福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2023.02.09[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健)
【फेब्रुअरीमा शारीरिक अवस्थाको व्यवस्थापन】
आजकल नयाँ कोरोनाभाइरस र इन्फ्लुएन्जा एकै साथ हुने चिन्ताको बिषय बनेको छ।
त्यसैले यस महिना पनि रोकथामका उपायहरू जारी राख्ने गरौं। मुख्यतयाः, बाहिर निस्कँदा मास्क लगाउने, घर फर्कंदा कुल्ला गर्ने र हात धुने गरौं।
ग्रीन टिमा पाइने क्याटेचिनहरूमा एन्टिसेप्टिक गुण हुन्छ भनिन्छ, त्यसैले ग्रीन टिले कुल्ला गर्ने वा निरन्तर ग्रीन टि पिउने आदि जस्ता प्रयास गर्नु पनि राम्रो हुन सक्छ। क्याफिन मन नपर्नेहरुले, होजिच्याको प्रयोग गर्नु पनि राम्रो होला।
साथै, फेब्रुअरीको मध्यतिरदेखि सुगी काफुन् पनि हावामा उड्न शुरु हुन्छ। चाँडै काफुन्बाट बच्ने उपायहरू लिन शुरु गरौं।
साधारणतयाः ध्यान दिनुपर्ने कुराहरु भनेको, पर्याप्त निद्रा लिनु र स्वस्थ जीवनशैली कायम राख्नु जस्ता सामान्य प्रतिरोधात्मक क्षमता कायम राख्नका लागि महत्त्वपूर्ण छ। चिसो लाग्नबाट जोगिनु, धेरै रक्सी नपिउनु, चुरोट नपिउनु पनि नाकको श्लेष्म झिल्लीलाई स्वस्थ राख्नको लागि महत्त्वपूर्ण छ।
अब अलि जाडो सहनु भएपछि, घमाइलो अनि न्यानो मौसम भएर आउँछ।
स्वस्थ र स्फुर्त भई वसन्तमा प्रवेश गरौं!
【फुकुओका शहरको सूचना】
नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना
फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।
तेस्रो पटक, चौंथो पटक र पाँचौं पटकको खोप लिनेहरूका लागि Omicron strain विरुद्धको खोप लगाउने काम भईरहेको छ। Omicron strain विरुद्धको खोप प्रति व्यक्ति एक पटक लगाईने खोप हो।
पछिल्लो खोप लिएकोबाट ३ महिना कटिसकेकाहरूका लागि, खोप लिनका लागि खोप कुपन हुलाक मार्फत् पठाईएको छ।
खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिने हुनाले, कृपया खोप कुपन नपाउन्जेल प्रतिक्षा गर्नुहोला।
खोप कुपन हराएका महानुभावहरुले, पुन: जारीको लागि आवेदन दिन आवश्यक छ। कृपया कल सेन्टरमा फोन गर्नुहोस्।
विदेशबाट फुकुओका शहरमा आउनुभएका महानुभावहरुले यदि खोप लगाउन चाहनुहुन्छ भने,
खोप कुपन जारीको लागी निबेदन दिन आवश्यक छ।
फुकुओका शहरमा खोप सम्बन्धि परामर्श, बुकिंग र खोप कुपन जारीको बारेमा बुझ्न, सम्पर्क गर्न सकिने कल सेन्टरको फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५ ।
हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।
नेपाली, अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।