ブログ

ポッドキャスト

ポッドキャスト RSS

2021年07月

2021.07.29[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【आजको अन्तर्वार्तामा पाहुना】

मिराज सेदाई (Indo-Neparu Ryori Izayaka Khanpai को Owner)

 

https://www.facebook.com/pg/%E7%84%BC%E8%82%89%E5%B1%85%E9%85%92%E5%B1%8B%E3%82%AB%E3%83%B3%E3%83%91%E3%82%A4-113175703751279/community/

2021.07.22[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , समुदाय(コミュニティ)

【पानीको राम्रोसँग उपयोग】

अगस्ट आउनै लाग्यो। अगस्ट, बर्षको सबैभन्दा बढी पानी प्रयोग हुने महिना हो।

हामीहरु प्राय:, पानीको असुविधा बिना प्रत्येक दिन बिताउँदै आइरहेकोले, धारा खोल्नासाथ जुन बेला पनि चाहे जति पानी आउँछ भनेर सोच्न सजिलो छ।

यद्यपि, यस पानीलाई पानीको स्रोतबाट धारासम्म सुरक्षित रूपमा पुर्याउन धेरै मानिसहरूको श्रम लागेको हुन्छ। पानी भनेको सीमित र अमूल्य स्रोत हो भन्ने कुरा राम्रोसँग बुझ्न जरुरी छ।

त्यस्तै, पानी खेर नफाली आवश्यक जति मात्र पानी उपयोग गरेर पानीको बचत गर्ने प्रयास महत्वपूर्ण छ।

जापानका शहरहरूमध्येमा, प्रति व्यक्ति कम पानी प्रयोग गर्ने शहर, वास्तवमा फुकुओका हो।

अवश्य तपाईंहरुले पनि दैनिक रुपमा पानीको प्रयोग समझदारीका साथ गर्नुहोला।

सबैभन्दा पहिले, दैनिक जीवनमा तुरून्त पानीको बचत गर्न सक्ने तरिकाहरूको परिचय दिनेछु।

१. मुख धुँदा, दाँत माझ्दा, वाशबेसिन वा कपको प्रयोग गर्नुहोस्, धारा खोली नराखौं।

२. खाना बनाउने क्रममा, पानीको बहावलाई मिलाएर, तरकारी र भाँडा पखाल्ने गरौं।

३. ओफुरोको समयमा, शावरको धारालाई बन्द गर्नुहोस्, धेरै मात्रामा तातो पानी प्रयोग नगर्नुहोस्।

सिमित स्रोतको प्रभावकारी ढंगले उपयोग गरौं।

 

【प्रसाशनिक वकिलद्वारा परामर्श सम्बन्धि】

आवासको स्थिति र आवास अवधिको बारेमा, तपाईले केही कुरा नबुझेको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

हरेक महिनाको दोस्रो आइतबारको दिउँसो, प्रसाशनिक वकिलद्वारा तपाईंको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।

 

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैनI

अन्य भाषाहरुमा परामर्श गर्न चाहने महानुभावहरुले, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

 

गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्I

 

विस्तृत जानकारी वा बुकिंग गर्ने तरिकाका लागि, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज तथा फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क गर्नुहोलाI

 

नयाँ कोरोनाभाइरस संक्रमण रोक्नको लागि, यहाँ आउनुहुँदा सकेसम्म मास्क लगाउन र हात धुनका लागि अनुरोध गर्दछौंI

 

【Mail Magazine को परिचय】

“Fukuoka City International Foundation Mail Magazine” भन्नाले, फुकुओकाको अन्तर्राष्ट्रिय अन्तर्क्रिया, अन्तर्राष्ट्रिय सहयोगको बारेमा, हरेक महिना अंग्रेजी र जापानी भाषामा समाचार दिने Mail Magazine हो।

वेबसाइटबाट सजिलै यस सेवाको लागि आवेदन दिन सक्ने भएकोले, कृपया "fcif" भनि खोजेर प्रयोग गर्नुहोला।

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

कोरोनाभाइरस संक्रमणको सम्बन्धमा, प्रत्येक व्यक्तिले संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI

2021.07.15[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【विश्व इमोजी दिवस】

जुलाई १७, विश्व इमोजी दिवस हो। ईमोजी सम्बन्धित वेबसाइट "Emojipedia" को आयोजक Jeremy Burge ले सन् २०१४ मा स्थापना गरेका थिए। यसलाई अंग्रेजीमा "World Emoji Day" भनिन्छ। यो मिति चाहिं, धेरैजसो स्मार्टफोनको क्यालेन्डरको ईमोजीले जुलाई १७ लाई प्रतिनिधित्व गर्दै आईरहेको तथ्यबाट देखिन्छ।

"इमोजी" जापानमा सिर्जना भएको हो र सन् १९९९ मा NTT Docomo को मोबाइल फोन सेवा      "i-mode" मा राखिएको थियो। त्यस समयमा, इमोजी "शब्द" नभई "चित्रण" हो, भनेर आलोचनाहरू पनि भएका थिए तर पछि गएर, विशेष गरी युवाहरू माझ अत्यन्तै लोकप्रिय भई फैलियो।

अनि, २०१० मा अन्तर्राष्ट्रिय क्यारेक्टर कोड "युनिकोड" मा नयाँ थपियो। फलस्वरुप, मोबाइल फोनको इमोजी, कम्प्युटर र स्मार्टफोन आदिमा पनि प्रयोग गर्न मिल्ने भई, अहिले "इमोजी" को रूपमा विश्वभरका मानिसहरूले प्रयोग गरिरहेका छन्।

इमोजी, भाषा नबुझे पनि कुराकानी सहज बनाउने भएकोले, विश्वव्यापी भाषा हो भन्दा पनि ठिकै होला।

 

【अत्याधिक गर्मीदेखि सावधान हुनुहोस् !】

अत्याधिक गर्मीको बेला, गर्मीबढ्ने जस्ता गाह्रो ब्यायाम गरेमा शरीरले तापक्रम नियन्त्रण गर्न सक्दैन, अनि शरीरमा पानी र नुनको मात्रामा असन्तुलन पैदा हुन्छI

अत्याधिक गर्मीले गर्दा टाउको दुख्ने, चक्कर आउने, बान्ता हुने र झाडापखाला लाग्ने जस्ता लक्षणहरु देखा पर्न सक्छ। यस्तो बेलामा शरीरलाई  चिसो पार्ने तथा नुन पानी पिउने गर्नुपर्दछI यदि यस्तो गर्दा नी ठिक नभएमा, ११९ मा फोन गरेर एम्बुलेन्स बोलाउनुहोस्।

विशेष गरि, यो जुलाईमा चर्को घामसँगै बढेको अत्याधिक गर्मीका कारण आपतकालीन वाहकहरु धेरै परिचालन गरिन्छ।

यस्तो अत्याधिक गर्मी र आर्द्रतालाई शरीरले सामान्य रुपमा लिन नसक्ने हुनाले कृपया सावधान हुनुहोलाI

नयाँ कोरोनाभाइरसको संक्रमणलाई फैलिन नदिन, घरमा बिताउने समय बढी रहेको छI

अत्याधिक गर्मीको असर, घर बाहिर मात्र नभई, घर भित्र पनि हुन सक्छ।

गर्मीमा मास्क लगाउँदा अझ धेरै गर्मीको प्रभाब बढ्ने सम्भावना हुन्छ, कृपया सतर्क हुनुहोस्I

〇अब केही अत्याधिक गर्मीबाट बच्ने उपायहरु बताउन गईरहेकी छुI

・ध्यानपूर्वक शरीरमा पानीको आपूर्ति गर्ने गरौं।

शरीरमा पानीको आपूर्तिको लागि आफ्नो दैनिकीमा चिया र पानीको सक्दो धेरै प्रयोग गरौंI

व्यायाम गर्दा Sports drinks पिउनु पनि उपयुक्त मानिन्छI

यदि तपाईको धेरै पसिना निस्किरहेको छ भने, नुन र पानी पिएर शरीरमा पानीको मात्रा कायम राखौंI

・टोपी वा छाताको प्रयोग गरि, प्रत्यक्ष सूर्यको किरणबाट जोगौं।

・कोठाको तापक्रम २८ डिग्री भन्दा बढी नबनाउनका लागि, air conditioner र फ्यान राम्रोसँग प्रयोग गर्ने गरौँI

・Cooling sheet र Ice pillow जस्ता चिसो पार्ने सामानहरूको प्रयोग गरौं।

・सन्तुलित आहार र राम्रो निद्रा लिएर, स्वस्थ्य शारीरिक अवस्थालाई कायम राखौं।

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

कोरोनाभाइरस संक्रमणको सम्बन्धमा, प्रत्येक व्यक्तिले संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI

2021.07.08[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【क्यूउरी अर्थात् काँक्रो】

वर्षभरि खान सकिने तरकारी हो, क्यूउरी अर्थात् काँक्रो। यसमा ९५% भन्दा बढी पानीको मात्रा हुन्छ।

साथै, क्यूउरीमा प्रशस्त मात्रामा रहेको पोटाशियममा मूत्रवर्धक छ भनिन्छ तथा ह्यांगओभर र हातखुट्टाहरूको सूजनलाई कम गर्नका लागि पनि राम्रो मानिन्छ।

 

फुकुओका प्रान्तमा, संस्थागत खेतीमा केन्द्रित भई वर्षभरि स्वादिष्ट क्यूउरी उत्पादन र शिपिंग गर्दै आईरहेको छ। हाकाता पोर्ट लामो समयदेखि, महाद्वीपसँगको व्यापारको मुख्य केन्द्रबिन्दु भएकोले, खेतीको शुरुवात जापानमा पनि पहिलेदेखि नै भएको देखिन्छ।

घरमा क्यूउरीलाई भण्डारण गर्दा, पानीलाई पुछेर, तिनीहरूलाई सुख्खा हुन नदिन प्लास्टिकको झोलामा राखेर फ्रिजको तरकारी डिब्बामा राख्ने गर्नुहोस्।

अधिकतम तापक्रम १० देखि १५ डिग्री सेल्सियस, अधिक चिसोले क्यूउरी तितो हुनुका साथै भिटामिन C मा पनि कमी आउने भएकोले ध्यान दिनुहोला।

 

फुकुओका शहरलाई प्रतिनिधित्व गर्ने उत्सव, हाकाता गिओन् यामागासाको बेला, जुलाई १ देखि जुलाई १५ सम्म, उत्सवमा भाग लिने मानिसहरूले कहिल्यै क्यूउरी खाँदैनन्।

किनकि, गोलो आकारमा काटिएको क्यूउरीको भाग, यामागासाको देवताको चिन्हसँग मिल्दोजुल्दो छ भनिन्छ।

 

【फुकुओका शहरको सूचना “नयाँ कोरोनाको खोपको सूचना】

तपाईंले फुकुओका शहरबाट हुलाक मार्फत्, नयाँ कोरोनाको खोपको सूचना प्राप्त गर्नुहुनेछ, त्यसैले खाम खोलेर अवश्य भित्र हेर्नुहोस्।

खोप कुपन र २ वटा प्रारम्भिक परिक्षा स्लिपहरूको साथसाथै, खोप निर्देशिका, खोप जानकारी पुस्तिका, तथा रिजर्भेसन शुरु मिति र समय सूचना पुस्तिका समावेश छन्।

 

१६ वर्ष वा १६ वर्षभन्दा माथिका व्यक्तिहरु खोपका लागि योग्य छन्।

खोपको संख्या २ पटक हो, ३ हप्ताको अन्तरालमा दिईन्छ।

  

खोप दिने स्थान, स्थानीय क्लिनिक वा प्रत्येक वार्डको सामुहिक खोप केन्द्र हो।

भविष्यमा खोप केन्द्रहरूको संख्या बढ्ने सम्भावना पनि छ।

 

अन्तर्निहित चिकित्सा अवस्था भएका व्यक्तिहरुको उपस्थिति वा अनुपस्थिति वा उमेरको आधारमा, रिजर्भेसन शुरू मिति र समय फरक हुन्छ।

कृपया खामभित्र भएको "रिजर्भेसन शुरु मिति र समयको सूचना" मा, आफ्नो शुरु मिति र समय जाँच गर्नु होला।

अपोइन्टमेन लिन मिल्ने दिन भएमा, अवश्य अग्रिम रिजर्भेसन गर्नुहोस्।

रिजर्भेसन साइटमा, सकेसम्म दोस्रो पटकको खोपको लागि पनि त्यहि समयमा अपोइन्टमेन लिनुहोस्।

यदि साइटबाट रिजर्भेसन गर्न समस्या भइरहेको छ भने, कृपया फोनमा सम्पर्क गर्नुहोस्।

रिजर्भेसन गर्न तपाईंको आफ्नो भौचर नम्बर चाहिन्छ।

 

खोपको दिनमा; खोप कुपन, १ वटा प्रारम्भिक परिक्षा स्लिप र पहिचान खुल्ने कागजातको आवश्यक पर्दछ।

खोप कुपन एक किसिमको स्टीकर हो, तर यसलाई नहटाईकन जस्ताको तस्तै ल्याउनुहोस्।

१ पटकको खोपमा १ वटा प्रारम्भिक परिक्षा स्लिप प्रयोग गर्नुहोस्। कृपया खोप निर्देशिका पढेर, अग्रिम रुपमा भरेर लैजानुहोस्।

कृपया पाखुरामा खोप लगाउन सजिलो हुने किसिमका पहिरन लगाउनुहोस्।

मास्क पक्कै पनि लगाउनुहोस्।

तयार गरिएको खोप सोही दिन प्रयोग गर्नुपर्छ।

त्यसैले कमजोर शारीरिक अवस्था भएको बेला बाहेक, त्यो दिनमा रद्द नगरिदिन हुन अनुरोध गर्दछौं।

 

खोप लिन सकिने चिकित्सा संस्थानहरू आदिको, ताजा जानकारीहरुका लागि फुकुओका शहरको होमपेज हेर्नुहोला।

नबुझेको कुरा भएमा वा रिजर्भेसन साइटबाट रिजर्भेसन गर्न समस्या भइरहेको छ भने, कृपया फोनमा सम्पर्क गर्नुहोला। फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५, हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म फोन सेवा उपलब्ध छ।

अंग्रेजी, चाइनिज, कोरियाली आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

 

खोप निःशुल्क हो। कुनै पनि पैसा लाग्ने छैन।

साथै, फोन वा ईमेलबाट व्यक्तिगत जानकारीको लागि सोधिने छैन।

कृपया शंकास्पद फोन कल र ईमेलदेखि सावधान रहनुहोस्।

2021.07.01[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【आजको अन्तर्वार्तामा पाहुना】

निरोज श्रेष्ठ

 

 

 

 

 

(Daily Bazar को संस्थापक https://www.facebook.com/dailybazar2020)

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ