福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2026.10.22[Thu] 09:00
【Japanese Tea Experience】
फुकुओका भनेको समुद्र पार गरेर आएका संस्कृतिहरूलाई स्वीकार गर्दै, दैनिक जीवनमा पोषण गर्दै आएको सहर हो। चिया पनि हाकातासँग गहिरो सम्बन्ध भएको संस्कृतिमध्ये एक हो। त्यस्तै हाकाता र चियाको गहिरो सम्बन्धलाई महसुस गर्दै एक कप चिया मार्फत जापानी चियाको आकर्षण अनुभव गर्न सकिने कार्यक्रम 【Japanese Tea Experience】 यस हप्ताको आइतबार, २५ तारिखमा तेन्जिनको लायन स्क्वायरमा आयोजना हुँदैछ।
१०० येनमा चिया चाख्न पाइने, जापानी चिया र हाकाता मिठाईको पेयरिङ अनुभव, चिया चिन्ने प्रतियोगिता अनुभव जस्ता चिया संस्कृतिलाई पाँचै इन्द्रियले आनन्द लिन सकिने सामग्रीहरू प्रशस्त छन्! यसका अतिरिक्त, चिया भाँडा तथा चिया समारोहका सामग्रीहरूको प्रदर्शनी-बिक्री र चिया संस्कृति सिक्न सकिने प्यानल प्रदर्शनी पनि हुनेछ।
कार्यक्रम यस हप्ताको आइतबार, २५ तारिखमा, आयोजना स्थल फुकुओका सहर तेन्जिनमा रहेको "फुकुओका मित्सुकोशी लायन स्क्वायर" मा, दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ, प्रवेश निःशुल्क छ।
हाकाता र चियाको गहिरो सम्बन्धलाई महसुस गर्दै, एक चुस्की चियाको साथमा जापानी चियाको आनन्द लिन घुम्न जाने होइन त? ♪
🔎 https://tenjinsite.jp/topics/topics/74521
【फुकुओका शहरको सूचना】
फुकुओका किबो च्युउ गाक्को - विद्यालयको जानकारीमूलक सेमिनार
"फुकुओका किबो च्युउ गाक्को" भनी चिनिने विद्यालयको बारेमायहाँहरुलाई जानकारी छ?
"विभिन्न परिस्थिति वा बाध्यताका कारण आधारभूत शिक्षा पूरा गर्न नपाएका, वा विद्यालय जान नसकी कक्षाहरू लिनबाट वञ्चित भएका व्यक्तिहरूको लागि फुकुओका सहरले स्थापना गरेको यो एउटा सरकारी 'रात्रिकालीन माध्यमिक विद्यालय' हो। यहाँ जुनसुकै राष्ट्रियता वा नागरिकता भएका व्यक्तिहरूले पनि भर्ना भएर अध्ययन गर्न सक्नुहुनेछ।"
यहाँ दिउँसोको माध्यमिक विद्यालयमा जस्तै ९ वटै विषयपढाइ हुन्छ, तर जापानी भाषामा समस्या हुने विद्यार्थीहरूलेजापानी भाषाको विशेष कक्षा पनिलिन सक्नेछन्।
विद्यालयकोपाठ्यक्रम पूरा गरेपछि, माध्यमिक विद्यालयकोस्नातकको प्रमाणपत्रप्राप्त हुनेछ।
कक्षा सोमबारदेखि शुक्रबार साँझ ५:५० बजेबाट राती ९:१५ बजे सम्म हुन्छ।
विद्यालयको ठेगाना, सवारा वार्डको मोमोचीमाअवस्थित छ।
कक्षाकोशुल्क र पाठ्यपुस्तकको खर्चलाग्ने छैन।
विस्तृत जानकारीलिन चाहने व्यक्तिहरूको लागि, विद्यालयको जानकारीमूलक बैठकनोभेम्बर २९ आईतबार, दिउँसो २ बजेदेखिआयोजना हुनेछ।
कृपयानोभेम्बर २० शुक्रबारभित्र फोन वा वेबसाइट मार्फतआफ्नो सहभागिताको लागि दर्तागर्नुहोला।
फोन नम्बर ०९२-४००-०७५१ हो।
सोमबारदेखि शुक्रबार, दिउँसो २ बजेबाट राति ९:३० बजेसम्म कल स्वीकार गरिन्छ।
वेबसाइटको लागि, कृपया "फुकुओका किबो च्युउ गाक्को सेइतो बोस्यु (福岡きぼう中学校 生徒募集)"भनेर खोज्नुहोस्।
भर्ना आवेदन सम्बन्धी पेजमा नेपाली लगायत विभिन्न भाषामा विस्तृत जानकारी राखिएको छ।
सोधपुछ तथा परामर्शको लागि पनिसम्पर्क गर्न सकिन्छ।
वेबसाइटमा दिइएको इमेल ठेगाना प्रयोग गरेर, तपाईंलेआफ्नो भाषामापनिसजिलै सोधपुछगर्न सक्नुहुनेछ।
🔎 https://sites.google.com/fuku-c.ed.jp/fukuokakibou/admissions/info