福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2021.09.23[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健)
【च्याउको किसिम】
शरद ऋतुमा विभिन्न प्रकारका मौसमी खानाहरु पाईन्छन्, तर बिर्सनै नहुने मध्येमा एक हो, च्याउ।
तुलनात्मक रुपमा च्याउलाई मासु र माछाको जति उच्च मानिँदैन, तर वास्तवमा यो एक उत्तम खाना हो।
Shiitake, Shimeji, Maitake, Eringi, Enoki आदि विभिन्न किसिमका च्याउहरु छन्। तर शरद ऋतुको स्वादको राजा भनेर Matsutake लाई मानिन्छ। यसको बास्ना अति सुगन्धित र स्वादिलो हुन्छ, साथै यो च्याउ उच्च श्रेणीको खानाको रूपमा बिक्रि गरिन्छ।
धेरै जापानीहरु Matsutake च्याउ मन पराउँछन्, तर यसको आफ्नै अलग किसिमको बास्ना हुने भएकोले विदेशी पाहुनाहरुको लागी उपयुक्त नहोला कि भनेर सोच्नेहरु पनि छन्।
लगभग सबैजसो च्याउहरुमा पाईने सामान्य कुरा भनेको यिनीहरुमा कम क्यालोरी भई फाइबर र भिटामिन D प्रशस्त मात्रामा हुनु हो। डाईटिंग गरिरहनु भएका वा कब्जियत भएका व्यक्तिहरुले च्याउलाई आफ्नो भोजनमा संलग्न गराउनु लाभदायक हुन्छ।
अब यसो विचार गरि हेर्दा, के च्याउ तरकारी हो त?
पक्कै पनि होइन, वास्तवमा च्याउ एक प्रकारको ढुसी हो। प्रकृतिमा विभिन्न किसिमका च्याउहरु छन्, जसको संख्या १०,००० भन्दा बढी छ भनिन्छ।
आज यहाँ नाम लिएका केही च्याउहरु तपाईंहरुले पनि खानुभएको छ नै होला। यदि खानु भएको छैन भए एकपटक चाखेर हेर्दा कस्तो होला!
【क्षयरोग रोकथाम सप्ताहको बारेमा】
सेप्टेम्बर २४ देखि सेप्टेम्बर ३० सम्म क्षयरोग रोकथाम सप्ताह हो।
क्षयरोग एक यस्तो रोग हो, जसमा क्षयरोग ब्याक्टेरियाको कारण मुख्यतया फोक्सोमा जलन हुन्छ।
यो एक सरुवा रोग हो।
२०२०मा, फुकुओका शहरमा १४९ नयाँ क्षयरोग बिरामीहरु पाईएका छन्।
क्षयरोगका लक्षणहरूमा खोकी, खकार, ज्वरो, खकारमा रगत, छाती दुख्ने, अस्वस्थता, राती पसिना, र तौल घट्नु आदि समावेश छन्। शुरुका लक्षणहरू रुघाको जस्तै देखिन्छन्।
"खोकी २ हप्ता भन्दा बढि रहेमा", "खकार निस्केमा", "शरीर गलेमा", "अचानक तौल घटेमा" आदि केहि लक्षणहरु देखा परेमा, तुरुन्तै चिकित्सालयमा परामर्श लिनुहोस्।
प्रारम्भिक पहिचान र उपचारले रोगलाई गम्भीर हुनबाट बचाउने मात्र नभई, परिवारका सदस्य, साथीभाई र कार्यस्थल आदिमा संक्रमण रोकथाम गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
क्षयरोग, सँधै संक्रमित भएको कारणले मात्र विकसित हुँदैन।
यदि शरीरको प्रतिरोधात्मक क्षमताले क्षयरोग ब्याक्टेरियालाई नियन्त्रण गर्न सकेन भने,
यो समयसँगै बढ्न र विकास हुन सक्छ।
क्षयरोग लागि हाल्यो भने पनि, डाक्टरको निर्देशन अनुसार, हरेक दिन उचित औषधी सेवन गरी यसबाट छुटकारा पाउन सक्नुहुन्छ।
संक्रमण र रोग रोक्नको लागि पर्याप्त निद्रा, सन्तुलित आहार, मध्यम व्यायाम, आदि दैनिक स्वास्थ्य हेरचाह प्रभावकारी हुन्छ।
फुकुओका शहरमा, Fukuoka City Medical Interpreting Call Center छ, त्यहाँ अस्पताल खोज्नको लागि फोन मार्फत सल्लाह लिन सक्नुहुन्छ।
२४ घण्टा, हरेक दिन यो सेवा प्रयोग गर्न सक्नुहुन्छ।
फोन नम्बर रहेको छ, ०९२-७३३-५४२९, फेरी एकपटक ०९२-७३३-५४२९ । २० भाषाहरुमा यो सेवा उपलब्ध गरिएको छ।