ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.336

2026.09.10[Thu] 09:00

【होजोया】

फुकुओकाको शरद ऋतुको विशेष चाडपर्व भनेको वसन्तको 'हाकाता डोन्ताकु' र गर्मीको 'हाकाता गिओन यामागासा' सँगै हाकाताका तीन ठूला चाडहरूमध्ये एक हो, 'होजोया' ।

फुकुओका सिटीको हिगासी वार्डस्थित हाकोजाकी गुउ (मन्दिर) मा, हरेक वर्ष सेप्टेम्बर १२ देखि १८ सम्म 'होजोया' चाड आयोजना हुन्छ । यस अवधिमा लगभग १० लाख मानिसहरूको भीडभाड हुन्छ, र यस वर्ष यो चाड यही हप्ता शनिबारदेखि सुरु हुँदैछ।

हजार वर्षभन्दा बढी समयदेखि चलिआएको परम्परागत चाड हो यो, जसमा माछा र चराचुरुङ्गीलाई प्रकृतिमा फुकाइन्छ र जीवनप्रति सम्मान व्यक्त गरिन्छ। आजकल यसलाई प्रशस्त उब्जनी, व्यापार-व्यवसायमा प्रगति र परिवारको सुख-शान्तिको कामना गरिने, फुकुओकाको प्रतिनिधित्व गर्ने एउटा लोकप्रिय शरद् ऋतु को चाडपर्वका रूपमा मनाइँदै आइएको छ। करिब १ किलोमिटर लामो मन्दिर मार्गमा लगभग ५०० वटा साना पसलहरू लहरै हुन्छन्। मेलामा पाइने स्वादिला खानेकुरा, गोल्डेन फिस समात्ने खेल, योयो बेलुन टिप्ने खेल (Yo-Yo Fishing) र बन्दुकले निशाना लगाउने खेलका साथै, शोवा कालको नोस्टाल्जिक झल्को दिने भूतघर जस्ता रमाउनका लागि थुप्रै रोमान्चक गतिविधिहरू रहेका छन्!

त्यसैगरी, मन्दिर तर्फ जाने मूल बाटोमा हिँड्दा सडकैभरिका पसलहरूमा लहरै सजाइएका हरिया पातसहितका 'ताजा अदुवा', होजोयामेलाको एउटा मुख्य र प्रख्यात पहिचान हो। पहिले हाकोजाकी मन्दिरको वरपर अदुवाका खेतहरू फैलिएका थिए, त्यही परम्पराका कारण दर्शनको सम्झनास्वरूप नयाँ अदुवा घर लैजाने चलन आजसम्म कायम छ।

बिहानदेखि रातसम्म रमाइलोले भरिपूर्ण 'होजोया' मेलामा, शरद ऋतुको फसलप्रति कृतज्ञता व्यक्त गर्दै, फुकुओकाको यो मौलिक शरदकालीन परम्पराको मज्जा लिन एकचोटि पक्कै जानुहोला!

 

 

【फुकुओका शहरको सूचना】

विपद् रोकथाम दिवस” र “भण्डारण प्रवर्द्धन सप्ताह

हरेक वर्ष सेप्टेम्बर १ 【विपद् रोकथाम दिवस】 हो। फुकुओका सिटीले सेप्टेम्बर १ को 【विपद् रोकथाम दिवस】 देखि सेप्टेम्बर ७ सम्मको १ हप्तालाई 【फुकुओका सिटी भण्डारण प्रवर्द्धन साताह】 भनी तोकेको छ।

'भण्डारण' भनेको आकस्मिक अवस्थाका लागि खाद्य सामग्री आदि भण्डार गरेर राख्नु हो। घर र कम्पनीहरूमा 'भण्डारण' सहित, नागरिकहरूको विपद् चेतना बढाउने कार्यक्रमहरू सञ्चालन गरिँदैछ।

किन भण्डारण आवश्यक छ त?

भूकम्प वा टाइफुन आई बाँचे पनि, पानी र खाना नभएमा बाँच्न सकिँदैन।

पसलहरू बन्द भएमा खाना वा पिउने कुरा किन्न सकिँदैन।

धारा पानी बन्द भएमा पानी पिउन सकिँदैन।

बिजुली वा ग्यास बन्द भएमा खाना पकाउन सकिँदैन।

बचेको जीवन जोगाउन दैनिक रूपमा भण्डारण आवश्यक छ।

के, कसरी भण्डारण गर्ने त?

पिउन मिल्ने पानी र खानेकुरा कम्तीमा ३ दिनको लागि तयार गरौं।

पानी एक दिनमा प्रति व्यक्ति करिब ३ लिटर आवश्यक हुन्छ।

आपतकालीन खानामा भात (अल्फा राइस आदि), टिनको खाना, बिस्कुट, चकलेट, र सुख्खा रोटी आदि पर्दछन्।

खाना नपकाई खान मिल्ने चीजहरू तयार गर्नुहोस्।

रेडियो र टर्च लाइटमा ब्याट्री छ कि छैन जाँच गर्नुहोस्।

नियमित रूपमा खाने औषधि र ब्यान्डेजजस्ता आकस्मिक उपचार सामग्री पनि तयार गर्नुहोस्।

घरमा शिशु भएमा न्यापी लगायत आवश्यक सामग्री पनि तयार गर्नुहोस्।

पिउने पानीबाहेक, शौचालय बगाउन जस्ता कार्यका लागि जीवन प्रयोजनको पानी पनि आवश्यक हुन्छ।

दैनिक रूपमा, धारा पानी भरेर राखेको प्लास्टिक ट्याङ्की तयार गर्ने, बाथटबमा सधैं पानी भरेर राख्ने जस्ता तयारी गरौं।

सामान्यतया खाने चीजहरू अलि धेरै किनेर राख्ने, म्याद सकिने मिति हेरेर पुरानो चीज पहिले खाने, र खाएको जति फेरि किन्ने गरी सधैं एउटा निश्चित मात्रामा खाद्यसामग्री भण्डारण गर्ने विधिलाई 'रोलिङ स्टक' भनिन्छ। खर्च र समयको हिसाबले दैनिक किनमेलकै दायराभित्र गर्न सकिने भएकाले यो विधि सिफारिस गरिन्छ।

हरेक वर्ष यही समयमा टाइफुन धेरै आउने गर्छ, र कुमामोतोमा ठूलो भूकम्प भइसकेको हुनाले, फेरि एकपटक विपद्को तयारी गरौं।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ