ブログ

ポッドキャスト

ポッドキャスト RSS

2025.08.21[Thu] 09:00

【ओहोरी पार्क जापानी बगैंचा】

फुकुओकाशहरमाधेरैरमाइलाआकर्षकबगैंचाहरूरहेकाछन्, तीमध्येएकओहोरीपार्ककोदक्षिणढोकामारहेकोजापानीबगैंचाविशेषरूपमाचर्चितछ।तपाईंहरूलेयोस्थानभ्रमणगर्नुभएकोकि?

यसबगैंचामाजापानीपारम्परिकबगैंचानिर्माणकलानिकैराम्रोसँगदेख्नसकिन्छ।.हेक्टरमाफैलिएकोयसबगैंचामाएकठूलोताल, त्यसकोचारैतिरसजिलैसँगहिड्नसकिनेबाटोहरूछन्जसलेतपाईंलाईप्रत्येकमौसमकोसुन्दरताअवलोकनगर्नअवसरदिन्छ।

बगैंचामाचियाघरपनिरहेको, जहाँमहिनाकोपहिलो, तेस्रोचौथोमंगलबारहरूमानिःशुल्कजापानी चियासमारोह (च्याखाईखान्) मासामेलहुनसक्नुहुन्छ।थपरूपमा, शुल्क तिरेर यहाँमाच्या (जापानी ग्रीनटी) कोअनुभवपनिगर्नसक्नुहुन्छ।

फुकुओका शहरको शान्त स्थल, ओहोरीपार्कजापानीबगैंचामाअहिले गर्मीको मौसममा मात्र सीमित "(च्यु) SORA" नामक रात्रीकालीन कला कार्यक्रम आयोजना भइरहेको छ।योइभेन्टमा, ऐतिहासिकजापानीबगैंचामाअत्याधुनिकडिजिटलप्रविधिजापानीसौन्दर्यकोअनौठोसमिश्रणप्रस्तुतगरिएको, जसलेएकजादुईकाल्पनिकरातकोअनुभवदिन्छ।बगैंचाकाविभिन्नसंरचनाहरूमाप्रोजेक्शन म्यापिङप्रयोगगरी,प्रकाशकोआकर्षकप्रदर्शनगरिएको, आगन्तुकहरूत्यसलाईपछ्याउँदैबगैंचामाघुम्नसक्छन्।

सबै चिजमा ईश्वर वास गर्छ भन्ने जापानी प्रकृति दर्शनलाई आधुनिक भिडियो प्रविधिबाट उजागर गर्दै — प्रस्तुतगरिएकोयसविशेषजापानीसांस्कृतिकअनुभवकोमजालिनुहोस्।दिउँसोको तुलनामा बिल्कुलै फरक रूप देखाउने बगैँचामा, जापानी संस्कृतिको गहिराइलाई नजिकबाट अनुभव गर्ने अवसर पनि हो।

योइभेन्टसेप्टेम्बरमहिनाभरिहरेकरातसूर्यास्तदेखिराति१०बजेसम्मचल्नेछ। 

गर्मीको साँझमा शीतलता अनुभव गर्न, एकपटक अवश्य भ्रमण गर्नुहोस्।

 

 

फुकुओका शहरको सूचना

“मापसे ड्राइभिंग उन्मूलनको बारेमा”

२००६ अगस्त २५ मा, हिगासी वार्डको "उमि नो नाखा मिची ओहाशी" मा, मापसे गरि सवारी चलाउँदा, तीन जना बच्चाहरुको ज्यान जाने गरि दुर्घटना भएको यस वर्षबाट १९

वर्ष पुग्यो। फुकुओका सिटीले यस दुर्घटनालाई मध्यनजर गरि, मद्यपान गरेर सवारी चलाउने कार्यलाई अन्त्य गर्नका लागि विभिन्न पहलहरू गर्दै आएको छ।

मदिरा सेवन गरि गाडी चलाउनु अपराध हो। 

मदिराको सेवन गरेपछि कार, मोपेड, वा साइकल नचलाउनुहोस्।

मदिराको सेवन गरेको व्यक्तिलाई कार भाँडामा दिने वा गाडी चलाउने व्यक्तिलाई रक्सी पिउन प्रोत्साहन नगर्नुहोस्। साथै, सवारी चालकले मदिराको सेवन गरेको थाहा पाउँदा, त्यस कारमा नचढ्नुहोस्।

मदिरा सेवन गरि गाडी चलाउँदा, ध्यान र निर्णय गर्ने क्षमता कम हुन्छ। यसले गर्दा खतराको आभास ढिलो हुने,अत्यधिक गति गर्ने जस्ता कार्यहरू हुन सक्छ, जसले गर्दा सडक दुर्घटनाको सम्भावना बढ्छ।

साथै, निम्न किसिमको गाडीहरुलाई हेरेरचालकले मदिरा सेवन गरि चलाएको थाहा हुन सक्छ। यदि यस्तो देख्नु भएमा, कृपया ११० नम्बरमा सम्पर्क गर्नुहोस्।

  • ट्राफिक लाइटमा स्टप लाइनभन्दा निकै अघि गाडी रोकिन्दा, ट्राफिक लाइट हरियो बले पनि, गाडी नचलाउँदा 

  • अनियन्त्रित रुपले गाडी गुड्दा

  • गाडीको गति अचानक बढ्ने-घट्ने भई रहँदा

"मदिरा सेवन गरि सवारी नचलाऔं, चलाउन नदिऔं, यस्तो काम गर्नेलाई माफी नदिऔं र देखेपछि बेवास्ता नगरौँ"  भन्ने दृढ इच्छाशक्ति प्रत्येक व्यक्तिमा हुनु आवश्यक छ। 

हामी सबै मिलेर मदिरा सेवन गरेर गाडी चलाउने कार्यलाई पूर्ण रूपमा अन्त्य गरौँ!

यो फुकुओका शहरको सूचना थियो।

2025.08.14[Thu] 09:00

【म्यारिन वर्ल्ड उमी नो नाखामिची【रातको जलजीव संग्राहालय】】

गर्मीकोरातमा, केतपाईंविशेषजलजीव संग्राहालयकोअनुभवगर्नचाहनुहुन्छ?

फुकुओकाशहरकोपूर्वीक्षेत्रस्थितम्यारिन वर्ल्ड उमी नो नाखामिची मा अहिले समय बढाएर राति ९ बजेसम्म खुला रहने रातको जलजीव संग्रहालय आयोजनाभइरहेकोछ। 

दिनकोसमयभन्दायहाँकोप्रकाशव्यवस्थाबिल्कुलैफरक, जसलेतपाईंलाईएकजादुईवातावरणमापुर्याउँछ।विशेषगरी, करिब२०,०००माछाजत्तिकोइवाशी (सार्डिनमाछा) लाईसंगीतबत्तिहरूसँगमिलेरनाच्नेअद्भुतशोहेर्नपाइन्छ!त्यस्तै, रातकोआकाशकोपृष्ठभूमिमाडल्फिनकोडायनामिकजम्पशोपनिदिनकोशोभन्दाधेरैप्रभावकारीरोमाञ्चकहुन्छ।

यसम्यारिन वर्ल्ड उमी नो नाखामिची माक्यूशूकासमुद्रीजीवहरूकोथिममाकरिब३५०प्रजातिका, ३०,०००भन्दाबढीसमुद्रीजीवहरूप्रदर्शितगरिएकोछ।त्यस्तै, आइल्याण्डस्टेज माअजाराशीजीवहरूलाई३६०डिग्रीबाटहेर्नसकिन्छ, "पेंग्विनबीच" मापेंग्विनहरूलाईनजिकबाटअवलोकनगर्नसकिन्छ।

अहिले चर्चित कोलाब कार्यक्रम पनि चलिरहेको छ

सेप्टेम्बर २३ सम्मको सीमित अवधिमा, लोकप्रिय गेम "आचुमारे डोउबुचु नो मोरी" को संसार म्यारिन वर्ल्ड मा देख्न सकिन्छ।

गेममा देखिने समुद्री जीवहरू ५० भन्दा बढी प्रजातिहरू — वास्तविक रूपमा प्रदर्शित गरिएका छन्, जसले गेम र वास्तविकता बीचको रमाइलो सम्बन्ध अनुभव गराउँछ

यस्तोअनुभवहरूलेपरिवारकासबैसदस्यहरूलाईरमाइलोगर्नकालागिविशेषकार्यक्रमहरूप्रस्तुतगरिएकोजस्तैजीवजन्तुखोजीशंखकोसानोफूलमालाबनाउने

दिनकोव्यस्तताभन्दाफरक, रातकोजलजीवसंग्राहालयकोअनुभव२४अगस्त (आईतवार) सम्महरेकदिनहुनेछ।

३०अगस्त (शनिबार) देखि२३सेप्टेम्बर (मङ्गलबार) सम्म, योकेवलशनिबारआइतबारमात्रहुनेछ।

प्रदर्शनबिहान:३०देखिसुरुभएरदिनभरिरमाइलोगर्नसकिन्छ।

यो गर्मीको विशेष सम्झनाको रूपमा, अवश्य पनि एकपटक अनुभव गरेर हेर्नुहोस्!

 

 

फुकुओका शहरको सूचना

“Fukuoka Prize को बारेमा”

 

फुकुओका शहरले एशियाली शैक्षिक अनुसन्धान, कला र संस्कृतिमा उल्लेखनिय योगदान पुर्‍याउनेव्यक्तिहरुलाई Fukuoka Prize ले सम्मान गर्दै आईरहेको छ। 

यस वर्षको ३५औँ Fukuoka Prize का विजेताहरु घोषितभएकाछन्।

The Grand Prize को विजेतामा, ओकिनावारयूक्यूकोपहिचानलाईव्यावहारिकरूपमाप्रस्तुतगर्नेइतिहासकार " TAKARA Kurayoshi "
The Academic Prize मा,जनताकोदृष्टिकोणबाटपूर्वीएशियाकोइतिहासलाईअध्ययनगर्नेइतिहासकार "BAIK Young-seo"

The Arts and Culture Prize मा, भियतनामकाशहरीसमस्याहरूसमाधानगर्नवास्तुकलाअनुसन्धानगर्नेवास्तुकार "Vo Trong Nghia" छनोट भएका छन्।

पुरस्कारवितरणसमारोहसेप्टेम्बर१६(मङ्गलबार),टकइभेन्टहरू१५ तारिक (सोमबार)१७ तारिक (बुधबार)  आयोजना हुनेछन्। 

१५ तारिकमा, The Arts and Culture Prize विजेता "Vo Trong Nghia" कोलेक्चर, १७ तारिकदिउँसो, The Academic Prize विजेताइतिहासकार "BAIK Young-seo", र साँझमा The Grand Prize विजेता इतिहासकार " TAKARA Kurayoshi " कोलेक्चर हुनेछन्।

पुरस्कार समारोह र टक कार्यक्रमहरूमा जो–कोहीले निःशुल्क सहभागी हुन सक्नुहुन्छ।
तर, अगावै दर्ता अनिवार्य, कृपयाआधिकारिक वेबसाइटबाट आवेदन गर्नुहोस्।
दर्ता अन्तिम मिति, पुरस्कार समारोहको लागि:अगस्ट २६ (मंगलबार) सम्मर टक कार्यक्रमहरूको लागि,प्रत्येक कार्यक्रमको २ दिनअघिसम्म हो।

कार्यक्रमकोथपविवरणकोलागि "福岡アジア文化賞" वा "Fukuoka Prize" भनि खोजी, Fukuoka Prize को आधिकारिक वेबसाइटको कार्यक्रम पृष्ठ हेर्नुहोस्।

 

2025.08.07[Thu] 09:00

【ताकासाई SUMMER BOOST meets तेंन्जिन नाचु माचुरी】

गर्मीकोयामसँगैजापानभरिविभिन्नपरम्परागतउत्सवहरूआयोजनाभइरहेकाछन्।फुकुओकाशहरकोतेन्जिनक्षेत्रमापनितेन्जिन नाचु माचुरीभव्यरूपमासम्पन्नहुँदैछ।यसवर्ष, फुकुओकाकोबेसबलटोली "फुकुओकासफ्टबैंकहक्स" द्वाराआयोजनागरिएकोइभेन्ट "ताकासाई SUMMER BOOST" सँगसहकार्यमायोउत्सवअझआकर्षकविशालबनेकोछ।फुकुओकाकोमुटुतेन्जिनमाआयोजनाहुनेयोउत्सव,नयाँपुरानोस्वादमिसिएको, सबैपुस्ताकामानिसहरूलेरमाइलोगर्नसक्नेग्रीष्मकालीनपर्वहो।

उत्सवस्थलमारहेकास्टलहरूमाखाकीगोरी (बरफकोसिरप), याकिसोबालगायतकापारम्परिकउत्सवकाखानाहरू, हाकाताक्षेत्रकाविशेषपरिकारहरू, बियरट्रेन्डिङडिजर्टहरूउपलब्धछन्। "एननिची" भनिनेपरम्परागतखेलहरूजस्तैयॉयोफिसिङ, सुपरबलस्कूपिङ, शुटिङगेमआदिबच्चादेखिबयस्कसम्मलेरमाइलोगर्नसक्नेकिसिमकाछन्।साथै, स्टेजमाचर्चितकलाकारहरूतथास्थानीयसंगीतकारहरूकोप्रत्यक्षप्रस्तुतिपनिहेर्नसकिन्छ। 

जापानीनाचु माचुरीकोकुरागर्दा "बोनओडोरी" लाई छुटाउनै मिल्दैन!
तपाईंहरुलाईबोनओडोरीको बारेमा थाहा?
उत्सवकोकेन्द्रमाबनाइएकोठूलो "यागुरा" वरिपरिपुरानागीतहरू, नयाँपपसङ्गीत, जोशिलोजापानीड्रम (वाडाइको) नामकोतालमासबैमिलेरघेराबनाएरनाच्नेगरिन्छ। 

पुरानोजापानकोसौन्दर्यअनुभवगर्दै, बच्चाबयस्कसबैलेबालपनकोसम्झनागर्दैफुकुओकाकोगर्मीरमाइलोगरौं।

उत्सवस्थल हो, फुकुओकासिटीहलकोपश्चिमपट्टिस्थित "फुरेआइहिरोबा"। संचालन हरेकदिन, योमहिनाको१७तारिखआइतवारसम्म ।समय,साँझ:३०बजेदेखिराति१०:००बजेसम्म भने प्रवेश: निःशुल्क हो ।

पहिलोपटकभएपनियोउत्सवमाजापानकोअनौठोरमाइलोसंस्कृतिकोस्वादअवश्यपाउनुहुनेछ।
कृपयाएकपटकगएरहेर्नुहोस्

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

“कानूनीपरामर्शरमानसिकपरामर्शअर्थात्व्यक्तिगतपरामर्शकोपरिचय”

फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क कानूनी परामर्शमानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श प्रदान गर्दैआईरहेको छ।

कानूनी परामर्श, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र 

तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, प्रदान गरिंदै आइरहेको छ।परामर्श अवधि ४५ मिनेट। 

बुकिंगको आधारमा Fukuoka Bar Association को प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ।यदि भाषा अनुवादक आवश्यक छ भने, कृपया अग्रिममा परामर्श गर्नुहोस्।

मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ। चाहनुहुने महानुभावहरुले बुकिंग गर्नुहोला।

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

सम्पर्क काउन्टर खुल्ने समय, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म हो। 

फोन नम्बर ०१२०-६६-१७९९ हो।

2025.07.31[Thu] 09:00

【कुओका शहरका सिफारिस गरिएका समुद्र किनार र सार्वजनिक पौडी पोखरीहरू!】

गर्मीको मौसम एकदमै चरममा पुगेको छ —तपाईंहरु समुद्र किनार जानुभइसकेको छ कि छैन?

शहरीकरण र प्रकृतिको तालमेल भएको फुकुओकामा गर्मीमा रमाइलो गर्न सकिने थुप्रै रमणीय स्थानहरू छन्।

यसपटक फुकुओका शहरमा रहेको समुद्रकिनार र सार्वजनिक पूलहरुको बारे जानकारी लिएर आएकी छु।

 

 सर्वप्रथम कुरा गरौं, समुद्र किनारको बारेमा 

【सीसाइड मोमोची समुद्री पार्क】

यो समुद्र किनार फुकुओका टावरको उत्तरतर्फ अवस्थित छ र सुरक्षित तथा आरामदायी रूपमा व्यवस्थित गरिएको छ। यहाँ समुद्रमा पौडी खेल्नुका साथै मरीन स्पोर्ट्स पनि मज्जाले गर्न सकिन्छ। Beach House मात्र होइन, वरिपरि रेस्टुरेन्ट र पसलहरू पनि छन्। तेंन्जिनबाट सजिलै पुग्न सकिने भएकोले स्थानीयबासी र पर्यटक दुवैको लागि लोकप्रिय गन्तव्य हो।

 

【शिखानोसिमा समुद्र किनार】

शिकानोसिमा जमिनसँग जोडिएको टापु हो, जसले गर्दा गाडीमा ड्राइभ गर्न पनि उपयुक्त छ। ट्रेन, बस, वा फेरी प्रयोग गर्दा शहरको केन्द्रबाट १ घण्टाभित्रै पुग्न सकिन्छ। सफा समुद्र र सेतो बालुवाले भरिएको यो समुद्र किनार अत्यन्तै सुन्दर छ। उत्तरपट्टिको “शिरोसे” क्षेत्र भने फुकुओकाको एकमात्र डाइभिङ स्पट हो।

 

【नोकोशिमा क्याम्प समुद्र किनार】

मेइनोहामाबाट फेरीमा करिब १० मिनेट लाग्छ। यो समुद्र किनार नोकोशिमा टापुमा रहेको छ र वरिपरि नरिवलका रूखले घेरिएको छ। यहाँ क्याम्प, आवास, रेस्टुराँ, पसलहरू पनि छन्, जसले गर्दा शहरको भीडभाडबाट टाढा छुट्टीजस्तो महसुस हुन्छ।

 

【ओहारा समुद्र किनार】

फुकुओकाको सबैभन्दा लामो समुद्र किनारमध्ये एक हो। खुला क्षेत्र भएकाले आरामसँग पौडी खेल्न सकिन्छ। यहाँ Beach House, BBQ, अनि बनाना बोट लगायत मरीन खेलकुदहरू मज्जाले गर्न सकिन्छ।

 

यी चार फुकुओकाका समुद्र किनारहरूमध्ये, म चाहिं सीसाइड मोमोची समुद्री पार्कमा धेरैपटक गएकी छु।

यो समुद्र किनार फुकुओका टावरको एकदमै नजिकै पर्छ, र शहरमै भए पनि साँच्चिकै ‘रिसोर्ट फील’ दिन्छ।
त्यहाँ बसेर साँझपखको सूर्यास्त हेर्दा म आनन्द हुन्छ।

अहिलेसम्म नपुगेको तर पक्कै जान चाहने ठाउँ भनेको — शिखानोसिमा समुद्र किनार हो।
मेइनोहामाबाट फेरी चढेर १० मिनेटमै पुगिन्छ, तर पुग्नेबित्तिकै अर्कै संसारमा पुगेजस्तो लाग्छ रे!
नरिवलका रूखहरूले घेरिएको त्यो प्राकृतिक बीचमा, टेन्टमा बसेर रमाइलो गर्नु – मलाई त एकदमै मनपर्छ।

त्यहाँ क्याम्प पनि गर्न पाइन्छ, र साथीभाइ वा परिवारसँग मिलेर छुट्टीको मजा लिन सकिन्छ।

यो बाहेक पनि, फुकुओका शहरमा प्राकृतिक वातावरणको मजा लिन सकिने रमाइला, शान्त समुद्र किनारहरू प्रशस्तै छन्। बरु बाहिर निस्कँदा गर्मी र डिहाइड्रेसनबाट बच्न आवश्यक सतर्कता अपनाउनुहोस्!

 

अर्को जानकारी छ, पौडी पोखरीको बारेमा

【उमी नो नाखामिची सनशाइन पूल】

पश्चिम जापानको सबैभन्दा ठूलो ३०० मिटर लामो बहने पोखरी पूल सहित ६ प्रकारका विभिन्न रमाइला पूलहरू छन्। बच्चादेखि बयस्कसम्म सबैलाई रमाइलो लाग्ने यो फुकुओकाको प्रमुख गर्मी स्थान हो। गर्मी बिदामा तेन्जिन पोस्ट अफिस अगाडिबाट डायरेक्ट बस पनि चल्ने भएकाले आवतजावत गर्न सजिलो छ।

 

अब कुरा गरौं, सार्वजनिक पूलहरुको बारेमा

【फुकुओका सार्वजनिक पूलहरू】

फुकुओका शहरका सात वटै वार्डमा कम शुल्कमा सर्वसाधारणका लागि खुल्ला नागरिक पूलहरू छन्।

वर्षभरी सञ्चालन हुने यी पूलहरूमा नियमित तापक्रम कायम गरिन्छ।

साथै, पार्किङ, शावर र लक्कर पनि उपलब्ध छन्।

 

भीत्रि पूल भएकोले गर्मी वा वर्षाको मौसममा पनि चिन्ताबिना रमाइलो गर्न सकिन्छ।

गर्मीमा प्रयोग शुल्क, वयस्कको २ घण्टाको लागि ३२० येन, हाई स्कूलका विद्यार्थीको १६० येन, प्राथमिकदेखि माध्यमिक तहका बालबालिकाको ११० येन लाग्छ।

 

सहरको केन्द्रबाट सबैभन्दा सजिलै पुग्न सकिने पोखरी भनेको — तेन्जिनबाट करिब ६ मिनेट बस चढेपछि、निशि कोएन नजिकै अवस्थित 【चुओ सिमिन पूल अर्थात् Fukuoka City Chuo Ward Public Pool】 हो।

 

त्यसैगरी, २५ मिटर र ५० मिटर लम्बाइका दुवै प्रकारका पूलहरू, १ मिटरदेखि ३ मिटरभन्दा बढी गहिराइसम्मका विकल्पहरू भएको, सुविधाजनक र फुकुओका शहरकै सबैभन्दा ठूलो स्केलको पूल भनेको【सोउगो निसि सिमिन पूल अर्थात् Fukuoka City Nishi Civic Pool Complex】 हो। यस पूलमा परिवारदेखि व्यायाम गर्न चाहने सबैको लागि उपयोगी सुविधा पाइन्छ।

 

गम्भीर रूपमा पौडी खेल्नेहरूका लागि भने, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि समेत प्रयोग हुने हाकाता वार्डमा रहेको【Prefectural Swimming Pool (Axion Fukuoka)】 उपयुक्त हुन्छ।

यहाँ ५० मिटर लम्बाइको प्रतिस्पर्धात्मक कोर्स, साथै डाइभिङ्ग पूल समेत उपलब्ध छन्।

 

अधिकांश पूलहरूमा साना बच्चाहरूका लागि कम गहिराइ भएका पूल र बाहिरी पूल पनि छन्।

यस गर्मीमा आफ्नो नजिकको सार्वजनिक पूल प्रयोग गर्दै, सक्रिय र तन्दुरुस्त रहनुहोस्!

2025.07.24[Thu] 09:00

【IRIE MUSIC with JIM BEAM SUMMER FES 2025 in FUKUOKA】

यस सप्ताहन्त, LOVE FM को रेगे संगीत कार्यक्रम "IRIE MUSIC" को संगीत कार्यक्रम आयोजना हुँदैछ।

प्रत्येक शनिबार बिहान ८ बजे प्रशारण हुने रेगे १००% प्रोग्राम IRIE MUSIC ले आयोजना गर्ने यो खुल्ला मन्चमा हुने संगीत महोत्सव हो। हरेक वर्ष अत्यधिक लोकप्रिय हुने यो कार्यक्रम यस वर्ष पनि तेंन्जिनको केन्द्रमा ३ दिनसम्म आयोजना गरिँदैछ! रेगेहिप-हप र ओकिनावालाई विषय बनाएर रमाइलो तालको उत्कृष्ट संगीत प्रस्तुत गरिनेछ। रेगे संगीतमा नौलो व्यक्तिदेखि लिएर रेगे प्रेमीहरूसम्म सबैले रमाइलो गर्न सक्ने निशुल्क संगीत कार्यक्रम हो।

कार्यक्रम शुक्रबार २५ तारिखदेखि आइतबार २७ तारिकसम्म — ३ दिन लगातार।

शुक्रबार कार्यक्रम साँझ ४ बजेबाट सुरु हुनेछ।

शनिबार र आइतबार भने कार्यक्रम बिहान ११ बजेबाट रातिसम्म चल्नेछ।

स्थान, तेंन्जिन स्टेशन नजिकैको तेंन्जिन चुओ पार्क।

प्रवेश निःशुल्क छ।

संगीत महोत्सवमा स्वादिलो खानाको पनि आनन्द लिन सक्नुहुन्छ! महोत्सवमा फुकुओकाका प्रसिद्ध स्थानीय स्टलहरूविशेष ओकिनावा परिकारहरूअनि चिसो पेय पदार्थहरूको साथमा रमाइलो गर्न सकिन्छ।

उत्कृष्ट कलाकारहरूको लाइभ संगीतस्वादिलो खानार रमाइलो पेय पदार्थहरूको साथ यो गर्मीको सबैभन्दा रमाइलो संगीत क्षण अनुभव गरौं!

🔎https://lovefm.co.jp/jbsf/

 

 

फुकुओका शहरको सूचना

साइकल चलाउने नियम सम्बन्धि सूचना

प्रायःजसो दैनिक रुपमा साइकल चलाउँछु भन्ने व्यक्तिहरु धेरै हुनुहुन्छ होला।

के तपाईं जापानको साइकल चलाउने नियम र शिष्टाचारबारे जानकार हुनुहुन्छ?

जापानमा साइकल मूलतः सडकको बायाँ पट्टि चलाउनु पर्ने हुन्छ।

  • पैदलमार्गमा पैदल यात्रीलाई प्राथमिकता दिइन्छ। पैदलमार्ग प्रयोग गर्दा सडकपट्टि बिस्तारै चलाउनुपर्छ।
  • साइकल प्रयोग गर्ने सबै व्यक्तिले हेलमेट अनिवार्य रूपमा लगाउनुपर्छ।
  • राति साइकल चलाउँदा अनिवार्य रूपमा बत्ती बाल्नुपर्छ।
  • दुई जनाले एउटै साइकलमा सँगै चढ्ने वा सँ र समानान्तर रूपमा सँगसँगै साइकल चलाउने कार्य निषेध गरिएको छ।
  • छाता ओढेर सवारी गर्नु, मोबाइल फोन प्रयोग गर्नु वा ठूलो आवाजमा हेडफोन लगाएर सवारी गर्नु पनि प्रतिबन्धित गरिएको छ।
  • साथै, साइकल चलाउँदै मदिरा सेवन (ड्रिंक ड्राइभिङ्ग) गर्नु पूर्ण रूपमा निषेध गरिएको छ।
  • साइकल सधैं पार्किङ स्थलमा राख्नुपर्छ। पार्किङ स्थलबाहेकको सडकमा साइकल राखेमा, त्यो पैदल यात्रीलाई अवरोध वा असुविधा पुर्‍याउन सक्छ, त्यसैले त्यसलाई परित्याग साइकल मानी हटाइन्छ। फुकुओका शहरमा हटाइएको साइकल फिर्ता लिन २,५०० येन लाग्छ, र निश्चित अवधिभित्र नलिइएमा त्यो फ्याँकिन सक्छ। व्यापारिक क्षेत्र वा स्टेशन वरपर छोटो अवधिका लागि निःशुल्क पार्किङ स्थल पनि उपलब्ध छन्, त्यसलाई प्रयोग गरौं।
  • साथै, फुकुओका शहरभित्र साइकल चलाउने जो-कोहीले साइकल बीमा लिन अनिवार्य छ। साइकल दुर्घटनामा तपाईंले अर्कोलाई ठूलो रकम तिर्नुपर्ने अवस्था आउन सक्छ। यदि तपाईंले साइकल बीमा लिनुभएको छ भने, तपाईंको साइकलले कसैलाई चोट पुर्‍यायो भने उपचार खर्च बीमाले तिर्नेछ। यस्तो आकस्मिक घटनाको लागि, अवश्य पनि साइकल बीमा लिनुहोस्।

साइकल एक वातावरणमैत्री र सुविधाजनक यातायात साधन हो। नियम र शिष्टाचार पालना गर्दै सुरक्षासाथ साइकल चलाऔं।

2025.07.17[Thu] 09:00

【आफ्नै बोतल (My Bottle) प्रयोग गर्न थालौं】

जुलाई महिना "नेच्च्युस्योउ अर्थात् लू रोकथाम सुदृढीकरण महिना" हो।
नेच्च्युस्योउ, कडा शारीरिक गतिविधि, वा शरीरको तापक्रम नियन्त्रण गर्न नसक्दा शरीरमा पानी र नुनको सन्तुलन बिग्रिएरलू हुन सक्छ। सानो बालबालिकामा तापक्रम नियन्त्रण गर्ने क्षमता अझै विकास नभएकाले, थोरै समयमै असर गर्न सक्ने सम्भावना हुन्छ। त्यसैले विशेष ध्यान दिनुपर्छ।

नेच्च्युस्योउ रोक्नका लागि, अत्यधिक गर्मीबाट जोगिनुहोस्। नियमित रूपमा पानी र नुनको सेवन गर्नुहोस्।

आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। एक दिनमा करिब१.२ लिटर (लगभग ६ गिलास पानी)पिउनु राम्रो मानिन्छ। तिर्खा नलागे पनि स-सानो मात्रामा पानी पिउँदै गर्नु जरूरी छ। साथै, स्पोर्ट्स पेय पदार्थ र नुनिलो क्यान्डीबाट पनि नुनको मात्रा केही पूरा गर्न सकिन्छ।

फुकुओका शहरले बाहिर जाँदा पनि सजिलै पानी पिउन सकियोस् भनेर विभिन्न सार्वजनिक स्थानहरू—जस्तैवार्ड अफिस, सामुदायिक केन्द्र, जिमखाना र पार्कहरूमाचिसो धारा पानी दिने "आफ्नै बोतलमा पानी भर्न मिल्ने स्थान"स्थापना गरेको छ।

त्यस्तै, सहरका झन्डै ९० वटा पसलहरूले तपाईँको आफ्नै बोतलमा पानी, कफी आदि भरिदिने "माइ बोतल सहयोगी पसल"का रूपमा दर्ता गरिएका छन्।
यी स्थानहरूको जानकारीफुकुओका सिटीको वेबसाइटमाउपलब्ध छ।
「福岡市 マイボトルを始めよう」 भनेर सर्च गर्नुहोस्।

बाहिर जाँदा आफ्नो बोतल बोकौं, पानी समयमै पिउँदै स्वास्थ्य जोगाऔं

🔎फुकुओका सिटी मेरो बोतल सुरु गरौं! (पानी आपूर्ति स्पट / मेरो बोतल सहयोग स्टोर)

 

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना

शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा-याराना हिरोबाको जानकारी

शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा-याराना हिरोबाको जानकारी

तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,

हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमाहरेक महिना आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।

जुलाई महिनामा यो कार्यक्रम२२ तारिक मंगलबारहुनेछ। 

समय बिहान१०:३० देखि ११:३० सम्महो।

कार्यक्रमको विषयबस्तु,स्कुल सोसल वर्कर तथा स्कुल काउन्सिलर होरिइ चिहोद्वारा "जन्मिएर आएकामा धन्यवाद बाल्यकाल र किशोर अवस्था आपसमा जोडिएका छन् 〜" भन्ने विषयमा स्पीच दिनुहुन्छ। होरिइ चिहो, NHK टेलिभिजन कार्यक्रममा पनि देखा परिसक्नुभएको व्यक्तित्व हुनुहुन्छ। 

सबैलाई कार्यक्रममा सहभागी हुन हार्दिक आमन्त्रण छ। कार्यक्रम जापानी भाषामा सञ्चालन हुनेछ।

आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको फेसबुकमा हेर्नुहोस्।

🔎福岡市国際会館/あったか福岡 | Fukuoka-shi Fukuoka | Facebook

 

 LINE कल मार्फत परामर्श लिन सकिन्छ!

 फाउण्डेशनको LINE आधिकारिक Account बाट प्रत्यक्ष कल गरी जीवनयापनसँग सम्बन्धित परामर्श वा निःशुल्क परामर्शको लागि बुकिंग आदि गर्नका लागि सम्पर्क गर्न सक्नुहुन्छ। फोन अनुवाद सेवाबाट बहुभाषी सहयोग पनि उपलब्ध छ।

थप रूपमा, फाउण्डेशनको कार्यक्रम र विदेशी बासिन्दाको लागि जानकारीहरू पनि प्राप्त गर्न सकिन्छ।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट अवश्य पनि "Friend Add" गर्नुहोला। च्याट सेवा भने उपलब्ध छैन। लेखेर परामर्श गर्न चाहनुहुन्छ भने, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेशनको होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।

 🔎लाइन आधिकारिक खाता | फुकुओका सिटी इन्टरनेशनल फाउन्डेसन

2025.07.10[Thu] 09:00

【फुकुओका सिटी सबवे - खाली कोइन लककर खोज्ने सेवा】

फुकुओका शहरको तेनजिन र हाकाता जस्ता व्यस्त क्षेत्रमा विदेशी पर्यटकहरू बढिरहेकाले सामान राख्ने कोइन लककरको प्रयोग पनि बढेको छ। यसै कारण, फुकुओका सिटी सबवेले यात्रुहरूलाई सजिलो बनाउन तेनजिन र हाकाता स्टेशनमा नयाँ सेवा सुरु गरेको छ, जसले खाली लककर सजिलै पत्ता लगाउन मद्दत गर्छ।

यो सेवाबाट यात्रुहरूले लककर खाली छ कि छैन भनेर प्रयोग गर्न चाहेको समयमा हेर्न सक्नेछन्। स्टेशनका दुई स्थानमा रहेको लककरमा टच प्यानल राखिएको छ, जसले लककरको आकार र स्थान हेर्न सकिन्छ।

यो सेवा अंग्रेजी, चाइनिज र कोरियन भाषामा पनि उपलब्ध छ। साथै, टच प्यानल नभएका लककरहरूका लागि QR कोड स्क्यान गरेर मोबाइल फोनबाट पनि जानकारी लिन सकिन्छ।

यसबाहेक, दुबै स्टेशनमा ठूला झोला राख्न मिल्ने ठूला लककरहरूको संख्या दोब्बर बनाइएको छ, जसले सेवा अझै सहज र आरामदायी भएको छ।

अब चाँडै गर्मी बिदा सुरु हुँदैछ। फुकुओका शहर सजिलै घुम्न र रमाइलो गर्नका लागि, यदि तपाईं सँग धेरै सामान छ भने यो सेवा प्रयोग गरेर हेर्नुहोस् है।

🔎ロッカーコンシェルジュ|富士アイティ株式会社

 

 

फुकुओका शहरको/फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना

नेच्च्युस्योउ अर्थात् लू लाग्नुबाट सावधान हुनुहोस्!

अत्याधिक गर्मीको बेला, गाह्रो ब्यायाम वा तीव्र शारीरिक क्रियाकलापका कारण शरीरले आफ्नो तापक्रम ठीकसँग नियन्त्रण गर्न सक्दैन, जसले गर्दा शरीरमा पानी र नुनको मात्रामा असन्तुलन पैदा भई नेच्च्युस्योउ अर्थात् लू लाग्छ नेच्च्युस्योउका लक्षणहरूमा टाउको दुख्ने, चक्कर आउने, वाकवाकी लाग्ने र झाडापखाला लाग्ने जस्ता हुन्।

यस्तो बेलामा शरीरलाई चिसो पार्ने तथा नुन पानी पिउने गर्नुपर्दछ। यदि यस्तो गर्दा पनि निको नभएमा, ११९ मा फोन गरेर एम्बुलेन्स बोलाउनुपर्छ।

विशेष गरी, भारी वर्षा समाप्त भएपछि, जुलाईबाट अधिकतम तापमान बढ्ने समयमा आकस्मिक कक्षमा ल्याउनेहरुको सङ्ख्या ह्वात्तै बढ्छ। यस समयमा, उच्च आर्द्रता हुने र शरीरलाई अधिकतम गर्मीको बानि नहुने हुनाले धेरै ध्यान दिनु आवश्यक छ। लू, घर बाहिर मात्र होइन घर भित्र पनि हुन सक्छ।

अब केही नेच्च्युस्योउबाट बच्ने उपायहरु बताउन गईरहेकी छु।

  • तरल पदार्थ बारम्बार पिउने गर्नुहोस्। 

नियमित रूपमा जौको चिया र पानी पिउने, व्यायाम गर्दा Sports drinks पिउनु पनि उपयुक्त मानिन्छ। पसिना आउँदा, नुनपानी पिएर शरीरमा पानीको मात्रा कायम राखौं।

  • टोपी वा छाताको प्रयोग गरेर प्रत्यक्ष घामबाट जोगौं।

  • कोठाको तापक्रम २८ डिग्री सेल्सियसभन्दा कम राख्न, बुद्धिमानीपूर्वक air conditioner र फ्यानको प्रयोग गरौँ।

  • Cooling sheet र Ice pillow जस्ता चिसो पार्ने सामानहरूको प्रयोग गरौं।

  • सन्तुलित आहार र पर्याप्त निद्रा लिएर, स्वास्थ्यको ख्याल गरौं।

🔎फुकुओका सिटी गर्मी स्ट्रोक रोक्न र गर्मीको आनन्द लिनुहोस्

 

 

विदेशी विद्यार्थीहरूका लागि रोजगारी परामर्श सेवा सुरु गरिएको छ!

फुकुओका शहरभित्र रोजगारी चाहने विदेशी विद्यार्थीहरूका लागि निशुल्क रोजगारी परामर्श सेवा सुरु गरिएको छ।

यस परामर्श केन्द्रमा, विशेषज्ञले रोजगारीका लागि आवश्यक बसोबास अनुमति (भिसा) सम्बन्धी जानकारी, अन्तर्वार्ता तयारी लगायतका विषयहरूमा निरन्तर सहयोग र सल्लाह प्रदान गर्नेछन्।

परामर्श केन्द्रको स्थान:
फुकुओका शहर, हाकाता वार्डको तेन्यामाची स्थित "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन" भित्र।

अनलाइनबाट पनि परामर्श लिन सकिन्छ।

विस्तृत समय तालिका र अग्रिम बुकिङका लागि
「Global Community Fukuoka」को Facebook पेज हेर्नुहोस्।

 🔎Global Community Fukuoka | Facebook

2025.07.03[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

➖पाहां खँल्हाबल्हा➖

【Dharma Raj Adhikari】

 

ASIA JAPANESE ACADEMY Director

https://www.a-j-academy.jp/aja/index.html

2025.06.26[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【【फुकुओका म्याराथन 2025】 स्वयंसेवकको लागि आवेदन खुल्यो】

यस वर्ष पनि, नोभेम्बर ९मा फुकुओका म्याराथनआयोजना हुँदैछ।
च्युओ वार्डको तेन्जिनदेखि इतोशिमासम्म फैलिएको ४२.१९५ किमी लामो, शहर र प्रकृतिको समिश्रण भएको आकर्षक कोर्समा, जापान तथा विदेशबाट आएका धावकहरूले दौडनेछन्।

यस म्याराथनको सफल आयोजनाका लागि, हाल ३,५००जना स्वयंसेवकहरूभर्ना गरिँदैछ।
स्वयंसेवकहरूको सहयोग र उत्साहजनक हौसला, करिब१५,०००धावकहरूको ठूलो प्रेरणाबन्नेछ।

स्वयंसेवकहरूको मुख्य कार्यहरू भन्नाले, दर्ता लिने, दौड मार्गको तयारी, सामान-झोला राख्ने स्थानको व्यवस्थापन, पानी र खाना दिने स्थानमा सहयोग, दर्शक तथा धावकहरूलाई सूचना तथा मार्ग निर्देशन, भाषा अनुवादन आदि हुन्।

गतिविधि हुने मिति: नोभेम्बर ६देखि ९सम्म (४ दिनमध्ये कुनै एक दिन छान्न सकिन्छ)।

स्वयंसेवकको लागि उमेर सीमा १५ वर्ष वा सोभन्दा माथि हुनुपर्छ (तर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई भने सहभागी हुन मिल्दैन)।
समूह वा संस्थाको रूपमा पनि सहभागी हुन सकिन्छ।

भाग लिन चाहने व्यक्तिले जापानी भाषा पढ्न र लेख्न जान्नुपर्नेछ, र पूर्व-निर्धारित अनलाइन वा स्थलमा हुने जानकारीमूलक बैठकमा अनिवार्य रूपमा सहभागी हुनुपर्नेछ।

धावकहरूलाई सहयोग र हौसला दिँदै कार्यक्रमलाई रमाइलो बनाउन सक्ने व्यक्ति, पहिले सहभागी भइसकेका वा पहिलो पटक सहभागी हुन चाहने सबैलाई स्वागत गरिन्छ!

साथै, स्वयंसेवकहरूलाई "स्वयंसेवक धावक कोटा" वा "अर्को प्रतियोगिताको सहभागिता अधिकार" पनि प्रदान गरिन्छ।

विस्तृत जानकारीका लागि कृपया फुकुओका म्याराथनको आधिकारिक वेबसाइट हेर्नुहोस्।

 

 

फुकुओका शहरको सूचना

“फुकुओका शहर राष्ट्रिय स्वास्थ्य बिमा” सम्बन्धि सूचना

 जापानमा, बिरामी पर्दा वा चोट लागेमा, कम खर्चमा निश्चिन्त भएर उपचार सेवा प्राप्त गर्नका लागि, सबै व्यक्तिहरूलाई सार्वजनिक स्वास्थ्य बिमा प्रणालीमा सामेल हुने व्यवस्था गरिएको छ। ३ महिनाभन्दा बढी समयसम्म जापानमा बस्न अनुमति प्राप्त गरेका व्यक्तिहरूले, कम्पनीको स्वास्थ्य बिमा नभएका हकमा, राष्ट्रिय स्वास्थ्य बिमा लिनु अनिवार्य छ। यो बिमा लिन, तपाईं बसोबास गरिरहनु भएको क्षेत्रको वार्ड कार्यालयमा गएर प्रक्रिया पूरा गर्नु पर्छ।

फुकुओका शहरको राष्ट्रिय स्वास्थ्य बिमा लिनुभएको व्यक्तिहरुले बिमा शुल्क तिर्नु पर्छ। बिमा शुल्क तपाईंहरूको स्वास्थ्य उपचार खर्चका लागि महत्त्वपूर्ण स्रोत हो।

 २०२५ अप्रिलदेखि २०२६ मार्चसम्मको बिमा शुल्क, गत वर्षको आम्दानी लगायतका आधारमा जुन महिनामा निर्धारण गरिएको छ। बीमा शुल्क तिर्नु पर्ने व्यक्तिहरूलाईजुन महिनाको मध्यतिर नीलो रंगको खाममार्फतभुक्तानी सूचना पत्र पठाइएको छ, कृपया जाँच गर्नुहोस्। खामभित्रको कागजमा लेखिएकोबीमा शुल्कको रकमहेरी, तोकेको म्यादभित्र भुक्तानीगर्नुहोस्।

यदि बीमा शुल्क समयमै नतिरेमा, तपाईंको सम्पत्ति जाँच गरिनेछ,बैंक खातामा रहेको बचत वा तलबसमेत रोक्का गरिन सक्नेछ, त्यसैले सावधानी अपनाउनुहोस्।

यदि कुनै कुरा बुझ्न गाह्रो भएमा, फोन मार्फत २३ वटा भाषाहरुमा परामर्श लिन सकिन्छ। फोन नम्बर ०९२-७५३-६११३ हो। 

यो नम्बरमा फोन गर्दा पहिले दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ। आफू बस्ने वार्ड अनि तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

2025.06.19[Thu] 09:00

बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【पोषण शिक्षाको महिना】

हरेक वर्षको जुन महिना "पोषण शिक्षाको महिना" हो र जुन १९ तारिख "पोषण शिक्षाको दिन" मानिन्छ।
स्वस्थ शरीर सही खानपानबाट निर्माण हुने भएकोले हामीले दैनिक खाने खानाको पोषण सन्तुलनलाई पुनः जाँच गर्दै, सही र सन्तुलित भोजन गर्ने बानी बसाल्न जरुरी छ।

साथै, अहिलेको समयमा मनसुन सुरु हुने हुँदा भारी वर्षाका कारण विपद् आउने सम्भावना पनि बढ्दो छ।
विपद् आएमा, सुपरमार्केट वा कन्भिनिमा खाद्यान्न पाउन गाह्रो हुन सक्छ, र पानी तथा ग्यास सेवा रोकिन सक्छ। त्यसकारण, आपतकालीन अवस्थाको तयारी स्वरूप खाद्य सामग्री सञ्चित गरेर राख्नु महत्त्वपूर्ण हुन्छ। जब जीवनयापनका साधनहरु (लजिस्टिक वा लाइफलाइन) रोकिन्छन्, पुनः सञ्चालनमा आउन कम्तीमा ३ दिन लाग्न सक्छ। त्यसैले "परिवारका सदस्यहरूको संख्यालाई ३ दिनले गुणा गरेर" खाद्यान्न सञ्चय गर्नु उपयुक्त हुन्छ।

सञ्चयको सजिलो उपायहरुमा; दैनिक रूपमा प्रयोग हुने सामानहरू थोरै बढी किनेर राख्ने, म्याद सकिन लागेका खाद्य वस्तुहरू पहिला उपभोग गर्ने, र उपभोग गरेको परिमाण अनुसार पुनः किनेर राख्ने अभ्यास (रोटेशन स्टक विधि)अपनाउनु सरल र सस्तो विकल्प हो।

त्यस्तै, विपद् बेला खानपानमा ध्यान दिनुपर्ने कुराहरु जस्तै कि, भात वा पाउरोटीजस्ता कार्बोहाइड्रेटमा मात्र भर पर्ने सम्भावना हुनाले प्रोटिन, भिटामिन, र फाइबरको कमी हुनसक्छ। त्यसैले, माछा, मासु, सिमीजन्य क्यान खाद्य, गाजर, प्याजजस्ता लामो समय टिक्ने तरकारीहरू पनि सञ्चय गर्न उपयुक्त हुन्छ। लामो समय टिक्ने, कोठाको तापक्रममा राख्न मिल्ने र पोषण सन्तुलन मिल्ने खाद्य वस्तुहरूरोजौं।

दैनिक जीवनमै विपद् सचेतना राखौं र आफ्नै क्षमताभित्र रहेर तयारी गरौं।

 

 

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना

शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा “याराना हिरोबा

तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,

हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमाहरेक महिना आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।

जुन महिनामा यो कार्यक्रम२४ तारिक मंगलबारहुनेछ। 

समय बिहान१०:३० देखि ११:३० सम्महो।

कार्यक्रमको विषयबस्तु "अभिभावक-बच्चाखेल!"रहेको छ। शिशुलाई काखमा राखेर गीत गाउने, चित्रकथा पढ्ने जस्ता गतिविधिहरू गर्दै, अभिभावक र बच्चाबीचको आत्मीय सम्बन्ध बढाउने खेल खेलिन्छ। खुला र फराकिलो ठाउँमा, घरभन्दा फरक प्रकारका रमाइला खेलहरू खेल्ने अवसर प्रदान गरिन्छ।

आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको फेसबुकमा हेर्नुहोस्।

 

 

विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्श कार्यक्रम २०२५

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेनमा, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर, फुकुओका YWCA”,“Fukuoka International Residents Association” सँगको सहकार्यमा, "विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्श कार्यक्रम २०२५" आयोजना हुने भएको छ।

यस परामर्श कार्यक्रममा, विदेशी मूलका बालबालिकाहरूका लागि प्रिस्कूलरदेखि हाई स्कूल सम्मको शैक्षिक परामर्श दिईन्छ। यस अतिरिक्त, अध्यागमन ब्यूरो र प्रशासनिक कानूनी सल्लाहकारहरूद्वारा बसोबास सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ।

परामर्श नि:शुल्क छ, तर अग्रिम बुकिङ आवश्यक छ

जापानी, अंग्रेजी र चाइनिज, भियतनामी, नेपाली भाषामा परामर्श उपलब्ध छन्।

कार्यक्रम हुने दिन: जुलाई १२, शनिबार दिउँसो १:०० देखि

आयोजना स्थल: हाकाता वार्डको तेन्यामाचीमा स्थित फुकुओका सिटी इन्टरनेशनल सेन्टर

बुकिङ  तथा सोधपुछको लागि, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदरको वेबसाइटमा हेर्नुहोला।

<< previous 1 2 3 4 5 6 7 8 9

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ