福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2021.09.16[Thu] 09:00
समुदाय(コミュニティ)
【जनावरहरुको राम्रो हेरचाह!】
सेप्टेम्बर २० देखि सेप्टेम्बर २६ सम्म पशु संरक्षण सप्ताह हो। पशु कल्याण र उचित प्रजनन्को ज्ञान र चासोलाई विस्तृत गर्ने हेतुले यो सप्ताह शुरु भएको थियो। यस अवसरमा पशु संरक्षणको बारेमा विचारविमर्श गर्नु उपयुक्त हुन्छ नि हैन।
उदाहरण को लागी, यदि तपाईंको बिरालो वा कुकुर छ भने, भूकम्प वा भारी वर्षाको समयमा, कसरी तपाईं आफ्नो घरपालुवा जनावरको रक्षा गर्नु हुन्छ अनुकरण गरि हेर्ने गरौँ।
कुनै दिन घरपालुवा जनावर राख्न चाहानुहुने व्यक्तिहरुले, पशु संरक्षण समूहको होमपेज हेर्नु पनि उपयोगी होला कि।
फुकुओका शहरमा, पूर्वीय पशु कल्याण र व्यवस्थापन केन्द्र (उपनाम: Animaru-port) र घरेलु पशु जागरूकता केन्द्र (उपनाम: Fukuoka-do-butsu-soudanshitsu) गरि दुई स्थानहरुमा मुख्य केन्द्रहरु छन्। यस केन्द्रहरुमा पशु संरक्षण र व्यवस्थापनसंग सम्बन्धित गतिविधिहरु गर्दै, मानिस र जनावरहरुबीच सामंजस्यपूर्ण सहजीवी समाजको अनुभूति गर्ने प्रयास हुँदै आईरहेको छ।
यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।
【ट्यूटरप्रोग्रामकोपरिचय】
नर्सरी वा स्कूलको पत्रहरू आदि जापानी भाषामा भई, बिषयवस्तु बुझ्न समस्या भईरहेका विदेशीहरूको सहयोग गर्ने "ट्यूटर प्रोग्राम" को परिचय दिनेछु।
फाउण्डेसनमा रजिस्टर भएका स्वयंसेवकहरु प्रत्यक्ष वान् टु वान् ट्यूटर बन्न सक्नुहुन्छ, र अनलाइनमा नर्सरी वा स्कूलको ह्यान्डआउट वा पत्र, त्यस्तै वार्ड अफिसबाट आएको हुलाकपत्र आदिको सरल अनुवादका लागि अनुरोध र दैनिक जीवन सम्बन्धि सल्लाह माग्न सक्नुहुन्छ।
ट्यूटरसँग अनलाइन कुराकानी गर्न सक्ने, फुकुओका शहरमा बस्नु हुने विदेशी महानुभावहरु, जो कोहीले पनि यसको प्रयोग गर्न सक्नुहुन्छ।
सामान्यतयाः, प्रयोग शुल्क प्रति महिना ५०० येन जति लाग्छ, तर यस वर्ष नोभेम्बरसम्म निःशुल्क हो।
【Japanese Chatting Event कोपरिचय】
〇 फुकुओकामा अध्ययन गरिरहनु भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरू,
के तपाईंहरुलाई हरेक महिनाको एक पटक आयोजना हुने " Japanese Chatting Event "को बारेमा थाहा छ?
Zoom प्रयोग गरेर, विदेशी विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच प्रत्यक्ष वान् टु वान्, साथै सानो समूहहरूमा मनपर्ने विषयवस्तुहरूमा छलफल गरिन्छ । हरेक दिन, स्कूलमा सिकेको जापानी भाषा प्रयोग गर्न चाहनुहुने वा जापानीहरूसँग कुराकानी गर्न चाहनुहुने महानुभावहरु, अवश्य पनि सहभागी हुनुहोला। सहभागिता शुल्क नि:शुल्क हो।
अर्को आयोजना सेप्टेम्बर ३० मा अनलाइन मार्फत् हुनेछ।
प्रयोग गर्ने तरिका वा बुकिंग आदिको बारेमा अधिक जानकारीको लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज वा फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क राख्नुहोला।
सोमबारदेखि शुक्रबार ८:४५ देखि ६ बजेसम्म रिसेप्सनमा आएकाहरुलाई स्वीकार गरिन्छ। अवश्य सम्पर्क राख्नुहोला।