ブログ

ポッドキャスト

ポッドキャスト RSS

2021年04月

2021.04.29[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【आजको अन्तर्वार्तामा पाहुना】

रबिन्द्र महर्जन

(Software Engineer at Yonefu International Group Co., Ltd.)

http://yonefu.com

2021.04.22[Thu] 09:00

समुदाय(コミュニティ) , अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【Golden Week बिदा】

जापानमा अप्रिल महिनाको अन्तदेखि मेको शुरुवातसम्म धेरै बिदाहरू हुने अवधिलाई Golden Week भनिन्छ।

सामान्यतया Golden Week मा जापानको विभिन्न भागमा विभिन्न चाडपर्व र कार्यक्रमहरू आयोजना गरिन्छ, तर गत बर्षदेखि नयाँ कोरोनाभाइरसको प्रभावका कारण, प्रायः जसो कार्यक्रमहरू रद्द गरिएको वा कम गरिएको छ।

यस बर्ष अनलाइन कार्यक्रम र यात्राको मज्जा लिने मानिसहरू धेरै होलान्।

अप्रिल २९ (Showa दिवस) को बिदादेखि, २०२१ को Golden Week शुरु हुनेछ।

तपाईंहरु कसरी बिदा मनाउनुहुन्छ?

घरमा आराम गर्नु पनि राम्रै हुन्छ, वा नजिकको पर्यटन स्थलमा जानु कस्तो होला?

 

【विदेशीहरुलाई सहयोगको लागि विदेशी समर्थन स्वयंसेवक बैंक को परिचय】

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, अप्रिलदेखि “विदेशीहरुलाई सहयोगको लागि विदेशी समर्थन स्वयंसेवक बैंक” शुरु गर्ने भएको छ। यो, आफ्नो भाषा सीप प्रयोग गरेर, फुकुओका शहरमा बसोबास गर्ने विदेशीहरूलाई सहयोग गर्न चाहने व्यक्तिहरुले, "दोभाषे वा अनुवाद", “सहयोग आदानप्रदान”, “विपदको बेलामा विदेशीहरूलाई सहायता”, आदि जस्ता क्षेत्रहरूमा स्वयंसेवकको रूपमा दर्ता गरि, बिभिन्न परिस्थितिहरुमा सक्रिय सहभागीताको लागि हो।

 

हाल, यस स्वयंसेवकको लागि दर्ता गर्ने व्यक्तिहरूको खोजीमा छौं।

विशेष रूपमा, “विदेशीका लागि प्रशासनिक वकिलद्वारा परामर्श" मा दोभाषे तथा पोस्टर अनुवाद गर्न, जस्ता अन्य, जापानी नबुझ्नेहरूका लागि अनलाइन सहयोग, सार्वजनिक हलहरूमा आयोजना हुने विदेशीहरूसँगको अन्तर्राष्ट्रिय अन्तर्क्रिया, गर्मी महिनाको इभेन्टको योजना र ब्यबस्थाका लागि सहयोग, विपदको बेला दोभाषे भई सहयोग तथा प्रकोप रोकथाम अभ्यासको लागी दोभाषे र अनुवाद आदि गतिविधिहरूको योजना गरिरहेका छौं।

 

  • फुकुओका महानगर क्षेत्रमा बसोबास गर्ने १८ बर्ष वा बढी उमेर भएको
  • जापानी र विदेशी भाषामा दैनिक कुराकानी भन्दा बढी भाषा सीप भएको
  • स्वयंसेवकको रूपमा काम गर्ने समय भएको व्यक्ति भएमा, राष्ट्रियताले फरक पर्दैन।

 

 

भाषा सीप को उपयोग गर्न चाहनु हुने, अन्तर्राष्ट्रिय अन्तर्क्रियामा सहयोगी बन्न चाहनु हुने सबै महानुभावहरु; तपाईंहरुको सक्रिय गतिविधिले जापानी र विदेशीहरू बीचको आपसी समझ र अन्तर्राष्ट्रिय अन्तर्क्रियालाई प्रबर्धन गरि, ढुक्क र सुरक्षित जीवनका लागि टेवा मिल्दछ।

इच्छुक हुने महानुभावहरुले, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज हेनुहोला वा फोन मार्फत् सम्पर्क गर्नुहोला। हामी तपाईंहरुको दर्ताका लागि पर्खिरहेका छौं!

 

अबको सूचना, जापानी भाषा खासै नबुझ्ने, स्कूलको पत्रहरू बुझ्न समस्या भईरहेका विदेशीहरूको लागि रहेको छ!

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, विदेशीहरूका लागि भाषा सहयोग कार्यक्रम, "ट्यूटर प्रोग्राम" शुरु गरेको छ।  "ट्यूटर प्रोग्राम" मा, स्वयंसेवकहरु प्रत्यक्ष वान् टु वान् ट्यूटर बन्न सक्नुहुन्छ, र ट्यूटरलाई अनलाइनमा पत्रहरू आदिको सरल अनुवादका लागि अनुरोध र दैनिक जीवन सम्बन्धि सल्लाह माग्न सक्नुहुन्छ।

ट्यूटरसँग अनलाइन कुराकानी गर्न सक्ने, फुकुओका शहरमा बस्नु हुने विदेशी महानुभावहरु, जो कोहीले पनि यसको प्रयोग गर्न सक्नुहुन्छ।

बिस्तृत जानकारीका लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजमा हेर्नुहोला वा फोन मार्फत् हामीलाई सम्पर्क गर्नुहोला।

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको फोन नम्बर ०९२-२६२-१७९९ होI खुल्ने समय, सोमबारदेखि शुक्रबार, बिहान पौने ९ देखि बेलुका ६ बजेसम्मI अवश्य पनि हामीलाई सम्पर्क गर्नुहोलाI

2021.04.15[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【मौसमी फूल: टुलिप】

वसन्तको प्रतिनिधित्व गर्ने फूलहरुमध्ये टुलिप पनि एउटा हो।

यसको फूल र पात सरल र सुन्दर भई, विश्वभर लोकप्रिय बोटको रुपमा रहेको छ। हालसम्म अनगिन्ती प्रजातिहरू पाईएको, र हालको विविधता सूचीमा ५,००० भन्दा बढी प्रजातिहरू उल्लेखित भएको पाईन्छ। यस फूलको करीव १,००० प्रजातिहरु संसारभरि खेती हुँदै आईरहेको छ।

सेतो, रातो, गुलाबी, पहेंलो विभिन्न रंगमा फुलिएका टुलिपलाई हेर्नाले, मनलाई आनन्द दिन्छ।

टुलिपको सामान्यतया फूलको भाषामा अर्थ हो, "करुणा", जुन मनमोहक छ।

जापानमा, एडो अवधिको अन्त नजिकै सन् १८६३ मा, फ्रान्सबाट ल्याइएको पहिलो फूलको बोटको रुपमा चिनिन्छ।

यस समयमा, फुकुओका शहरको सडक र पार्कहरूमा यी फूलहरु फूलिरहेका छन्। यदि यो फूल देख्नु भएमा फोटो खिच्ने होईन त?

 

फोहर फ्याँक्ने नियमसम्बन्धी】

〇फुकुओका शहरमा नयाँ जीवनयापन शुरु गर्नु भएका धेरै मानिसहरू हुनुहुन्छ जस्तो लाग्छ।

यस पटक, फोहर फ्याँक्ने नियम सम्बन्धी सूचना रहेको छI

फुकुओकामा फोहरलाई तीन किसिममा विभाजन गरी फ्याँक्ने गरिन्छ।

‘जल्ने फोहर’, ‘नजल्ने फोहर’, अनि ‘खाली सिसाको बोतल/प्लास्टिकको बोतल’ गरी ३ किसिमका हुन्छन्I

कन्भिनियन्स स्टोर वा सुपर मार्केटमा बेची राखेको, फुकुओका शहरको फोहर-फाल्ने-झोला प्रयोग गरेर फोहोर फाल्ने गर्नुहोला।

जल्ने फोहरको लागि, रातो रंगको फोहर-फाल्ने-झोला होI

कच्चा फोहोर, कागज, कपडा, प्लास्टिक आदि फाल्ने बेलामा, रातो झोला प्रयोग गर्नुहोस्I

निलो फोहर-फाल्ने-झोला, नजल्ने फोहरको लागि होI यसमा खाली क्यान र गिलास आदिलाई फाल्नु गर्नुहोस्I

पहेंलो रंगको फोहर-फाल्ने-झोला, खाली सिसाको बोतल र प्लास्टिकको बोतल फाल्नका लागि हो।

बसोबास गर्ने ठाउँ अनुसार फाल्ने दिन तोकिएको हुन्छ। 

जल्ने फोहर हप्तामा २ पटक, खाली सिसाको बोतल/प्लास्टिकको बोतल र नजल्ने फोहर चाहिँ महिनाको १ पटक संकलन हुन्छI

अँध्यारो भएदेखि रातिको १२ बजे सम्ममा, फोहर फाल्ने निश्चित ठाउँमा फाल्नुहोस्।

 

फुकुओका शहरको आधिकारिक LINE ID मा Friend add गरेर, तपाईंको ठेगाना राख्नु भयो भने, LINE बाट फोहर फाल्ने दिनको बारेमा जानकारी उपलब्ध गराईन्छI

यदि तपाईंले फाँल्न चाहानु भएको फोहरको नाम राख्नु भयो भने, कुन प्रकारको फोहर हो भनेर जान्न सकिने भएकोले एकदम सुविधाजनक छ।

〇एउटा झोलामा नअट्ने ठूला आकारको फोहर वा भारी फोहरलाई, ठूला आकारको फोहरको रुपमा फाल्नुहोस्I

ठूला आकारको फोहरका लागि, फोन, इन्टरनेट, वा LINE द्वारा ‘फुकुओका शी सोदाई गोमी उकेचुके’ मा सम्पर्क गरेर  संकलन गराउन सक्नुहुन्छ।

कृपया शुल्क, फोहोर फाल्ने ठाउँ, मिति, इत्यादि जाँच गरेर फोहोर बाहिर राख्नुहोस्।

 

फोनमार्फत सम्पर्कका लागि, ठुलो आकारको फोहर फाल्ने सेन्टरको फोन नम्बर, ०९२-७३१-११५३ I

१८ भाषाहरुमा यो सुबिधा उपलब्ध छ I

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

कोरोनाभाइरस संक्रमणको सम्बन्धमा, प्रत्येक व्यक्तिले संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI

2021.04.08[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , आवास(住宅) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【नयाँ आर्थिक वर्षको परिचय र DJ को आफ्नो परिचय】

अहिले अप्रिल महिना। अप्रिललाई जापानीमा "उजुकी" भनिन्छ। अप्रिल महिना, नयाँ शैक्षिक भर्ना हुने वा नयाँ रोजगार शुरु गर्ने आदि जस्ता नयाँ जीवन शुरु हुने महत्वपूर्ण महिना हो।

नयाँ शुरुवातको मौसमसँगै, मेरो बारेमा छोटकरीमा भन्नु पर्दा, मेरो नाम सरिता महर्जन हो, नेपालको काठमाडौँबाट।

फुकुओका आएको ६ बर्ष भयो। Kyushu University बाट Urban Planning मा PhD गरि हाल Love FM मा DJ को सँगसँगै, Professional Architect को रुपमा, जापानी डिजाईन् कम्पनीमा पनि काम गर्दैछु। यसका साथै, नेपाली भाषा सिक्न चाहाने जापानीहरुलाई बिगत ४ वर्षदेखि नेपाली भाषा पनि सिकाउँदै आईरहेकी छु।

मलाई पुरानो जापानी शैलीको भवनहरुको अध्ययनको साथसाथै नयाँ शैलीको डिजाईन् गर्न मनपर्छ। जापानी खाना मलाई असाध्यै मनपर्छ, त्यसमा पनि फुकुओकाको तोन्कोचु रामेन र ओडेन साह्रै मनपर्छ। फुकुओकामा, Dazaifu र Ohari Park चै मलाई घुम्न र फुर्सदको समय बिताउन मनपर्ने ठाउँहरु हुन्।

मेरो छोटो परिचय यति नै। आगामी दिनहरुमा पनि, यस कार्यक्रम मार्फत् फुकुओकामा बस्दै आउनुभएका नेपालीहरुका लागि फुकुओकामा सुरक्षित भई आरामदायक जीवनयापनका लागि आवश्यक जानकारीहरु, नेपालीमा सबै नेपालीहरुले बुझ्न सजिलो हुने गरि प्रदान गर्दै आउने नै छु। कृपया सुनिदिनु होला।

 

【Fukuoka City Consultation Support Center for Foreign Residents को परिचय】

Fukuoka City Consultation Support Center for Foreign Residents मा, आवास सम्बन्धी प्रकिया, रोजगार, चिकित्सा, कल्याण, प्रसुति, शिशु स्याहार, र बाल शिक्षा जस्ता जनजीवन सम्बन्धित बिषयमा परामर्शका लागि, उपयुक्त सम्पर्क तथा अन्य जानकारीहरु प्रदान गर्दै आईरहेको छ।

फोन नम्बर, ०९२-२६२-१७९९ I

सम्पर्क समय ८:४५ देखि ६:०० बजेसम्मI शनिवार, आइतवार, सार्वजनिक बिदा, वर्षको अन्त्य र नयाँ वर्षको दिन बिदा हुन्छ।

यो सेवा १९ भाषाहरूमा उपलब्ध छI

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

कोरोनाभाइरस संक्रमणको सम्बन्धमा, प्रत्येक व्यक्तिले संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI

2021.04.01[Thu] 09:00

अन्य(その他)

अप्रिल २०२० मा शुरू भएको Life in Fukuoka कार्यक्रम, तपाईंहरुले सुन्दै आउनुभएको छ कि छैन? यस कार्यक्रममा, हरेक हप्ता विभिन्न बिषय र फुकुओका शहरबाट जारी जानकारीहरु प्रदान गर्ने गरेकाछौँ। जस्तै कि, फुकुओका शहरमा ५०० येनमा खाजा, जापानमा पकाउन सकिने नेपाली खाना, जापानमा हुने बिदाहरू र मौसमी कार्यक्रमहरू, त्यस्तै, महिनामा एक पटक, फुकुओकामा बस्दै आउनुभएका नेपाली अग्रजहरु तथा साथीहरूसँग स्टुडियोमा वा फोन मार्फत रमाईलो कुराकानी आदि। यसले तपाईंहरुलाई मद्दत गर्‍यो कि गरेन? थोरै भए पनि मद्दत गर्‍यो नै होला भन्ने आशा राख्दछु।
अन्तर्वार्ता मार्फत् हामीले बिभिन्न पाहुनाहरुका अनुभव, विचार र सुझाव पायौं, जुन पक्कै पनि रोचक र सहयोगी छन्, विशेष गरि निहोंगो गाक्कोमा अध्यनरत विद्यार्थीहरुका लागि। त्यस्तै, फुकुओकामा विदेशीहरुलाई समस्या भईरहेको जुनसुकै बिषयमा पनि परामर्श लिनका लागि सम्पर्क निकाय र सम्बन्धित सम्पर्क फोन नम्बर आदिको बारेमा यस कार्यक्रममा जानकारी गराउँदै आईरहेका छौँ। कार्यक्रमको अन्तमा नेपाली गीत पनि बजाउने गरेका छौँ। त्यसैले, यस कार्यक्रममा महत्वपूर्ण सुचना तथा जानकारी प्रदान गर्ने मात्र नभई, जापान र नेपालको संस्कृतिलाई परिचय गराउने माध्यम पनि बनेको छI
गएको सालदेखि, नयाँ कोरोनाभाइरसको प्रभावले हाम्रो दैनिक जीवनमा परिवर्तन ल्याएको छ।
मास्क लगाउने र तीन कुरा बन्दबाट टाढा रहनु, अब पक्कै पनि कुनै नौलो विषय होइन।
हरेक व्यक्तिले नयाँ जीवनशैलीलाई आत्मसात गरि, अगाडि बढौं।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ