत नाच)लाई सम्झिने गरिन्छ। यहाँ मैदानको बीचमा बनाइएको ठूलो काठको मञ्च अर्थात् "यागुरा" (Yagura) लाई घेरेर, पुराना पुराना सदाबहार गीतदेखि लिएर भर्खरका पप संगीत, र जापानी परम्परागत बाजा 'वाताइको' को धुनमा झुम्दै, पुराना दिनहरूको झल्को दिने वातावरणमा ससाना बालबालिकादेखि वृद्धवृद्धाहरू सम्म सबैजना एउटै गोलो घेरामा बसेर सँगै नाच्ने गर्छन्।

त्यहाँका आकर्षक फूड स्टलहरूमा गर्मी महिनामा खाइने 'खाकिगोरी' र 'याकिसोबा' जस्ता मेलाका सदाबहार परिकारहरूका, साथै हाकाताका प्रख्यात स्थानीय स्वाददेखि लिएर अचेलका चर्चित आधुनिक मिठाईहरू सम्मका धेरै थरीका खानेकुराहरू लहरै सजाइएका छन्।

जापानको परम्परागत खेलहरूको कुना, जसलाई "एन्निची" (Ennichi) भनिन्छ, त्यहाँ पानीमा बेलुन टिप्ने 'योयो चुरी', सुपर बल सुकुई र बन्दुकले निशाना लगाउने जस्ता धेरै रमाइला खेलहरू छन्, जसमा बालबालिका मात्र होइन, ठूला मानिसहरू पनि निकै झुमेर रमाउने गर्छन्!

यो रोमान्चक महोत्सवअगस्ट २३ तारिख, आइतबारसम्मचल्नेछ। कार्यक्रम स्थल तेन्जिनको मुटुमा रहेकोफुकुओका सिटी हलको पश्चिमतर्फको 'फुरेआई हिराबा' मा तोकिएको छ। यो मेलाबेलुका ५:३० बजेदेखि राती १०:०० बजेसम्ममहोत्सव अवधिभर एक दिन पनि नबिराई हरेक दिन खुल्ला रहनेछ।

तपाईं पनि कामबाट फर्कने बेला वा सपिङ गर्न निस्किएका बेला, यहाँ एकचोटि घुम्न र रमाइलो गर्न जाने होइन त? ♪

 

 

【फुकुओका शहरको सूचना】

Fukuoka Prize को बारेमा

फुकुओका शहरले एशियाली शैक्षिक अनुसन्धान, कला र संस्कृतिमा उल्लेखनिय योगदान पुर्‍याउनेव्यक्तिहरुलाई Fukuoka Prize ले सम्मान गर्दै आईरहेको छ। 

यस वर्षको ३५औँ Fukuoka Prize का विजेताहरु घोषितभएकाछन्।

The Grand Prize को विजेतामा, भिडियो कलाको माध्यमबाट एसियाको इतिहास र स्मृतिलाई जीवन्त रूपमा प्रस्तुत गर्नुहुने आधुनिक कलाकार "Ho Tzu Nyen"
The Academic Prize मा,दक्षिण-पूर्वी एसियाली समाजका मानिसहरूमा भविष्य छनोट गर्ने स्वतन्त्रताको खोजी गर्नुहुने अनुसन्धानकर्ता "Caroline Sy HAU"

The Arts and Culture Prize मा, एसियाली परम्परागत नृत्यलाई आधुनिकता र विश्वमाझ जोड्ने नवप्रवर्तनकारी नर्तक "Pichet Klunchun"

सेप्टेम्बर १४ तारिख, सोमबारका दिन मुख्य पुरस्कार वितरण समारोह आयोजना गरिँदैछ। साथै, सेप्टेम्बर १२ तारिख, शनिबार र १५ तारिख, मंगलबारका दिन नागरिक मञ्च सञ्चालन गरिनेछ।

सेप्टेम्बर १२ तारिख, शनिबारको दिउँसो The Arts and Culture Prizeविजेता "Pichet Klunchun" को र सोही दिन बेलुका The Grand Prize विजेता "Ho Tzu Nyen"को विशेष लेक्चर हुनेछ। त्यसैगरी, सेप्टेम्बर १५ तारिख, मंगलबारका दिन The Academic Prize विजेता "Caroline Sy HAU"ले आफ्नो विशेष लेक्चर प्रस्तुत गर्नुहुनेछ।"

पुरस्कार समारोह र नागरिक मञ्चमा जो–कोहीले निःशुल्क सहभागी हुन सक्नुहुन्छ।
तर, अगावै दर्ता अनिवार्यछ, कृपया आधिकारिक वेबसाइट बाट आवेदन गर्नुहोस्।
दर्ता अन्तिम मिति, पुरस्कार समारोहको लागि:अगस्ट १७ तारिक (सोमबार) सम्मर नागरिक मञ्चको लागि,प्रत्येक कार्यक्रमको २ दिनअघिसम्म हो।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ