ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.5

2020.04.30[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【मनपर्ने जापानी फिल्म】

फुकुओकाले पनि अनावश्यक रुपमा बाहिर नजानको लागि आग्रह गरेदेखि, तपाईहरुमध्ये कतिपय आजकल घरमै समय बिताउने गरि राख्नुभएको होला। तपाईंहरु घरमा समय हुँदा कत्तिको फिल्म हेर्नुहुन्छ हो? आजकल त फिल्म हेर्न, सिनेमा हल नै जानु पर्छ भन्ने छैन, घरमै विभिन्न फिल्महरू अनलाईनमा हेर्न सकिन्छ नि होइन!

मलाई चाहिँ, फुर्सदको समयमा घरमा हुँदा फिल्म हेर्न एकदम मन पर्छ! म नेपाली फिल्मसँगै हिन्दि, इंगलिस, अनि जापानी फिल्महरु हेर्छुI मैले हेरको जापानी फिल्महरुमध्ये, मन पर्ने फिल्म Thermae Romae; जापानी भाषामाテルマエ・ロマエ(तेरुमाए रोमाए) नामले चिनिन्छ| Mari Yamazaki को award-winning manga  series मा आधारित, यो कमेडी फिल्म, प्राचीन रोमका एकजना आर्किटेक्टको बारेमा हो, जसले बिभिन्न समस्याको समाधान, आधुनिक जापानमा प्रवेश गरि फेला पार्दछI फिल्मको अन्य रमाईलो विषयहरुमध्ये, एउटा चै, प्राचीन रोमको Thermae, अर्थात् तातोपानीले नुहाउने सुबिधा, अहिलेको जापानको ओन्सेन्को आइडिया प्रयोग गरि बनाएको भनि कमेडीको रुपमा देखाएको छI यस फिल्मको हिरो Hiroshi Abe को अभिनय पनि धेरै राम्रो लाग्यो! फुर्सद भए तपाईंहरु पनि यो फिल्म हेर्नुहोस् है!

【आपतकालीन घोषणा र तीन मुख्य कुराहरुको बारेमा आव्हान 】
• कोरोना भाइरस फैलिरहेको परिस्थितिले गर्दा, राष्ट्रिय आपतकालिन घोषणा भयो र सबै बासिन्दालाई बिनम्र अनुरोध गरियो।
• अनुरोधमा, मे ६, बुधवारसम्म, अनावश्यक रुपमा बाहिर नजानको लागि आग्रह गरिएको छ।
तर अस्पताल जान वा खानेकुरा किन्नको लागि निस्कन सक्नुहुन्छ।
• मुख्यतया: तीनवटा कुराहरुको बारे जानकारी लिनु र व्यवहारमा ल्याउनु अत्यन्तै आवश्यक छ। ती हुन् :
१. हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने।
२. भीडभांडका ठाउँहरूमा नजाने।
३. कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाउने।
यी तिनै कुराहरु ध्यानमा राख्नुहोस् ।
प्रत्येक व्यक्तिको प्रयास जीवन बचाउँनमा महत्वपूर्ण भूमिमा खेल्दछ। त्यसैले, आफुलाई कोरोना सर्नेबाट जोगाउने मात्र होसियार नभई, नजिकैका व्यक्तिहरूलाई पनि संक्रमित गर्ने खतराहरूदेखि सावधान हुनुहोस् र यसलाई रोक्नको लागि उपयुक्त कदमहरु अपनाउनुहोस् ।

 

【प्रोत्साहन शुक्रबार】

कोरोना भाइरस रोकथाम गर्न अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरु जस्तै चिकित्सक तथा नर्सिंग पेशामा संलग्नहरू, जो निरन्तर उपचार र संक्रमण फैलिन नदिने क्रियाकलापहरुमा संलग्न छन्, भाइरस संक्रमणको जोखिममा पनि हाम्रो जीवन रक्षाको लागि सहयोग गर्दै हुनुहुन्छ।

हाम्रो जीवन रक्षाको लागि संघर्ष गर्ने सबैजनालाई, हरेक शुक्रबार १२ बजे, धन्यवाद स्वरुप ताली बजाई, “प्रोत्साहन शुक्रबार” भन्दै प्रशंसा गरौँI

 यो फुकुओका शहरबाट जारी सूचना थियो।

 

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ