ブログ

ポッドキャスト

ポッドキャスト RSS

2020年12月

2020.12.31[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【आजको अन्तर्वार्तामा पाहुना】

बिनोद सुनार

 

Fukuoka Japanese Language School (福岡日本語学校) को सेन्से

Administration Department

Student Affairs Division

 http://www.fukuokaschool.com/

2020.12.24[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【तोशिकोशी सोबा (Toshikoshi Soba)】

जापानमा, नयाँ वर्षको पूर्वसंध्या अर्थात् डिसेम्बर ३१मा, तोशिकोशी सोबा खाने चलन छ।

तोशिकोशी सोबा खाने भनेको लामो आयु बाच्नु, यस बर्षको कठिनाइ र दुर्भाग्य त्यागेर नयाँ वर्षलाई स्वागत गर्नु हो।

जापानको विभिन्न भागहरूमा स्थानीय ओरिजिनल तोशिकोशी सोबा पाईन्छ।

यसलाई प्राय: नयाँ वर्ष अगाडि खाने गरिन्छI

पसलमा नखाए पनि, कन्भिनीयन्स स्टोर र सुपरमार्केटमा पनि किन्न पाईने भएकाले, अहिलेसम्म खानु भएको छैन भए पनि एकचोटी खाएर हेर्नुहोला।

यद्यपि, सोबामा एलर्जी भएका व्यक्तिहरू पनि हुने भएकोले सावधान अपनाउन जरुरी छ। सोबामा एलर्जी भएका केही व्यक्तिहरूले सोबाको सट्टा उडोन, सोउमेन, रामेन इत्यादि खाने गरेको पाईन्छ।

त्यस्तै, शहरको सोबा पसल, नयाँ वर्षको पूर्वसंध्यामा वर्षको सबैभन्दा व्यस्त समय भनिन्छ।

 

“नयाँ वर्षको बिदाहरुमा वार्ड अफिस काउण्टर अनि फोहोर फाल्ने दिन”

नयाँ वर्षको बिदाहरुमा, वार्ड अफिसको काउण्टर र फोहोर फाल्ने दिन परिवर्तन हुने भएकोले कृपया ध्यान दिनुहोलाI

वार्ड अफिस, स्वास्थ्य तथा कल्याण केन्द्रको काउण्टर, डिसेम्बर २९ (मंगलबार) देखि जनवरी ३(आइतवार) सम्म बन्द रहनेछ।

बर्षको अन्तिम दिन डिसेम्बर २८ (सोमबार), र बर्षको शुरुवात जनवरी ४ (सोमबार) हो।

नयाँ वर्षको बिदाहरुको अघिपछि वार्ड अफिसको काउण्टर भिडभाड हुने भएकोले, धेरै समय राखेर जाऔ।

डिसेम्बर ३१(बिहिवार) देखि जनवरी ३ (आइतवार) सम्म, जल्ने फोहर, नजल्ने फोहर, खाली सिसाको बोतल, प्लास्टिकको बोतलको फोहर बाहिर राख्न मिल्दैनI

जल्ने फोहर, डिसेम्बर ३० (बुधवार) सम्म तोकिएको दिनमा बाहिर राख्नुहोस्I

नजल्ने फोहर तथा खाली सिसाको बोतल, प्लास्टिकको बोतल, जनवरी ३ (आइतवार) मा संकलन नहुने भएकोले त्यसको सट्टा डिसेम्बर ३० (बुधवार) मा फोहर फाल्नुहोस्I

यसका साथै, ठूलो आकारका फोहर डिसेम्बर २९ (मंगलबार) देखि जनवरी ३ (आइतवार) सम्म सम्पर्क र संकलन बन्द गरिन्छI

 

"कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध”

आजकल, कोरोनाभाइरस संक्रमण बिरूद्ध कदम चाले पछि, मानिसहरुको सम्पर्कमा आउने गतिबिधि अलि बढेर आएको छ, तर अबबाट क्रिसमस, नयाँ वर्ष पूर्वसंध्या, र नयाँ वर्ष जस्ता मौसमी कार्यक्रमहरूमा भेला हुने अवसरहरू बढ्नेछन्। मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI प्रत्येक व्यक्तिले, आधारभूत संक्रमण रोकथामका उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI

2020.12.17[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【क्रिसमस】

क्रिसमस भनेको Christ's mass होI जिसस क्राइस्टको जन्मदिन मनाउने क्रिश्चियन बिदा होI भनिन्छ कि, पहिलो क्रिसमस पार्टी जापानमा मेजी युगको शुरूमा आयोजना भएको थियो।

आजकल, क्रिश्चियन धर्मसँग सम्बन्धित नभएका साधारण घरपरिवारमा पनि मनाउने, धर्मको सिमा बाहेक वर्षको अन्त्यको राष्ट्रिय महोत्सवको रुपमा रही आएको छI

साथै, जापानमा क्रिसमसको समयमा, फ्राइड कुखुराको मासु र रोष्ट गरिएका कुखुरा मासु धेरै राम्रो बिक्री हुने गर्छ।

कुखुराको फास्ट फूड पसलमा लाइन हुनु भनेको क्रिसमसको परम्परा हो।

यस वर्षको क्रिसमस पार्टीमा भेट्ने योजना गर्दै हुनुहुन्छ भने, ठूलो संख्यामा भेला नभई, कोठाको भेन्टिलेसनमा ध्यान दिई, २ घण्टा भित्रमा समाप्त गरौँ। प्रत्येक व्यक्ति अनलाइनमा भेटि, घरमै खानपिन गर्नु पनि राम्रो होला किI

 

【वर्षको समाप्ति र नयाँ वर्ष सुरक्षित र ढुक्क साथ बिताउनका लागि】

वर्षको समाप्ति र नयाँ वर्षको बिदाहरूमा रक्सी पिउने धेरै अवसरहरू हुने गर्छन्।

“मादकपदार्थ सेवन गरि गाडि नचलाउने, चलाउन नदिने, चलाउनेलाई बिल्कुल माफी नदिने, र बेवास्ता नगर्ने” प्रति निश्चित होऔंI

रक्सी पिएर साइकल चलाउनु पनि कानूनले निषेध गरिएको छ।

विशेष ध्यान दिनुपर्ने भनेको, अर्को दिन रक्सीको hangover होI

अलिकति भए पनि रक्सी लागेको बाँकी छ जस्तो लागेमा, गाडि नचलाऔंI

साथै, यदि तपाईंलाई अर्को दिन ड्राइभ गर्नु छ भने, अघिल्लो दिन रक्सी नपिउनु महत्त्वपूर्ण हुन्छ।

यस अतिरिक्त, हरेक वर्षको अन्ततिर ट्राफिक दुर्घटनाहरू बढ्ने गरेको पाईएको छ।

राती बाहिर निस्कँदा, ड्राइभरले देख्न सजिलो हुने, चम्किलो लुगा वा चमकदार वस्तुको प्रयोग गरौँI

कार चलाउँदा, चाँडै बत्तीहरू अन गरौं।

 

अर्को जानकारी, बाटोमा हुने लुटपाटको बारेमाI

 

कम ट्राफिक भएको स्थानमा, साँझदेखि मध्यरातसम्म धेरै अपराधहरू हुने गरेको, अझ, लुटेराहरु प्रायः मोपेड बाइकमा आएका घटनाहरु धेरै छन्।

खोस्नबाट जोगिन, झोला सडकको अर्को पट्टि समात्ने गरौँ।

साथै, मान्छेको संकेत वा बाइकको आवाज सुन्नुभएमा पछाडी फर्केर हेर्ने आदि जस्ता, आफ्नो वरपर ध्यान दिने गरौँI

 

अन्तमा, अध्यागमन ब्यूरो वा दूतावास हुँ भनेर दाबी गर्ने संदिग्ध कलहरू रिपोर्ट भएकाले, कृपया सतर्क रहनुहोस्। उदाहरणको लागी, "तपाईको भिसा असामान्य छ।" वा

"तपाईंको नक्कली पासपोर्ट फेला परि, तपाईं आफ्नो देश फर्कन सक्नुहुन्न। यसलाई समाधान गर्न पैसा चाहिन्छ।" आदि जस्ता हुन्I

अध्यागमन ब्यूरोले फोनमार्फत तपाईंलाई शुल्क तिर्नको लागि भन्ने छैन।

अपरिचित नम्बरको आगमन कलदेखि कृपया सतर्क रहनुहोस्।

आफू र आफ्नो बहुमूल्य वस्तुहरुलाई सुरक्षित गरि, वर्षको समाप्ति र नयाँ वर्ष सुरक्षित र ढुक्क साथ बिताऔंI

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

आजकल, कोरोना भाइरस संक्रमण बिरूद्ध कदम चाले पछि, मानिसहरुको सम्पर्कमा आउने गतिबिधि अलि बढेर आएको छ, तर अबबाट क्रिसमस, नयाँ वर्ष पूर्वसंध्या, र नयाँ वर्ष जस्ता मौसमी कार्यक्रमहरूमा भेला हुने अवसरहरू बढ्नेछन्। मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI प्रत्येक व्यक्तिले, आधारभूत संक्रमण रोकथामका उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI

2020.12.10[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , आवास(住宅) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【Winter Solstice】 को परिचय

डिसेम्बर २१, “नीज्युउसिसेक्की” भन्ने पुरानो क्यालेन्डरमध्ये एक, “तोउजी” अर्थात् Winter Solstice हो I Winter Solstice, वर्षको सबैभन्दा छोटो दिन होI

जापानमा Winter Solstice को दिन,  ओफुरोमा युजु अर्थात् Citron लाई राखेर, “युजुयु तातो पानी” मा बस्ने, फर्सी खाने चलन छ।

भनिन्छ, युजुयुले रक्त संचारमा सुधार गर्ने, शरीरलाई न्यानो पार्ने, र चिसो हुनबाट बचाउने काम गर्दछI

साथै, फर्सीले छाला र श्लेष्म झिल्ली (mucous membranes)लाई सशक्त बनाउने, संक्रामक रोगहरूको प्रतिरोध क्षमता सुधार गर्ने भएकोले, Winter Solstice मा फर्सी खायो भने चिसो लाग्दैन भन्ने भनाई जापानमा लामो समयदेखि रही आएको छ।

कोरोना भाइरस र इन्फ्लूएन्जालाई हराउन, उचित पोषण लिई, वर्षको अन्त्य पार गरौँI

 

【फाउन्डेशन परामर्श काउण्टर】

Fukuoka City Consultation Support Center for Foreign Residents मा, आवास सम्बन्धी प्रकिया, रोजगार, चिकित्सा, कल्याण, प्रसुति, शिशु स्याहार, र बाल शिक्षा जस्ता जनजीवन सम्बन्धित बिषयमा परामर्शका लागि, उपयुक्त सम्पर्क तथा अन्य जानकारीहरु प्रदान गर्दै आईरहेको छ। फोन नम्बर, ०९२-२६२-१७९९, फेरि एकपटक, ०९२-२६२-१७९९ I

सम्पर्क समय ८:४५ देखि ६:०० बजेसम्मI शनिवार, आइतवार, सार्वजनिक बिदा, वर्षको अन्त्य र नयाँ वर्षको दिन बिदा हुन्छ।

परामर्श सेवा १९ भाषाहरूमा प्रदान गरिन्छI

 

【क्रिसमस मार्केट】

फुकुओका क्रिसमस मार्केट, हरेक वर्ष नोभेम्बरदेखि डिसेम्बरको क्रिसमसको दिनसम्म, हाकाता र तेन्जिनमा एकै साथ आयोजना भइरहेको फुकुओका शहरको हिउँदको एक परम्परा हो।

जापानको एकमध्ये सबैभन्दा ठूलो यस क्रिसमस मार्केटमा, खुला परिसरमा धेरै स्टलहरू पंक्तिबद्ध राखिएका हुन्छन्, जहाँ क्रिसमसको झिलिमिली बत्ती वा सजावटका साथसाथै, तातो वाइन, तातो चकलेट आदि जस्ता न्यानो पेय र स्वादिष्ट खानाको मजा लिने महोत्सव हो।

यस वर्ष, “Hakata Ekimae Hiroba”, “Fukuoka Shiyakushomae Fureai Hiroba”, “EL Gala Passage Hiroba" र “IMS Square”, गरि चार स्थानहरुमा.आयोजना गरिनेछन्I

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

आजकल, कोरोनाभाइरस संक्रमण बिरूद्ध कदम चाले पछि, मानिसहरुको सम्पर्कमा आउने गतिबिधि अलि बढेर आएको छ, तर अबबाट क्रिसमस, नयाँ वर्ष पूर्वसंध्या, र नयाँ वर्ष जस्ता मौसमी कार्यक्रमहरूमा भेला हुने अवसरहरू बढ्नेछन्। मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI प्रत्येक व्यक्तिले, आधारभूत संक्रमण रोकथामका उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI

2020.12.03[Thu] 09:00

अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)

【“ओसेइबो” को परिचय】

“ओसेइबो” भन्नाले आभार भएका व्यक्तिहरु प्रति वर्षको अन्त्यमा धन्यवाद ज्ञापन स्वरुप खानेकुरा र पेयपदार्थ आदि जस्ता उपहारहरू दिने परम्परा छ।

यसको शुरुवात इडो कालमा भई, हरेक बर्षको अन्त्यमा, व्यापारीहरूले घरमालिक वा व्यापार साझेदारहरूलाई, “म सँधै तपाईंप्रति आभारी छु। यसपछि पनि निरन्तर सहयोगको अपेक्षा राख्दछु ” भन्ने अर्थबाट धन्यवाद स्वरुप उपहार दिने शुरुवात भएको मानिन्छ।

ओसेइबो सामान्यतया, डिसेम्बरको शुरुदेखि २५ तारिखको केही दिन अगाडि वा पछाडि सम्म दिने चलन छ। क्युशु क्षेत्रमा धेरैले डिसेम्बर १० देखि २० सम्म दिने गरेको देखिन्छ।

तपाईं पनि यस वर्ष, जापानको परम्परा अनुसार, आफुलाई सँधै सहयोग गर्ने व्यक्तिहरुलाई केही उपहार दिनु हुन्छ कि?  

 

【विश्व मानव अधिकार दिवस र मानव अधिकार सप्ताहको बारेमा】

"मानव अधिकार" भनेको हरेक व्यक्ति जन्मेदेखि उसले "मानव जस्तो जीवन जीउन" पाउनेको अधिकार हो।

डिसेम्बर १० "विश्व मानव अधिकार दिवस" ​​हो, जुन जापानमा मात्र होइन, विश्वको विभिन्न भागहरुमा पनि "मानव अधिकार" को बारेमा सोच्ने दिनको रुपमा रही आएको छ।

डिसेम्बर ४ देखि १० सम्म "मानव अधिकार सप्ताह" को अवसरमा, फुकुओका शहरमा पनि, मानव अधिकारको सम्मान गरि, भेदभाव रहित आरामदायी फुकुओका शहरको उद्देश्यले “मानव अधिकार सम्मान सप्ताह” आयोजना गरिंदै आईरहेको छI

हरेक व्यक्ति आफू जस्तै स्वाभिमानी हुन्छI

प्रत्येक व्यक्ति स्वावलम्बी छ भन्ने कुरा अनुभूति दिलाने यो महत्त्वपूर्ण हप्ता हो।

महिला, बालबालिका, वृद्ध, विदेशी, अशक्त, आदिको आधारमा भेदभाव र पूर्वाग्रह हटाएर, एक अर्काको मानव अधिकारको सम्मान गरौं।

तपाईंहरु पनि "दयालु हृदय" र "स्वाभिमानी जीवन"को बारेमा फेरि एकपटक सोचेर हेर्दा कस्तो होला?

 

【फोहरको अवैध डम्पिंग】

जंगल, समुद्रीतट, नदी, सडक, पार्क आदिमा ठूलो आकारका फोहर वा घरको फोहर फाल्नेलाई अवैध डम्पिंग भनिन्छ।

फुकुओका शहरमा, बर्षको अन्त्यमा सरसफाईको कारण फोहरको मात्रा बढ्ने डिसेम्बरमा, “अवैध डम्पिंग रोकथाम सुदृढीकरण महिना" को रूपमा, अवैध फोहर फाल्न रोक्नका लागि गतिविधिहरू थप सुदृढ गरिनेछ।

फुकुओका शहरले पुलिसको सहयोगमा, धेरै अवैध फोहर फाल्ने स्थानहरुमा, निगरानी क्यामेरा वा चेताउनी संकेतहरू राख्ने र गस्तीहरू सञ्चालन गरिंदै आईरहेको छ।

टिभी, फ्रिज, फ्रिजर, वाशिंग मेशिन, कपडा ड्रायर, र एयर कन्डिशनरहरू घरायसी सामान प्रशोधन कानुन बमोजिम फोहर फाल्ने विधि तोकिएको छ। नयाँ जडान गर्ने बेला लगिदिनुहुन्छ कि भनेर खरिद गरेको पसल वा फुकुओका शहरभित्रको Best Denki वा Yamada Denki मा सोध्नुहोला। रिसाइकल शुल्क, संकलन र यातायात शुल्क आवश्यक पर्छ। “अनावश्यक सामानहरू सस्तोमा संकलन गरिदिन्छौं” भनि विज्ञापन गर्नेहरुले, फुकुओका शहरको अनुमति बिना अवैध रूपमा संकलन गर्ने ठेकेदार हुन्। अनुमति प्राप्त नभएका ठेकेदार, अवैध डम्पिंग वा अनुचित प्रशोधन गर्ने, अधिक शुल्क लिने जस्ता समस्याहरू निम्त्याउने हुनाले कृपया यसको प्रयोग नगर्नुहोस्।

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

आजकल, कोरोना भाइरस संक्रमण बिरूद्ध कदम चाले पछि, मानिसहरुको सम्पर्कमा आउने गतिबिधि अलि बढेर आएको छ, तर अबबाट क्रिसमस, नयाँ वर्ष पूर्वसंध्या, र नयाँ वर्ष जस्ता मौसमी कार्यक्रमहरूमा भेला हुने अवसरहरू बढ्नेछन्। मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI प्रत्येक व्यक्तिले, आधारभूत संक्रमण रोकथामका उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ