ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.29

2020.10.15[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【जाडोको लुगा बाहिर निकाल्ने र मुशिबोशी सम्बन्धि परिचय】

यो, दराजमा थन्काएर राखिएका जाडोको लुगा बाहिर निकाल्ने मौसम होI जापान एक उच्च आर्द्रता भएको देश हो, त्यसैले यहाँ लुगालाई सुरक्षितसाथ राख्ने आफ्नै बिधि छ जसलाई "मुशिबोशी" भनिन्छ।

मुशिबोशी शब्द सुन्दा तपाईं के जस्तो लाग्छ होला?

बास्तवमा मुशिबोशी भनेको लुगाहरुमा धुसि नपरोस् भनेर, धोएर सुख्खा पारि, सफा ठाउँमा राख्ने बिधि हो। जब मौसम राम्रो र हावा सुख्खा हुन्छ, यस्तो बेलामा लुगा सुकाउँदा  किराले खानबाट रोक्नुको साथै, ओसिलोपन हटाउँछ र धुसि पर्नबाट पनि जोगाउँदछ। गर्मीयाम सकिन लागेको बेला October-November मा मात्र नभई, बर्षायाम शुरु हुनु अघिको बेला  July-August र हावा सुख्खा हुने समय January-February गरि, वर्षको तीन चोटी मुशिबोशी गरिन्छ।

 

【फुकुओका शहरले जारी गरेको जानकारीमुलक सूचना】

”नि:शुल्क शिशु शिक्षा र बाल हेरचाहको बारे”

यो सूचना साना बच्चाहरू भएका सबैका लागि हो।

३ देखि ५ वर्षको उमेरका बच्चाहरूको लागि किन्डरगार्टेंन,  नर्सरी स्कुल र प्रमाणित बाल संस्थाहरूमा अक्टूबर २०१९  देखि नि:शुल्क गरिएको छ।

तापनि,  तपाईंले यातायात, खाजा, र कार्यक्रमहरूको लागि पैसा तिर्नु पर्छ।

किन्डरगार्टेंन र  नर्सरी स्कुल अनुसार, सम्पूर्ण शुल्कमा पूर्ण रूपमा निःशुल्क नहुन सक्छ।

नबुझेको केही कुरा भएमा, वार्ड कार्यालयमा सम्पर्क राख्नुहोस्I

वार्ड कार्यालयमा, १८ वटा भाषाहरुमा परामर्श लिन सक्नुहुन्छ।

फोन नम्बर, ०९२-७५३-६११३I

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।

त्यसपछि,  आफू बस्ने वार्ड अनि तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

 

“धुम्रपान आचरण सम्बन्धि”

के तपाईंलाई धुम्रपानका नियमहरू थाहा छ?

हिड्दा वा साइकल चलाउँदा धुम्रपान नगरौं।

फुकुओका शहरमा, विशेष गरी धेरै मानिसहरू हुने तेन्जिन, डाइम्यो र हाकाता स्टेशन परिसरको सडकहरुमा धुम्रपान गर्न निषेध गरिएको छI

हिंड्दा वा भिडभाडमा धुम्रपान गर्नु एकदम डरलाग्दा कार्यहरु हुन्I

व्यक्तिसँग ठोक्का, चुरोटको आगोले गर्दा पोल्ने वा लुगालाई जलाउने जोखिमको सम्भावना हुन्छ। धुँवाले गर्दा वरपरका मानिसहरुलाई अप्ठ्यारो पर्न पनि सक्छ।

साथै, धुम्रपान गरेको चुरोट सडकमा फाल्दा, आगलागि हुने सम्भावना पनि छ।

आफूले पिएको चुरोटको ठुटालाई, तोकिएको ठाउँमा फाल्नु राम्रो आचरण होI

बाहिर धुम्रपान गर्दा, पोर्टेबल एशट्रेसँगै बोक्ने गरौं।

धुम्रपान गर्दा, तोकिएको स्थानमा गर्न अनुरोध गर्दछौं।

नियम र आचरणहरुलाई अनुसरण गरि, तपाईंको वरपरका मानिसहरूको पनि सुरक्षित र आरामदायक जीवनयापनको लागि, सहयोगको अपेक्षा राख्दछौंI

 

 

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ