福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2024.03.14[Thu] 09:00
आवास(住宅)
【हारु नो कोउशिएन्】
अर्को हप्ताको १८ तारिकबाट चयनात्मक हाई स्कूल बेसबल प्रतियोगिता वा "हारु नो कोउशिएन्" शुरु हुन गईरहेको छ। हरेक वर्ष वसन्तमा आयोजना हुने, यो जापानी हाई स्कूल बेसबल प्रतियोगिता हो। खेल मैदान ह्योगो प्रिफेक्चरको कोउशिएन् स्टेडियममा हुने भएकोले, यसलाई "कोउशिएन्" भनेर चिनिन्छ। जापानीहरूका लागि, कोउशिएन् लामो समयदेखि विशेष प्रतियोगिताको रुपमा रहीआएको छ। यो प्रतियोगिता हाई स्कूल बेसबल खेलाडीहरूका लागि मात्र नभई, बेसबल प्रशंसकहरूका लागि पनि उत्तिकै विषेश छ। यस वर्ष ३२ वटा विद्यालयहरुले बिजय पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।
फुकुओकाबाट मुनाकाता शहरमा अवस्थित टोकाई विश्वविद्यालय फुकुओका हाई स्कूललाई प्रतिनिधि चयन गरिएको छ।
जापानभरिमा बिजय लक्ष्यकासाथ उत्कृष्ट प्रदर्शनका लागि अग्रिम शुभकामना।
यो प्रतियोगिता, मार्च ३० सम्म १३ दिनको लागि, रेडियो र टिभीमा प्रसारण हुनेछ।त्यसैले, पक्कै पनि हाई स्कूल बेसबल खेलाडीहरूको उत्कृष्ट प्रदर्शन हेर्नुहोला!
【फुकुओका शहरको सूचना】
“भीडभाड नगरी बसाईसराईको प्रक्रिया चाल्नु”
मार्च र अप्रिलमा बसाईसराई धेरै हुने भई वार्ड अफिसको काउण्टरमा भीड हुने समय हो।
विशेष गरी मार्च २१ देखि अप्रिल ८ सम्म, २-३ घण्टा कुर्नुपर्ने जत्तिको भीड हुने भएकोले, सकेसम्म यस अवधिमा कार्यालय भ्रमण नगरिदिनु होला।
सप्ताहका दिनहरुमा व्यस्त भई बसाईसराईको सूचना दर्ता गर्न जान असमर्थ हुनुहुने महानुभावहरुले, बिदाका दिनमा बसाईसराईको प्रक्रिया गर्न सकिने गरि मार्च ३१ र अप्रिल ७ को आइतबार, प्रत्येक वार्ड कार्यालय र शाखा कार्यालयका काउण्टरहरू अस्थायी रूपमा खोलिनेछन्। बिहान ९:०० बजेदेखि दिउँसो १:०० बजेसम्म,बसाईसराईको सूचना वा बसाईसराई सम्बन्धित सूचना दर्ताहरू स्वीकार गर्दछौं।
फुकुओका शहरभन्दा बाहिर बसाई सर्दै हुनुहुन्छ भने, वार्ड अफिसमा नगईकन पनि, हुलाक मार्फत् वा माइनम्बर कार्ड हुनेहरुले अनलाइनबाट सूचना दर्ता गर्न सक्नुहुन्छ।
यद्यपि, विदेशमा सर्दै हुनुहुन्छ भने, कृपया ध्यान दिनुहोस् कि अनलाइनबाट बसाईसराईको प्रक्रिया गर्न सक्नुहुन्न।
यदि फुकुओका शहरभित्र बसाई सर्दै हुनुहुन्छ भने, बसाईसराई सूचना दर्ता गर्न आवश्यक छैन तर, नयाँ ठेगानामा बस्न थाल्नु भएदेखि आफू सर्नुभएको वार्ड अफिसमा बसाईसराई सूचना बुझाउनुपर्छ।
वार्ड अफिसमा बसाईसराईको प्रक्रियाका लागि सुविधाजनक अनलाइन सेवा पनि छ।
शनिवार, आइतवारर सार्वजनिक बिदाहरुमा बाहेक, प्रकिया चलाउन अपेक्षित मिति भन्दा कम्तिमा ५ दिन अगाडि ८:३० बजेसम्ममा स्मार्टफोन आदिबाट, ठेगाना परिवर्तन वा प्रक्रियाको अपेक्षित मिति आदिको जानकारी पठाउनुभयो भने, बुकिङ गर्न सक्नुहुन्छ र काउण्टरमा प्रक्रियाको समय कम लाग्ने र प्रकिया पनि सहज हुन्छ।
नबुझेको कुरा भएमा टेलिफोन अनुवाद हटलाइन प्रयोग गरेर वार्ड कार्यालयमा सोध्न सक्नुहुन्छ।
फोन नम्बर, ०९२-७५३-६११३ हो।
तपाईं आफू बस्ने वार्ड र बसाईसराईको प्रक्रियाको बारे बुझ्न चाहेको भन्नुहोला।
यस अतिरिक्त, बसाईसराई गर्दा, खानेपानी आपूर्ति शुरु गर्न वा रोक्नका लागि सुचना दिन आवश्यक छ। शनिवार, आइतवार र सार्वजनिक बिदाका बाहेक, सर्ने दिनभन्दा कम्तिमा ४ दिन अगाडिसम्ममा फोनमार्फत सम्पर्क गर्नुहोस्।
फोन नम्बर ०९२-५३२-१०१० हो। आफूले चाहेको विदेशी भाषामा कल गर्न सक्नुहुन्छ।
अनलाइनबाट पनि आवेदन दिन सक्नुहुन्छ।