福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2026.08.27[Thu] 09:00
【मरिन वर्ल्ड उमिनोनाखामिचि・रातको एक्वेरियम】
गर्मी यामको रातमा अलि विशेष प्रकारको एक्वेरियम अनुभव गर्न चाहनुहुन्छ? फुकुओका सिटीको हिगासी वार्डमा रहेको 'मरिन वर्ल्ड उमिनोनाखामिचि' मा हाल संचालन समय राति ९ बजेसम्म बढाएर 【रातको एक्वेरियम】 आयोजना गरिँदैछ।
दिउँसोको भन्दा उज्यालो पूर्ण रूपमा फेरिएर, भवनभित्र एक जादुई वातावरण सिर्जना हुन्छ। यसमध्ये सबैभन्दा आकर्षक भनेको लगभग २० हजार साइनका माछाहरू संगीत र प्रकाशसँगै तैरने जादुई प्रदर्शन हो! अनि, रातको दृश्यलाई पृष्ठभूमिमा राखेर देखिने डल्फिनको जोशिलो उफानो पनि दिउँसोभन्दा फरक अनुभव दिन्छ।
'मरिन वर्ल्ड उमिनोनाखामिचि' मा क्युशुको समुद्रलाई विषयवस्तु बनाएर ३५० प्रजातिका, करिब ३० हजार समुद्री जीवजन्तुहरू प्रदर्शन गरिएका छन्। साथै, सिललाई ३६० डिग्रीबाट अवलोकन गर्न सकिने 'आइल्यान्ड स्टेज' र पेंग्विनलाई नजिकबाट हेर्न सकिने 'पेंग्विन बीच' मा जीवजन्तुहरूलाई अझ नजिकबाट हेर्न सकिन्छ।
दिउँसोको चहलपहलभन्दा फरक, रातको एक्वेरियम, अगस्ट २३ आइतबारसम्म हरेक दिन आयोजना हुनेछ। अगस्ट २९ शनिबारदेखि सेप्टेम्बर २३बुधबार (सार्वजनिक बिदा)सम्मको अवधिमा, शनिबार, आइतबार र सार्वजनिक बिदाका दिनहरूमा मात्र सञ्चालन हुनेछ। बिहान ९ बजे ३० मिनेटदेखि राति ९ बजेसम्म आनन्द लिन सकिन्छ।
यस गर्मी यामको विशेष सम्झनाको रूपमा यो अनुभव लिनु कस्तो होला?
【फुकुओका शहरको सूचना】
मिनामी नागरिक केन्द्र जापानी भाषा कक्षा 'कुराकानी थलो'
जापानी मानिसहरूसँग 'जापानी भाषा' मा कुराकानी गर्ने प्रयास गर्नचाहनुहुन्न?
विदेशी र जापानी मानिसहरूले कुराकानीगर्दै आनन्द लिने कार्यक्रम आयोजना गरिँदैछ।
सेप्टेम्बर ८ मंगलबार, साँझ ७ बजेदेखि राति ९ बजेसम्म।
स्थान हो, मिनामी वार्डको 'मिनामी नागरिक केन्द्र'।
विदेशी र जापानी मानिसहरू आमनेसामने भई दुई घेरा बनाई विभिन्न विषयवस्तुहरूमा १ मिनेटसम्म एक-एक गरी कुराकानी गर्नुहुनेछ।
सकिएपछि सिट साटेर अर्को साथीसँग कुराकानीको आनन्द लिइनेछ।
पालैपालो साथी साटेर धेरै मानिसहरूसँग कुराकानी गर्न सकिने कार्यक्रम हो।
सहभागिता निःशुल्क छ, तर दर्ता आवश्यक छ।
सिट संख्या पहिलो आउनेलाई पहिलो प्राथमिकता दिने आधारमा २५ जना मात्र।
दर्ताको लागि अगस्ट १५ पछि फुकुओका सिटीको वेबसाइटबाट गर्न मिल्नेछ।
「南市民センターしゃべり場」’मिनामी सिमिन् सेन्टर स्याबेरीबा' भनेर खोज्नुहोस्।
कुराकानीको आनन्द लिँदै सीमा नाघेर सम्बन्ध बनाऔं!