福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2026.09.24[Thu] 09:00
【Fan Week】
शरद् ऋतु नजिकिँदै गर्दा, यस वर्ष पनि फुकुओका सहरभित्र आधुनिक सहरी कला महोत्सव आयोजना भइरहेको छ!
फुकुओका सहरका विभिन्न स्थानहरूलाई "सहरभरि फैलिएको कलाको खेलमैदान" बनाउने उद्देश्यका साथ 'फ्यान विक' (FaN Week) नामको विशेष कला महोत्सव चलिरहेको छ।
यस कार्यक्रमका मुख्य स्थलहरूमा Fukuoka City Art Museum, Fukuoka Asian Art Museum, Artist Café Fukuoka, ONE FUKUOKA BLDG., र फुकुओका इन्टरनेसनल सेन्टर लगायत करिब २० वटा प्रमुख सुविधाहरूका साथै १० वटा कला ग्यालरीहरू रहेका छन्।
कार्यक्रममा ONE FUKUOKA BLDG.' को ग्राण्ड लबीमा खेलौना तथा खेलकुदका सामग्रीहरू प्रयोग गरेर बनाइएको ठूलो कलाकृति प्रदर्शनमा राखिएको छ। त्यसैगरी, Artist Cafe Fukuoka' को ग्राण्ड स्टुडियोमा जिम्न्याजियमलाई नै एउटा ठूलो थिएटर वा नाट्यशाला जस्तो बनाएर कलाकृति सजाइएको छ। यस्ता थुप्रै विविधतापूर्ण प्रदर्शनी र व्यवहारिक अनुभव गर्न सकिने कार्यक्रमहरूमार्फत, सहरमा पैदल हिँड्दै कलाको मज्जा लिन सकिने गरी विभिन्न प्रबन्धहरू मिलाइएको छ।
यो महोत्सव अक्टोबर १२ तारिक (सोमबार) सम्म फुकुओका सहरका विभिन्न स्थानहरूमा सञ्चालन हुनेछ। कार्यक्रमको विस्तृत जानकारीका लागि आधिकारिक वेबसाइट हेरेर, आफूलाई मनपर्ने कलाको अनुभव लिन एकचोटि पक्कै घुम्न जानुहोला है! ♪
【फुकुओका शहरको सूचना】
क्षयरोग रोकथाम सप्ताह
सेप्टेम्बर २४ देखि ३० सम्म “क्षयरोग तथा श्वासप्रश्वास सम्बन्धी संक्रमण रोकथाम साताह” हो।
क्षयरोग भनेको क्षयरोग किटाणुले मुख्यतया फोक्सोमा सूजन ल्याउने रोग हो।
बिरामीको खोकी वा हाच्छिउँबाट निस्कने क्षयरोग किटाणु सास फेर्दा फोक्सो भित्र पस्दा संक्रमण हुन्छ।
२०२५ मा, फुकुओका सहरमा नयाँ १४५ जना क्षयरोग बिरामी पत्ता लागेका छन्।
हालसालैका वर्षहरूमा २०–३० वर्ष उमेर समूहका विदेशमा जन्मेका बिरामीहरू बढी देखिएका छन्।
साथै, जापानी भाषा शिक्षा संस्थाहरूमा पनि सामूहिक संक्रमण देखिएको छ।
क्षयरोगका लक्षणहरूमा खोकी, खकार, ज्वरो, छातीमा दुखाइ, थकान, रातको पसिना, तौल घट्नु आदि पर्छन्।
शुरुका लक्षणहरू रुघाखोकी जस्तै हुन्छन्। "खोकी २ हप्ता भन्दा बढी रहनु", "खकार आउनु", "शरीर गलेको महसुस हुनु", "अचानक तौल घट्नु" जस्ता लक्षण देखिएमा, चाँडो अस्पताल वा क्लिनिकमा जाँच गराउनुहोस्।
समयमै पत्ता लगाउनु र उपचार गर्नुले रोग गम्भीर हुनबाट जोगाउनका साथै, आफ्ना प्रिय परिवार, साथीभाई, कार्यस्थल आदिमा संक्रमण फैलिनबाट रोक्नका लागि पनि महत्त्वपूर्ण छ।
क्षयरोग संक्रमित भएकै कारणले अनिवार्य रूपमा रोग देखा पर्छ भन्ने होइन, तर शरीरको रोग प्रतिरोधात्मक क्षमताले क्षयरोग किटाणुलाई दबाउन नसकेमा, समयसँगै किटाणु बढेर रोग देखा पर्न सक्छ।
संक्रमण वा रोग लाग्नबाट बच्नका लागि पर्याप्त निद्रा, सन्तुलित आहार, उचित व्यायाम जस्ता दैनिक स्वास्थ्य हेरचाह प्रभावकारी हुन्छ।
साथै, क्षयरोग पुष्टि भएपछि पनि, डाक्टरको निर्देशन अनुसार दैनिक रूपमा नियमित औषधि सेवन गरेमा निको हुन्छ।
फुकुओका सहरमा मेडिकल दोभाषे कल सेन्टर " Fukuoka City Medical Interpreting Call Center" रहेको छ, जहाँ अस्पताल खोज्न सम्बन्धी सल्लाह लिन सकिन्छ।
साथै, अस्पतालमा डाक्टरसँग कुरा गर्दा वा अस्पताल तथा प्रेस्क्रिप्शन ग्रहण गर्ने फार्मेसीमा औषधि लिँदा पनि यो सेवा प्रयोग गर्न सकिन्छ।
यो सेवा २४ घण्टा, हरेक दिन प्रयोग गर्न सकिन्छ।
फोन नम्बर ०९२-७३३-५४२९ हो।
२० भाषाहरूमा सेवा उपलब्ध भएकोले, समस्या परेमा नि:संकोच परामर्श लिनुहोस्।