ブログ

ポッドキャスト

ポッドキャスト RSS

2024年07月

2024.07.24[Wed] 09:00

अन्तर्वार्ता(インタビュー)

【अतिथि अन्तर्वार्ता】

हलाल फूड तथा नेपाली खाद्य सामग्रीहरु पाईने विशेष पसलको मालिक ーसन्तोष गुरुङー

गुरुङ हलाल फूड

@फुकुओका च्यु वार्ड, आरातो ३ च्योमे, ९-१८  (तोउजिनमाची)

2024.07.18[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【दोयोनो उसिनो हि】

जापानमा "दोयोनो उसिनो हि" भनेर चिनिने "मौसमको परिवर्तनको दिन" मा उनागी खाने परम्परा छ।

वर्षाको मौसमको अन्त्य पछि चरम गर्मीको मौसम सुरु हुने यस समयमा, शरीरको हेरचाह गर्न र शारीरिक शक्ति बढाउनका लागि, उनागी उत्तम मानिन्छ। यसले थकान हटाउने र भोक बढाउने प्रभावकारी काम गर्छ। यसलाई खाने सबैभन्दा सामान्य तरिका भनेको सोया सस र चिनी मिसाइएको तारे हालेर पोल्नु वा यसलाई सोझै कोइलामा पोलेर ''शिरायाकी'' गरेर खानु हो।

उनागीबाहेक, उसिनो हिको दिनमा "उ(う)" अक्षरले सुरु हुने खानेकुराहरु खानु पनि शुभ मानिन्छ, जस्तै "उडोन", "उमेबोशी", "उरी" (काँक्रो, खरबूजा) आदि । यस वर्ष, जुलाई २४ र अगस्ट ५ मा ''दोयोनो उसिनो हि'' पर्छ।

गर्मीको यस मौसममा पौष्टिक र स्वादिष्ट खानेकुरा खाएर, स्वस्थ र तन्दुरुस्त रहौं!

 

 

फुकुओका शहरको सूचना

“Fukuoka City Official Tourist Guide” सम्बन्धि

यसपटक Fukuoka City Official Tourist Guide” सम्बन्धि जानकारी रहेको छ।

यस वेबसाइटमा, पर्यटकीय सुविधाहरू, कार्यक्रमहरू, पर्यटकीय स्थलहरू, स्वादिष्ट खाना आदि जस्ता जानकारीहरु ४ वटा भाषाहरू (अंग्रेजी, कोरियाली, परम्परागत चाइनिज, र सरलीकृत चाइनिज) मा बुझ्न सजिलो हुने गरि प्रदान गदै आईरहेको छ। 

स्थानीय खानेकुरा, इतिहास-संस्कृति, प्रकृति-आउटडोर आदि विषयहरुको आधारमा खोज्न सजिलो अनि, भ्रमण गर्न चाहानु भएको क्षेत्रको पर्यटकीय जानकारीहरू सजिलै प्राप्त सक्नुहुन्छ।

यो गाइड पर्यटकहरुलाई मात्र नभई, फुकुओकामा बसोबास गर्नुहुनेहरुका लागी पनि, फुकुओकाको बारेमा अझै धेरै जानेर मनोरञ्जन लिन सकिने उपयोगी जानकारीहरुले भरिपूर्ण छ।

कृपया Fukuoka City Official Tourist Guide” मा खोजि हेर्नुहोला।

 

 

“फुकुओका सिटी चाइल्डकेयर एक्सचेन्ज समय”

अर्को, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

तपाईँहरु आफ्ना बच्चासँगै रमाइलो समय बिताउन मिल्ने ठाउँमा गएर हेर्न चाहनुहुन्छ भने, हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, महिनामा एक पटक बच्चा हुर्काउने सम्बन्धि आदानप्रदान सलोन सुरु भएको छ।

हरेक महिनाको चौथो मंगलबार, अभिभावकहरु आफ्ना बच्चाहरूसँगै रमाइलो समय बिताउन सकिने, शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा संचालन भईरहेको छ। जुलाईमा यो कक्षा २३ तारिखमा सञ्चालन हुनेछ। समय बिहान १०:३० देखि ११:३० सम्म हो। जुलाई महिनाको विषय "अभिभावक तथा शिशु व्यायाम" हो। बाल स्याहार विशेषज्ञको उपस्थिति हुने यस दिनमा, अभिभावक र बच्चाहरूले नाचजस्ता गतिविधिहरूमा सहभागी भई रमाइलो समय बिताउन सक्छन्।

आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको होमपेज वा फेसबुकमा हेर्नुहोस्।

2024.07.11[Thu] 09:00

अन्य(その他)

【समुद्री तट】

अब चाँडै नै गर्मीको चरम समय आउन लागेको छ! यसै मौका पारेर, फुकुओका शहर भित्रका सिफारिस गरिएका समुद्री तटहरूको जानकारी लिएर आएकी छु।

पहिलो छ, सावारा वार्डमा अवस्थित Momochi Seaside Park

सुरक्षित र आरामदायक समुद्रीतटको रुपमा रहेको यस समुद्रमा पौडी खेल्नुका साथै समुद्री खेलहरू पनि खेल्न सक्नुहुन्छ। समुद्रीतटको वरपरको क्षेत्रमा रेस्टुरेन्ट र पसलहरू पनि छन्। जिग्योहामा क्षेत्रमा सांगीतिक महोत्सव जस्ता कार्यक्रम पनि आयोजना गरिएको छ।

दोस्रो, हिगाशी वार्डमा रहेको शिखानोशिमा समुद्रीतट। 

शिखानोशिमा जमिनसँग जोडिएको हुनाले कारमा जानुभयो भने स्थानीय दृश्यको आनन्द लिन सक्नुहुन्छ। त्यसैले ड्राइभ कोर्समा जान पनि उत्तम हुन्छ। यहाँको समुद्र अत्यन्त पारदर्शी हुने भएकोले, सेतो बलौटे समुद्र तट सुन्दर देखिन्छ। उत्तरी छेउमा [शिरोसे] नामको फुकुओका शहरको एक मात्र डाइभिङ स्पट रहको छ, त्यहाँबाट देखिने दृश्य पनि अत्यन्तै मनमोहक छ। 

त्यस्तै अर्को छ, निशी वार्डमा रहेको नोकोनोशिमा क्याम्प समुद्रीतट।

प्रकृतिले भरिपूर्ण यस टापुमा पाल्म रूखहरूले घेरिएको समुद्री तटमा अवस्थित, क्याम्पिङ क्षेत्रमा विश्रामगृह, होटेल, रेस्टुरेन्टर पसलहरू स्थापित छन्। सोही टापुमा नोकोनोशिमा आइल्याण्ड पार्क पनि छ, जहाँ आगन्तुकहरूले मौसमी फूलहरूको मजा लिन सक्नुहुन्छ र समुद्रमा पौडी खेल्ने बाहेक, अन्य धेरै गतिविधिहरूको मनोरञ्जन लिन सक्नुहुन्छ।

साथै, निशी वार्डमा रहेको ओहारा समुद्री तट पनि घुमफिरको लागि राम्रो छ। 

फुकुओकाको सबैभन्दा लामो समुद्री तटमा बिना कुनै अवरोधपौडी खेल्न सक्नुहुन्छ। समुद्र किनारमा विश्रामगृहको राम्रोव्यवस्था छ, जहाँ तपाईँले BBQ Banana boat जस्ता समुद्री मनोरञ्जनहरुको आनन्द लिन सक्नुहुन्छ।

फुकुओका शहरमा प्रकृति र रिसोर्टको आनन्द लिन सकिने थप्रै समुद्री तटहरु छन्। यस गर्मीमा पक्कै त्यहाँको मज्जा लिनुहोस् बरु बाहिर जानुहुँदा, लू लाग्नबाट बच्न सावधानीहरु अपनाउनुहोस्!

 

 

【फुकुओका शहरको सूचना 】

“नेच्च्युस्योउ अर्थात् लू लाग्नुबाट सावधान हुनुहोस् !”

अत्याधिक गर्मीको बेला, गाह्रो ब्यायाम वा तीव्र शारीरिक क्रियाकलापका कारण शरीरले आफ्नो तापक्रम ठीकसँग नियन्त्रण गर्न सक्दैन, जसले गर्दा शरीरमा पानी र नुनको मात्रामा असन्तुलन पैदा भई नेच्च्युस्योउ अर्थात् लू लाग्छ नेच्च्युस्योउका लक्षणहरूमा टाउको दुख्ने, चक्कर आउने, वाकवाकी लाग्ने र झाडापखाला लाग्ने जस्ता हुन्।

यस्तो बेलामा शरीरलाई चिसो पार्ने तथा नुन पानी पिउने गर्नुपर्दछ। यदि यस्तो गर्दा पनि निको नभएमा, ११९ मा फोन गरेर एम्बुलेन्स बोलाउनुपर्छ।

विशेष गरी, भारी वर्षा समाप्त भएपछि, जुलाईबाट अधिकतम तापमान बढ्ने समयमा आकस्मिक कक्षमा ल्याउनेहरुको सङ्ख्या ह्वात्तै बढ्छ। यस समयमा, उच्च आर्द्रता हुने र शरीरलाई अधिकतम गर्मीको बानि नहुने हुनाले धेरै ध्यान दिनु आवश्यक छ। लू, घर बाहिर मात्र होइन घर भित्र पनि हुन सक्छ।

अब केही नेच्च्युस्योउबाट बच्ने उपायहरु बताउन गईरहेकी छु।

  • तरल पदार्थ बारम्बार पिउने गर्नुहोस्। 

नियमित रूपमा जौको चिया र पानी पिउने, व्यायाम गर्दा Sports drinks पिउनु पनि उपयुक्त मानिन्छ। पसिना आउँदा, नुनपानी पिएर शरीरमा पानीको मात्रा कायम राखौं।

  • टोपी वा छाताको प्रयोग गरेर प्रत्यक्ष घामबाट जोगौं।

  • कोठाको तापक्रम २८ डिग्री सेल्सियसभन्दा कम राख्न, बुद्धिमानीपूर्वक air conditioner र फ्यानको प्रयोग गरौँ।

  • Cooling sheet र Ice pillow जस्ता चिसो पार्ने सामानहरूको प्रयोग गरौं।

  • सन्तुलित आहार र पर्याप्त निद्रा लिएर, स्वास्थ्यको ख्याल गरौं।

2024.07.04[Thu] 09:00

अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)

【हियाशी च्युखा अर्थात् चिसो चाइनीज नूडल्स】

 यस समयतिर, खानपानका पसलहरुमा "हियाशी च्युखा शुरु गरियो!" भन्ने सूचना बोर्ड कहिल्यै देख्नुभएको छ? वा तपाईंहरूले यो "हियाशी च्युखा" कहिल्यै खानु भएको छ? "हियाशी च्युखा" को अर्थ के होला भनेर सोचिरहनुभएकाहरु पनि हुनुहुन्छ होला!

हियाशी च्युखा भन्ने शब्दमा "चाइनीज" भाषा छ, र यसको अर्थ "चाइनीज नूडललाई चिसो पानीमा भिजाएर बनाइएको परिकार" हो तर, वास्तबमा यो चाइनीज परिकार भने होइन। यसको उत्पत्ति जापानमा भएको हो। पहाड जस्तै धेरै हालिएको नूडलमा, काक्रो, ह्याम, गोलभेंडा आदि वरिपरि घेरामा राखिन्छ, जसले माउन्ट फुजीको सम्झना दिन्छ रे। यसलाई खाँदा, भिनेगर सोया सस वा तिलको सस हालेमा ताजा र स्वादिलो हुन्छ।

 चासो लाग्ने "हियाशी च्युखा शुरु गरियो" भन्ने वाक्यांशको उत्पत्तिका बारेमा विभिन्न भनाइहरू छन्, तर सामान्य अर्थमा "गर्मीको मौसम आएकोले चिसो नूडल्स तयार छ, खान आउनुहोस्!" भन्ने कुरा संक्षेपमा व्यक्त गर्छ।

अत्यधिक गर्मीले खानाको इच्छा घट्ने गर्मीमा, गर्मीको थकान रोक्नका लागि यो मेनु उत्तम छ!

 

 

फुकुओका शहरको सूचना

फुकुओका शहरबाट, “फुकुओका शहर राष्ट्रिय स्वास्थ्य बिमा” सम्बन्धि सूचना छ।

जापानमा, बिरामी पर्दा वा चोट लागेमा, कम खर्चमा निश्चिन्त भएर उपचार सेवा प्राप्त गर्नका लागि, सबै व्यक्तिहरूलाई सार्वजनिक स्वास्थ्य बिमा प्रणालीमा सामेल हुने व्यवस्था गरिएको छ। ३ महिनाभन्दा बढी समयसम्म जापानमा बस्न अनुमति प्राप्त गरेका व्यक्तिहरूले, कम्पनीको स्वास्थ्य बिमा नभएका हकमा, राष्ट्रिय स्वास्थ्य बिमा लिनु अनिवार्य छ। यो बिमा लिन, तपाईं बसोबास गरिरहनु भएको क्षेत्रको वार्ड कार्यालयमा गएर प्रक्रिया पूरा गर्नु पर्छ।

फुकुओका शहरको राष्ट्रिय स्वास्थ्य बिमा लिनुभएको व्यक्तिले बिमा शुल्क तिर्नु पर्छ। बिमा शुल्क तपाईंहरूको स्वास्थ्य उपचार खर्चका लागि महत्त्वपूर्ण स्रोत हो। २०२४ अप्रिलदेखि २०२५ मार्चसम्मको बिमा शुल्क, गत वर्षको आम्दानी लगायतका आधारमा जुन महिनामा निर्धारण गरिएको छ।

राष्ट्रिय स्वास्थ्य बिमा लिने व्यक्तिहरूलाई, जुन महिनाको मध्यमा नीलो रंगको खाममा तिर्नुपर्ने सम्बन्धि सूचना पठाइएको छ, कृपया जाँच गर्नुहोस्। खामभित्रका कागजातमा लेखिएको बिमा शुल्कको रकम जाँच गरेर, तोकिएको म्याद भित्र बिमा शुल्क तिर्नुहोस्। यदि बिमा शुल्क समयमै तिरेन भने, तपाईंको सम्पत्ति छानबिन गरेर, बचत वा तलब जफत गर्न सकिन्छ, त्यसैले ध्यान दिनुहोस्। 

यदि कुनै कुरा बुझ्न गाह्रो भएमा, फोन मार्फत १८ वटा भाषाहरुमा परामर्श लिन सकिन्छ। फोन नम्बर ०९२-७५३-६११३ हो। यो नम्बरमा फोन गर्दा पहिले दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ। आफू बस्ने वार्ड अनि तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

“विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्श कार्यक्रम २०२४” आयोजना

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेनमा, NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर पब्लिक इन्टरेस्ट इन्कर्पोरेटेड फाउन्डेसन फुकुओका YWCA सँगको सहकार्यमा, "विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्श कार्यक्रम २०२४" आयोजना हुने भएको छ।

यस परामर्श कार्यक्रममा, विदेशी मूलका बालबालिकाहरूका लागि प्रिस्कूलरदेखि हाई स्कूल सम्मको शैक्षिक परामर्श दिईन्छ। यस अतिरिक्त, अध्यागमन ब्यूरो र प्रशासनिक कानूनी सल्लाहकारहरूद्वारा बसोबास सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ।

परामर्श नि:शुल्क हो। जापानी, अंग्रेजी र चाइनिज भाषाहरुमा परामर्श उपलब्ध छन्।

कार्यक्रम हुने दिन: जुलाई १३, शनिबार दिउँसो १:०० देखि बेलुकी ५:०० बजेसम्म

आयोजना स्थल: हाकाता वार्डको तेन्यामाचीमा स्थित फुकुओका सिटी इन्टरनेशनल सेन्टर

सोधपुछको लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा सम्पर्क गर्नुहोस्। 

फोन मार्फत् वा फाउण्डेसनको वेबसाइटमा राखिएको सोधपुछ फारम मार्फत् सम्पर्क गर्न सक्नुहुन्छ। फोन नम्बर, ०९२-२६२-१७४४ हो।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ