ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.343

2026.10.29[Thu] 09:00

【तेन्जिन स्ट्रिट पार्क (TENJIN STREET PARK)】

खेलकुदको शरदकालीन मौसम!यही सन्दर्भमा, सुरु गरौँ आजको पहिलो जानकारी।

फुकुओकाको तेन्जिन क्षेत्रमा नयाँ सांस्कृतिक केन्द्रका रूपमा जापानकै सबैभन्दा ठूला भित्री स्केटबोर्डिङ पार्कहरू मध्येको एक— 'बोट रेस फुकुओका तेन्जिन स्ट्रिट पार्क' (BOAT RACE FUKUOKA TENJIN STREET PARK),आगामीअक्टोबर ३० तारिख (शुक्रबार)का दिन भव्य रूपमा खुला हुँदैछ।

टोकियो ओलम्पिकमा नयाँ खेलका रूपमा समावेश भएसँगै स्केटबोर्डिङको लोकप्रियता निकै बढेको थियो, तर अभ्यास गर्ने ठाउँ सीमित भएकाले उपयुक्त सुविधायुक्त ठाउँको माग भइरहेको थियो। हालै स्थापना भएको यो नयाँ भवनमा ओलम्पिक विधाअन्तर्गत भर्याङ र पाइप जस्ता अवरोधहरू भएको 'स्ट्रिट' विधा, कचौरा आकारको 'पार्क' विधा, र सुरुआती सिक्नेहरूका लागि छुट्टै क्षेत्र पनि निर्माण गरिएको छ।

यसका साथै, अपाङ्गता भएका वा नभएका जुनसुकै व्यक्तिले पनि एकसाथ रमाउन सक्ने 'समावेशी खेलकुद क्षेत्र' सहितको भव्य इभेन्ट प्लाजा पनि बनाइएको छ। परिसरभित्रै रेष्टुरेन्ट र खेलकुदका सामान पाइने दुई तले व्यावसायिक भवन समेत रहेकाले परिवारका सदस्यहरू र हरेक उमेरका मानिसहरूका लागि यो निकै उत्तम गन्तव्य बन्नेछ।

यसको सञ्चालन समय बिहान १०:०० बजेदेखि राती १०:०० बजेसम्म।

शुल्कको कुरा गर्दा, स्केटबोर्ड पार्क प्रयोग गर्न वयस्कका लागि ५०० येन र हाईस्कुल वा सोभन्दा मुनिका विद्यार्थीका लागि मात्र १०० येन, जसबाट दिनभरि नै प्रयोग गर्न पाइनेछ।

साथै, यहाँको इभेन्ट स्क्वायरमा भने प्रवेश पूर्ण रूपमा नि:शुल्क गरिएको छ।"

अक्टोबर ३० तारिखदेखि लगातार २ हप्तासम्म विशेष 'ओपनिङ इभेन्ट' सञ्चालन हुनेछ। यस हप्ताको सप्ताहान्तमा स्केटबोर्ड, पार्कुर जस्ता साहसिक खेलहरू, तथा फूल सजावट र ओरिजिनल सामानहरू बनाउने वर्कसपहरू सञ्चालन हुनेछन्। अर्को हप्ताको सप्ताहान्तमा भने जापानकै सर्वोच्च स्तरको स्केटबोर्ड प्रतियोगिता आयोजना हुनेछ, जहाँ राष्ट्रिय स्तरका शीर्ष खेलाडीहरूको प्रतिस्पर्धा 'नि:शुल्क' नजिकैबाट हेर्न सकिनेछ।

तपाईहरु पनि नयाँ अनुभवका लागि एकचोटि पक्कै घुम्न जानुहोला है! ♪

🔎https://boatracefukuoka-tenjinstreetpark.com/

【BOOKUOKA】

अब भने, यो मौसममा फुकुओका सहरमा हरेक वर्ष आयोजना हुने बहुप्रतिक्षित कार्यक्रम ‘बुकुओका’ (BOOKUOKA) को बारेमा जानकारी छ।

“फुकुओकालाई पुस्तकको सहर बनाऔँ” भन्ने नाराका साथ सुरु भएको यो महोत्सव, पुस्तक पसलका कर्मचारी, प्रकाशक, सम्पादक र पुराना पुस्तक विक्रेताहरूलगायत पुस्तक क्षेत्रमा आबद्ध सम्पूर्ण व्यक्तिहरू मिलेर सहरभरि आयोजना गर्ने गर्दछन्। यस क्रममा फुकुओकाका विभिन्न पुस्तक पसलहरू नै यस कार्यक्रमका आयोजना स्थल बन्नेछन्। यो अवसरमा फुकुओकाका विविध पुस्तक पसलहरूको भ्रमण गर्नु पनि निकै उत्तम हुनेछ।

यस वर्ष यो महोत्सवअक्टोबर २० तारिख (मंगलबार) देखि नोभेम्बर २० तारिख (शुक्रबार) सम्मपूरै एक महिना चल्नेछ। यस वर्ष यो कार्यक्रम आफ्नो २१ औँ वर्षमा प्रवेश गर्दैछ!

त्यसैगरी, यस महोत्सवको मुख्य आकर्षण भनेकोअक्टोबर ३१ तारिख (शनिबार)का दिन आयोजना हुने ‘बुकुओका खुल्ला आकाशमुनिको पुरानो पुस्तक बजार’ हो।

यस वर्ष हिगाशी वार्ड मा रहेको ‘क्युशु युनिभर्सिटी हाकोजाकी स्याटेलाइट’ (Kyushu University Hakozaki Satellite) मा यसको आयोजना हुँदैछ। यहाँ प्रकाशक, पुस्तक पसल र सर्वसाधारण पुस्तक प्रेमीहरूले आ-आफ्नो रोजाइका पुराना पुस्तकहरू सजाएर खुला आकाशमुनि एक दिनका लागि साना-साना पुस्तक पसलहरू खोल्नेछन्।

तपाईँले खोजिरहनुभएको, हाल छाप्न छाडिएका वा दुर्लभ पुस्तकहरू पनि यहाँ फेला पर्न सक्छन्। अवश्य पनि, नयाँ पुस्तकहरूको बारेमा जान्ने यो एउटा उत्कृष्ट अवसर हो!विक्रेताहरूसँग गफगाफ गर्दै रचनात्मक स्टलहरू घुम्नुको आफ्नै छुट्टै मज्जा छ! त्यसैले हरेक वर्ष यहाँ ठूलो सङ्ख्यामा मानिसहरूको घुइँचो लाग्ने गर्छ।

शरद् ऋतुको मनमोहक मौसममा, टहलिँदै ‘अध्ययनको शरदकालीन मौसम’ को अनुभव लिन एकचोटि पक्कै घुम्न जानुहोला है! ♪

🔎https://bookuoka.com/

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ