福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2024.04.11[Thu] 09:00
अन्य(その他)
【फुकुओका विमानस्थल/ घरेलु टर्मिनलको लागि नयाँ बहु-तले पार्किङ स्थल】
यस हप्ता, फुकुओका विमानस्थलको पार्किङ सुबिधाको बारेमा जानकारी छ।
अर्को हप्ता, अप्रिल १६ (मङ्गलबार), फुकुओका विमानस्थलको घरेलु टर्मिनलमा रहेको बहु-तले पार्किङ स्थल खुल्ने भएको छ।
समायोजन गरिएका कारहरूको संख्या पहिलेको भन्दा झन्डै दोब्बर छ! हाल १,६१७ कारहरू अटाउने भएको छ।
पार्किङ भवनको बाहिरी भाग, फुकुओकाको परम्परागत कलाशिल्प, "हाकाताओरी" बाट प्रेरित छ। प्रत्येक तला रङ र चित्रहरूमार्फत् लेबल गरिएको छ भने फुकुओकाको विशेषता मानिने स्ट्रबेरी, प्रिफेक्चरको फूलको रुपमा चिनिने प्लम, र रामेन आदि जस्ता फुकुओकासँग सम्बन्धित डिजाइनहरू समाबेश गरिएका छन्।
सेवा शुल्क ३० मिनेट सम्मको लागि नि:शुल्क छ, र त्यसपछिको प्रत्येक ३० मिनेटको लागि आधारभूत शुल्क २५० येन हो। प्रत्येक २४ घण्टाको प्रयोग दरमा सामान्यतया ३,५०० येन, र नयाँ वर्षको बिदाहरू जस्तो व्यस्त समयमा ४,५०० येन लाग्छ।
पार्किंग स्थल उपलब्ध छ कि छैन भनेर आधिकारिक वेबसाइट वा SNS "X" मा जाँच गर्न सक्नुहुन्छ। यसबाहेक, अन्तर्राष्ट्रिय टर्मिनलको लागि मात्र, वेबसाइटमा पार्किङ स्थानको लागि अग्रिम आरक्षण लिन सक्नुहुन्छ।
यस जानकारीले तपाईंहरुको यात्रालाई सहज अनि सुखद बनाओस् भन्ने कामना गर्दछु।
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श
आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।
हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ। परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।
अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।
अन्य भाषाहरुमा परामर्श लिन चाहनुहुने महानुभावहरुले, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।
कानूनी परामर्श
अर्को जानकारी, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क कानूनी परामर्शको बारेमा छ।
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि, हरेक महिना दुई पटक निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।
“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्म र, तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, परामर्श अवधि ४५ मिनेट हो।
बुकिंगको आधारमा फुकुओका बार एसोसिएसनको प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ।
भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोला।
बुकिंगको लागि फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजमा राखिएको फारमबाट आवेदन दिन सक्नुहुन्छ। तर पहिले सम्पर्कमा आउनेलाई प्राथमिकता दिने भएकोले, आफ्नो परामर्श लिन चाहेको मिति अग्रिम रुपमा फोन मार्फत आरक्षित गर्नुभएमा राम्रो हुन्छ।
बिस्तृत जानकारीका लागि, फोन नम्बर, ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।
सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।
जुनसुकै परामर्श पनि गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।