福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2026.10.15[Thu] 09:00
【हाकाता तोउम्यो वाचिङ】
हाकातामा रहेका मन्दिर, पुराना ऐतिहासिक स्थल, साघुँरा गल्लीहरूलाई स्थानीय बासिन्दाहरूले हातैले बनाएका हजारौं दीपले उज्यालो पार्ने वर्षको 'एक रात मात्र' आयोजना हुने विशेष उत्सव 'हाकाता तोउम्यो वाचिङ' (Hakata Toumyou Watching) यस हप्ताको शनिबार, अक्टोबर १७ मा आयोजना हुँदैछ।
यो महोत्सव हाकातामा प्राचीन कालदेखि चल्दै आएको 'सेन्-तोउम्यो' (हजारौँ दियो बाल्ने परम्परा)मा आधारित छ, जसको मुख्य उद्देश्य निरोगी हुनु र परिवारको सुख-शान्तिको कामना गर्नु हो।
कार्यक्रमका प्रमुख स्थलहरूमा रेइसेन (Reisen), ओहामा (Ohama), नाराया (Naraya), गोकुशो (Gokusho) क्षेत्रका साथैहाकाता रिभरेन, हाकाता सेन्नेन्-नो-मोन् रहाकाता स्टेशनवरपरका क्षेत्रहरू रहेका छन्।
यी हरेक स्थानहरूमा बालिएका दियोहरू प्रयोग गरेर जमिनमा ८० मिटर व्यास सम्मका विशाल र आकर्षक कलाकृतिहरू (Lantern Art) बनाइनेछ। दियोभित्र बलिरहेको मैनबत्तीको आगो चिसो हावासँगै बिस्तारै झिलिमिलि गर्दै हल्लिँदा देखिने दृश्य असाध्यै मन्त्रमुग्ध पार्ने हुन्छ। यसरी एकै रातमा यस्तो काल्पनिक दृश्य अवलोकन गर्न पाइने ठाउँ संसारभरिमै 'शरद् ऋतुको हाकाता'माबाहेक अन्त कतै छैन नै।
यो कार्यक्रमअक्टोबर १७ तारिख (शनिबार), साँझ ६:०० बजेदेखि राती ९:०० बजेसम्मसञ्चालन हुनेछ र प्रवेश पूर्ण रूपमा 'नि:शुल्क' छ।
यसको विस्तृत जानकारीका लागि आधिकारिक वेबसाइट हेरेर यो मनमोहक दृश्यको अवलोकन गर्न पक्कै जानुहोला है!
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
२४औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता"
अक्टोबर २५ आइतबार दिउँसो १३:०० बजे देखि "२४ औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता” आयोजना हुन गईरहेको छ। यस प्रतियोगितामा, फुकुओका सहर क्षेत्रमा रहेका कक्षाहरू वा स्कूलहरूमा जापानी भाषा सिकिरहेका विदेशीहरूले फुकुओकामा बस्दा अनुभव गरेका कुराहरू वा आफ्नो भविष्यका सपना जस्ता विभिन्न विषयहरूमा जापानी भाषामा वक्तव्य दिनेछन्।
कार्यक्रम स्थल फुकुओका सहरको चुओ वार्ड रोप्पोनमाचुमा रहेको "फुकुओका सिटी साइन्स म्युजियमको साइन्स हल"मा हुनेछ।
प्रवेश शुल्क निःशुल्क छ, र कुनै अग्रिम बुकिङको आवश्यकता छैन।
प्रतिभागीहरूले दिनहुँ गर्दै आएको अध्ययन र मिहिनेतको उत्कृष्ट नतिजा सुन्नका लागि यहाँहरू सबैजना पक्कै आइदिनुहोला है!
अधिक जानकारीको लागि, सार्वजनिक हित समावेशी फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन अन्तर्गतको जापानी भाषामा वक्तित्व प्रतियोगिता कार्यान्वयन समितिमा सम्पर्क गर्न सक्नुहुनेछ।
फोन नम्बर ०९२-२६२-१७४४ मा सम्पर्क गर्नुहोस्।
LINE कल मार्फत परामर्श
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको LINE आधिकारिक Account बाट प्रत्यक्ष कल गरी जीवनयापनसँग सम्बन्धित परामर्श वा निःशुल्क परामर्शको लागि बुकिंग आदि गर्नका लागि सम्पर्क गर्न सक्नुहुन्छ। फोन अनुवाद सेवाबाट बहुभाषी सहयोग पनि उपलब्ध छ।
थप रूपमा, फाउण्डेशनको कार्यक्रम र विदेशी बासिन्दाको लागि जानकारीहरू पनि प्राप्त गर्न सकिन्छ।
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट अवश्य पनि "Friend Add" गर्नुहोला। छ
च्याट सेवा भने उपलब्ध छैन। लेखेर परामर्श गर्न चाहनुहुन्छ भने, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेशनको होमपेजमा रहेकोसम्पर्क फारमप्रयोग गर्नुहोला।