ブログ

ポッドキャスト

ポッドキャスト RSS

2021年01月

2021.01.28[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【आजको अन्तर्वार्तामा पाहुना】

सुदिप चालिसे(System Engineer)

http://sherpa-cg.com/

2021.01.21[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【च्युकामान्】

जाडो मौसममा सजिलै खान सकिने च्युकामान्! कन्भेनियन्स स्टोरमा टम्म फुलेका च्युकामान् देख्नु भएको होलाI तपाईंले खानुभएको छ?

मूल रूपमा चीनमा बनेको यो खाना, जापानमा पनि धेरै मानिसहरूले मनपराउँछन्।

परम्परागत मासु हालिएको निकु मान्, आन् मान्, पिज्जा मान्, खारे मान् आदि लोकप्रिय देखिन्छ। साथै, फ्रोजन च्युकामान् पनि किन्न सक्ने भएकोले, घरमै तताएर खाने परिवारहरुको संख्या पनि धेरै छन्।

यदि Hot-cake Mix or Pan-cake Mix छ भने आफैं पनि च्युकामान्को खोल बनाउन सकिने भएकोले, हाम्रो नेपाली सामग्री प्रयोग गरी घरमा आफ्नै किसिमको च्युकामान् बनाएर हेर्दा कसो होला?

 

【क्षयरोग रोकथामको बारेमा】

क्षयरोग एक यस्तो रोग हो, जसमा क्षयरोग ब्याक्टेरियाको कारण मुख्यतया फोक्सोमा जलन हुन्छ।

यो एक सरुवा रोग हो।

२०१९मा, फुकुओका शहरमा २०५ नयाँ क्षयरोग बिरामीहरु पाईएका छन्।

क्षयरोगका लक्षणहरूमा खोकी, खकार, ज्वरो, खकारमा रगत, छाती दुख्ने, अस्वस्थता, राती पसिना, र तौल घट्नु आदि समावेश छन्।

शुरुका लक्षणहरू रुघाको जस्तै देखिन्छन्।

"खोकी २ हप्ता भन्दा बढि रहेमा", "खकार निस्केमा", "शरीर गलेमा", "अचानक तौल घटेमा" आदि केहि लक्षण देखा परेमा, तुरुन्तै चिकित्सालयमा परामर्श लिनुहोस्।

प्रारम्भिक पहिचान र उपचारले रोगलाई गम्भीर हुनबाट बचाउने मात्र नभई, परिवारका सदस्य, साथीभाई र कार्यस्थल आदिमा संक्रमण रोकथाम गर्न पनि महत्त्वपूर्ण छ।

क्षयरोग, सँधै संक्रमित भएको कारणले मात्र विकसित हुँदैन।

यदि शरीरको प्रतिरोधात्मक क्षमताले क्षयरोग ब्याक्टेरियालाई नियन्त्रण गर्न सकेन भने,

यो समयसँगै बढ्न र विकास हुन सक्छ।

क्षयरोग लागि हाल्यो भने पनि, डाक्टरको निर्देशन अनुसार, हरेक दिन उचित औषधी सेवन गरी यसबाट छुटकारा पाउन सक्नुहुन्छ।

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

संक्रमण र रोग रोक्नको लागि पर्याप्त निद्रा, सन्तुलित आहार, मध्यम व्यायाम, आदि दैनिक स्वास्थ्य हेरचाह प्रभावकारी हुन्छ।

फुकुओका शहरमा मेडिकल दोभाषे कल सेन्टर छ, त्यहाँ अस्पताल खोज्नको लागि फोन मार्फत सल्लाह लिन सक्नुहुन्छ।

२४ घण्टा, हरेक दिन यो सेवा प्रयोग गर्न सक्नुहुन्छ।

फोन नम्बर रहेको छ, ०९२-७३३-५४२९, फेरी एकपटक ०९२-७३३-५४२९  । १८ भाषाहरुमा यो सेवा उपलब्ध गरिएको छ।

2021.01.14[Thu] 09:00

आवास(住宅)

【Daikan】

Daikan जनवरी २० को वरपर, वर्षको सबैभन्दा जाडो समय हो।

जापानको विभिन्न भागमा यो समयमा वर्षको सबैभन्दा न्यूनतम तापक्रम हुन्छ।
मार्शल आर्टमा, यस समयतिर ‘खान्गेईको’को आयोजना हुन्छ। समुद्री किनारमा डोजो लगाएका केटाकेटिहरुले, जाडोलाई जित्न, कसरी आफ्नो शरीर र दिमागलाई प्रशिक्षण दिन्छन् भनी समाचार आदिमा देखाईन्छ। त्यस्तै, जापानी रक्सी वा मिसो आदि बनाउने समय पनि हो। Daikan सकेपछि वसन्त ऋतु आउँछ।

नेपालमा चै पुस महिना सवैभन्दा जाडो हुने भएकोले, त्यस समयतिरलाई Daikan भन्न मिल्छ कि! यस महिनामा, नेवारी समुदायमा योमरी खाएर जाडोलाई भगाउने चलन छ। अरु समुदायको पनि आफ्नै चलन पक्कै हुनुपर्छ।

खैर, जापानको यस सबैभन्दा जाडो समयमा स्वस्थ्य भई, बिमारी र चोटपटकबाट सावधान भई बसौं!

 

【जाडोको बेलामा प्रयोग हुने बिजुलीको बचत गर्ने उपाय】

फुकुओका शहरमा, ग्लोबल वार्मिंगलाई मध्यनजर गरि कार्बन-मुक्त समाजको लक्ष्य राख्दै

कार्य भईरहेको छ। प्रत्येक व्यक्तिले बिजुली बचत गर्नु आवश्यक छ। बिभिन्न सरल तरिका र विचारबाट बिजुलीको बिल पनि बचत गर्न सक्नुहुन्छ।

सबैभन्दा पहिले, न्यानो पार्न प्रयोग हुने बिजुलीको बचतको बारेमा जानकारी दिनेछु।

बाक्लो लुगा वा एकदम न्यानो दिने लुगा लगाउने र एयर कन्डिशनरको तापक्रमलाई २० डिग्री सेल्सियस सेट गर्ने गरौं। तातो हावा माथि जाने भएकोले एयर कन्डिशनरबाट आएको तातो हावा कोठाको सिलिंगको नजिक संकलन हुन्छ। तसर्थ, फ्यान वा सर्कुलेटर माथिल्तिर फर्काउनु भयो भने, पूरा कोठा समान रूपमा न्यानो हुन्छ। साथै, एयर कन्डिशनरको फिल्टरमा धुलो जम्मा हुँदा, बिजली खेर जान्छ भनिन्छ। भ्याकुम क्लीनर प्रयोग गरि फिल्टरबाट धुलो हटाऔं।

एयर कन्डिशनरको बाहिरी पंखाको वरिपरि केहि नराख्नु पनि महत्वपूर्ण छ।

Kotatsu र Electric Blanket, एयर कन्डिशनरको तुलनामा पर्याप्त कम बिजुली बिलमा प्रयोग गर्न सकिन्छ। सुत्ने समयमा, बिजुलीको उपयोग नगरी न्यानो बनाउने ‘युतान्पो’ अर्थात् ‘तातो पानी राख्ने बोतल’को प्रयोग गर्नु पनि राम्रो हुन्छ। त्यस्तै, तातो सामग्रीबाट बनेको ओछ्यान राखेर, राति तताउनलाई लाग्ने बिजुली बचत गर्न सक्नुहुन्छ। फ्रिजले, तापमानलाई "उच्च" बाट "मध्यम" मा परिवर्तन गरेर मात्र, १ वर्षमा करिब १,५०० येन बचत हुन्छ भनिन्छ।

जाडोमा, फ्रिजले "मध्यम" वा "न्यून" मा मात्र पनि, पर्याप्त चिसो पार्ने भएकोले, मौसम अनुसार सेटिंग्स परिवर्तन गरौं।

तातो पानीले धुने टोइलेट सिटमा लाग्ने बिजली बिल पनि सजिलै बचत गर्न सक्नुहुन्छ।

प्रयोगमा नहुँदा, टोइलेटको सिटको ढक्कन बन्द गरि, सिटको तातोपनलाई उम्कनबाट जोगाऔं।

यसो गर्नाले, एक वर्षमा १,००० येन जतिको बचत गर्न सक्नुहुन्छ।

थोरै ध्यान दिई अनावश्यक बिजुली बचत गरेर मात्र पनि, यसको प्रभाव हेर्न सक्नुहुन्छ।

जीवनयापन वा स्वास्थ्यमा असर नपारि दायरा भित्र बिजलीको बचत गर्ने प्रयास गरौं।

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

आजकल, कोरोनाभाइरस संक्रमण बिरूद्ध कदम चाले पछि, मानिसहरुको सम्पर्कमा आउने गतिबिधि अलि बढेर आएको छ। मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI प्रत्येक व्यक्तिले, आधारभूत संक्रमण रोकथामका उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI

 

2021.01.07[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【बालिक दिवस】

जनवरीको दोस्रो सोमबार, ‘सेईजिन् नो हि’ अर्थात् ‘बालिक दिवस’ को सार्वजनिक बिदा हो।

बालिक भएको महसुस गरेर, आफ्नै खुट्टामा बाँच्न प्रयास गर्ने युवायुवतीहरुलाई शुभकामना दिएर मनाउने, प्रोत्साहन दिने यो दिनको मुख्य उद्देश्य हो।

प्रत्येक नगरपालिकामा बालिक समारोह, २० बर्ष उमेर पुगेका महिला-पुरुषहरूलाई आमन्त्रित गरेर गरिन्छ।

यस वर्ष नयाँ कोरोना भाइरसको प्रभावको कारण, रद्द हुने वा केही स्थानीय सरकारले यसलाई एकै चोटी नगरिकन  छुट्टाछुट्टै समयमा आयोजना गर्न पनि सक्दछन्।

यस समारोहमा, पुरुषहरूले सूट र महिलाहरूले किमोनो लगाउनेको संख्या धेरै हुन्छ, तर बिभिन्न पात्रको कोस्प्ले वा धेरै उज्याला पोशाक लगाएका युवायुवतीहरु पनि हुन्छन्।

त्यस्तै १० बर्ष उमेरका बच्चाहरूको लागि, ‘नि बुन् नो इची सेईजिन् सिकी’ मनाउने प्राथमिक विद्यालयहरूको संख्या बढ्दो छ।

नेपालमा १८ वर्ष पुगेपछि वयस्क मानिन्छ नि है? तर हाम्रोमा, जापानमा जस्तो स्थानीय सरकारको तर्फबाट बालिकहरुलाई शुभकामना दिएर मनाउने कुनै कार्यक्रम छ र ? मलाई चै छैन जस्तो लाग्छ, तपाईंलाई थाहा भए पक्कै जानकारी दिनुहोला है!

 

【नोरोभाइरसदेखि सावधान !】

जाडोमा, नोरोभाइरसको कारण वान्ता हुने, पखाला हुने, पेट दुख्ने र बान्ता आउला जस्तो हुने  समस्या बढी हुन्छ।

यो भाइरस शक्तिशाली हुन्छ र थोरै मात्रामा शरीरमा प्रवेश गरे पनि संक्रमित हुन्छ।

भाइरस हात वा खानाद्वारा शरीरमा प्रवेश भई, यसले पखाला, वाकवाकी, बान्ता र ज्वरो निम्त्याउँछ।

संक्रमित व्यक्तिको बान्ता वा पखालाको कारण हावामा भएको भाइरस, सास लिंदा संक्रमित हुने वा संक्रमित व्यक्तिले पकाएको खाना खाएर पनि सर्न सक्दछ।

साथै, भाइरस भएको oysters आदि जस्ता bivalves नतताईकन खाँदा पनि भाइरस सर्न सक्दछ।

धेरै मात्रामा बान्ता र पखालाबाट डिहाईड्रेसन हुन सक्छ।

तुरुन्तै चिकित्सकलाई देखाउने गरौं।

यो सामान्यतयाः २, ३ दिनमा ठीक हुन्छ, तर लक्षणहरू हराए पनि १ हप्तादेखि १ महिनासम्म, भाइरस दिसामा निस्कन्छ।

संक्रमणलाई बढ्न नदिन, निम्न रोकथामका बिधिहरू अपनाऔं।

खाना पकाउनु अघि, खाना खानु अघि, शौचालय पछि, आदि साबुनले राम्ररी हात धुने गरौं।

खाना पकाउने भाँडाहरू हरेक पटक प्रयोग गरेपछि राम्रोसँग धोएर उमालेको पानी वा क्लोरीन ब्लीचले कीटाणुरहित पार्ने गरौं।

अल्कोहल युक्त किटनाशक भने नोरोभाइरस विरुद्ध कम प्रभावी हुन्छ।

नोरोभाइरस ८५℃ देखि ९०℃ तापक्रममा ९० सेकेन्ड वा सो भन्दा बढि ततायो भने मर्छ।

खानेकुरालाई पर्याप्त मात्रामा तताउने गरौं। काँचो खाने तरकारी र फलफूल राम्रोसँग धोएर प्रयोग गरौं। शरीर सन्चो नभएको बेला खाना नपकाउनु राम्रो हुन्छ।

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

आजकल, कोरोनाभाइरस संक्रमण बिरूद्ध कदम चाले पछि, मानिसहरुको सम्पर्कमा आउने गतिबिधि अलि बढेर आएको छ। मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI प्रत्येक व्यक्तिले, आधारभूत संक्रमण रोकथामका उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ