ブログ

ポッドキャスト

ポッドキャスト RSS

2021年09月

2021.09.30[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【आजको अन्तर्वार्तामा पाहुना】

हेमा पाण्डे (उपनाम- सपना पाण्डे)

 

SamiSadi Restaurant & Bar को Owner तथा NRNA जापानसँग आबद्ध रही समस्यामा परेका नेपाली भाईबहिनीहरुलाई सहयोग गर्दै आउनुभएको छ I   

 

https://www.facebook.com/pages/category/Nepalese-Restaurant/SamiSadi-Restaurant-Bar-2389019504677129/

2021.09.23[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【च्याउको किसिम】

शरद ऋतुमा विभिन्न प्रकारका मौसमी खानाहरु पाईन्छन्, तर बिर्सनै नहुने मध्येमा एक हो, च्याउ।

तुलनात्मक रुपमा च्याउलाई मासु र माछाको जति उच्च मानिँदैन, तर वास्तवमा यो एक उत्तम खाना हो।

Shiitake, Shimeji, Maitake, Eringi, Enoki आदि विभिन्न किसिमका च्याउहरु छन्। तर शरद ऋतुको स्वादको राजा भनेर Matsutake लाई मानिन्छ। यसको बास्ना अति सुगन्धित र स्वादिलो हुन्छ, साथै यो च्याउ उच्च श्रेणीको खानाको रूपमा बिक्रि गरिन्छ।

 

धेरै जापानीहरु Matsutake च्याउ मन पराउँछन्, तर यसको आफ्नै अलग किसिमको बास्ना हुने भएकोले विदेशी पाहुनाहरुको लागी उपयुक्त नहोला कि भनेर सोच्नेहरु पनि छन्।

लगभग सबैजसो च्याउहरुमा पाईने सामान्य कुरा भनेको यिनीहरुमा कम क्यालोरी भई फाइबर र भिटामिन D प्रशस्त मात्रामा हुनु हो। डाईटिंग गरिरहनु भएका वा कब्जियत भएका व्यक्तिहरुले च्याउलाई आफ्नो भोजनमा संलग्न गराउनु लाभदायक हुन्छ।

अब यसो विचार गरि हेर्दा, के च्याउ तरकारी हो त?

पक्कै पनि होइन, वास्तवमा च्याउ एक प्रकारको ढुसी हो। प्रकृतिमा विभिन्न किसिमका च्याउहरु छन्, जसको संख्या १०,००० भन्दा बढी छ भनिन्छ।

 

आज यहाँ नाम लिएका केही च्याउहरु तपाईंहरुले पनि खानुभएको छ नै होला। यदि खानु भएको छैन भए एकपटक चाखेर हेर्दा कस्तो होला!

 

【क्षयरोग रोकथाम सप्ताहको बारेमा】

सेप्टेम्बर २४ देखि सेप्टेम्बर ३० सम्म क्षयरोग रोकथाम सप्ताह हो।

क्षयरोग एक यस्तो रोग हो, जसमा क्षयरोग ब्याक्टेरियाको कारण मुख्यतया फोक्सोमा जलन हुन्छ।

यो एक सरुवा रोग हो।

२०२०मा, फुकुओका शहरमा १४९ नयाँ क्षयरोग बिरामीहरु पाईएका छन्।

 

क्षयरोगका लक्षणहरूमा खोकी, खकार, ज्वरो, खकारमा रगत, छाती दुख्ने, अस्वस्थता, राती पसिना, र तौल घट्नु आदि समावेश छन्। शुरुका लक्षणहरू रुघाको जस्तै देखिन्छन्।

"खोकी २ हप्ता भन्दा बढि रहेमा", "खकार निस्केमा", "शरीर गलेमा", "अचानक तौल घटेमा" आदि केहि लक्षणहरु देखा परेमा, तुरुन्तै चिकित्सालयमा परामर्श लिनुहोस्।

प्रारम्भिक पहिचान र उपचारले रोगलाई गम्भीर हुनबाट बचाउने मात्र नभई, परिवारका सदस्य, साथीभाई र कार्यस्थल आदिमा संक्रमण रोकथाम गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ।

 

क्षयरोग, सँधै संक्रमित भएको कारणले मात्र विकसित हुँदैन।

यदि शरीरको प्रतिरोधात्मक क्षमताले क्षयरोग ब्याक्टेरियालाई नियन्त्रण गर्न सकेन भने,

यो समयसँगै बढ्न र विकास हुन सक्छ।

 

क्षयरोग लागि हाल्यो भने पनि, डाक्टरको निर्देशन अनुसार, हरेक दिन उचित औषधी सेवन गरी यसबाट छुटकारा पाउन सक्नुहुन्छ।

 

संक्रमण र रोग रोक्नको लागि पर्याप्त निद्रा, सन्तुलित आहार, मध्यम व्यायाम, आदि दैनिक स्वास्थ्य हेरचाह प्रभावकारी हुन्छ।

 

फुकुओका शहरमा, Fukuoka City Medical Interpreting Call Center छ, त्यहाँ अस्पताल खोज्नको लागि फोन मार्फत सल्लाह लिन सक्नुहुन्छ।

२४ घण्टा, हरेक दिन यो सेवा प्रयोग गर्न सक्नुहुन्छ।

फोन नम्बर रहेको छ, ०९२-७३३-५४२९, फेरी एकपटक ०९२-७३३-५४२९ । २० भाषाहरुमा यो सेवा उपलब्ध गरिएको छ।

2021.09.16[Thu] 09:00

समुदाय(コミュニティ)

【जनावरहरुको राम्रो हेरचाह!】

सेप्टेम्बर २० देखि सेप्टेम्बर २६ सम्म पशु संरक्षण सप्ताह हो। पशु कल्याण र उचित प्रजनन्को ज्ञान र चासोलाई विस्तृत गर्ने हेतुले यो सप्ताह शुरु भएको थियो। यस अवसरमा पशु संरक्षणको बारेमा विचारविमर्श गर्नु उपयुक्त हुन्छ नि हैन।

उदाहरण को लागी, यदि तपाईंको बिरालो वा कुकुर छ भने, भूकम्प वा भारी वर्षाको समयमा, कसरी तपाईं आफ्नो घरपालुवा जनावरको रक्षा गर्नु हुन्छ अनुकरण गरि हेर्ने गरौँ।

कुनै दिन घरपालुवा जनावर राख्न चाहानुहुने व्यक्तिहरुले, पशु संरक्षण समूहको होमपेज हेर्नु पनि उपयोगी होला कि।

फुकुओका शहरमा, पूर्वीय पशु कल्याण र व्यवस्थापन केन्द्र (उपनाम: Animaru-port) र घरेलु पशु जागरूकता केन्द्र (उपनाम: Fukuoka-do-butsu-soudanshitsu) गरि दुई स्थानहरुमा मुख्य केन्द्रहरु छन्। यस केन्द्रहरुमा पशु संरक्षण र व्यवस्थापनसंग सम्बन्धित गतिविधिहरु गर्दै, मानिस र जनावरहरुबीच सामंजस्यपूर्ण सहजीवी समाजको अनुभूति गर्ने प्रयास हुँदै आईरहेको छ।

 

 

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

【ट्यूटरप्रोग्रामकोपरिचय】

नर्सरी वा स्कूलको पत्रहरू आदि जापानी भाषामा भई, बिषयवस्तु बुझ्न समस्या भईरहेका विदेशीहरूको सहयोग गर्ने "ट्यूटर प्रोग्राम" को परिचय दिनेछु।

फाउण्डेसनमा रजिस्टर भएका स्वयंसेवकहरु प्रत्यक्ष वान् टु वान् ट्यूटर बन्न सक्नुहुन्छ, र अनलाइनमा नर्सरी वा स्कूलको ह्यान्डआउट वा पत्र, त्यस्तै वार्ड अफिसबाट आएको हुलाकपत्र आदिको सरल अनुवादका लागि अनुरोध र दैनिक जीवन सम्बन्धि सल्लाह माग्न सक्नुहुन्छ।

 

ट्यूटरसँग अनलाइन कुराकानी गर्न सक्ने, फुकुओका शहरमा बस्नु हुने विदेशी महानुभावहरु, जो कोहीले पनि यसको प्रयोग गर्न सक्नुहुन्छ।

सामान्यतयाः, प्रयोग शुल्क प्रति महिना ५०० येन जति लाग्छ, तर यस वर्ष नोभेम्बरसम्म निःशुल्क हो।

 

 

【Japanese Chatting Event कोपरिचय】

〇 फुकुओकामा अध्ययन गरिरहनु भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरू,

के तपाईंहरुलाई हरेक महिनाको एक पटक आयोजना हुने " Japanese Chatting Event "को बारेमा थाहा छ?

Zoom प्रयोग गरेर, विदेशी विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच प्रत्यक्ष वान् टु वान्, साथै सानो समूहहरूमा मनपर्ने विषयवस्तुहरूमा छलफल गरिन्छ । हरेक दिन, स्कूलमा सिकेको जापानी भाषा प्रयोग गर्न चाहनुहुने वा जापानीहरूसँग कुराकानी गर्न चाहनुहुने महानुभावहरु, अवश्य पनि सहभागी हुनुहोला। सहभागिता शुल्क नि:शुल्क हो।

अर्को आयोजना सेप्टेम्बर ३० मा अनलाइन मार्फत् हुनेछ।

प्रयोग गर्ने तरिका वा बुकिंग आदिको बारेमा अधिक जानकारीको लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज वा फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क राख्नुहोला।

सोमबारदेखि शुक्रबार ८:४५ देखि ६ बजेसम्म रिसेप्सनमा आएकाहरुलाई स्वीकार गरिन्छ। अवश्य सम्पर्क राख्नुहोला।

2021.09.09[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【नयाँ चामलको सिजन】

भात जापानको मुख्य खाना हो। हरेक वर्ष जुलाईबाट नयाँ चामलको आनन्द उठाउन सकिनेभए पनि नयाँ चामलको स्वादको भरपूर आनन्द लिने चाहिं शरद ऋतुतिर मानिन्छ । अक्टोबरमा, तोहोकु र होक्काइडोको नयाँ चामलहरु पनि पसलहरुमा बिक्रीमा राखिएको देख्न पाउनुहुन्छ।

चामललाई स्वादिष्ट रुपमा पकाउनका लागि, धेरै नपखाल्ने, थोरै पानीमा पकाउने, अनि पाक्ने बित्तिकै भातलाई पन्युले चलाएर हल्का पार्ने गर्नुपर्छ।

फुकुओका प्रान्तमा, "युमेचुकुशी", "गेन्कीचुकुशी", र "हिनोहिकारी" गरि तीन प्रकारका चामलहरु उत्पादन हुने गरेका छन्।

तपाईंहरु पनि यस सिजनमा नयाँ चामलको मिठो भात खाएर आनन्द लिनुहोला है।

 

【नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना】

फुकुओका शहरले फुकुओका शहरमा आवासीय कार्ड प्राप्त गर्नुभएका १२ वर्षका वा सोभन्दा माथिका व्यक्तिहरुलाई नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना पठाइएको छl

खोप कुपन, प्रारम्भिक चिकित्सा जाँच फाराम आदि जस्ता कागजपत्रहरु पठाइएको हुनाले जाँच गर्नुहोलाl

फुकुओका शहरमा बसोबास गर्दैहुनुभए पनि अहिलेसम्म प्राप्त गर्नुभएको छैन भने, कार्यक्रमको अन्त्यमा दिइने फोन नम्बरमा सम्पर्क गर्नुहोस्।

अहिले बस्दै गर्नुभएको ठेगाना यदि आवासीय कार्डमा भन्दा फरक भएका व्यक्तिहरुले, सर्वप्रथम वार्ड अफिसमा ठेगाना परिवर्तनको प्रकिया शुरु गर्नका लागि अनुरोध गर्दछौं।

 

सूचना प्राप्त गर्नुभएपछि, बुकिंग गरेर खोप केन्द्रमा खोप लगाउन सक्नुहुन्छ।

खोपको संख्या २ पटक हो, ३ हप्तादेखि ४ हप्ताको अन्तरालमा दिईन्छ।

खोप दिने स्थानहरु, स्थानीय क्लिनिक, प्रत्येक वार्डको सामूहिक खोप केन्द्र, र च्यूओउ फुतोउ क्रूज़ सेन्टर हुन्।

तेन्जिनबाट नि:शुल्क शटल बसबाट च्यूओउ फुतोउ क्रूज़ सेन्टरमा जान सक्नुहुन्छ।

साथै फुकुओका सिमीन् ब्योउइन्मा राती १०:०० देखि भोलिपल्ट बिहान ८:०० सम्म मध्यरातमा खोप लगाउन सकिन्छ।

 

खोप लिन इच्छुक व्यक्तिहरुले कृपया अग्रिम बुकिंग गर्नुहोस्।

•       बुकिंग साइटबाट एकै समयमा दोस्रो पटकको खोपको लागि पनि बुकिंग गर्नुहोस्।

•       साइटबाट बुकिंग गर्न गाह्रो भएमा, फोन मार्फत पनि बुकिंग गर्न सक्नुहुन्छ।

•       बुकिंगका लागि खोप कुपन नम्बरको आवश्यक पर्छ।

•       खोपको दिनमा; खोप कुपन, प्रारम्भिक चिकित्सा जाँच फाराम एक प्रति र पहिचान खुल्ने कागजातको आवश्यक पर्दछ।

•       खोप कुपन टाँस्न मिल्ने सीलको रुपमा छ। तर सील नउप्काइकन सील सहितको कागज खोप केन्द्रमा लिएर जानुहोस्।

•       १ पटकको खोपमा १ प्रति प्रारम्भिक चिकित्सा जाँच फाराम प्रयोग गरिन्छ। कृपया खोप निर्देशिका पढेर, अग्रिम रुपमा भरेर लैजानुहोस्।

•       कृपया पाखुरामा खोप लगाउन सजिलो हुने किसिमका पहिरन लगाउनुहोस्।

•       मास्क पक्कै पनि लगाउनुहोस्।

 

तयार गरिएको खोप सोही दिन प्रयोग गर्नुपर्छ।

त्यसैले शारीरिक अवस्था कमजोर भएको बेला बाहेक, सो दिनमा रद्द नगरिदिन हुन अनुरोध गर्दछौं।

 

खोप लिन सकिने चिकित्सा संस्थानहरू आदिको, ताजा जानकारीहरुका लागि फुकुओका शहरको होमपेज हेर्नुहोला।

खोप सम्बन्धि परामर्श लिन सकिने फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५

हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।

अंग्रेजी, चाइनिज, कोरियाली आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

 

साथै, खोप निःशुल्क हो। पैसा माग्ने, फोन वा ईमेलबाट व्यक्तिगत विवरण सोध्ने जस्ता गतिविधिहरु पाईएको हुनाले सावधान रहनुहोस्।

2021.09.02[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【आजको अन्तर्वार्तामा पाहुना】
Devraj Budhathoki

(https://www.facebook.com/mininepal.jp/)

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ