ブログ

ポッドキャスト

ポッドキャスト RSS

2020年09月

2020.09.24[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【आजको अन्तर्वार्तामा पाहुना】


धर्म अधिकारी


アジア日本語学院(Asia Japanese Academy)को Director तथा ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ को प्रमुख संयोजक

http://www.a-j-academy.jp/aja/index.html

2020.09.17[Thu] 09:00

जापानी भाषा(日本語) , नियम तथा आचरण(ルール・マナー) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【बृद्ध सम्मान दिवस】

जापानमा सेप्टेम्बरको तेस्रो सोमबार “बृद्ध सम्मान दिवस” ​​हो।

लामो आयु बाच्नु भएका समाजका बृद्धहरुलाई सम्मान गरि, उहाँहरुको दीर्घायु मनाउने बिदाको दिनको रुपमा रहेको छ।

यो वर्ष, यो दिवस सेप्टेम्बर २१ सोमबारमा परेको छI

सामान्यतया यो दिन, हजुरबुबा हजुरआमासँग खाना खाने, यात्रा गर्ने गरिन्छ, तर यो वर्ष कोरोनाको प्रभावले गर्दा, अनलाइन मार्फत् मनाउने लोकप्रिय हुन सक्छ।

यस अतिरिक्त, दिन फरक भए पनि, परिवारका सदस्यहरू र चिनेका बृद्धहरुलाई सम्मान र राम्रो स्वास्थ्यको कामना गर्ने दिनको रूपमा, जापान मात्र नभई अमेरिका, क्यानाडा, चीन, र दक्षिण कोरिया जस्ता देशहरूमा पनि मनाईन्छI

 

【फुकुओका शहरले जारी गरेको जानकारीमुलक सूचनाहरु】

साइकल बीमाको बारेमा

यो साइकल चलाउनेहरूको लागि सूचना हो।

फुकुओका शहरले नियम संशोधित गरि, २०२० अक्टोबर १ देखि, फुकुओका शहरमा साइकल चालकहरूले साइकल बीमामा अनिवार्य सामेल हुनु पर्ने गरिएको छ।

काम, स्कूल वा किनमेल आदिमा जाँदा साइकल चलाउनेहरु, कम्पनीको काममा साइकल चलाउने व्यक्तिहरु वा साइकल भाँडामा लिने कम्पनिको व्यक्तिहरुले अवश्य पनि बीमामा सामेल हुनहोस्।

बच्चाले साइकल चलाउँदा, बुबा वा आमा जस्ता अभिभावकसँगै जाने गर्नुहोस्।

साइकल दुर्घटना भयो भने, तपाईंले दुर्घटनामा परेको व्यक्तिलाई धेरै पैसा तिर्नुपर्ने हुन्छ।

तर, यदि तपाईंसँग साइकल बीमा छ भने, उदाहरणका लागि, तपाईं साइकल चलाउँदै गर्दा, यदि कसैलाई चोटपटक लाग्न गएमा, तपाईंको पक्षबाट औषधि उपचारको लागि भुक्तानी गरिनेछ।

साइकल चलाउने व्यक्तिहरुले, हुन सक्ने दुर्घटनाको क्षतिपुर्तीबाट बच्न, साइकल बीमा लिनु पर्छ।

अवश्य पनि, हामी सबैले ट्राफिक नियमहरूको पालना गर्ने गरौँ!

 

"फुकुओका केन्तेइ" अर्थात् "फुकुओका टेस्ट" को बारेमा

तपाईंहरुलाई फुकुओकाको बारेमा कत्तिको जानकारी छ होला?

 

जस्तै "फुकुओका र हाकाता बीच के भिन्नता छ?" त्यस्तै "बारिखाटा भनेको के हो?"

 

फुकुओका शहरमा, फुकुओकालाई अझ व्यापक र गहिरो रुपमा जान्ने "फुकुओका डोरी" को संख्या बढाउनको लागि, फुकुओका केन्तेइ अर्थात् "फुकुओका टेस्ट" लिंदैछौँI

 

यदि तपाईंले "फुकुओका टेस्ट" पास गर्नुभयो भने, तपाईंले पर्यटक सुविधाहरूमा छुट पाउन सक्नुहुन्छ जस्तै बिभिन्न संग्रहालयहरू, साथै नि: शुल्क उपहार पनि पाउन सक्नु हुनेछI

 

"फुकुओका टेस्ट" को होमपेजमा, परीक्षाको बारेमा जानकारीको अतिरिक्त, फुकुओकाको ईतिहास र संस्कृति एक खेल जस्तै अध्ययन गर्ने, फुकुओकाको आकर्षण प्रस्तुत गर्ने भिडियो हेर्ने र रमाईलो गर्दै फुकुओकाको बारेमा जानकारी लिन सक्नुहुन्छI

 

अझै तपाईंलाई थाहा नभएको फुकुओकाको धेरै आकर्षणहरू छन्!

 

कृपया होमपेज हेर्नुहोला र फुकुओका-डोरी बन्नु होला।

 

होमपेज रहेको छ, fukuokakentei.com

 

त्यस्तै, बारिखाटा भनेको हाकाता रामेनको चाउचाउ हो,यो उमालेको हुन्छ!

 

यावा, खाटा, बारिखाटा, हारिगाने आदि, तपाईलाई मन पर्ने उमालिएको चाउचाउको कडापन अनुसार मगाउने शब्दहरु हुन्I

 

बारिखाटा सामान्य चाउचाउ भन्दा कडा हुन्छ।

 

के तपाईंलाई यो थाहा थियो?

 

2020.09.10[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【९/९ प्राथमिक उपचार दिन】

हिजो सेप्टेम्बर ९ "प्राथमिक उपचार दिन" थियोI

"क्यू (९) क्यू (९)" शब्दावलीबाट, १९८२ मा जापान स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको स्थापना भएको थियोI सरल शब्दमा भन्ने हो भने, यो दिन आपतकालिन जान्नको लागि हो!

क्यूक्यू भन्नाले, अचानक केही गाह्रो आई पर्दा बचाउनु होI

विशेष गरी, अचानक बिरामी वा घाइते भएका व्यक्तिलाई प्राथमिक उपचार प्रदान गर्नु हो।

एम्बुलेन्स वा दमकल बोलाउन फोन गर्दा, आपतकालिन फोन नम्बर, ११९ होI

यदि अचानक बिरामी वा चोटपटक, दुर्घटना वा आपतकालिनमा मद्दत चाहिएमा, हामीलाई कल गर्न नहिचकिचाउनुहोस्।

११९ फोन नम्बरमा १८ वटा भाषाहरुको सुबिधा रहेको छI

 

【घुमघामको जानकारी】

आज, मैले रमाईलो घुमघामको जानकारी लिएर आएकी छु।

के तपाईं कहिल्यै फुकुओका शहरको  चिडियाघर र वनस्पति उद्यानमा जानु भएको छ?

फुकुओका शहरको च्युओकुमा अवस्थित, यस स्थलमा धेरै जनावर र बोटबिरुवासँग अन्तरक्रिया गर्न सक्नुहुन्छ।

तेन्जिनबाट बस वा सबवेबाट जान सक्नुहुन्छ तर, बाटोमा हिड्न नपर्ने गरि, सबवे “याकुइन ओडोरी स्टेशन (स्योकुबुचुएन् एक्जिट)” बाट, हिडेर जान राम्रो होलाI

टिकट शुल्क, वयस्कहरूको लागि ६०० येन, हाईस्कूलका विद्यार्थीहरू लागि ३०० येन, जुनियर हाई स्कूलका विद्यार्थी र त्यस मुनिकाहरुलाई निशुल्क हो।

इच्छुक महानुभावहरुले कृपया आधिकारिक वेबसाइट हेर्नुहोस्।

वेबसाइट रहेको छ,  https://zoo.city.fukuoka.lg.jp/

यस वर्ष जन्मेको जिराफ र कंगारुको बच्चाहरू पनि स्वस्थ भई हुर्किंदै छन्।

अवश्य हेर्न जानुहोलाI

यस अतिरिक्त, नयाँ कोरोनाभाइरस संक्रमण हुनबाट रोक्न उपायको रूपमा,  प्रवेश द्वारमा ह्यान्ड स्यानीटाइजरको व्यवस्था गरिनुका साथै, सामाजिक दूरी र नियमित हात धुने सुझावहरू कागजमा पोष्ट गर्ने र पार्कमा कार्यन्वयनका लागि प्रचार गरिंदै आईरहेकोछI

हामी सबैजना बाहिर जाँदा, मास्क लगाउनुका साथै  रोगको संक्रमणबाट बच्न आवश्यक तरिकाहरु अपनाउने गरौँI

2020.09.03[Thu] 09:00

प्राकृतिक प्रकोप(災害)

【च्योउयोउ फेस्टिवल】

आज मैले, जापानी फेस्टिवल (बर्षको सबभन्दा महत्वपूर्ण दिन),जुन पाँचवटा महत्वपूर्ण उत्सवहरू मध्ये एक, सेप्टेम्बर ९ मा मनाईने च्योउयोउ फेस्टिवलको बारेमा छोटो परिचय दिनेछुI

आजकल यो फेस्टिवल खासै परिचित छैन तर पनि, ‘गोदावरी फूलको फेस्टिवल’ पनि भनिने, यो दिनमा, गोदावरी फूल सजाउने, गोदावरी फूल सजाएको रक्सी पिएर, चेस्टनट भएको भात खाएर, रोगमुक्त र दीर्घायुको लागि प्रार्थना गर्ने चलन छ।

च्योउयोउ फेस्टिवल चीनबाट जापानमा भित्रिएको थियोI चीनमा प्राचीन कालदेखि, बिजोड संख्यालाई शुभ अंक मानिन्छ, र ९ औं, जुन बिजोड संख्यामध्ये सबैभन्दा ठूलो संख्या भएकोले,  र त्यसमाथि सेप्टेम्बर ९ डबल बिजोड हुनाले, यो  दिनलाई अत्यन्त खुशीको दिनको रुपमा लिई, "च्योउयोउ" फेस्टिवलको रुपमा मानिन्छ।

मलाई लाग्छ कतिपयलाई यो वर्ष कोरोनाको कारण बिभिन्न तनावहरु महसुस भईरहेको होला। हामीलाई थाहा नै छ, फूलहरूले तनाव कम गर्नमा मद्दत गर्छ, त्यसैले यो बेला गोदावरी फूल सजाएर हेर्दा कस्तो होला?

 

【फुकुओका शहरले जारी गरेको जानकारीमुलक सूचनाहरु】

प्रकोप रोकथाम दिवस र भण्डारण प्रोत्साहन सप्ताहको बारेमा

प्रत्येक वर्ष सेप्टेम्बर १ "प्रकोप रोकथाम दिवस" ​​हो।

फुकुओका शहरमा, सेप्टेम्बर १ को "प्रकोप रोकथाम दिवस" ​​बाट  सेप्टेम्बर ७ सम्मको एक हप्तालाई "फुकुओका शहर भण्डारण प्रोत्साहन सप्ताह" भनेर तोकिएको छ। "भण्डारण" भन्नाले, खानेकुरा आदि संचित गरेर राख्नु हो।

घर वा कार्यस्थलमा "भण्डार" का साथ, प्रकोप रोकथामको बारेमा नागरिकहरुमा जनचेतना जगाउने प्रयास गर्दैछौं।

 

किन भण्डारको आवश्यकता भएको होला?

यदि भूकम्प वा आंधी आयो र सुरक्षित भयो भने पनि, हामी पानी र खानाबिना बाँच्न सक्दैनौं।

पसल बन्द भएमा, तपाईं खाना वा पेय पदार्थ किन्न सक्नुहुन्न।

यदि पानी आपूर्ति बन्द भयो भने, पानी पिउन पाउनुहुन्न।

यदि बिजुली वा ग्यासको लाईन काटिएको छ भने, तपाईं पकाउन सक्नुहुन्न।

बाँच्न सफल ‘जीवनको सुचारुक्ता’ को लागी, दैनिक रुपमा भण्डार गर्नु आवश्यक छ।

 

के र कसरी भण्डार गर्दा राम्रो होला त?

पिउन मिल्ने पानी र ३ दिनको लागि पुग्ने गरि खानेकुरा तयारी गरि राखौंI

प्रति दिन १ जनालाई करीव ३ लिटर पानी आवश्यक पर्छ।

आपतकालिन खाना जस्तै भात (अल्फा चामल आदिको), क्यान् खाना, बिस्कुट, चकलेट बार, र सुख्खा रोटी आदि जस्ता नपकाईकन खान सक्ने खानेकुराहरु तयारी गरि राख्नुहोस्।

रेडियो वा फ्ल्यासलाइटमा ब्याट्री छ छैन जाँच गर्नुहोस्।

सँधै खाई रहनु भएको औषधि र टास्ने पट्टि जस्ता प्राथमिक उपचार सामग्रीहरू पनि तयार पार्नुहोस्।

यदि परिवारमा बच्चा छ भने, डायपर जस्ता आवश्यक सामग्रीहरू तयार गर्नुहोस्।

 

पिउने पानी बाहेक,शौचालय फ्लश गर्नका लागि घरेलु पानी पनि आवश्यक पर्छ।

दिनदिनै, पोलीट्यांकमा धाराको पानी भरेर राख्ने, ओफुरोमा पानी भरेर राख्ने आदि जस्ता तयार गरि राखौं।

 

सामान्य रूपमा खाने भन्दा अलि धेरै किनेर राखी, खाएर सक्यो भने पनि, सकेको भाग मात्र किनेर थपी, घरमा खानेकुराको एक निश्चित संचय गर्ने विधिलाई "रोलिंग स्टक" भनिन्छI

खानेकुराको म्याद सकिने मितिबारे चिन्ता बिना, आपतकालिनको लागि तयारी गर्न सक्ने भएकोले यो बिधि अपनाउन प्रेरित गरिन्छI

 

टाइफून, प्राय: वर्षको यस बेला हुन्छ, त्यसैले प्रकोपको लागि तयार गरि राखौं।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ