福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2024.04.18[Thu] 09:00
नियम तथा आचरण(ルール・マナー)
【बेल्जियन बियर विकेन्ड】
बाहिर समय बिताउन राम्रो मौसम हुँदै आएको छ।यो सप्ताहको १७ तारिकबुधबारदेखि २१ तारिक आइतबारसम्म, फुकुओका सिटी हलको पश्चिम तिरको फुरेआई हिरोबामा "बेल्जियन बियर विकेन्ड" को आयोजन भइरहेको छ।
तपाईंहरुलाई बियर मन पर्छ? यहाँ फुकुओकामा बेल्जियम बियर आउँदैछ!
बेल्जियम ''बियरको स्वर्ग'' भन्दा पनि हुन्छ। तपाईंहरुलाई थाहा छ, बेल्जियममा, १६०० प्रकारभन्दा बढी बियरहरु बनाईन्छ र युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदाको रूपमा पनि दर्ता भएको छ।
बेल्जियमको प्रतिनिधित्व गर्ने प्रमुख प्रकारहरू "व्हाइट बियर" र "फ्रुट बियर" जस्ता, १२ प्रकारका ५२ थरीका बेल्जियम बियरहरु चाख्न सकिन्छ। अनि, बियरको साथ रमाइलो गर्नको लागि गउरमेन्ट खानाको रूपमा, फ्लफी बेल्जियन फ्राइहरू ``फ्राइट्स'' र स्ट्युड बीफ ``कार्बोनेड'' जस्ता परम्परागत बेल्जियमका परिकारहरूको पनि मजा लिन सक्नुहुन्छ।
थप रूपमा, बेल्जियमबाट "MaxPacemaker" को फुकुओकामा उपस्थिति हुनुका साथै, सप्ताहन्तको रातमा टेक्नो ध्वनिहरूको साथ कार्यक्रम स्थललाई जीवन्त बनाईनेछ। LOVEFM बाट पनि DJ को सहभागीता हुने, वार्ता, खेल, आदि मार्फत् कार्यक्रम निकै मनोरञ्जक हुनेछ!
सोमबारदेखि शुक्रबार १६:००देखि २२:००सम्म, तथा शनिबार र आइतबार ११:००देखि २०:०० सम्म कार्यक्रम आयोजना हुनेछ।
यस वसन्त ऋतुको राम्रो मौसममा, बाहिर घुमघाम गर्ने, अनि बेल्जियमको बियर, खाना र संगीतको आनन्द लिएर हेर्दा कसो होला!
【फुकुओका शहरको सूचना】
फोहर फ्याँक्ने नियम सम्बन्धी
फुकुओकामा नयाँ जीवनयापन शुरु गर्नुहुने धेरै संख्यामा हुनुहुन्छ होला।
यसपटक, फोहर फ्याँक्ने नियम सम्बन्धी सूचना रहेको छ।
फुकुओकामा फोहरलाई "जल्ने फोहर", "नजल्ने फोहर", "खाली सिसाको बोतल/प्लास्टिकको बोतल", अनि "ठूला आकारको फोहर" मा विभाजन गरी फ्याँक्ने गरिन्छ। "ठूला आकारको फोहर" बाहेक अन्य सबै फोहरहरूका लागि, कन्भिनियन्स स्टोर वा सुपर मार्केटमा बेची राखेको, फुकुओका शहरको फोहर-फाल्ने-झोला प्रयोग गरेर फोहोर फाल्ने गर्नुहोस्।
जल्ने फोहरको लागि, रातो रंगको फोहर-फाल्ने-झोला हो।
कच्चा फोहोर, कागज, कपडा, प्लास्टिक आदि फाल्ने बेलामा, रातो झोला प्रयोग गर्नुहोस्।
खाली क्यान र गिलास जस्तालाई, नजल्ने फोहरको रुपमा, निलो फोहर-फाल्ने-झोलामा फाल्ने गर्नुहोस्।
खाली सिसाको बोतल र प्लास्टिकको बोतल फाल्नको लागि, पहेंलो रंगको फोहर-फाल्ने-झोला प्रयोग गर्नुहोस्।
बसोबास गर्ने ठाउँ अनुसार फाल्ने दिन तोकिएको हुन्छ।
जल्ने फोहर हप्तामा २ पटक, खाली सिसाको बोतल/प्लास्टिकको बोतल र नजल्ने फोहर चाहिँ महिनाको १ पटक संकलन हुन्छ।
फोहर मध्यरात संकलन हुनेभएकोले अँध्यारो भएदेखि रातिको १२ बजे सम्ममा, फोहर फाल्ने निश्चित ठाउँमा फाल्ने गर्नुहोस्।
फुकुओका शहरको आधिकारिक LINE ID मा Friendadd गरेर, तपाईंको ठेगाना सेट गर्नुभयो भने, फोहोर फाल्ने दिनमा सूचना प्राप्त गर्नुहुनेछ।
फाल्न चाहनुभएको फोहोरको नाम राख्नुभयो भने, फोहोरको किसिम पनि जान्न मिल्ने भएकोले यो एकदम उपयोगी छ।
एउटा झोलामा नअट्ने ठूला आकारको फोहर वा झोला नै च्यात्ने किसिमको भारी फोहरलाई, ठूला आकारको फोहरको रुपमा फाल्नुहोस्।
ठूला आकारको फोहरका लागि, फोन, इन्टरनेट, वा LINE द्वारा ‘फुकुओका शी सोदाई गोमी उकेचुके’ मा सम्पर्क गर्नुहोस्। शुल्क, फोहोर फाल्ने ठाउँ, फाल्ने दिन, इत्यादि जाँच गरेर फोहोर बाहिर राख्नुहोस्।
फोनमार्फत सम्पर्कका लागि, ठुलो आकारको फोहर फाल्ने सेन्टरको फोन नम्बर, ०९२-७३१-११५३ ।
टेलिफोन अनुवाद मार्फत् १८ वटा भाषाहरुमा सेवा उपलब्ध छ।
यस अतिरिक्त, QR कोड स्क्यान गरेर १० विभिन्न भाषाहरूमा फोहोर फाल्ने नियमहरूको बारेमा जानकारी प्रदान गर्ने सेवा पनि राखिएको छ। कृपया फुकुओका शहरको वेबसाइट हेर्नुहोस्।