ブログ

ポッドキャスト

ポッドキャスト RSS

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

2025.09.11[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【होउजोउया】

फुकुओकाको शरद ऋतुको महत्त्वपूर्ण उत्सवका रूपमा परिचितहोउजोउया, फुकुओकाका तीन ठूला चाडपर्वहरूमध्ये एक हो। फुकुओका सहरको हिगाशी वार्डमा रहेको हाकोजाकी गु मन्दिरमा प्रत्येक वर्ष सेप्टेम्बर १२ देखि १८ तारिखसम्म, सात दिन र सात रातसम्म चल्ने यो चाडपर्व एक हजार वर्षभन्दा बढी समयदेखि चलिआएको परम्परा हो।

यो उत्सव हामीले जीवनयापनका लागि उपभोग गर्ने जीवहरूको आत्मालाई शान्ति दिन र उनीहरूप्रति कृतज्ञता व्यक्त गर्न मनाइने एक धार्मिक विधि हो। साथै, धेरै मानिसहरू व्यवसायमा सफलता र परिवारको सुरक्षाको कामना गर्दै यहाँ पूजा गर्न आउँछन्। हरेक वर्ष करिब १० लाख भक्तजनहरू यहाँ आउने गर्छन्।

मन्दिर जाने करिब एक किलोमिटर लामो बाटोमा, खानाका स्टलहरूदेखि लिएर विभिन्न खेलहरू (जस्तै: निशाना लगाउने र यो-यो माछा समात्ने खेल) सहित ५०० भन्दा बढी पसलहरू सजाइएका हुन्छन्, जसले गर्दा त्यहाँ ठूलो भीड लाग्छ। भूत घर र अन्यत्र खासै नदेखिने पुरानो शैलीका पसलहरू पनि यहाँको विशेषता हुन्।

पुरानो समयमा यहाँ अदुवा खेती हुने भएकाले, मन्दिर दर्शनपछि हरियो पातसहितकोताजा अदुवा उपहारका रूपमा घर लैजाने चलन अझै पनि छ। यो अदुवा प्रशस्त मात्रामा बेचिन्छ। गर्मीको मौसममा अदुवाको झोल वा अचार बनाएर खानु निकै लाभदायक हुन्छ। साथै, आन्को पेस्टले भरेको याकिमोची, परम्परागत जापानी मिठाई पनि यहाँको एक स्वादिष्ट परिकार हो।

यसबाहेक, यहाँ परम्परागत जापानी ड्रम (ताइको) को प्रस्तुति र "चानपोन" भनिने काँचका कलाकृतिहरूको प्रदर्शनी पनि हुन्छ। यहाँ "हातो-मिकुजी" नामक विशेष लोटरी पनि हुन्छ, जसमा कुनै पनि टिकट खाली हुँदैन र शुभ प्रतीकहरू अवश्य पनि प्राप्त हुन्छन्। भाग्यको परीक्षा गर्नका लागि यो पनि एक राम्रो विकल्प हो।

बिहानदेखि रातिसम्म हेर्न लायक धेरै कुराहरू रहेको यो शरद् उत्सवहोउजोउया, हरेक दिन मानिसको भीडले भरिभराउ हुन्छ। शरद ऋतुको फसलप्रति आभार व्यक्त गर्न र फुकुओकाको शरद ऋतुको यो परम्परा अनुभव गर्न तपाईं पनि यहाँ भ्रमण गर्न सक्नुहुन्छ।

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

"सजिलो जापानी भाषा प्रयोग गरेर संयुक्त राष्ट्र संघका कर्मचारीहरुसँग सहरको योजना बनाऔं!" सहभागीताको लागि आवेदन खुल्ला

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनले UN-Habitat Fukuoka Headquarter का कर्मचारीलाई प्रशिक्षकको रूपमा आमन्त्रण गरी सहर निर्माण सम्बन्धी कार्यशाला आयोजना गर्ने भएको छ।

यस कार्यशालामा सहभागी हुन चाहने व्यक्तिहरूको उमेर सीमा कक्षा ४ देखि कक्षा ९ सम्मका प्राथमिक विद्यालयदेखि माध्यमिक विद्यालयका विद्यार्थीहरु हुन्।
कार्यक्रम, सेप्टेम्बर २८, आइतवार; १०:०० बजे देखि ११:३०बजे सम्म, ACROS Fukuoka को सभा कक्षमा आयोजना हुनेछ।

UN-Habitat Fukuoka Headquarter, क्यूसु क्षेत्रको एक मात्र संयुक्त राष्ट्रको संस्था हो, जसले "मानव बसोबास" सँग सम्बन्धित विभिन्न परियोजनाहरू सञ्चालन गर्छ।

कार्यशालामा सहभागीहरू आफूलाई Habitat गाउँका बासिन्दाको रुपमा सोची, भारी वर्षाबाट धेरै क्षति भएको गाउँको पुन:निर्माणको लागि सबैजना मिलेर योजना बनाउनेछन्। कार्यशाला सरल जापानी भाषामा सञ्चालन हुने भएकोले विदेशी मूलका बालबालिकाहरू पनि सहज रूपमा सहभागी हुन सक्छन्। संयुक्त राष्ट्रका विश्वव्यापी गतिविधिहरूमा रुचि राख्नुहुने सबैलाई सहभागिताको लागि स्वागत छ।

सहभागिता निःशुल्क छ, तर अग्रिम बुकिंग अनिवार्य छ।
बुकिंग प्रक्रिया र अन्य जानकारीको लागि फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको वेबसाइट वा फेसबुक पेज हेर्नुहोस्।
फाउन्डेसनको वेबसाइट『www.fcif.or.jp』

2025.07.10[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , रोजगार तथा उद्यमशीलता(就業・起業)

【फुकुओका सिटी सबवे - खाली कोइन लककर खोज्ने सेवा】

फुकुओका शहरको तेनजिन र हाकाता जस्ता व्यस्त क्षेत्रमा विदेशी पर्यटकहरू बढिरहेकाले सामान राख्ने कोइन लककरको प्रयोग पनि बढेको छ। यसै कारण, फुकुओका सिटी सबवेले यात्रुहरूलाई सजिलो बनाउन तेनजिन र हाकाता स्टेशनमा नयाँ सेवा सुरु गरेको छ, जसले खाली लककर सजिलै पत्ता लगाउन मद्दत गर्छ।

यो सेवाबाट यात्रुहरूले लककर खाली छ कि छैन भनेर प्रयोग गर्न चाहेको समयमा हेर्न सक्नेछन्। स्टेशनका दुई स्थानमा रहेको लककरमा टच प्यानल राखिएको छ, जसले लककरको आकार र स्थान हेर्न सकिन्छ।

यो सेवा अंग्रेजी, चाइनिज र कोरियन भाषामा पनि उपलब्ध छ। साथै, टच प्यानल नभएका लककरहरूका लागि QR कोड स्क्यान गरेर मोबाइल फोनबाट पनि जानकारी लिन सकिन्छ।

यसबाहेक, दुबै स्टेशनमा ठूला झोला राख्न मिल्ने ठूला लककरहरूको संख्या दोब्बर बनाइएको छ, जसले सेवा अझै सहज र आरामदायी भएको छ।

अब चाँडै गर्मी बिदा सुरु हुँदैछ। फुकुओका शहर सजिलै घुम्न र रमाइलो गर्नका लागि, यदि तपाईं सँग धेरै सामान छ भने यो सेवा प्रयोग गरेर हेर्नुहोस् है।

🔎ロッカーコンシェルジュ|富士アイティ株式会社

 

 

फुकुओका शहरको/फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना

नेच्च्युस्योउ अर्थात् लू लाग्नुबाट सावधान हुनुहोस्!

अत्याधिक गर्मीको बेला, गाह्रो ब्यायाम वा तीव्र शारीरिक क्रियाकलापका कारण शरीरले आफ्नो तापक्रम ठीकसँग नियन्त्रण गर्न सक्दैन, जसले गर्दा शरीरमा पानी र नुनको मात्रामा असन्तुलन पैदा भई नेच्च्युस्योउ अर्थात् लू लाग्छ नेच्च्युस्योउका लक्षणहरूमा टाउको दुख्ने, चक्कर आउने, वाकवाकी लाग्ने र झाडापखाला लाग्ने जस्ता हुन्।

यस्तो बेलामा शरीरलाई चिसो पार्ने तथा नुन पानी पिउने गर्नुपर्दछ। यदि यस्तो गर्दा पनि निको नभएमा, ११९ मा फोन गरेर एम्बुलेन्स बोलाउनुपर्छ।

विशेष गरी, भारी वर्षा समाप्त भएपछि, जुलाईबाट अधिकतम तापमान बढ्ने समयमा आकस्मिक कक्षमा ल्याउनेहरुको सङ्ख्या ह्वात्तै बढ्छ। यस समयमा, उच्च आर्द्रता हुने र शरीरलाई अधिकतम गर्मीको बानि नहुने हुनाले धेरै ध्यान दिनु आवश्यक छ। लू, घर बाहिर मात्र होइन घर भित्र पनि हुन सक्छ।

अब केही नेच्च्युस्योउबाट बच्ने उपायहरु बताउन गईरहेकी छु।

  • तरल पदार्थ बारम्बार पिउने गर्नुहोस्। 

नियमित रूपमा जौको चिया र पानी पिउने, व्यायाम गर्दा Sports drinks पिउनु पनि उपयुक्त मानिन्छ। पसिना आउँदा, नुनपानी पिएर शरीरमा पानीको मात्रा कायम राखौं।

  • टोपी वा छाताको प्रयोग गरेर प्रत्यक्ष घामबाट जोगौं।

  • कोठाको तापक्रम २८ डिग्री सेल्सियसभन्दा कम राख्न, बुद्धिमानीपूर्वक air conditioner र फ्यानको प्रयोग गरौँ।

  • Cooling sheet र Ice pillow जस्ता चिसो पार्ने सामानहरूको प्रयोग गरौं।

  • सन्तुलित आहार र पर्याप्त निद्रा लिएर, स्वास्थ्यको ख्याल गरौं।

🔎फुकुओका सिटी गर्मी स्ट्रोक रोक्न र गर्मीको आनन्द लिनुहोस्

 

 

विदेशी विद्यार्थीहरूका लागि रोजगारी परामर्श सेवा सुरु गरिएको छ!

फुकुओका शहरभित्र रोजगारी चाहने विदेशी विद्यार्थीहरूका लागि निशुल्क रोजगारी परामर्श सेवा सुरु गरिएको छ।

यस परामर्श केन्द्रमा, विशेषज्ञले रोजगारीका लागि आवश्यक बसोबास अनुमति (भिसा) सम्बन्धी जानकारी, अन्तर्वार्ता तयारी लगायतका विषयहरूमा निरन्तर सहयोग र सल्लाह प्रदान गर्नेछन्।

परामर्श केन्द्रको स्थान:
फुकुओका शहर, हाकाता वार्डको तेन्यामाची स्थित "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन" भित्र।

अनलाइनबाट पनि परामर्श लिन सकिन्छ।

विस्तृत समय तालिका र अग्रिम बुकिङका लागि
「Global Community Fukuoka」को Facebook पेज हेर्नुहोस्।

 🔎Global Community Fukuoka | Facebook

2025.06.26[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【【फुकुओका म्याराथन 2025】 स्वयंसेवकको लागि आवेदन खुल्यो】

यस वर्ष पनि, नोभेम्बर ९मा फुकुओका म्याराथनआयोजना हुँदैछ।
च्युओ वार्डको तेन्जिनदेखि इतोशिमासम्म फैलिएको ४२.१९५ किमी लामो, शहर र प्रकृतिको समिश्रण भएको आकर्षक कोर्समा, जापान तथा विदेशबाट आएका धावकहरूले दौडनेछन्।

यस म्याराथनको सफल आयोजनाका लागि, हाल ३,५००जना स्वयंसेवकहरूभर्ना गरिँदैछ।
स्वयंसेवकहरूको सहयोग र उत्साहजनक हौसला, करिब१५,०००धावकहरूको ठूलो प्रेरणाबन्नेछ।

स्वयंसेवकहरूको मुख्य कार्यहरू भन्नाले, दर्ता लिने, दौड मार्गको तयारी, सामान-झोला राख्ने स्थानको व्यवस्थापन, पानी र खाना दिने स्थानमा सहयोग, दर्शक तथा धावकहरूलाई सूचना तथा मार्ग निर्देशन, भाषा अनुवादन आदि हुन्।

गतिविधि हुने मिति: नोभेम्बर ६देखि ९सम्म (४ दिनमध्ये कुनै एक दिन छान्न सकिन्छ)।

स्वयंसेवकको लागि उमेर सीमा १५ वर्ष वा सोभन्दा माथि हुनुपर्छ (तर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई भने सहभागी हुन मिल्दैन)।
समूह वा संस्थाको रूपमा पनि सहभागी हुन सकिन्छ।

भाग लिन चाहने व्यक्तिले जापानी भाषा पढ्न र लेख्न जान्नुपर्नेछ, र पूर्व-निर्धारित अनलाइन वा स्थलमा हुने जानकारीमूलक बैठकमा अनिवार्य रूपमा सहभागी हुनुपर्नेछ।

धावकहरूलाई सहयोग र हौसला दिँदै कार्यक्रमलाई रमाइलो बनाउन सक्ने व्यक्ति, पहिले सहभागी भइसकेका वा पहिलो पटक सहभागी हुन चाहने सबैलाई स्वागत गरिन्छ!

साथै, स्वयंसेवकहरूलाई "स्वयंसेवक धावक कोटा" वा "अर्को प्रतियोगिताको सहभागिता अधिकार" पनि प्रदान गरिन्छ।

विस्तृत जानकारीका लागि कृपया फुकुओका म्याराथनको आधिकारिक वेबसाइट हेर्नुहोस्।

 

 

फुकुओका शहरको सूचना

“फुकुओका शहर राष्ट्रिय स्वास्थ्य बिमा” सम्बन्धि सूचना

 जापानमा, बिरामी पर्दा वा चोट लागेमा, कम खर्चमा निश्चिन्त भएर उपचार सेवा प्राप्त गर्नका लागि, सबै व्यक्तिहरूलाई सार्वजनिक स्वास्थ्य बिमा प्रणालीमा सामेल हुने व्यवस्था गरिएको छ। ३ महिनाभन्दा बढी समयसम्म जापानमा बस्न अनुमति प्राप्त गरेका व्यक्तिहरूले, कम्पनीको स्वास्थ्य बिमा नभएका हकमा, राष्ट्रिय स्वास्थ्य बिमा लिनु अनिवार्य छ। यो बिमा लिन, तपाईं बसोबास गरिरहनु भएको क्षेत्रको वार्ड कार्यालयमा गएर प्रक्रिया पूरा गर्नु पर्छ।

फुकुओका शहरको राष्ट्रिय स्वास्थ्य बिमा लिनुभएको व्यक्तिहरुले बिमा शुल्क तिर्नु पर्छ। बिमा शुल्क तपाईंहरूको स्वास्थ्य उपचार खर्चका लागि महत्त्वपूर्ण स्रोत हो।

 २०२५ अप्रिलदेखि २०२६ मार्चसम्मको बिमा शुल्क, गत वर्षको आम्दानी लगायतका आधारमा जुन महिनामा निर्धारण गरिएको छ। बीमा शुल्क तिर्नु पर्ने व्यक्तिहरूलाईजुन महिनाको मध्यतिर नीलो रंगको खाममार्फतभुक्तानी सूचना पत्र पठाइएको छ, कृपया जाँच गर्नुहोस्। खामभित्रको कागजमा लेखिएकोबीमा शुल्कको रकमहेरी, तोकेको म्यादभित्र भुक्तानीगर्नुहोस्।

यदि बीमा शुल्क समयमै नतिरेमा, तपाईंको सम्पत्ति जाँच गरिनेछ,बैंक खातामा रहेको बचत वा तलबसमेत रोक्का गरिन सक्नेछ, त्यसैले सावधानी अपनाउनुहोस्।

यदि कुनै कुरा बुझ्न गाह्रो भएमा, फोन मार्फत २३ वटा भाषाहरुमा परामर्श लिन सकिन्छ। फोन नम्बर ०९२-७५३-६११३ हो। 

यो नम्बरमा फोन गर्दा पहिले दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ। आफू बस्ने वार्ड अनि तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

2025.05.22[Thu] 09:00

जापानी भाषा(日本語) , चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【Hakata Machiya Furusatokan】

के तपाईंहरूले हाकातामा अवस्थित एक प्रमुख पर्यटकीय स्थल Hakata Machiya Furusatokan को भ्रमण गर्नुभएको छ?

यो संग्रहालय फुकुओका शहरको हाकाता वार्डमा पर्ने रेइसेनमाची भन्ने स्थानमा, प्रसिद्ध कुशिदा मन्दिरको नजिकै अवस्थित छ। यहाँबाट पुरानो हाकाताको जीवनशैली र परम्परागत संस्कृति हेर्न र अनुभव गर्न सकिन्छ।

Hakata Machiya Furusatokan फुकुओका शहरको सांस्कृतिक सम्पदामा सूचीकृत भवनहरू, हाकाता र फुकुओकासँग सम्बन्धित सामग्रीहरू पाइने उपहार पसल, र हाकाताको इतिहास तथा संस्कृतिका विषयमा जानकारी दिने प्रदर्शनीहरूले भरिपूर्ण छ। साथै, यहाँ परम्परागत शिल्पकला निर्माण गर्ने शिल्पकारहरूको कार्य हेर्न सकिन्छ र उनीहरूसँगै मिलेर शिल्पकला सिक्न र अभ्यास गर्न सकिने अवसर पनि उपलब्ध छ।

यस वर्ष, संग्रहालयको स्थापना भएको ३० वर्ष पुगेको अवसरमा, यहाँ रहेको उपहार पसलमा नयाँ क्याफे थपेर अप्रिल महिनामा पुनः खोलिएको छ।

नयाँ नाममा खुलेको यो क्याफे र पसल "हाकाताकारा (Hakatakara)" मा, हाकाताको परम्परागत शिल्पकला, फुकुओकाका लोकप्रिय सामग्रीहरू, स्थानिय मिठाइहरू र केवल यहीँ मात्र पाइने विशेष वस्तुहरू बिक्रीमा राखिएका छन्, जसले उपहारको रूपमा लैजानका लागि उपयुक्त बनाउँछ। क्याफेमा तपाईंले जापानी चिया र परम्परागत मिठाइहरूको स्वाद लिन सक्नुहुन्छ।

हाकाताको परम्परा र संस्कृतिलाई नजिकबाट जान्न र अनुभव गर्न सकिने यो नयाँ स्थल हो, अवश्य जानुहोला।

 

 

फुकुओका शहरको सूचना

यासासीई निहोन्गो राजीओ कोउजा अर्थात् सरल जापानी भाषा रेडियो कोर्सको परिचय

तपाईहरुले यासासीई निहोन्गो राजीओ कोउजा अर्थात् सरल जापानी भाषा रेडियो कोर्स को प्रसारण सुन्नुभएको छ?

यो कार्यक्रम, जापानी भाषा राम्ररी नबुझ्ने विदेशीहरू सबैका लागि हो, र यस कार्यक्रममा सरल जापानी भाषामा बिस्तारै बोलिन्छ।

विदेशीहरुले जापानमा बसोबास गर्दा थाहा पाउनु पर्ने सूचनाहरुको बारेमा जानकारी दिईनेछ।

यो कार्यक्रम प्रत्येक शुक्रवार ९:५४ बाट प्रसारण हुँदै आईरहेको छ।

बुझ्न गाह्रो भएमा, वा सुन्न छुटेको भएमा पनि ठिकै छ!

Love FM को होमपेजमा पोष्ट गरिएको स्क्रिप्टमा हेरेर Podcast मा बारम्बार सुन्न सक्नुहुन्छ।

कृपया सुनिदिनु होला।




HIV परिक्षण सप्ताहको बारेमा

जुन १ देखि जुन ७ सम्मको १ हप्ता "HIV परिक्षण सप्ताह" हो।

रेइवा मा, फुकुओका शहर भित्रको चिकित्सा संस्थानहरूले दिएको नयाँ रिपोर्ट अनुसार HIV संक्रमित व्यक्तिहरु २७

 जना र एड्सका बिरामीहरू १५ जना थिए। HIV संक्रमणको रोकथाम, प्रारम्भिक पहिचान र प्रारम्भिक उपचार महत्त्वपूर्ण छ। HIV संक्रमण हुँदैमा, धेरैजसो लक्षणहरू नदेखिने भएकोले, संक्रमण छ कि छैन भनेर पत्ता लगाउन परिक्षण गर्न आवश्यक छ।

प्रत्येक वार्डको Health and Welfare Center मा, निःशुल्क र गोप्य रूपमा HIV परिक्षण गराउन सक्नुहुन्छ। यो केवल रगत लिएर गरिने सजिलो परीक्षण हो।

परिक्षण गर्न मिल्ने दिन तोकिएको हुनाले, कृपया जानुअघि फुकुओका सिटीको होमपेज आदिबाट अग्रिम जानकारी लिनुहोला।

HIV संक्रमणको प्रारम्भिक पहिचान र उचित स्वास्थ्य सेवा र उपचार प्राप्त गर्नाले एड्स फैलिने गतिलाई ढिलाइ गर्न सक्दछ। त्यसैले, आफुलाई शंका लाग्ने बित्तिकै, प्रारम्भिक परिक्षण गर्ने गरौँ।

2025.04.03[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他)

【फुकुओका ज्योउ साकुरा माचुरी】

तपाईंहरुले यस वर्षको साकुरा फुलेको देखिसक्नु भयो कि? हरेक वर्ष मार्चको अन्त्यदेखि अप्रिलको शुरुवातसम्म, फुकुओका शहरको "माइजुरु पार्क" मा साकुरा फूल फुल्ने समयमा फुकुओका ज्योउ साकुरा माचुरीआयोजना गरिन्छ।

माइजुरु पार्क एक प्रसिद्ध स्थल हो, जहाँ सोमेइयोशिनो र शिडारेजाकुरा जस्ता १९ प्रकारका साकुराका फूलहरू फुल्छन्। यस वर्ष पनि फुकुओका ज्योउ साकुरा माचुरीयहाँ भइरहेको छ।

यस महोत्सवको आकर्षण भनेको, यहाँ विभिन्न स्वादिष्ट खानाका स्टल र किचन कारहरू राखिएका छन्। साकुराको दृश्यलाई हेर्दै वसन्तका परिकारहरूको मजा लिन सक्नुहुन्छ। फुकुओका शहरका लोकप्रिय रेस्टुरेन्टका स्टलहरू, उत्सवका परिकारहरूको स्टलहरू, यामे चिया, मिठाइ र जापानी मदिरासम्मका स्टलहरू छन्। त्यसमाथि, बच्चाहरूको लागि खेलकुदका उपकरणहरू, सडक कलाकारहरूको प्रदर्शन, र स्ट्याम्प र्याली जस्ता गतिविधिहरू पनि छन्, जसले गर्दा परिवारसँग जान उपयुक्त हुनेछ।

राति साकुरा र फुकुओका दरबार उज्यालोमा प्रकाशित हुन्छ, र रातको साकुरा फूलको दृश्य अति आकर्षक हुन्छ। पानीमा साकुराका रुखहरूको प्रतिबिम्ब उल्टो साकुरा पनि निकै सुन्दर देखिन्छ। यो दृश्य दिनको भन्दा बिल्कुलै फरक र रमाइलो हुन्छ।

यस हप्ता आइतबारसम्म जारी हुने यसफुकुओका ज्योउ साकुरा माचुरी】, यदि अझै जानु भएको छैन भने, पक्कै पनि भ्रमण गर्नुहोस्!

 

 

फुकुओका शहरको सूचना

विदेशीहरूले परामर्श लिन सकिने काउन्टरको परिचय

नयाँ जीवनमा कुनै समस्या वा नबुझेको कुरा छ कि?

Fukuoka City Consultation Support Center for Foreign Residents मा, आवास सम्बन्धी प्रकिया, रोजगार, चिकित्सा, कल्याण, प्रसुति, शिशु स्याहार, र बाल शिक्षा जस्ता जनजीवन सम्बन्धि परामर्श कहाँ लिने भनेर थाहा नभएको समयमा, उपयुक्त सम्पर्क काउन्टर तथा अन्य जानकारीहरु प्रदान गर्दै आईरहेको छ।

फोन नम्बर, (०१२०-६६-१७९९) ।

सम्पर्क समय ९:०० देखि ५:३० बजेसम्म । शनिवार, आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदाहरुमा बन्द हुन्छ।

२३ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

राष्ट्रिय स्वास्थ्य बीमा, फोहोर, कर, आदि जस्ता फुकुओका शहरका प्रक्रियाहरूको बारेमा बुझ्नु परेमा, दोभाषे सेन्टरमा कल गरेर, आफू बस्ने वार्डमा सम्पर्क गरि परामर्श लिन सक्नुहुन्छ।

फोन नम्बर, (०९२-७५३-६११३) । 

सम्पर्क समय ९:०० देखि ५:०० बजेसम्म । शनिवार, आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदाहरुमा बन्द हुन्छ।

२३ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

यस अतिरिक्त, चिकित्सा संस्था खोज्दा, अस्पतालमा डाक्टरसँग कुरा गर्दा, अस्पताल वा सिफारिस गरिएको फार्मेसीमा औषधि लिँदा, Fukuoka City Medical Interpreting Call Center को टेलिफोन अनुवाद सेवा प्रयोग गर्न सक्नुहुन्छ।

फोन नम्बर, (०९२-७३३-५४२९) हो।

चौबीसैघण्टा हरेक दिनलिन सकिने यो सेवा, २० वटा भाषाहरुमा उपलब्ध छ। 

उपयोग शुल्क निःशुल्क छ, तर फोनको शुल्क भने फोन गर्ने व्यक्तिले तिर्नु पर्छ।

2025.02.06[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【फुकुओका आरिआके नोरी】

हालको समयमा, फुकुओका प्रान्तले जापानभर गर्वले प्रस्तुत गर्ने उच्चतम गुणस्तरको नोरी हो,【फुकुओका अरिआके नोरी】! प्रान्तको दक्षिण भागमा फैलिएको आरिआके समुद्र,जापानका तीन प्रमुख उत्पादन क्षेत्रहरुमध्ये एक हो। यहाँको नोरीको सुगन्ध र जिब्रोमा फैलिने स्वाद यसको विशेषता हो।

ओनिगिरि देखि विभिन्न परिकारका टपिङसम्म, जापानको परम्परागत खानामा नोरी एक अपरिहार्य सामग्री हो। वास्तवमा, यसमा धेरै पोषक तत्वहरू हुन्छन्, जस्तै प्रोटिन, भिटामिन, खनिज, फलाम, क्याल्सियम, फाइबर र अन्य थुप्रै पोषक तत्वहरू, जसले यसलाई एक बहुप्रयोजनीय आहार बनाउँछ। 

नोरीको स्वाद, उत्पादन स्थान र मौसम अनुसार फरक पर्छ। फुकुओका आरिआके नोरी स्वादिलो हुनुको कारण भनेको अरिआके समुद्रमा प्रवेश गर्ने नदिहरूबाट आउने समुद्री पोषक तत्व र उपयुक्त नूनको मात्रासमेत समावेश भएकोले हो। साथै समुद्रको कम चढाइका समयमा भएको सुकाइ पनि एउटा कारण हो। प्राकृतिक अनुकम्पा र कुशल प्रविधिहरूले यसको स्वादलाई विशेष बनाउँछ। फुकुओका प्रान्तको आरिआके समुद्रको नोरीको सिजन, अक्टोबर मध्यदेखि अप्रिलको सुरु सम्म हुन्छ। संकलन समयको अवधिमा, नोरीको वास्तविक सुगन्ध पनि अनुभव गर्न सकिन्छ, जसले गर्दा चाख्न मन लागेर आउँछ। 

तर, यति स्वादिष्ट नोरी किनेर पनि यदि यो राम्रोसँग संरक्षित नगरेमा यसको स्वाद घट्न सक्छ। त्यसैले सुक्खा नोरीलाई राम्रोसँग बन्द गर्न मिल्ने कन्टेनरमा सुखा राख्ने पदार्थको साथ राखेर, प्रत्यक्ष सूर्यको प्रकाशबाट टाढा अँध्यारो स्थानमा राख्नुपर्छ। यो सामान्य तापक्रममा सुरक्षित राख्न सकिन्छ, तर फ्रिजमा राख्न पनि सक्नुहुन्छ। साथै, खाने अगाडि हल्का आगोमा सेकेर वा माइक्रोवेवमा तताएर नरमपनालाई हटाइदिंदा, यसलाई कुरकुरे स्वादिष्ट तरिकाले खान मिल्छ।

यस सिजनमा, स्वादिष्ट 【फुकुओका आरिआके नोरी】लाई भातसँग खाएर फुकुओकाको खानाको मजा लिनुहोस्♪

 

 

फुकुओका शहरको सूचना

जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना

 फेब्रुअरी महिना जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना हो।

जीवनशैलीसँग सम्बन्धित रोगहरू "जीवनशैली" को कारणले हुने रोगहरू हुन्।

जीवनशैलीसँग सम्बन्धित रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, CKD (दीर्घकालीन मिर्गौला रोग), हृदयाघात जस्ता रोगहरु असन्तुलित आहार र व्यायामको कमीले गर्दा हुन्छ।

साथै, धुम्रपान, अत्याधिक मद्यपान र तनावका कारण पनि जीवनशैलीसँग सम्बन्धित रोगहरू निम्त्याउन सक्छ।

 स्वस्थ जीवन जिउनका लागि दिनको तीन पटक निश्चित समयमा सन्तुलित र उचित मात्रामा खाना खानु जरुरी छ। बजारमा पाईने तयारी खानेकुरा र चिल्लो खानेकुरा जस्ता पौष्टिक तत्व कम हुने आहारलाई निरन्तरता दिँदा मोटोपना र मधुमेह जस्ता रोग लाग्न सक्छ।

खानेबेला राम्रोसँग चपाउँदा पाचन प्रणालीमा भार कम हुन्छ र मुखको वरपरका मांसपेशीहरू पनि बलियो हुन्छ। कम्तिमा पनि २० मिनेटको हाराहारीमा बिस्तारै खाने गरौं।

 व्यायामको कमीको कारण मांसपेशिहरु घट्नाले, शरीरलाई चाहिने उर्जामा कम हुन गई, तौल बढ्ने सम्भावना बढी हुनेछ।

मांसपेशी र शरीरलाई तन्दुरुस्त कायम राख्न व्यायाम जारी राख्ने गरौं।

व्यायाम गर्ने अवसर कम भएका व्यक्तिहरुले, बजार जाँदा हिडेर जाने, लिफ्ट तथा इस्क्यालेटरको प्रयोग नगरी सकेसम्म भर्याङको प्रयोग गर्ने आदि जस्ता दैनिक जीवनमा थोरै मात्र भए पनि मिल्ने समयमा, अहिलेको भन्दा लगभग १० मिनेट बढि व्यायाम गरौं।

निद्राले मानसिक र शारीरिक थकान हटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन भूमिका खेल्छ।

रोग प्रतिरोधात्मक क्षमता कायम राख्न, निद्राको समय सुरक्षित गर्न र निद्राको गुणस्तर सुधार गर्न आवश्यक छ।

सुत्नुअघि स्मार्टफोन चलाउने, टिभी हेर्ने, क्याफिन खाने तथा अल्कोहल पिउने बानी नगरौं  किनभने यसले तपाईंको निद्राको गुणस्तर घटाउँछ।

साथै, मनतातो पानीमा बस्ने जस्ता आफ्नै किसिमको आराम गर्ने तरिकाहरु पत्ता लगाई, तनावमुक्त जीवन बिताउने प्रयास गरौं।

यस अवसरमा, तपाईं हामी पनि आफ्नो दैनिक जीवनशैलीको बारेमा सोचेर हेर्ने होइन त?

2025.01.23[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【फुकुओका प्रान्तका सरकारी विद्यालयहरुमा साइकल चढेर विद्यालय जाने विद्यार्थीहरुका लागि हेलमेट अनिवार्य】

फुकुओका प्रिफेक्चरल एजुकेशन बोर्डले यस वर्षको अप्रिल महिनाबाट, सबै सरकारी विद्यालयका साइलबाट विद्यालय जाने विद्यार्थीहरूलाई हेलमेट लगाउनु अनिवार्य गर्ने निर्णय गरेको छ। फुकुओका प्रान्तमा हेलमेटको प्रयोग दर निकै कम छ, र तीमध्ये पनि हाईस्कूलका विद्यार्थीहरूमा यो दर सबैभन्दा कम रहेको छ। अध्ययन अनुसार, हेलमेट नलगाएमा, टाउकोमा परेको झट्का हेलमेट लगाउँदा भन्दा लगभग ४ गुणा बढी हुने देखिएको छ।

फुकुओका प्रान्तका सरकारी हाईस्कूलका लगभग ६०% विद्यार्थीहरू साइकलबाट स्कूल जान्छन्। नयाँ शैक्षिक सत्रको सुरुवातमा, स्कूलका नियमहरूमा साइकलबाट स्कूल जान अनुमति दिनुका शर्तमा हेलमेट लगाउनु पर्ने कुरा थपिने छ।

साइकल चलाउँदा हेलमेट लगाउनु अनिवार्य छ भन्ने चेतना अझ फैलाउनु, हाम्रो ज्यान जोगाउन महत्त्वपूर्ण छ। हेलमेट छनोट गर्दा, जापानको सुरक्षा मापदण्ड पुरा गरेको "SG मार्क" भएको हेलमेट छनोट गर्न महत्त्वपूर्ण छ।

हेलमेटको सही प्रयोग गर्न महत्त्वपूर्ण छ। यसलाई ठीक ढंगले, बायाँदायाँ समान रूपमा र चिउडोको पट्टा एक औंला मात्र अड्काउने गरी कस्नुपर्छ।

हाईस्कूलका विद्यार्थी मात्र होइन, सबैलाई साइकल चलाउँदा हेलमेट लगाउन र यातायात नियमहरू पालना गर्दै सुरक्षित यात्रा गर्न ध्यान दिनु पर्छ, जसले गर्दा दुर्घटना रोक्न सकिन्छ।

 

 

फुकुओका शहरको सूचना

“नोरोभाइरसदेखि सावधान!”

जाडोमानोरोभाइरसको कारण वान्ता हुने, पखाला हुने, पेट दुख्ने र बान्ता आउला जस्तो हुने समस्या बढी हुने गर्छ। यो भाइरस निकै शक्तिशाली हुन्छ र थोरै मात्रामा शरीरमा प्रवेश गरे पनि संक्रमित हुन्छ। भाइरस युक्त हात वा खानेकुराबाट भाइरस शरीरमा प्रवेश गर्दछ र त्यसलेपखाला, वाकवाकी, बान्ता र ज्वरो निम्त्याउँछ। संक्रमण भएका व्यक्तिको वान्ता वा पेचिसबाट हावा मार्फत भाइरस फैलन सक्छ, साथै संक्रमित व्यक्तिले पकाएको खाना खाने पनि संक्रमणको कारण बन्न सक्छ। अर्को कुरा, भाइरस युक्त ओइस्टर जस्ता शेलफिशलाई नतताईकन खाँदा पनि संक्रमण हुन सक्छ।

यदि वान्ता र पखाला निकै गम्भीर भएमा, शरीरमा पानीको कमी (डिहाइड्रेशन) हुन सक्छ। त्यसैले, चाँडो भन्दा चाँडो चिकित्सकसँग परामर्श गर्नु महत्त्वपूर्ण छ। सामान्यतया २-३ दिनमा लक्षण सुधार हुन्छ, तर लक्षण हराए पनि १ हप्ता देखि १ महिना सम्म भाइरस शरीरबाट बाहिर निस्कने गर्दछ र यसले अन्यलाई संक्रमित गर्न सक्छ, त्यसैले सावधानी अपनाउनु पर्छ।

संक्रमण फैलिन नदिनका लागि केहि सावधानीहरु अपनाउनु महत्त्वपूर्ण छ:

खाना पकाउनु अघि, खाना खानु अघि, शौचालय पछि आदिमा, अवश्य साबुन पानीले हात धुनुहोस्।

खाना पकाउने सामग्री र भाँडाहरू हरेक पटक प्रयोग गरेपछि राम्रोसँग धोएर तातो पानी वा क्लोरीन ब्लीचले कीटाणुरहित पार्नुहोस्।

अल्कोहल स्यानिटाइजर नोरोभाइरसमा प्रभावकारी हुँदैन।

नोरोभाइरस ८५ देखि ९० तापक्रममा ९० सेकेन्डभन्दा बढी समयसम्म तातो गरेपछि मर्छ।

खाद्य सामग्रीलाई राम्रोसँग पकाउनुहोस् र नपकाइएको फलफूल र सागसब्जी राम्ररी पखाल्नुहोस्।

यदि स्वास्थ्य खराब छ भने, खाना पकाउनबाट बच्नु महत्त्वपूर्ण छ।

स्वास्थ्य खराब हुँदा अस्पताल जानु परेमा, फुकुओका सिटीमा मेडिकल अनुवाद कल सेन्टर उपलब्ध छ। यसलाई प्रयोग गरेर अस्पतालमा डाक्टरसँग कुरा गर्न वा औषधि लिनको लागि प्रयोग गर्न सकिन्छ। साथै, कुन अस्पतालमा जानु पर्ने हो थाहा नभएमा पनि परामर्श लिन सकिन्छ।

कल सेन्टरको फोन नम्बर ०९२-७३३-५४२९ हो। 

यो सेवा २४ घण्टा, हप्ताका सबै दिनहरूमा, २० भाषामा उपलब्ध भएकोले, समस्या परेमाउपयोग गर्नुहोस्।

2024.11.28[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , नियम तथा आचरण(ルール・マナー)

【भारतको महावाणिज्य दूतावास】

यहाँ फुकुओकामा, नयाँ "भारतको महावाणिज्य दूतावास" स्थापना हुँदैछ।
अहिले भारतको महावाणिज्य दूतावास ओसाकामा रहेको छ, र अब फुकुओका दोस्रो स्थान हुनेछ।

फुकुओकामा अहिले अमेरिका, चीन, दक्षिण कोरिया, भियतनाम, र थाइल्यान्डको महावाणिज्य दूतावासहरू छन्। तर, अब क्युशु क्षेत्रमा काम गर्ने भारतीय नागरिक र कम्पनीहरूको संख्या बढ्ने अपेक्षा गरिएकोले, डिसेम्बरमा यो दूतावास स्थापना गरिनेछ।

नयाँ महावाणिज्य दूतावासमा भिसा जारी गर्नका साथै, यहाँ बस्ने भारतीयहरूको सुरक्षाको व्यवस्थापन र अन्य कानुनी प्रक्रियाहरू, साथै भारतीय अर्थतन्त्र र संस्कृतिसम्बन्धी जानकारी उपलब्ध गराइनेछ।
एशियाको प्रवेशद्वार फुकुओका शहर अब अझ बढी जीवन्त र चहलपहल हुने भएको छ!

 

 

【फुकुओका शहरको सूचना】

“विश्व एड्स दिवस सम्बन्धि”

HIV सङ्क्रमण भएपछि, केही वर्षसम्म कुनै लक्षण नदेखिन सक्ने भएकाले धेरै मानिसहरूलाई एड्सको लक्षण देखिएपछि मात्र यसको निदान हुन्छ भन्ने अनुमान गरिएको छ।
तर, HIV सङ्क्रमणलाई चाँडै पत्ता लगाएर सही स्वास्थ्य हेरचाह र उपचार गर्दा एड्सको लक्षण विकास हुनबाट बचाउन सकिन्छ। सङ्क्रमण हुँदा पनि लक्षण नदेखिने अवधि लामो हुने भएकाले, चाँडै परीक्षण गराउन सल्लाह दिइन्छ। प्रत्येक क्षेत्रमा रहेको स्वास्थ्य तथा कल्याण केन्द्रहरूमा निःशुल्क र गोप्य रूपमा HIV परीक्षण गराउन सकिन्छ। परीक्षणका दिन निश्चित गरिएका हुन्छन्, त्यसैले जानुअघि अग्रिम जानकारी लिनुहोस्।

एड्सबाट पीडित मानिसहरूप्रति सहानुभूति र सहयोगको प्रतीक "रेड रिबन" हो। रेड रिबनले तपाईँको एड्सबारे कुनै पूर्वाग्रह नरहेको र एड्ससँग जीवन बिताइरहेका मानिसहरूप्रति भेदभाव नगर्ने सन्देश दिन्छ।

रेड रिबनलाई सम्झेर, डिसेम्बर १ देखि ७ सम्म, Hakata Port TowerFukuoka Red Brick Culture Museum  रातो रङ्गले झिलिमिली बनाइनेछ।

विश्व एड्स दिवसलाई अवसर बनाएर, एड्सप्रति चासो बढाई, सही जानकारी र बच्नका उपायहरूबारे सबैले सोचेर हेरौं।

 

 

“फोहरको गैरकानूनी डम्पिङ”

जंगल, समुद्र तट, नदी, सडक, पार्क आदि ठाउँमा फोहोर फाल्नुलाई गैरकानूनी डम्पिङ भनिन्छ। फुकुओका शहरमा, वर्षको अन्त्यमा धेरै सफाइ गर्दा फोहोरको मात्रा बढ्ने भएकोले डिसेम्बर महिनालाई "गैरकानूनी डम्पिङ रोकथाम सुदृढीकरण महिना" को रूपमा लिइन्छ, र यस महिनामा गैरकानूनी डम्पिङ रोकथामका लागि गतिविधिहरूलाई अझ सुदृढ बनाइन्छ।

शहरले प्रहरीसँग सहकार्य गरी गस्ती गर्ने, तथा गैरकानूनी डम्पिङ हुने ठाउँहरूमा निगरानी क्यामेरा र चेतावनी बोर्डहरू राख्ने कार्य गरिरहेको छ। 

टिभी, फ्रिज/फ्रिजर, वाशिंग मेसिन/कपडा सुकाउने मेसिन, र एसीलाई घरायसी उपकरण पुन:प्रक्रिया कानुनअनुसार तोकिएको विधिबाट नै फाल्नुपर्छ। नयाँ सामान किन्दा पुराना सामान फिर्ता दिनुहोस्, वा जहाँबाट किन्नुभएको थियो, त्यहीँ पसलमा फिर्ता गर्नुस्।

यस बाहेकका सामानहरुसङ्कलनकालागि, आफ्नो नजिकको Yamada Denki मा लिनुहुन्छ कि भनेर सोधपुछ गर्नुहोला वा फुकुओका शहरसँग सम्झौता गरेको Rinet Japan Recycle तथा SG Moving कम्पनीलाई संकलनको लागि सम्पर्क गर्न सक्नुहुन्छ। रिसाइकल शुल्क र संकलन ढुवानी खर्च लाग्नेछ।

साथै, कम्प्युटरको सङ्कलन लागि त्यहि कम्युटर कम्पनि वा Rinet Japan Recycle मा अनुरोध गर्नुहोस्।

घरबाट निस्कने अनावश्यक वस्तुहरूको संकलन गराउन, सामान्य फोहोर संकलन/ढुवानी अनुमति प्राप्त संस्थासँग मात्र सम्पर्क गर्नुहोस्। अनुमति नभएको संस्थालाई सम्पर्क गर्दा, फोहोरको गैरकानूनी डम्पिङ, उच्च शुल्कको माग, जस्ता समस्याहरू आउन सक्छन्, त्यसैले प्रयोग नगर्नुहोस्।

2024.09.19[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【Sing! HAKATA】

फुकुओकामा सेप्टेम्बर महिनालाई म्युजिक मन्थ (संगीत महिना) भनेर चिनिन्छ, यो १ महिनासम्म फुकुओका संगीतले भरिन्छ। यस हप्ताको अन्त्यमा JR हाकाता स्टेशन अगाडि आयोजना हुन गईरहेको, नागरिक सहभागिता संगीत कार्यक्रम 

【Sing! HAKATA】को बारेमा जानकारी दिनेछु।

अघिल्लो १० वर्षदेखि आयोजना हुँदै आएको 【क्यूसु गोस्पेल फेस्टिवल इन हाकाटा】ले यस वर्ष गोस्पेलका साथमा, कोरस र आकापेला जस्ता नयाँ संगीत विधाहरू थप्दै, नयाँ स्वरूपमा 【Sing! HAKATA】प्रस्तुत हुनेछ।

कार्यक्रममा प्रसिद्ध कलाकारहरूको उपस्थिति हुनुका साथै रेडियो कार्यक्रमसँगको सहकार्यमा विशेष स्टेज हुनेछ। यस बाहेक, सर्वसाधारण सहभागीहरूको लागि गोस्पेल, कोरस, र आकापेला गरि  ३ खण्डमा प्रस्तुतिहरू हुनेछन्। जहाँ क्लासिकदेखि पपसम्मका फरक-फरक संगीत विधाहरूमा सामूहिक रूपमा गीत गाउँने आनन्दको अनुभव गर्न सकिन्छ।

यो कार्यक्रम यस हप्ताको अन्त्यमा, सेप्टेम्बर २१ र २२ तारिकका दुई दिन शनिबार र आइतबार, बिहान १० बजेदेखि राति ८ बजेसम्म, JR हाकाता स्टेशन अगाडिको मैदानमा आयोजना हुनेछ। अवश्य पनि जानुहोस् र रमाइलो गर्नुहोस्!

 

 

फुकुओका शहरको सूचना

क्षयरोग रोकथाम सप्ताहको बारेमा

सेप्टेम्बर २४ देखि सेप्टेम्बर ३० सम्म क्षयरोग रोकथाम सप्ताह हो।

क्षयरोग एक यस्तो रोग हो, जसमा क्षयरोग ब्याक्टेरियाको कारण मुख्यतया फोक्सोमा जलन हुन्छ।

यो एक सरुवा रोग हो।

२०२३ मा, फुकुओका शहरमा १४० नयाँ क्षयरोग बिरामीहरु पाईएका थिए।

हालैका वर्षहरूमा, जापानी भाषा शैक्षिक संस्थाहरूमा सामूहिक संक्रमणका घटनाहरू पनि पाईएका छन्।

क्षयरोगका लक्षणहरूमा खोकी, खकार, ज्वरो, खकारमा रगत, छाती दुख्ने, अस्वस्थता, राती पसिना, र तौल घट्नु आदि समावेश छन्। शुरुका लक्षणहरू रुघाको जस्तै देखिन्छन्।

"खोकी २ हप्ता भन्दा बढि रहेमा", "खकार निस्केमा", "शरीर गलेमा", "अचानक तौल घटेमा" आदि केहि लक्षणहरु देखा परेमा, तुरुन्तै चिकित्सालयमा परामर्श लिनुहोस्।

प्रारम्भिक पहिचान र उपचारले रोगलाई गम्भीर हुनबाट बचाउने मात्र नभई, परिवारका सदस्य, साथीभाई र कार्यस्थल आदिमा संक्रमण रोकथाम गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्दछ।

क्षयरोग, सँधै संक्रमित भएको कारणले मात्र विकसित हुँदैन।

यदि शरीरको प्रतिरोधात्मक क्षमताले क्षयरोग ब्याक्टेरियालाई नियन्त्रण गर्न सकेन भने, 

यो समयसँगै वृद्धि भएर रोगको रूपमा प्रकट हुन सक्छ।

संक्रमण र रोगको विकासलाई रोक्नको लागि, पर्याप्त निद्रा, सन्तुलित आहार, नियमित रूपमा शारीरिक व्यायाम जस्ता दैनिकी स्वास्थ्य अभ्यासहरू प्रभावकारी हुन्छन्।

त्यसैगरी, यदि क्षयरोग भएको पत्ता लागे पनि, डाक्टरको निर्देशनअनुसार हरेक दिन नियमित रूपमा औषधि सेवन गर्दा यो निको हुन्छ।

फुकुओका शहरमा, Fukuoka City Medical Interpreting Call Center, त्यहाँ अस्पताल खोज्नको लागि फोन मार्फत सल्लाह लिन सक्नुहुन्छ।

साथै, अस्पतालमा डाक्टरसँग कुरा गर्दा वा अस्पताल तथा फार्मेसीबाट औषधि लिंदा पनि यो सेवा प्रयोग गर्न सकिन्छ। यो सेवा २४ घण्टा, हरेक दिन उपलब्ध छ। फोन नम्बर ०९२-७३३-५४२९ हो। 

यो सेवा २० भाषाहरुमा उपलब्ध भएकोले समस्या परेमा अवश्य परामर्श लिनुहोस्।

2024.05.23[Thu] 09:00

जापानी भाषा(日本語) , चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【फुकुओका बोर्डो वाइन फेस्टिवल】

हाल फुकुओका सिटी हलको पश्चिम तर्फ रहको फुरेआई हिरोबामा  " फुकुओका बोर्डो वाइन फेस्टिवल" आयोजना भइरहेको छ।

"फुकुओका बोर्डो वाइन फेस्टिवल", फुकुओका र बोर्डो बीचको मैत्रीपूर्ण सम्बन्धको ३५औं वार्षिकोत्सव मनाउन शुरु गरिएको थियो र यस वर्ष यो वाइन फेस्टिवल ७औं वर्षमा प्रवेश गरेको छ।

यस फेस्टिवलमा, १०० भन्दा बढी प्रकारका बोर्डो वाइन अनिफुकुओकाको स्वादिष्ट परिकारहरुको पनि आनन्द लिन सक्नुहुन्छ। साथै, आयोजना स्थलमा फुकुओकाका कलाकारहरूद्वारा उत्कृष्ट ओपेरा र स्टेज प्रदर्शनहरू पनि दिनुहुनेछन्। हरेक वर्ष धेरै मानिसहरू सहभागी हुने यो फेस्टिवल, वाइन प्रेमीहरूका लागि हेर्नै पर्ने इभेन्टको रुपमा रहँदै आएको छ।

कार्यक्रम संचालन अवधि,  सोमबारदेखि शुक्रबार बेलुकी ५बजेदेखि, र शनिबार तथा आइतवार दिउँसो१२ बजे देखि बेलुकी १०बजे सम्म । जुन २ (आइतबार) सम्म फेस्टिवल सञ्चालन हुनेछ । समय भए पक्कै पनि जानुहोला

 

 

【फुकुओका शहरको सूचना】

यासासीई निहोन्गो राजीओ कोउजा अर्थात् सरल जापानी भाषा रेडियो कोर्सको परिचय

तपाईहरुले यासासीई निहोन्गो राजीओ कोउजा अर्थात् सरल जापानी भाषा रेडियो कोर्स को प्रसारण सुन्नुभएको छ?

यो कार्यक्रम, जापानी भाषा राम्ररी नबुझ्ने विदेशीहरू सबैका लागि हो, र यस कार्यक्रममा सरल जापानी भाषामा बिस्तारै बोलिन्छ।

विदेशीहरुले जापानमा बसोबास गर्दा थाहा पाउनु पर्ने सूचनाहरुको बारेमा जानकारी दिईनेछ।

यो कार्यक्रम प्रत्येक शुक्रवार ९:५४ बाट प्रसारण हुँदै आईरहेको छ।

बुझ्न गाह्रो भएमा, वा सुन्न छुटेको भएमा पनि ठिकै छ!

Love FM को होमपेजमा पोष्ट गरिएको स्क्रिप्टमा हेरेर Podcast मा बारम्बार सुन्न सक्नुहुन्छ।

कृपया सुनिदिनु होला।

 

 

HIV परिक्षण सप्ताहको बारेमा

 

जुन १ देखि जुन ७ सम्मको १ हप्ता "HIV परिक्षण सप्ताह" हो।

रेइवा ५ मा, फुकुओका शहर भित्रको चिकित्सा संस्थानहरूले दिएको नयाँ रिपोर्ट अनुसार HIV संक्रमित व्यक्तिहरु ३४ जना र एड्सका बिरामीहरू ७ जना थिए। HIV संक्रमणको रोकथाम, प्रारम्भिक पहिचान र प्रारम्भिक उपचार महत्त्वपूर्ण छ। HIV संक्रमण हुँदैमा, धेरैजसो लक्षणहरू नदेखिने भएकोले, संक्रमण छ कि छैन भनेर पत्ता लगाउन परिक्षण गर्न आवश्यक छ।

प्रत्येक वार्डको Health and Welfare Center मा, HIV परिक्षण निःशुल्क र गोप्य रूपमा गर्न सक्नुहुन्छ।

परिक्षण गर्न मिल्ने दिन तोकिएको हुनाले, कृपया जानुअघि Health and Welfare Center वा फुकुओका सिटीको होमपेज आदिबाट अग्रिम जानकारी लिनुहोला।

HIV संक्रमणको प्रारम्भिक पहिचान र उचित स्वास्थ्य सेवा र उपचार प्राप्त गर्नाले एड्स फैलिने गतिलाई ढिलाइ गर्न सक्दछ। 

त्यसैले, आफुलाई शंका लाग्ने बित्तिकै, प्रारम्भिक परिक्षण गर्ने गरौँ।

<< previous 1 2 3 4 5 6 7 8

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ