ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.333

2026.08.20[Thu] 09:00

【फुकुओका सिटी जू एन्ड बोटानिकल गार्डेन・रातको जू एन्ड बोटानिकल गार्डेन】

फुकुओका सिटी जू एन्ड बोटानिकल गार्डेनको गर्मी याममा निकै लोकप्रिय कार्यक्रम 'रातको जू एन्ड बोटानिकल गार्डेन' यस वर्ष पनि हरेक शनिबार आयोजना गरिँदैछ। हरेक वर्ष उच्च लोकप्रियता पाउने यो कार्यक्रम रातितिर मात्र देख्न सकिने वन्यजन्तुहरूको जीवनशैली र व्यवहार, र रातमा मात्र फुल्ने फूलहरूको अवलोकन जस्ता, रातको समयमा मात्र अनुभव गर्न सकिने विशेष कार्यक्रम हो।

यस वर्ष मार्च महिनामा खुलेको बोटानिकल गार्डेनको प्रवेशद्वार उद्यानलाई कार्यक्रम अवधिभर विशेष लाइटअपले सजाइनेछ। रातमा सक्रिय हुने जनावरहरूको जीवन्त रूप र पेंग्विन क्षेत्रको लाइटअप जस्ता, रातको जू एन्ड बोटानिकल गार्डेनमा मात्र देख्न पाइने दृश्यहरूको आनन्द लिन सकिन्छ।

साथै, स्याहारकर्ताहरूद्वारा जनावरहरूलाई खुवाइने समय पनि जनावरहरूको वास्तविक रूप र क्षमता नियाल्ने र पत्ता लगाउने उत्कृष्ट अवसर हो। जापानी बाँदर र मलायन भालुलगायत दिनको ९ प्रकारका जनावरका लागि यो कार्यक्रम सञ्चालन गरिन्छ।

यसका अतिरिक्त, बोटानिकल गार्डेनको ग्रीनहाउस अगाडिको चोकमा किचन कार पनि हुनेछन्, जसले स्वादिष्ट खानाको मज्जा पनि लिन पाइनेछ!! कार्यशाला र लाइभ संगीत कार्यक्रमहरू पनि आयोजना हुनेछन्, जसले ठूला र साना सबैलाई रमाइलो दिनेछ।

साथै, पार्किङ स्थल छिट्टै भरिने सम्भावना भएकाले, त्यहाँ जाँदा सार्वजनिक यातायातको प्रयोग गर्न सिफारिस गरिन्छ।

फुकुओका सिटी जू एन्ड बोटानिकल गार्डेनको गर्मी याममा अत्यन्त लोकप्रिय कार्यक्रम 'रातको जू एन्ड बोटानिकल गार्डेन' सेप्टेम्बर १२ सम्म हरेक शनिबार आयोजना हुनेछ।

यो कार्यक्रममा मात्र पाइने विशेष अनुभव लिन अवश्य जानुहोस्♪

 

 

【फुकुओका शहरको सूचना】

मद्यपान गरी गाडी चलाउने क्रिया अन्त्य

सन् २००६ अगस्ट २५ मा, हिगासी वार्डको 'उमिनोनाकामिचि ओहासी' पुलमा मद्यपान गरी गाडी चलाउँदा भएको दुर्घटनामा ३ जना बालबालिकाको मृत्यु भएको घटनालाई यस वर्ष २० वर्ष पूरा हुँदैछ। फुकुओका सिटीले यस दुर्घटनालाई एउटा कारण मानेर मद्यपान गरी गाडी नचलाउने विभिन्न पहलहरू सञ्चालन गर्दै आएको छ। मद्यपान गरी गाडी चलाउनु अपराध हो।

  • रक्सी पिइसकेपछि, कार, मोटरसाइकल, साइकल, वा 'इलेक्ट्रिक किकबोर्ड चलाउनु हुँदैन।

  • रक्सी पिएको व्यक्तिलाई गाडी दिनु, वा गाडी चलाउने व्यक्तिलाई रक्सी खुवाउनु वा सिफारिस गर्नु पनि हुँदैन।

  • साथै, चालकले रक्सी पिएको थाहा हुँदाहुँदै पनि सो गाडीमा चढ्नु हुँदैन।

  • रक्सी पिएर गाडी चलाउँदा ध्यान र निर्णय क्षमता घट्छ, खतराको पहिचान ढिलो हुन्छ, र अत्यधिक गति लगायतका कारणले सडक दुर्घटनामा पर्ने जोखिम बढ्छ।

साथै, , निम्न किसिमको गाडीहरूमा मद्यपान गरी गाडी चलाइरहेको हुन सक्ने सम्भावना हुन्छ। यस्तो देख्नुभयो भने कृपया ११० नम्बरमा सम्पर्क गर्नुहोस्।

  • रोकिने रेखाभन्दा धेरै अगाडि रोकिने, वा हरियो बत्ती भइसक्दा पनि छिटो नजाने

  • लर्खराउँदै गाडी चलाउने

  • बारम्बार अचानक गति बढाउने वा तीव्र गतिमा अघि बढ्ने

हरेक व्यक्तिमा 'मद्यपान गरी गाडी नचलाउने, चलाउन नदिने, कहिल्यै क्षमा नगर्ने, र बेवास्ता नगर्ने' भन्ने दृढ संकल्प आवश्यक छ।

सबैले मिलेर मद्यपान गरी गाडी चलाउने क्रिया अन्त्य गरौं!

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ