ブログ

ポッドキャスト

ポッドキャスト RSS

2023年10月

2023.10.26[Thu] 09:00

अन्य(その他)

【सरकारी रात्रीकालिन जुनियर हाईस्कुलमा विद्यार्थीहरूको भर्ना! नोभेम्बर ५ मा बिद्यालयको जानकारी सेसन】

यस फुकुओका शहरमा, "क्युशुको एकमात्र सरकारी रात्रीकालिन जुनियर हाईस्कुल" छ भन्ने कुरा तपाईंहरुलाई थाहा छ? यस विद्यालयको नाम हो, "फुकुओका किबो च्युउ गाक्को"।

यो विद्यालय, फुकुओका सी, सावारा कु, मोमोचीमा रहेको, "फुकुओका सी क्योइकु सेन्टर" को चौंथो तल्लामा छ। फुकुओका शहरद्वारा संचालित सार्वजनिक जुनियर हाईस्कुल भएकोले, अध्ययन शुल्क लाग्दैन।  पाठ्य पुस्तकहरू निःशुल्क वितरण गरिनेछ।

गत वर्षको अप्रिलमा खोलिएको यस बिद्यालयमा, हाल विभिन्न देशका किशोरकिशोरीहरुदेखि ८० वर्षसम्मका विद्यार्थीहरू छन्। जुनसुकै देशका नागरिकहरू भर्ना हुन सक्ने भएकोले, जापानी भाषा बाहेकका बिदेशी भाषा प्रयोग गर्ने विद्यार्थीहरु पनि छन्। तिनीहरुले जापानी भाषा पनि सिक्दै, दिउँसोको जुनियर हाईस्कुलमा भए जसरी ९ वटा बिषयहरु अध्ययन गर्छन्।

कक्षाहरु सोमबारदेखि शुक्रबार बेलुका ५:३० बजेदेखि ९:२० सम्म हुनेछ।

एउटा कक्षा ४० मिनेटको हुन्छ। दिनमा ४ वटा विषयका कक्षाहरु हुन्छन्।

तोकिएको पाठ्यक्रम पूरै अध्ययन गरिसकेपछि जुनियर हाईस्कुल स्नातकको योग्यता प्राप्त गर्न सक्नुहुनेछ।

भर्नाका लागि निम्न सबै सर्तहरु पूरा भएको हुनुपर्छ। 

  • फुकुओका शहरको आधारभूत निवासी दर्ता भएको व्यक्ति 
  • सन् २००९ साल अप्रिल १ तारिखसम्ममा जन्मेको व्यक्ति
  • बिभिन्न कारणले जुनियर हाईस्कुलबाट स्नातक नगरेको व्यक्ति अथवा जवान छँदा स्कुलमा भर्ना भएपछि बिचदेखि स्कुल जान नमानेको जस्ता कारणले जुनियर हाईस्कुलमा पर्याप्त अध्ययन गर्न नपाएको ब्यक्ति

अवश्य, विदेशी नागरिक पनि भर्ना हुन सक्नुहुन्छ। केही बिषय मात्र छानेर वा जापानी भाषा मात्र अध्ययन गर्न सकिँदैन। जापानी भाषाको प्रयोगबारे चिन्ता लाग्ने व्यक्तिहरुको लागि, विशेष जापानी प्रशिक्षकद्वारा जापानी भाषाको बिषय लगायत अन्य आवश्यक समयमा सहायता दिइनेछ।

यस किसिमको "फुकुओका किबो च्युउ गाक्को" को स्कूल जानकारी सत्र नोभेम्बर ५ आइतबार आयोजना हुन गईरहेको छ। सहभागिताको लागि, अग्रिम आवेदन दिन आवश्यक छ। फोन वा अनलाइन मार्फत् आवेदन दिनुहोला। फोन नम्बर रहेको छ, ०९२-४००-०७५१ ।

सोमबारदेखि शुक्रबार, दिउँसो २ बजेदेखि ९:३० बजे सम्म कल स्वीकार गरिन्छ।

अनलाइनबाट २४ घण्टा आवेदन स्वीकार गरिन्छ। "फुकुओका किबो च्युउ गाक्को सेइतोबोस्यु" भनेर खोज्नुहोला। 

यस अतिरिक्त, ब्रोशर तथा आबेदन सम्बन्धि जानकारीहरु, विद्यालयको वेबसाइट लगायत विभिन्न वडा कार्यालयहरूमा राखिएका छन्। परामर्श दिने र क्लास परिक्षण प्रवेश पनि लिने गर्दै आईरहेकोले, कृपया नहिचकिचाइकन सम्पर्क गरेर हेर्नुहोला।

2023.10.19[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【Festa do Brasil Fukuoka 2023】

क्युशुको सबैभन्दा ठूलो ब्राजिल उत्सव, " Festa do Brasil Fukuoka 2023" आउँदो आइतवार, बेसाइड प्लेस हाकातामा आयोजना हुन गईरहेको छ! फुकुओकाका ब्राजिल-प्रेमी बासिन्दाहरूलाई भेला गराउने, फुकुओकाका नागरिकहरूलाई ब्राजिलका आकर्षणहरु चिनाउने, अनि फुकुओकामा चलेका ब्राजिलियन रेष्टुरेन्टहरु र कलाकारहरूको परिचय गराउने हेतुले यो महोत्सव शुरु भएको हो। 

महोत्सवमा स्टेज शो, अन्तरक्रियात्मक परेड, स्वादिष्ट परिकारहरू हुनेछन्। ब्राजिलियन संगीत, नृत्य, र खाना मार्फत ब्राजिलको अनुभव गर्न सक्नुहुनेछ।

महोत्सव, अक्टोबर २९ आइतबार ११ बजे शुरु भई ६ बजेसम्म चल्नेछ। प्रवेश शुल्क १५०० येन हो। तपाईंहरु पनि, फुकुओकामै रहेर ब्राजिलियन संस्कृतिको अनुभव गर्न सकिने यस महोत्सवको आनन्द लिएर हेर्दा कसो होला?

 

https://festadobrasil.wixsite.com/festadobrasilfukuoka

 

 

फुकुओका शहरको सूचना

The Creators 2023 को परिचय

 

रचनात्मक र मनोरञ्जन अनुभव गर्न सकिने कार्यक्रम "The Creators 2023", अक्टोबर २१ (शनिबार) र अक्टोबर २२ (आइतबार), दुई दिन आयोजना हुन गईरहेको छ। आयोजना स्थलहरु, फुकुओका सिटि हलको पश्चिम तर्फको Fureai Hiroba, Fukuoka City Science Museum र Fukuoka Art Museum आदि हुन्। केही सामग्रीहरू अनलाइन प्रसारण गर्ने योजना पनि भएकोले, कार्यक्रम स्थलमा उपस्थित हुन नसक्नेहरूले पनि यस कार्यक्रमको आनन्द लिन सक्नेछन्।

मुख्य स्थल फुकुओका सिटी हलको पश्चिम तर्फको Fureai Hiroba मा, प्रभावशालि प्रकाश र पर्दामा प्रत्यक्ष देखिने म्युजिक स्टेज, visual works को स्क्रीनिंग, स्थानीय मोडेलहरू प्रस्तुत गर्ने फेसन शो, क्रिएटिभ कम्पनीहरुद्वारा अन्तरक्रियात्मक बुथहरू हुनेछन्।

यसका अतिरिक्त, Fukuoka City Science Museum मा, ध्वनि र दृश्यमार्फत् मनोरञ्जन लिन सकिने डिजिटल कला प्रदर्शनी तथा बालबालिकाका लागि प्रोग्रामिङ र शिल्प कार्यशालाहरू हुनेछन्।

त्यस्तै, Fukuoka Art Museum मा, विभिन्न प्रकारका visual works को स्क्रीनिंग आदि जस्ता बृहत् सामग्रीहरु समेटिएको दुई दिनको कार्यक्रम हो।

"क्रिएटिभ सिटी फुकुओका" मा नयाँ र नौलो संस्कृति र प्रविधिको अनुभव लिनुहोस् र दुई दिनको अत्याधुनिक शैलीको मनोरञ्जनको आनन्द लिनुहोस्।

तपाईंहरु सबैको उपस्थितिको अपेक्षामा छौं।

2023.10.12[Thu] 09:00

जापानी भाषा(日本語) , अन्य(その他)

【FUKUOKA OKTOBER FEST 2023】

यस वर्ष पनि, जर्मनबाट प्रत्यक्ष आयात गरीएको बियर फेस्टिवल, " FUKUOKA OKTOBER FEST 2023," अक्टोबर २० शुक्रबारदेखि अक्टोबर २९ आइतबारसम्म १० दिनसम्म सञ्चालन हुने भएको छ। जर्मनको प्रतिनिधित्व गर्ने ब्यारेल ड्राफ्ट बियरहरू, बियर ककटेलहरू, सॉसेज आदि जर्मनी व्यञ्जनहरू लगायत परम्परागत Bavarian संगीतको आनन्द पनि लिन सक्नुहुन्छ। 

आयोजना स्थल, Nakasu Kawabata स्टेशनबाट मात्र ३ मिनेट पैदल दूरीमा रहेको, "Reisen पार्क" हो। प्रवेश नि: शुल्क हो, तर बियर चाहिं deposit system बाट लिनुपर्छ। स्फूर्तिदायी शरद ऋतुको आकाशमुनि एक हातमा बियर, अनि संगीत, नाचगानको १० दिनको माहोल! सफ्ट ड्रिंक, अल्कोहल रहित बियर र वाइन पनि उपलब्ध हुनेछन्।

तपाईहरु पनि समय भए, यस FUKUOKA OKTOBER FEST 2023 को आनन्द लिनुहोला।

 

 

फुकुओका शहरको सूचना

"२१औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" सुन्न जानुहुन्न?

नोभेम्बर ३, शुक्रबार सार्वजनिक बिदाको दिन १ बजेदेखि "२१औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता” आयोजना हुन गईरहेको छ। यस प्रतियोगितामा, फुकुओका महानगर क्षेत्रमा रहेका जापानी भाषा कक्षाका विद्यार्थी र जापानी भाषा स्कूलका विद्यार्थीहरूले, फुकुओकामा बसेर महसुस गरेको कुरा वा भविष्यको सपना आदि, स्वतन्त्र रुपले कुनै विषयवस्तुमा जापानी भाषामा वक्तव्य दिनेछन्।

आयोजना स्थल, फुकुओका शहर चुओ वार्डको रोप्पोनमाचुमा रहेको Fukuoka City Science Museum को Science Hall हो। प्रवेश नि: शुल्क भएकोले बुकिंग गर्न आवश्यक छैन।

प्रतियोगीहरुको दैनिक अध्यनको प्रतिफल सुन्न, अवश्य आउनुहोला।

सोधपुछको लागि, सार्वजनिक हित समावेशी फाउन्डेसन, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, जापानी भाषामा वक्तित्व प्रतियोगिताको कार्य समितिको फोन नम्बर ०९२-२६२-१७४४ मा सम्पर्क राख्नुहोस्।

 

 

“‘विदेशीहरुका लागि आप्रवासनआवास र राष्ट्रियता सम्बन्धि परामर्श’ को बारेमा जानकारी

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

 

हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ। परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्शका लागि, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छ।

2023.10.05[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【नयाँ चामल】

अक्टोबरमा प्रवेश गरे लगत्तै गर्मी अलि कम हुन थालेको छ। यस मौसममा, जापानमा प्रायः अन्न, चामल, फलफूल आदि सम्बन्धि अभिव्यक्तिहरु जस्तै "फसलको मौसम, "भोक लाग्ने मौसम" आदिको रूपमा व्यक्त गर्ने गरिन्छ। के तपाईंहरुले यी अभिव्यक्तिहरू पहिले सुन्नुभएको छ?

त्यसैले आज,  "नयाँ चामल (新米, shinmai)," को जानकारी छ। "नयाँ चामल" ले शरद ऋतुमा काटिएको धानलाई बुझाउँछ र सोही वर्षको डिसेम्बर ३१ सम्ममा प्रशोधन गरी प्याकेज गरिन्छ। नयाँ चामल मोटो बनावट र अति स्वादिलो हुन्छ।

फुकुओकामा स्थानीय रूपमा उब्जाइएको धानका धेरै स्वादिष्ट प्रजातिहरू छन्। फुकुओका सहरमा, विशेष गरी निशी-कु, सावारा-कु र हिगाशी-कुका प्रकृति-सम्पन्न क्षेत्रहरूमा, सुरक्षित, वातावरणमैत्री खेती अभ्यासहरूमा ध्यान केन्द्रित गर्दै धान खेती गरिंदै आईरहेको छ।

मुख्य प्रजातिहरू मध्ये क्युशुको प्रतिनिधित्व गर्ने चामल "हिनोहिकारी" हो, जुन समान आकार भई लचिलोपना भई, जुनसुकै परिकारमा पनि जम्छ। अन्य चामलहरु जस्तै, अलि गुलियो सानो बनावट भएको "युमेचुकुशी"चामल, लचिलो तर नटासिने "मिनोरिचुकुशी" चामल, र  चिसो हुँदा पनि स्वादिष्ट, ओनिगिरी र बेन्टोको लागि उपयुक्त फुकुओकाको मौलिक चामल "गेनकिचुकुशी आदि बिभिन्न किसिमका पाइन्छन्।

शरद ऋतुको स्वाद मानिने सखरखण्ड, चेस्टनट, च्याउ, आदि मिसाएर बनाइएको परिकार, "ताकीकोमी गोहान्" पनि स्वादिष्ट हुन्छ।

तपाईंहरु पनि, फुकुओकाको स्वादिष्ट चामलको भातको साथ शरद ऋतुको मजा लिनुहोस्!

 

 

【फुकुओका शहरको सूचना】

नयाँ कोरोना भाइरस विरुद्धको शरदको खोपको सूचना

फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।

वर्ष २०२३ मा पनि नयाँ कोरोना भाइरस विरुद्धको खोप निशुल्क लगाउन सक्नुहुन्छ। ईच्छुक सम्पूर्ण व्यक्तिहरुले, आजकल फैलिरहेको ओमिक्रोन भेरियन्ट (XBB.1.5) विरुद्ध प्रभावकारी खोप लिन सक्नुहुन्छ। छ महिना वा सोभन्दा माथिका सबैले ओमिक्रोन भेरियन्ट (XBB.1.5) विरुद्ध प्रभावकारी एक-डोज खोप प्राप्त गर्न सक्नुहुन्छ।

खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिन्छ।

पहिले प्राप्त गर्नुभएका तर प्रयोग नगरिएका खोप टिकटहरू प्रयोग गर्न सक्नुहुन्छ।

खोप कुपन हराएका वा प्राप्त नभएका महानुभावहरुले, पुन: जारीको लागि आवेदन दिन कृपया कल सेन्टरमा फोन गर्नुहोस्।

विदेशबाट फुकुओका शहरमा आउनुभएका महानुभावहरुले यदि खोप लगाउन चाहनुहुन्छ भने,

खोप कुपन जारीको लागी निबेदन दिन आवश्यक छ।

फुकुओका शहरमा खोप सम्बन्धि परामर्श, बुकिंग र खोप कुपन जारीको बारेमा बुझ्न, सम्पर्क गर्न सकिने कल सेन्टरको फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५ ।

हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।

नेपाली, अंग्रेजी, चाइनिज आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

 

 

नागरिकहरूको लागि Asian-Pacific City Summit PR Event (आउनुहोस् ! SDGs र एशिया प्यासिफिक बारे रमाइलोसँग सिक्नुहोस्!

 

 

अक्टोबर ७ शनिबारको दिन, "Environmental Festival Fukuoka 2022" आयोजना हुन गईरहेको छ। २० औं पटकको यस वर्षको महोत्सव, सोलारिया प्लाजाको पहिलो तल्ला, फुकुओका मिचुकोशी लायन स्क्वायर, र केइगो पार्क गरि तीन स्थानहरूमा आयोजना हुनेछन्। यी मध्ये, फुकुओका मिचुकोशी लायन स्क्वायरमा, “आउनुहोस् ! SDGs र एशिया प्यासिफिक बारे रमाइलोसँग सिक्नुहोस्!” भन्ने बिषयमा, एसिया-प्रशान्त क्षेत्रका बालबालिकाहरूद्वारा बनाईएका चित्रहरूको प्रदर्शनी, अंग्रेजी समावेश क्विजहरू, डिजिटल टेक्नोलोजी प्रयोग गरेका टच-स्क्रिन खेलहरू मार्फत SDGs बारे सिक्न अनि रमाईलो गर्न सकिने कार्यक्रमहरु हुनेछन्। यस कार्यक्रममा भाग लिनको लागि कुनै अग्रिम दर्ता आवश्यक छैन।

थप विवरणहरूको लागि, कृपया " Environmental Festival Fukuoka " वा "Asian-Pacific City Summit" भनि खोजेर वेबसाइटहरूमा हेर्नुहोला।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ